×

X
Nic Asia
Marvel

प्रतिनिधिसभा निर्वाचन

वाम गठबन्धन हुँदा समेत कांग्रेस एक्लै हावी भएको सुनसरीको चुनावी जोडघटाउ

काठमाडाैं | साउन २५, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेपछि जिल्ला–जिल्लामा चुनावी माहोल तात्न थालेको छ । मंसिर ४ गतेका लागि घोषित निर्वाचनको टिकट हत्याउन नेताहरूको दौडधूप शुरू भएको छ । टिकटका आका‌ंक्षीहरू जनताको घरदैलोमा पनि पुगिरहेका छन् ।

DHARA
LAxmi BAnk

​बहालवाला मन्त्रीदेखि पूर्वमन्त्रीहरूसम्मको जिल्ला सुनसरी पनि चुनावी माहोलबाट अछुतो छैन । अघिल्लोपटक वाम गठबन्धन हुँदा समेत हावी भएको कांग्रेस यसपालि गठबन्धनको साथले हौसिएको छ भने अन्य दल पनि आ–आफ्नो हिसाबले तयारीमा छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

चारवटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा अघिल्लोपटक कांग्रेसले ३ र वाम गठबन्धनले एक सीटमा जीत हात पारेका थिए । क्षेत्र नम्बर १ बाट वाम गठबन्धनका एमाले उम्मेदवार जयकुमार राई विजयी हुँदा २ बाट कांग्रेसका सीताराम महतो, ३ बाट विजय गच्छदार र ४ बाट ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका थिए । कार्की अहिले सञ्चार मन्त्री छन् ।

क्षेत्र नम्बर १ मा अशोक राईको दाबी, एमालेबाट को ?


Advertisment
Bizbazar
Saurya island

२०७४ मा वाम गठबन्धनले जितेको सुनसरी १ मा कांग्रेसका उम्मेदवार थिएनन् । कांग्रेसको सहयोगमा उम्मेदवार बनेका तत्कालीन संघीय समाजवादी, फोरमका अशोक राईले २२ हजार सय २३ मत ल्याउँदा विजयी एमाले उम्मेदवार जयकुमार राईले ४४ हजार ५२८ मत पाएका थिए ।

प्रदेश १ का निवर्तमान मुख्यमन्त्री समेत रहेका भीम आचार्यले निर्वाचन क्षेत्र फेर्ने हल्ला पनि छ । निर्वाचन क्षेत्र नफेरेको खण्डमा आचार्य यसपटक एमालेबाट सुनसरी १ मा टिकटका आकांक्षी हुन् । अघिल्लोपटक उनी प्रदेश सभामा बसेका थिए ।

Vianet communication
IME BANK INNEWS

आचार्यका अलावा प्रदेश १ का सभामुख प्रदीप भण्डारी र बहालवाला सांसद जयकुमार राई टिकटका लागि मैदानमा छन् ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईले पत्रकार सम्मेलन नै गरेर उम्मेदवारी घोषणा गरेका छन् । आगामी प्रदेश र संघको निर्वाचनमा सत्ता साझेदार गठबन्धन संयुक्त रूपमा चुनावी मैदानमा उत्रने र गठबन्धनबाट आफू उम्मेदवार बन्ने उनले पत्रकार सम्मेलनमा बताए । 

यो क्षेत्रमा कांग्रेसबाट मीन विश्वकर्माको चर्चा छ । कांग्रेस सचेतक समेत रहेका विश्वकर्मा केन्द्रीय सदस्य समेत हुन् । अहिले उनले समानुपातिकबाट प्रतिनिधित्व गरिरहेका हुन् । अशोक राईलाई छाड्नुपर्दा उनलाई फेरि समानुपातिकमा राखिने चर्चा छ ।

क्षेत्र नम्बर २ मा युवा उम्मेदवारको चर्चा

सुनसरी क्षेत्र नम्बर २ मा कांग्रेसले युवा उम्मेदवारलाई अगाडि बढाउने सम्भावना छ । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिएका राजीव ढुंगानाले चुनावको तयारी थालेका छन् ।

बहालवाला सांसद सीताराम महतो पनि देउवा पक्षकै हुन् । उनले अघिल्लोपटक वाम गठबन्धनका माओवादी उम्मेदवार डम्मरु सुवेदीलाई झण्डै ६ हजार मतान्तरले पराजित गरेका थिए । महतोले ४१ हजार ४९५ मत ल्याउँदा सुवेदीले ३५ हजार ३ सय ४९ मत पाएका थिए। 

महतोलाई समानुपातिकमा राखेर ढुंगानालाई टिकट दिलाउन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत लागिपरेको चर्चा छ ।

महतो २०७० को चुनावमा पनि सुनसरीको तत्कालीन क्षेत्र ४ बाट चुनाव जितेका नेता हुन् । कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको टिकट नपाएका महतोलाई देउवाले मनोनित गर्ने आश्वासन दिएका थिए, तर हालसम्म मनोनित भएका छैनन् ।

यस क्षेत्रमा एमालेबाट रेवतीरमण भण्डारीको चर्चा छ । अर्कातर्फ भीम आचार्य पनि यो क्षेत्रमा आउन चाहेको हल्ला चलेको छ । आचार्य र भण्डारी २०७४ को निर्वाचनभन्दा अगाडि एउटै समूहमा थिए । सो क्षेत्रमा माओवादीलाई टिकट दिएपछि  भण्डारी आचार्यसँग रुष्ट बनेका थिए । क्षेत्र नम्बर १ मा टिकट नपाए क्षेत्र नम्बर २  बाट उठ्ने भनेर आचार्यले आफूनिकट नेताहरूलाई भनेका छन् ।

कसको पोल्टामा जाला गच्छदारको क्षेत्र ?

बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि सुनसरी– ३ बाट निर्वाचित सांसद विजय गच्छदार निलम्बित अवस्थामा छन् । उक्त मुद्दा अहिले पनि विशेष अदालतमा विचाराधीन छ ।

मुद्दा विचाराधीन रहँदा वा दोषी करार हुँदा गच्छदारलाई पुनः उम्मेदवार बन्न बाटो खुल्ने छैन । उम्मेदवारी मनोनयन अघि नै फैसला भएर सफाइ पाएको खण्डमा मात्र गच्छदार उम्मेदवार बन्न सक्छन् ।

गच्छदार उम्मेदवार बन्न पाउने सम्भावना नगन्य रहेकाले यो क्षेत्रबाट कांग्रेसको संस्थापनइतर पक्षलाई समेटिन सक्ने चर्चा छ । चर्चामा रहेको नाम हो, प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता रहेका राजीव कोइराला ।

मुख्यमन्त्री पाएको खण्डमा प्रदेशमा बस्ने मनस्थितिमा रहेका कोइराला मुख्यमन्त्री पक्का नहुँदा प्रतिनिधि सभामा उम्मेदवार बन्न तयार छन् ।

क्षेत्र नम्बर ३ मा एमालेले भने भगवती चौधरीलाई नै उम्मेदवार बनाउने लगभग पक्का छ । पटक–पटक गच्छदारसँग पराजित भएकी उनी यसपटक गच्छदारको अनुपस्थितिमा बाजी मार्ने विश्वासमा छिन् ।

अघिल्लोपटक चौधरी गच्छदारसँग झिनो मतले पराजित भएकी थिइन् । गच्छदारले ३८ हजार ९७२ मत ल्याउँदा चौधरीले ३८ हजार ६५१ मत पाएकी थिइन् ।

यो क्षेत्र गच्छदारले लगातार ६ पटक चुनाव जितेको क्षेत्र हो । उनी २०४८, २०५१, र २०५६ को निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए भने २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा मधेसी जनअधिकार फोरम र २०७० सालको संविधान सभा निर्वाचनका मधेसी जनअधिकार अधिकार फोरम (लोकतान्त्रिक) बाट चुनाव जितेका थिए । फेरि कांग्रेसमा फर्किएर उनले २०७४ सालमा पनि बाजी मारे ।

ज्ञानेन्द्रबहादुर कार्कीले फेरि मार्लान् बाजी ?

सुनसरी क्षेत्र नम्बर ४ बाट कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार बन्ने लगभग पक्का छ । यसअघिको चुनावमा राष्ट्रपति विद्यादेवी भण्डारीले समेत कार्कीलाई सहयोग गरेको आरोप एमालेकै नेताहरूले लगाउने गरेका छन् ।

उनीहरू फुपू र मामाका छोराछोरी हुन् । कार्कीलाई सहयोग गर्नकै लागि गत चुनावमा एमालेले राप्रपाबाट पार्टी प्रवेश गरेका नेतालाई टिकट दिएको भन्दै एमाले सुनसरीमा खैलाबैला भएको थियो । राप्रपा छाडेर एमाले प्रवेश गरेका रमेश श्रेष्ठले टिकट पाएका थिए । कार्कीलाई जिताउनकै लागि भण्डारीकै पहलमा श्रेष्ठलाई टिकट दिएको आरोप अहिले पनि लाग्ने गरेको छ ।

कार्कीले ३२ हजार ३४७ मत प्राप्त गर्दा तत्कालीन वाम गठबन्धनका एमाले उम्मेदवार रमेश श्रेष्ठले २५ हजार ७५० मत मात्रै पाएका थिए । तत्कालीन अवस्थामा चुनाव हुँदा कार्की बहालवाला अर्थमन्त्री रहेका थिए ।

स्थानीय चुनावमा संस्थापनइतर पक्षलाई कमजोर पार्न भूमिका खेलेको आरोप कार्कीमाथि लागेको छ । संस्थापनइतर पक्ष उनीसँग रुष्ट छ । 

एमालेबाट भने यो क्षेत्रमा प्रदेश सांसद जगदीश कुसियतले टिकट पाउने चर्चा छ । उनी संविधान सभामा सदस्य समेत रहेका थिए ।

गठबन्धन हुँदा सुनसरीमा माओवादीले पनि एक क्षेत्र दाबी गर्न सक्छ । माओवादीले क्षेत्र नम्बर १ र २ मध्ये एउटामा दाबी गरेको छ ।

माओवादीबाट तीनजना आकांक्षी छन् । प्रदेश १ की उपसभामुख सरस्वती पोख्रेल, बहालवाला सांसद रामकुमारी चौधरी र माओवादीका प्रदेश कमिटी उपाध्यक्ष शिव डाँगीको नाम चर्चामा छ । डाँगी र पोख्रेल श्रीमान् श्रीमती हुन् ।

पढ्नुहोस्, यसअघिको भागहरू :

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

नेकपा एमालेको राष्ट्रिय सभा संसदीय दलका नेता खिमलाल भट्टराईले स्थानीय तहको चुनावमा खर्च विवरण नबुझाउने उम्मेदवारहरूलाई धेरै जरिवाना तिराउन नहुने बताएका छन् ।  सोमवार सामाजिक सञ्जाल फेसबूकमा एक स्टाट...

असोज १०, २०७९

चर्चित अभिनेत्री एवम् राप्रपाकी नेतृ रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् । सोमवार सामाजिक सञ्जालमार्फत उनले मोरङ क्षेत्र नम्बर ३ मार्फत प्रतिनिधि सभा उम्...

असोज १०, २०७९

मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाले पदबाट दिएको राजीनामा २१ दिनपछि स्वीकृत भएको छ । गत भदौ १८ गते नै उनले आफ्नो पदबाट राजीनामा दिएका थिए तर असोज ९ गते मात्र प्रदेश प्रमुख हरिशंकर मिश्रले उनको र...

असोज १०, २०७९

पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता गोकुल प्रसाद बास्कोटाले समानुपातिक सूचीमा को–किन र कसरी परे भन्ने बहस गर्नु बेकार भएको टिप्पणी गरेका छन् ।  राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारहरूको सूचीमा...

असोज ९, २०७९

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख अग्निप्रसाद सापकोटाको वैधताबारे प्रश्न उठाएका छन् । सापेकाटाले सभामुखको हैसियतमा गरेका निर्णयहरूमाथि उनले प्रश्न उठाएका हुन् । आइतवार संघीय संसद् सचिवालयका मह...

असोज ९, २०७९

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिताका बारेमा राजनीतिक दलहरूको फरक–फरक मत आएको बताएका छन् । उनले आगामी दिनमा पनि दलहरूको परामर्श र सरसल्लाहमा सहजीकरण गर्दै जाने प्रतिबद्धता प्रमुख ...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x