×

X
Nic Asia
Marvel
Khukuri

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडाैं | साउन २५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
फाइल फोटो
British college
TVS INSIDE

प्रतिनिधि सभाको बैठकमा गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । 

DHARA
LAxmi BAnk

संविधानको धारा ९४ अनुसार कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न एकचौथाइ सांसद हुनुपर्ने व्यवस्था भए पनि संख्या नपुगेपछि स्थगित भएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

बैठकमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले राष्ट्रिय सभाको सन्देश सहितको ‘शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक २०७६ लाई पारित गरियोस्’ भनी प्रस्ताव सदनसमक्ष प्रस्तुत गरेका थिए ।

विधेयकमाथिको छलफलमा उठेका विषयमा मन्त्री राईले विधेयकको उद्देश्य शहरी क्षेत्र र काठमाडौंको यातायात यात्रुमैत्री बनाउने रहेको बताए । उपत्यकामा संघ, प्रदेश र स्थानीय तह तीनै तहबाट स्वीकृति लिएका गाडी गुड्ने तर तिनका बीच आपसमा समन्वय नभएकाले व्यवस्थित बनाउन विधेयक ल्याइएको उनको भनाइ छ । 


Advertisment
Bizbazar
Saurya island

प्राधिकरणमा बढी जनसंख्या भएका स्थानीय तहका प्रमुखले नेतृत्व लिने र जोडिएका पालिकाका प्रतिनिधिलगायत सहभागी हुने व्यवस्था रहेको उनले उल्लेख गरे । विदेशी संस्थाबाट पैसा लिने भए पनि प्रचलित कानूनलाई पालना गरेर मात्रै पैसा लिन सकिने उनको भनाइ छ ।

संशोधनकर्ता सांसद प्रेम सुवालले विधेयकले शहर मात्रै नभएर ग्रामीण क्षेत्रको यातायात र काठमाडौं उपत्यका मात्रै नभएर देशभरको सवारीसाधनको हेर्नुपर्ने र परिषद् सचिवभन्दा मन्त्रीको अध्यक्षतामा गठन हुनुपर्नेमा जोड दिए । संशोधनकर्ता वृन्दा पाण्डेका तर्फबाट छलफलमा सहभागी हुँदै सांसद् विनाकुमारी श्रेष्ठले काठमाडौं उपत्यकामा सार्वजनिक यातायात अस्तव्यस्त भइरहेकाले अबका दिनमा सुधार हुने अपेक्षा गरिएको बताए ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २१, २०७९

हालै राप्रपा प्रवेश गरेको रवीन्द्र मिश्रले नेकपा एमालेको साथ नपाउने भएका छन् । उनी नेकपा एमालेको समर्थनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने तयारीमा रहेका थिए ।  एमालेले काठमाडौं १ बाट किरण प...

असोज २१, २०७९

गृहमन्त्री बालकृष्ण खाणले दाङका विभिन्न स्थानमा निरन्तर वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण विस्थापित भएकाको उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि हेलिकोप्टर प्रयोग गर्न गृह प्रशासनलाई निर्देशन दिएका छन् ।...

असोज २१, २०७९

सत्तारुढ गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति भएको छ । गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहि...

असोज २१, २०७९

नेकपा एमालेले वितरण गरेको टिकटप्रति असन्तुष्टिका स्वर बाहिरिन थालेको छ । १० बुँदे पक्षधर नेता भीम रावलले टिकट नपाएपछि भोलि निर्णय लिने बताइरहँदा अर्की केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पनि नेतृत्वको कडा आलोचन...

असोज २१, २०७९

जसपाका नेता कौशल यादव लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । शुक्रबार लोसपाको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनी सो पार्टीमा प्रवेश गरेका हुन् ।  उनी महोत्तरी निर्वाचन क्षेत्र न:...

असोज २१, २०७९

सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच सिट बाँडफाँडबारे मोटामोटी सहमति भएको छ । शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा लोसपालाई प्रतिनिधि सभामा ८ र प्रदेश सभामा २१ सिट ...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x