×

X
Nic Asia
Marvel
Khukuri

विद्युत प्राधिकरणको नाफा १६४ प्रतिशतले वृद्धि भई १६ अर्ब पुग्यो, विद्युत चुहावट १५.३८ प्रतिशतमा झर्‍यो

काठमाडाैं | साउन २६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

नेपाल विद्युत प्राधिकरणको वार्षिक नाफा करिब १६४ प्रतिशतले बृद्धि भएको छ ।

DHARA
LAxmi BAnk

आर्थिक वर्ष (आव) २०७७/७८मा  ६ अर्ब १० करोड खुद नाफामा सीमित भएको प्राधिकरणले आव २०७८/७९मा नाफालाई बढाएर १६ अर्ब ९ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

प्राधिकरणको आव २०७८/७९को वित्तीय विवरण (अपरिष्कृत) अनुसार वार्षिक आम्दानी एक खर्ब रुपैयाँ नाघेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । यो सँगै सार्वजनिक संस्थाहरुमध्ये सबैभन्दा बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्था प्राधिकरण बनेको छ । 

‘ऊर्जा खपत २७ प्रतिशत बृद्धि हुँदा बिक्री आम्दानी बढ्यो, विद्युत निर्यात बृद्धि भयो, प्राधिकरणका स्वामित्वका विद्युत गृहहरूबाट विद्युत उत्पादन करिब १६ प्रतिशतले बृद्धि गर्न सफल भयौं, विद्युत चुहावट घट्यो, प्रभावकारी रुपमा खर्च नियन्त्रण गरियो, अन्य आम्दानी बढ्यो, यसले गर्दा  प्राधिकरणको खुद नाफा बढेको हो’, कार्यकारी निर्देशक घिसिङले भने । 


Advertisment
Bizbazar
Saurya island

आव २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ । आव ०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाउँदै प्राधिकरणले नाफालाई आव ०७६/७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुर्याएको थियो । तर, आव २०७७/७८मा घटेर ६ अर्ब १० करोड रुपैयाँमा झरेको थियो । 

विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुँदै गएपछि यसको प्रत्यक्ष सकारात्मक प्रभाव प्राधिकरणको वित्तीय अवस्थामा परेको घिसिङले बताउनुभयो । प्राधिकरणले विद्युत बिक्रीबाट ८८ अर्ब रुपैयाँ आम्दानी गरेको छ । विद्युत महसुल संकलन विनियमावली बमोजिम समयमै महसुल तिर्ने ग्राहकलाई करिब ९८ करोड रुपैयाँ छुट दिइएको छ । यसबाट विद्युत बिक्रीबाट ८७ अर्ब खुद आम्दानी भएको छ, जुन अघिल्लो आवको तुलनामा २२ प्रतिशतले बढी हो । 

Vianet communication
IME BANK INNEWS

विद्युत चुहावट १५.३८ प्रतिशतमा झर्यो 

प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रण गर्न संचालन गरिएका अभियानबाट विद्युत् चुहावट १५.३८ प्रतिशतमा झारिएको छ । विद्युत प्रणालीमा आव ०७२/७३मा २५.७८ प्रतिशत चुहावट रहेकोमा त्यसपछिका वर्षहरुमा निरन्तर घटाएर आव २०७६/७७मा १५.२५ प्रतिशतमा झारिएकोमा आव ०७७/७८ भने बढेर १७.१८ प्रतिशत पुगेको थियो । आव २०७८/७९मा चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाइ चुहावट अघिल्लो वर्षको तुलनामा एक दशमलव ८० प्रतिशत विन्दुले घटाएर १५.३८ प्रतिशतमा  झारिएको कार्यकारी निर्देशक घिसिङले बताए ।

‘चुहावट नियन्त्रणबाट मात्र प्राधिकरणलाई अघिल्लो वर्षको तुलनामा करिब २ अर्ब रुपैयाँ थप आम्दानी भएको छ, चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने,महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन  ट्रान्सफर्मर, बितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा अझै थप प्रभावकारी र व्यवस्थित रुपमा चलाउँछौं’, उनले भने । 

विद्युत निर्यात बढ्यो, खुद आयात घट्यो

आव २०७८/७९मा भारतर्फको विद्युत निर्यात बढेको छ भने आयात घटेको छ । अहिले नेपालमा खपत गरी अतिरिक्त भएको  विद्युत दैनिक रुपमा करिब ३६४ मेगावाटदेखि करिब ४०० मेगावाटसम्म भारततर्फ निर्यात भइरहेको छ । आव २०७७/७८मा ४ करोड ४० लाख युनिट विद्युत निर्यात भएकोमा आव २०७८/७९मा ४९ करोड ३० लाख युनिट निर्यात भएको छ । विद्युत निर्यातबाट प्राधिकरणले ३ अर्ब ८८ करोड रुपैयाँ आम्दानी गरेको छ । 

अघिल्लो वर्षको तुलनामा आव २०७८/७९ मा आन्तरिक विद्युत खपत २१.२८ प्रतिशतले बृद्धि हुँदा समेत प्राधिकरण विद्युत आयातलाई घटाउन सफल भएको छ । 

आन्तरिक माग धान्न आव २०७७/७८मा २ अर्ब ८० करोड ६० लाख युनिट विद्युत आयात गरिएकोमा आव २०७८/७९मा ४५.०५ प्रतिशत घटेर १ अर्ब ५४ करोड ३० लाख युनिटमा झरेको छ । 

आव २०७७/७८मा २१ अर्ब ८२ करोड रुपैयाँको विद्युत आयात भएको थियो ।

आव २०७८/७९मा आयात घटेर १५ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ । प्राधिकरणले आयात गरेको विद्युतबाट निर्यात गरेको विद्युत घटाउँदा खुद आयात एक अर्ब ५ करोड युनिट हुन्छ ।

 रकमका आधारमा ११ अर्ब ५८ करोड रुपैंयाको मात्र खुद आयात भएको छ । प्रणालीमा उपलब्ध ऊर्जामध्ये खुद आयातको हिस्सा ९.४९ प्रतिशतमा झरेको छ । 

कार्यकारी निर्देशक घिसिङले चालु आवबाट खुद आयातको अन्त्य भई खुद निर्यात शुरू हुने बताए । आव २०७८/७९मा विद्युत पिक डिमाण्ड एक हजार सात सय ४७ मेगावाट पुगेको छ । विद्युत प्रयोग गर्ने ग्राहकको संंख्या सामुदायिक सहित ५३ लाख पुगेको छ । 
 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १३, २०७९

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले माग दावी गर्ने बचतकर्तालाई धमाधम पैसा फिर्ता गर्न थालेको छ । सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम सरकारले १२ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । समस्याग्रस्...

असोज १३, २०७९

नेपाल आयल नियमले दशैंको अवसरमा पनि आफ्ना कार्यालयहरू खुला रहने जानकारी दिएको छ । अन्य सबै सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहेको अवस्थामा पनि नियमले आफू मातहतका कार्यालयहरू खुला रहने जानकारी दिएको हो ।&...

असोज १४, २०७९

उद्योग संगठन मोरङले विराटनगरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी (विराट एक्स्पो) आयोजना गर्ने भएको छ । सो प्रदर्शनी आगामी मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म चल्ने संगठनका अध्यक्ष सुयेश प्याकुरेलले जानकारी दिए । विराटनग...

असोज १३, २०७९

खिम्ती र लिखु नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि रामेछाप (गर्ज्याङ)–नयाँ खिम्ती १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएको छ ।  रामेछापको गोकुल...

असोज १३, २०७९

यस वर्षको सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कारबाट अनलाइनखबर डटकमका विजय पराजुली र टक्सार म्यागेजिनका अनुप आचार्य पुरस्कृत भएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को १ लाख रुपैयाँ ...

असोज १३, २०७९

अन्तर्राष्ट्रियस्तरको भूमिस्थ सेवा ‘ग्राउण्ड ह्याण्डलिङ सर्भिस’ दिइरहेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले सेवालाई थप सुदृढ र प्रभावकारी बनाइने जनाएको छ । आइसागो अडिटबाट प...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

ad
x