×

X
Nic Asia
Marvel
Khukuri

बूढीगंगा जबरजस्ती करणी प्रकरणः पीडितलाई बयान फेर्न ७ लाखको ‘अफर’

विराटनगर | साउन २६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

मोरङको बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया बालिकालाई बन्धक बनाएर जबरजस्ती करणी गर्ने प्रतिवादीका आफन्तले पीडितलाई बयान फेर्न दबाब दिएका छन् । पीडितका आफन्तले बयान फेर्न दबाब आएको बताएका हुन् । 

DHARA
LAxmi BAnk

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका ग्रामथान गाउँपालिका ७ का १९ वर्षीय आदित्य खाँ थारुका आफन्तले पीडित बालिका र उनका अभिभावकलाई बयान फेर्न दबाब दिएको एक आफन्तले बताए । ‘बकपत्र’मा बोलाएको दिन बयान फेर्न दबाब दिन घरमै आएको पीडितका आफन्तको भनाइ छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

गत वैशाख २९ गते ग्रामथान गाउँपालिका ७ तेतरीयामा लागेको मेला जाने क्रममा राति ७ बजे थारुले बलात्कार गरेको भनेर बालिकाले प्रहरीमा जाहेरी दिएकी थिइन् । आरोपीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरी सरकारी वकिल कार्यालयमार्फत मोरङ अदालतमा ‘जबरजस्ती करणी’ मुद्दा दर्ता गरेको थियो । थुनछेक बहसपछि मोरङ अदालतले थारुलाई १० साउनमा पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो ।

पुर्पक्षको लागि अभियुक्त थुनामा गएपछि पीडकका आफन्तले पीडितको घरमा आएर विभिन्न प्रलोभन देखाएर बयान फेर्न दबाब दिने गरेका छन् । ‘बलात्कार आरोपमा पक्राउ परेका अभियुक्त थुनामा गएपछि अहिले दैनिकजसो फोन र घरमा आएर विभिन्न प्रलोभन देखाएर बयान फेर्न दबाब दिइरहेका छन्’ पीडित बालिकाकी एक आफन्तले भने । 


Advertisment
Bizbazar
Saurya island

अदालतमा हुने बकपत्रको बेला जबरजस्ती करणी गरेको होइन भनेर भन्दा  ७ लाख रुपैयाँ दिने र बयान नफेरे ज्यान मार्नेसम्मको धम्की दिने गरेको उनले बताए । 

मोरङ प्रहरी प्रमुख शान्तिराज कोइरालाले जघन्य प्रकृतिको अपराधको घटनामा बयान फेर्न पीडितलाई दबाब दिन नमिल्ने भएकोले प्रहरीमा उजुरी दिए कारबाहीको दायरामा ल्याउने बताए । ‘गम्भीर प्रकृतिको अपराधमा यसरी दबाब दिन मिल्दैन,’ उनले भने, ‘पीडितको तर्फबाट कसैले उजुरी दिए प्रहरीले कारबाहीको प्रक्रिया अगाडि बढाउनेछ ।’

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १२, २०७९

धनुषामा फलाम रड प्रहार गरी काकाले आफ्नै चार वर्षीय नाबालक भतिजोको हत्या गरेका छन् । धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोल बस्ने कि...

असोज १३, २०७९

जीवन नै बर्बाद बनाइदिने भन्दै विवाह गर्न नदिएको झोँकमा विद्यार्थीले शिक्षकको हत्या गरेको रहस्य खुलेको छ ।  असोज ६ गते ओखलढुङ्गाको चिशंखुगढी– १ लेकखर्कस्थित स्थानीय विद्यालयका शिक्षक दीपक ठाकुर आफ्नो...

असोज १४, २०७९

आफ्नै छोरा २० वर्षीय विवेक चौधरीको हत्या गरेको अभियोगमा बारबर्दिया नगरपालिका–११ विजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारूलाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ ।  लौरंलालले बुधवार फुटेको बियरक...

असोज १२, २०७९

लागुऔषध सेवन गरी सवारी साधन चलाएको सम्बन्धमा चालकलाई चेक गर्दै आएको ट्राफिक प्रहरीले  आज पनि नागढुङ्गा क्षेत्रमा चेकजाँच गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ र लागुऔषध नियन्त्रण ब्युर...

असोज १३, २०७९

गत भदौ २९ गते ईन्द्र जात्राको दिन मादक पदार्थ सेवन गरी काठमाडौंमा विभिन्न स्थानमा जथाभावी सर्वसाधरणलाई धारिलो हतियार प्रहरी घाइते बनाएको अभियोगमा ४ जना पक्राउ परेका छन् ।  प्रहरीले काठमाडौं महानगरपालि...

असोज १२, २०७९

महोत्तरीको मटिहानी नगरपालिकाका एक महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय २४ वर्षीय मोजाहिर अन्सारी पक्राउ परेका छन् । ती महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय अन्सारीलाई पक्राउ गरी बुधवार...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

ad
x