×

X
Nic Asia
Marvel

चीन भ्रमण द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउन फलदायी : परराष्ट्रमन्त्रीमन्त्री खड्का

काठमाडाैं | साउन २६, २०७९

NTC
Premier Steels
फाइल तस्बिर
British college
TVS INSIDE

परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्नो तीनदिने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउन फलदायी भएको बताएका छन् ।

DHARA
LAxmi BAnk

चीन भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे जानकारी गराउँदै उनले विश्वव्यापी कोभिड–१९ को महामारीका कारण केही समयदेखि नेपालको तर्फबाट चीनतर्फ उच्चस्तरमा द्विपक्षीय भ्रमण हुन नसकिरहेका अवस्थामा यो भ्रमण महत्वपूर्ण रहेको बताए । 
उनले यस किसिमको भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप प्रगाढ तुल्याउन मद्दत पुग्ने कुरामा आफू विश्वस्त रहेको बताए । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ यही साउन २४ देखि २६ गतेसम्म चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

मन्त्री खड्काले भ्रमणका क्रममा स्टेट काउन्सिलर र आफ्नो बीचमा द्विपक्षीय मामिलालगायतका समान चासोका विभिन्न विषयमा छलफल भएको जानकारी गराउँदै भने, “चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले मेरो मैत्रीपूर्ण निमन्त्रणामा गत मार्च २५ देखि २७, २०२२ सम्म नेपालको औपचारिक भ्रमण गर्नुभएको कुरा म यहाँ स्मरण गर्न चाहन्छु । उक्त भ्रमणमा महत्वपूर्ण समझदारीमा हस्ताक्षर भएको कुरा यहाँहरुलाई अवगत नै छ । मेरो यो भ्रमणले ती समझदारीको कार्यान्वयनको लेखाजोखा गर्न र आपसी हितका थप विषयमा छलफल र सहमतिमा पुग्न सहयोग पु¥याएको छ ।”

दुवै मन्त्रीबीच भएको प्रतिनिधिमण्डलस्तरको वार्तामा नेपाल–चीन सम्बन्ध तथा सहयोगका महत्वपूर्ण विषयमा कुराकानी गर्नुका साथै द्विपक्षीय व्यापार, सम्पर्क सञ्जाल, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, प्रकोप व्यवस्थापन, शिक्षा, संस्कृति, जनस्तरको सम्बन्धजस्ता क्षेत्रमा थप सहयोग प्रवद्र्धन गर्न सहमति भएको छ । मन्त्री खड्काले चिनियाँ समकक्षीको गत मार्च २०२२ मा भएको नेपाल भ्रमणपश्चात् दुई देशका सम्बन्धमा भएका प्रगतिका बारेमा समीक्षा गरिएको बताए । 


Advertisment
Bizbazar
Saurya island

उक्त भ्रमणपश्चात् विभिन्न संयन्त्रका बैठक सम्पन्न भएका छन् भने नेपाल–चीन हवाई सेवा सञ्चालन भई नेपाली विद्यार्थीको चीन फिर्ता हुनेक्रम सुरु भइसकेको छ । मन्त्री खड्काले एक चीन नीतिप्रति नेपालको दृढ प्रतिबद्धता रहेको बताउँदै नेपाली भूमि चीनको विरुद्धमा प्रयोग हुन नदिने कुरामा विश्वास दिलाएको बताए । 

यस्तै चिनियाँ मन्त्री विदेश यीले पनि नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता तथा भौगोलिक अखण्डताप्रति चीनको निरन्तर र निःशर्त समर्थन रहेको कुरा दोहो¥याएका थिए । साथै उनले नेपालको विकासको प्रयासमा नेपाल सरकारको प्राथमिकताबमोजिम चीन सरकारको निरन्तर सहयोग रहने विश्वास दिलाएका थिए । 
द्विपक्षीय बैठकका दौरान विगतमा भएका उच्चस्तरीय भ्रमणका अवसरमा सम्पन्न महत्वपूर्ण समझदारीलाई प्राथमिकताका साथ समयमै कार्यान्वयन गर्ने विषयमा जोड दिइएको छ । त्यस्तै विदेशमन्त्री यीले चीनको सहयोगमा नेपालमा सञ्चालित विकास आयोजनालाई समयमै सम्पन्न गर्ने विश्वास दिलाएकाे उनले बताए । 

Vianet communication
IME BANK INNEWS

वार्तामा दोस्रो चरणको काठमाडौँ रिङरोड सुधार परियोजनाको कार्य यथाशीघ्र सुरु गर्ने सहमति भएको छ । केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन चीन सरकारको अनुदान सहायतामा गर्ने सहमति भएको छ । यसका लागि यसै वर्षभित्र चिनियाँ प्राविधिक टोली खटाउने कुराकानी भएको मन्त्री खड्का स्वदेश फिर्तापछि मन्त्रालयले आज जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

यसैगरी गत मार्चमा भएको सम्झौताबमोजिम नेपाल–चीन सीमा पार प्रसारण लाइनको पूर्वसम्भाव्यता अध्ययनमा समेत यथा समयमा सम्पन्न गर्ने विश्वास चिनियाँ विदेशमन्त्रीले दिलाएका छन् । वार्ताका अवसरमा चिनियाँ स्टेट काउन्सिलर यीले चीनले नेपाललाई उपलब्ध गराउँदै आएको वार्षिक अनुदानअन्तर्गत सन् २०२१ का लागि ८० करोड आरएमबी बराबरको सहयोग प्रदान गर्ने घोषणा गरेका छन्।

नेपालको अनुरोधमा चिनियाँ पक्षले नेपालमा रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने र नेपाललाई उपयुक्त परिमाणमा रासायनिक मल उपलब्ध गराउने विषयमा सकारात्मक कुराकानी भएको छ । नेपाललाई रासायनिक मल उपलब्ध गराउन र बजेटरी सपोर्टका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका अवसरमा घोषणा गर्नुभएको तीन अर्ब ५० करोड आरएमबीको सहायता उपयोग गर्नेबारेमा रचनात्मक कुराकानी भएको छ । त्यसैगरी चिनियाँ पक्षले नेपालको कृषि क्षेत्रमा सहयोग गर्ने सहमति जनाएको छ ।

नेपालको उत्पादन क्षमता बढाउन, नेपालमा लगानी प्रवद्र्धन गर्न, नेपाली चिया चीनमा निर्यात गर्न तथा परम्परागत औषधिजन्य जडीबुटीका क्षेत्रमा सहयोग बढाउन चिनियाँ लगानीकर्तालाई प्रोत्साहित गर्ने विषयमा सकारात्मक कुराकानी भएको प्रेस नोटमा उल्लेख छ । दुवै पक्षले सीमा नाकामा संयुक्त महामारी नियन्त्रण संयन्त्र स्थापना गर्ने सहमति भएको छ । 

यसैगरी तिब्बतमा देखिएको पछिल्लो लहरको कोभिड महामारी नियन्त्रणमा आएपछि रसुवा–केरुङ तथा तातोपानी–झाग्मु नाकाबाट दुईतर्फी व्यापार सञ्चालन गर्ने र हिल्सा–पुलाङ नाकालाई एकतर्फीरूपमा खोल्ने सहमति भएको छ ।

नेपालको अनुरोधमा ३० लाख आरएमबी बराबरको विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि अत्यावश्यक उद्धार तथा बन्दोबस्तीका सामान र २० लाख आरएमबी बराबरको औषधि तथा स्वास्थ्य सामग्री प्रदान गर्न चिनियाँ पक्ष सहमत भएको छ । रासस
 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

मनास्लु हिमालमा सोमवार बिहान हिउँपहिरो गएको छ । पहिरोका कारण एक दर्जन पर्यटक हराइरहेका छन् । मनास्लु हिमाल आरोहणको सिजन भएकोले आधार शिविरमा करिब ५ जना आरोही तथा सहयोगी पुगेका छन् । त्यसमध्ये १२ जना हराएको ...

असोज १०, २०७९

ट्राफिक प्रहरीले काठमाडौंबाट छुट्ने लामो दूरीका सवारी चालकहरूलाई फूलमाला लगाइदिएको छ । चाडपर्वलाई लक्षित गरेर सञ्चालनमा ल्याइएका लामो दूरीका सवारी साधनका चालकलाई नयाँ बसपार्कबाट फूलमाला लगाएर सुरक्षित यात्रा...

असोज १०, २०७९

दशैंमा काठमाडौं उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको संख्या ह्वात्तै बढेको छ । अहिले दैनिकरुपमा नागढुंगा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको संख्या दैनिक ५० हजार भन्दामाथि रहेको छ । यसपटक ...

असोज १०, २०७९

दशैं नजिकिँदै गर्दा हाल देशभरका महत्वपूर्ण छ सडक पूर्णरुपमा र २२ आंशिकरुपमा अवरुद्ध भएका छन् । साँफेबगर–मार्तडी–कोल्टी, बालाजु–त्रिशूली–धुञ्चे–स्याफ्रुबँेसी सडक, सिद्धार्थ राजमार्ग, ...

असोज १०, २०७९

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा सवारी दुर्घटना न्यूनीकरणको उद्देश्यले सञ्चालन गरिएको ‘रिफे्रस सेन्टर’ अहिले प्रयोगविहीन बनेको छ ।  रातिका समयमा ल...

असोज १०, २०७९

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा नापजाँचको काम पूरा भएको छ । बुटवल उपमहानगरपालिका–१७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट शुरू भएको जग्गा नापजाँचको काम ११ दिनमा पूरा भएको मोती...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x