×

X
Nic Asia
Marvel
Khukuri

ब्रिटेनमा तालबाट निस्कियो डरलाग्दो गाउँ, सयौँ वर्ष पुरानो पुलको तस्वीर सार्वजनिक !

काठमाडाैं | साउन २८, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

भीषण गर्मीका कारण ब्रिटेनमा ताल तथा नदीहरू सुक्दै गइरहेका छन् । सुक्खापनका कारण ब्रिटेनमा करिब ७० वर्ष पहिले तालमा डुबेको एक गाउँको अवशेष देखिन थालेको छ । त्यहाँ सयौँ वर्ष पुरानो एक पुलको अवशेष पनि देखिएको छ । 

DHARA
LAxmi BAnk

सन् १९५० को दशकमा बेटिङ्ग्स नामको एक सानो गाउँ बेटिङ्ग्स तालमा डुबेको थियो । उक्त गाउँ पश्चिम योर्कशायर पेनिन हिल्समा थियो । उक्त गाउँमा सयौँ वर्ष पुरानो एक प्याकहर्स पुल पनि थियो । उक्त पुल मध्ययुगमा निर्माण गरिएको अनुमान गरिएको छ । जब ब्रिटेनमा विकिङको कब्जा थियो, यही पुलले योर्कशायर र ल्यांकशायरलाई जोड्ने गरेको बताइन्छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

सन् १९५६ मा उक्त ताल वकेफिल्ड नामक शहरमा पानी लैजानका लागि बनाइएको थियो । अहिले उक्त तालमा पानीको स्तर निकै कम भइरहेको छ । उक्त तालमा पानी घटेपछि योर्कशायर वाटरले पाइपमार्फत योर्कशायरको पानी लैजान घोषणा गरेको छ । यदी उक्त तालमा योर्कशायरको पानी मिसाइएमा त्यसपछि उक्त पानी घरेलु प्रयोजनका लागि प्रयोग गर्न सकिने छैन । 


Advertisment
Bizbazar
Saurya island

योर्कशायर पोष्टका अनुसार उक्त पानीमुनि दबेको गाउँको इतिहास निकै डरलाग्दो छ । सन् १९८९ मा उक्त इलाकामा एक शव पाइएको थियो । उक्त शवको टाउकोमा गोली लागेको थियो । तालको पानी सुकेपछि उनको मृत शरीर पाइएको थियो । परीक्षणका क्रममा उक्त शव लारेन्स विंन्स्टल भएको पत्ता लागेको थियो । हत्या गरिएको बखत उनी २३ वर्षका थिए । उक्त हत्याकाण्डको कारण हालसम्म पत्ता लागेको छैन । त्यस समय तालको पानी १२ मिटरसम्म तल गएको थियो । 

हाल उक्त तालको पानी ५० प्रतिशतभन्दा धेरै सुकेको छ । तालमा पानी सुकेपछि पुरानो गाउँ र पुलको अवशेष देखिन थालेको योर्कशायर पोष्टले जनाएको छ । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ७, २०७९

इन्स्टाग्राममा फोटो शेयर गरेको कारण १८ वर्षीय एक युवती कानूनी फन्दामा परेकी छन् । अब उनलाई ६ वर्षसम्मको जेल सजाय हुनसक्ने चर्चा चल्न थालेको छ । इन्स्टाग्राममा फोटो पोस्ट गरेकी युवतीको घरमा सरकारी अधिकारीहरूसमेत प...

भदौ ३०, २०७९

लन्डनको वेस्टमिन्स्टर हलमा बेलायतकी दिवंगत महारानी एलिजाबेथको शव राखिएको कफिनको सुरक्षामा खटिएका एक गार्ड बेहोश भएर ढलेका छन् ।  ती गार्ड हल्लिएर एकपटक मञ्चबाट हलुका लडेका थिए । तर उनले आफूलाई जसोतसो...

भदौ ३०, २०७९

काठमाडौं — आधुनिक जीवनमा अत्यन्तै रुचाइएका केही उत्पादनहरू शुरुवातमा कस्तो देखिन्थे होलान् भनी तपाईंमा जिज्ञासा उठेको हुनसक्छ । शुरुमा ती वस्तुहरू जस्ता थिए अहिले त्यसभन्दा फरक स्वरूपमा देखिन थाले...

भदौ ३१, २०७९

तपाईंले बालबालिकालाई के मन पर्छ ? पक्कै थाहा छ 'गुडिया' । प्राय बालबालिकाले गुडिया वा खेलौना निकै रुचाउने गर्छन् ।  बाल्यकालमा रहँदा उनीहरूलाई अभिभावकहरूले पनि त्यस्तै खेलौनाहरू उपहार दि...

भदौ ३१, २०७९

टमस न्गकोबो नामक व्यक्तिलाई दक्षिण अफ्रिकाको सबभन्दा मूर्ख अपराधी भन्न थालिएको छ ।  हार्डवेयरको सामान चोरेपछि विगत सात वर्षदेखि फरार रहेका उनी प्रहरीमा जागिर खानका लागि निवेदन दिन गएको बेलामा पक्राउ पर...

असोज १२, २०७९

करोडौं रुपैयाँ कमाउन कति मेहनत गर्नुपर्ला ? धेरै मेहनत गर्दा र प्रयास गर्दा पनि करोडौं कमाउन सकिँदैन । तर एउटा सुनसान घरमा १०० दिन एक्लै बिताउँदा ६ करोड रुपैयाँ उपहार दिइएको छ । चर्चित यूट्युबर मिस्टर बी...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x