×

X
Nic Asia
Marvel
Khukuri

प्रतिनिधिसभा निर्वाचन

खनाल र नेम्वाङको विरासत जोडिएको इलामको चुनावी हिसाब– एमाले विभाजनले उल्टिएला नतिजा ?

विराटनगर | साउन २९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेपछि पूर्वी पहाडी जिल्ला इलाममा पनि चुनावी चहलपहल बढेको छ । पहाडको चिसोलाई चुनावी माहोलले तताउँदै लैजान थालेको छ । 

DHARA
LAxmi BAnk

पूर्व प्रधानमन्त्री झलनाथ खनाल र संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवास नेम्वाङको परम्परागत निर्वाचन क्षेत्र रहेको इलाममा यी दुईको भविष्यलाई लिएर नै बढी चर्चा भइरहेको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

लामोसमय एउटै पार्टीबाट राजनीति गरेका दुई सहकर्मी अहिले अलग–अलग पार्टीमा छन् । एमालेका पूर्व अध्यक्ष झलनाथ खनाल नेकपा एकीकृत समाजवादीका सम्मानित नेता हुन् भने नेम्वाङ एमालेको उपाध्यक्ष छन् ।

२०४८ सालयताका ६ वटा निर्वाचनमध्ये ५ पटक चुनाव जितेका खनालको यसपटकको चुनावी यात्रालाई फरक ढंगबाट विश्लेषण गर्न थालिएको छ ।


Advertisment
Bizbazar
Saurya island

इलामको क्षेत्र नम्बर १ बाट चुनाव लड्दै आएका खनाल २०५६ सालमा पराजित भएका थिए । ०४८ र ०५१ म जितेका खनाल त्यसपछि ०६४, ०७० र ०७४ सालको चुनावमा लगातार जितेर ह्याट्रिक गर्न सफल भए ।

तर, परम्परागत रूपमा जित्दै आएको पार्टी र चुनाव चिह्न अहिले खनालको साथमा छैन । उनले कलम चिह्नबाट प्रतिस्पर्धा गर्दा विपक्षमा सूर्य चिह्नबाहक उम्मेदवार खडा हुनेछन् ।

Vianet communication
IME BANK INNEWS

सूर्य त्यही चिह्न हो, कुनैबेला खनाल जसको सर्वेसर्वा (अध्यक्ष) थिए ।

०७४ सालको निर्वाचनमा इलाम निर्वाचन क्षेत्र नम्बर १ मा एमाले र माओवादीको गठबन्धन हुँदा खनाल ३६ हजार ८०५ मत ल्याएर विजयी बनेका थिए ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६३८ मत मात्रै ल्याए ।

यसपटक खनाल माओवादी र कांग्रेसको समर्थनमा फरक पार्टीबाट खडा हुनेछन् । 

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको वडागत मतलाई नियाल्दा यो क्षेत्रबाट एमाले र कांग्रेसले हाराहारीमै मत ल्याएका छन् । झलनाथको पार्टी एकीकृत समाजवादी निकै मतान्तरले तेस्रो छ ।

यो क्षेत्रबाट एमालेले २६ हजार २३३ मत ल्याउँदा कांग्रेसले २५ हजार ७७२, एकीकृत समाजवादीले ९ हजार ४ सय ८१, जसपाले १ हजार ८२९ र माओवादीले १ हजार २३५ मत ल्याएका छन् ।

एकीकृत समाजवादीले यस क्षेत्रमा ६ वटा वडा र सूर्योदय नगरपालिकाको मेयर जितेको छ ।

खनालका लागि एउटा सुखद् कुरा के हो भने यस क्षेत्रमा एमालेबाट 'हेभीवेट' उम्मेदवार खडा हुने सम्भावना कम छ । अर्कातर्फ कांग्रेससहित गठबन्धन सहकर्मीहरूको सहयोग उनको साथमा हुनेछ ।

यस क्षेत्रमा एमालेबाट एमाले जिल्ला अध्यक्ष महेश बस्नेत र सूर्योदय नगरपालिकाको मेयरमा पराजित काजीमान कागतेको नाम चर्चामा छ । कागते यसअघि प्रदेशसभा सदस्य थिए । प्रदेशसभाबाट राजीनामा दिएर मेयरको उम्मेदवार बनेका उनी पराजित भए ।

उनलाई खनाल प्रधानमन्त्री हुँदा स्वकीय सचिव समेत रहेका नेकपा एकीकृत समाजवादीका नेता रणबहादुर राईले पराजित गरेका हुन् ।

गठबन्धन हुँदा खनालले टिकट पाउने भन्दै कांग्रेसका नेताहरू भने अहिलेसम्म चुपचाप छन् । 

एमाले फुट्दा जित्ने आंकलन गरेर बसेका कांग्रेस नेताहरूका लागि दाँतमा ढुंगा लागेझैँ भएको छ, यो क्षेत्र । ०५६ सालमा खनाललाई पराजित गर्ने बेनुपराज प्रसाईं कांग्रेस उम्मेदवार बन्नुपर्ने आवाज कांग्रेसमा उठेको छ ।

हार्नै नजानेका नेम्वाङले जित्लान् चुनाव ?

इलाममा २०५६ सालदेखि लगातार चुनाव जितेर सांसद बनिरहेका सुवास नेम्वाङले यसपटक के गर्लान् भन्ने विषयमा जिल्लाव्यापी रूपमा चासो छ । २०४८ र २०५२ मा गरी दुईपटक राष्ट्रिय सभाको अध्यक्ष, २०५६ को संसदीय निर्वाचनमा विजयी भएका सुवास नेम्वाङ मन्त्री बनिसकेका छन् भने दुईपटक संविधानसभाको अध्यक्ष पनि रहिसकेका छन् ।

०६४ सालको संविधानसभा निर्वाचन, ०७० को दोस्रो संविधानसभाको निर्वाचनमा पनि सोही निर्वाचन क्षेत्रबाट विजयी बनेका थिए ।  उनी ०७४ को संसदीय निर्वाचनमा माओवादी र एमालेबीचको गठबन्धनबाट विजयी बनेका थिए । उनले त्यसबेला ३६ हजार ५१७ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८६५ मत ल्याएका थिए । 

सो क्षेत्रमा अहिले कांग्रेस हौसिएको छ । एमाले फुटेको फाइदा उठाउने दाउमा कांग्रेस देखिन्छ । वाम किल्ला भनिएको यस क्षेत्रमा वामपन्थीकै मत लिएर चुनाव जित्ने रणनीतिमा कांग्रेस रहेको छ । कांग्रेसमा केशव थापा र भेषराज आचार्य उम्मेदवारका लागि चर्चामा छन् । यस्तै कांग्रेसका इलाम जिल्ला सभापति डम्बर खड्का पनि टिकटका लागि लबिङमा छन् ।

स्थानीय तह २०७९ को मत परिणाम अनुसार नेम्वाङको क्षेत्रमा वडाध्यक्षहरूले प्राप्त गरेको मत हेर्दा एमाले एक्लैले ३२ हजार ५२७ मत ल्याएको छ । यता गठबन्धन दलहरू कांग्रेस, माओवादी, नेकपा एस र जसपाको मत जोड्दा ३६ हजार ५६२ मत हुन आउँछ । गठबन्धनले यो मतलाई प्रतिनिधि सभामा पनि दोहोर्‍याउन सकेमा नेम्वाङका लागि मुस्किल पर्ने देखिन्छ ।

तर, आफ्नो राष्ट्रिय छवि र एमालेको बलियो संगठन उनका बलिया पक्ष हुन् ।

त्यसो त कतिपयले इलाममा खनाल र नेम्वाङबीच अघोषित रूपमा सहकार्य हुनसक्ने चर्चा पनि गर्छन् । फरक–फरक पार्टीमा रहे पनि यी दुई नेताको सम्बन्ध खासै तिक्ततापूर्ण छैन ।

पढ्नुहोस्, यो पनि :

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ११, २०७९

निर्वाचन आयोगले मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ ।  आयोगको आज बसेको बैठकले निर्वाचन ...

असोज १२, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले प्रदेश नम्बर १ का प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश गरेको गरेको छ । इटहरीका कार्यालय प्रमुख तीर्थराज चिलुवालले संविधानको धारा २९४ को व्यवस्था बमोजिम वार्षिक रु...

असोज ११, २०७९

निर्वाचन आयोगले असोज १२ गतेबाट निर्वाचन आचारसंहिता २०७९ लागू गर्ने निर्णय गरेको छ ।   मंगलवार बसेको आयोगका पदाधिकारीको बैठकले निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलल...

असोज १२, २०७९

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– निर्वाचन आयोगले मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्व...

असोज १२, २०७९

सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । बाँकेको धकेरीबाट सल्यानको कपुरकोटमा बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको रा१ज ५६३ नम्बरको जीप गएराति...

असोज ११, २०७९

तत्कालीन नेकपा विभाजनले प्रदेशको नेतृत्व सम्हाल्ने अवसरमा पाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको कार्यकाल अपेक्षित सफल हुन सकेको छैन । केसीले ‘जम्बो’ मन्त्रिमण्डल बनाएर २८ साउन २०७८ मा...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x