×

X
Nic Asia
Dabur
Khukuri

शीतल निवासको निर्णयमा प्रतिक्रिया

नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सडक आन्दोलन हुन्छ : मातृका यादव

काठमाडाैं | साउन २९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता मातृका यादवले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको निर्णयले लाखौँ जनता नागरिकताविहीन हुने खतरा बढेको बताएका छन् । जनतालाई नागरिकविहीन बनाउने निर्णयविरुद्ध आन्दोलन हुने उनले चेतावनी दिए ।

LAxmi BAnk
nabil BANK inside

राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता भएपछि लोकान्तरसँग कुरा गर्दै यादवले राष्ट्रपतिको निर्णय दुर्भाग्यपूर्ण रहेको प्रतिक्रिया दिए । ‘नेपालमा शासक वर्गले जहिले पनि एउटा समुदायलाई शंकाको दृष्टिले हेर्ने गरेको छ । त्यसबाट राष्ट्रपतिज्यू पनि अछुतो रहनु भएन । राष्ट्रपतिको निर्णयले लाखौं जनता नागरिकताविहीन हुनु पर्ने अवस्था आउनु दुखद् मात्र होइन दुर्भाग्यपूर्ण हो’ यादवले लोकान्तरसँग भने, ‘नागरिकविहीनहरूले अब सडक आन्दोलन गर्नुपर्छ र हामी जस्तो नेताहरू पनि सडक आन्दोलन गर्नु पर्छ ।’


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

राष्ट्रपति भण्डारीले आइतबार नागरिकता विधेयक फिर्ता गरेकी थिइन् । मधेस केन्द्रित दलका नेताहरुले राष्ट्रपतिको कदमको विरोध जनाएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्या भण्डारीले नागरिकता विधेयक फिर्ता गरेर असंवैधानिक काम गरेको आरोप लगाएका छन् । यस्तै लोसपा नेता राजेन्द्र महतोले पनि राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेर मधेसी जनताको भावनामाथि कुठाराघात गरेको आरोप लगाएका छन् ।


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

नेपाल बार एशोसिएशनले अधिकार नभएका कर्मचारीले सार्वभौम संसद्को क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको निष्कर्ष निकालेको छ । संघीय संसद् सचिवालयका महासचिव भरत गौतमले निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराल...

मंसिर २१, २०७९

नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले कांग्रेसको नेतृत्वमा सरकार बनाउनु पर्ने बताउँदै प्रधानमन्त्रीमा सभापति शेरबहादुर देउवाले भने दाबी छाड्नुपर्ने बताएका छन् । अहिले एजेण्डा युवा पुस्तामा रहेकाले पार्टी...

मंसिर २१, २०७९

नेपाली कांग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई छिटो अगाडि बढाउन निर्देशन दिएका छन् । बुधवार एकान्तकुना ललितपुरस्थित काठमाडौं चक्रपथ सुधार...

मंसिर २१, २०७९

नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले नयाँ सरकार गठनबारे ठूला दलहरूले मिलेर अघि बढनुपर्ने बताएका छन् । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित उनले ठूला दलहरूले नयाँ सरकार गठनबारे एकठाउँमा उभिए...

मंसिर २१, २०७९

निर्वाचन आयोगले गरेको सिट बाँडफाँडअनुसार मधेस प्रदेशमा समानुपातिकतर्फबाट १० पार्टीको प्रतिनिधित्व रहने निश्चित भएको छ । आयोगका अनुसार प्राप्त मतका आधारमा कांग्रेसले सबैभन्दा धेरै ९ सिट पाएको छ । यस्तै एमा...

मंसिर २१, २०७९

मंगलवार साँझ बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न नौ वटा आयोजना बनाउन राष्ट्रिय वन प्रयोग गर्न दिने निर्णय गरेको छ । बुधवार सार्वजनिक मन्त्रिपरिषदका २४ निर्णयमा ९ वटा आयोजना बनाउन वन प्रयोग गर्न दिनेछ ।  ...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x