×

X
Nic Asia
Marvel
Khukuri

सरसर्ती २४ घण्टा

राष्ट्रपतिको निर्णयले एमाले खुसी, सत्ता गठबन्धन आक्रोशित

काठमाडाैं | साउन ३०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाको मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संसदमै फिर्ता पठाएपछि दलहरु विभाजित बनेका छन् । एमालेले राष्ट्रपतिको निर्णयको स्वागत गरेको छ भने सत्ता गठबन्धनका दलहरु असन्तुष्ट बनेका छन् । आइतबार राष्ट्रपति भण्डारीले विभिन्न ९ सवालसहित संसदलाई १५ बुँदे सन्देश पठाउँदै विधेयक फिर्ता गरेकी हुन् । नागरिकतासम्बन्धी विधेयक राष्ट्राध्यक्षबाट फिर्ता भएको यो दोस्रो पटक हो । यसअघि तत्कालीन राजा ज्ञानेन्द्र शाहले पनि २०५७ साल नागरिकता विधेयक संसदमा फिर्ता पठाइदिएका थिए । 

DHARA
LAxmi BAnk

राष्ट्रपतिले प्रेषित गरेको १५ बुँदे सन्देशमा विधेयक सुधारको ठाउँसमेत औंल्याएकी छिन् । राष्ट्रपतिले नागरिकता कानुन बनाउन ऐतिहासिक पक्षहरुको समग्र अध्ययन आवश्यक भएको बताएकी छन् । जसमा विसं २००९ सालमा जारी भएको पहिलो नागरिकता ऐन, पुराना संविधान र तिनमा नागरिकता प्राप्तिको व्यवस्थाबारे भएका परिवर्तन तथा उतार चढाव उल्लेख गरिएको छ । साथै तत्कालीन राजा वीरेन्द्रले रोकेको नागरिकता ऐन, बहुदलीय व्यवस्था स्थापना भएपछि गठन भएका नागरिकता समस्या सुझाव आयोग समेतको चर्चा समेत राष्ट्रपतिले आफ्नो सन्देशमा गरेकी छन् । भविष्यमा नागरिकता विवादबारे समस्या नहोस् भनेर अहिलेको संसदले पनि यथेष्ट ध्यान पुग्नुपर्ने राष्ट्रपतिको भनाइ छ । यस्तै नागरिकताका सिद्धान्तहरूमा स्पष्टता पनि उनले खोजेकी छन् । जसमा आमाको नामबाट नागरिकता सहज रुपमा पाउनुपर्ने सवाललाई पनि उठाएकी छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

उनले अंगीकृत नागरिकताको सवाललाई स्थायी रुपमा समाधान गरिनुपर्ने सन्देश दिएकी छन् । यस्तै राज्य व्यवस्था तथा सुशासन समितिले सहमति जुटाएको प्रतिवेदनलाई पनि थाती राखी पुनः नयाँ विधेयक दर्ता गराउनुको विश्वसनीय र स्पष्ट कारण संसद्का माध्यमबाट सार्वभौम जनताका सामुन्ने राखिदिनु पर्ने आशयसहितको सन्देश पनि राष्ट्रपतिले दिएकी छन् । बाबु नभएकोबारे आमाको स्वघोषणा प्रस्ताव गरिएकोलगायतका विषयमा समेत राष्ट्रपतिले चासो देखाएकी छन् । 

यस्तै उनले तत्कालीन प्रधानमन्त्री केपी ओलीको अध्यादेश स्वीकृत गर्नुको कारण आफ्नो सन्देशमा उल्लेख गरेकी छन् । अध्यादेश राष्ट्रपतिले रोक्न नपाउने तर अहिलेको अवस्थामा भने संवैधानिक व्यवस्थाअनुसार निर्णय लिएको भण्डारीको भनाइ छ । तर ओलीले ल्याएको अध्यादेशले पनि नागरिकताको सवालमा  प्रष्ट जवाफ दिन नसकेको उनको भनाइ छ । 


Advertisment
Bizbazar
Saurya island

नागरिकलाई नागरिकता दिन ढिलाई गर्न नहुने भन्दै राष्ट्रपतिले आफ्नो सन्देशमा तत्काल छलफल गरी पुनः प्रमाणीकरणका लागि पेश गर्न आग्रह गरेकी छन् । नागरिक अगुवासँगको परामर्शपछि राष्ट्रपति भण्डारीले आइतवार विधेयक संसदमा फिर्ता पठाइदिएकी हुन् । प्रतिनिधिसभाले प्रमाणीकरण गरेर पठाएको विधेयक १५ दिनमा प्रमाणित गर्ने या फिर्ता गर्ने राष्ट्रपतिको अधिकार हो । 

संविधानको धारा ११३ मा विधेयकमा प्रमाणीकरण सम्बन्धी व्यबस्था छ । ‘प्रमाणीकरणका लागि पेश भएको अर्थ विधेयकबाहेक अन्य विधेयकमा पुनर्विचार आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा त्यस्तो विधेयक पेश भएको १५ दिनभित्र निजले सन्देशसहित विधेयक उत्पत्ति भएको सदनमा फिर्ता पठाउनेछ’ भन्ने संविधानको व्यबस्था छ । राष्ट्रपतिले सोही व्यवस्थालाई टेकेर विधेयक फिर्ता गरेकी हुन् । 
००००
नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता मातृका यादवले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको निर्णयले लाखौँ जनता नागरिकताविहीन हुने खतरा बढेको बताएका छन् । जनतालाई नागरिकविहीन बनाउने निर्णयविरुद्ध आन्दोलन हुने उनले चेतावनी दिए ।

Vianet communication
IME BANK INNEWS

यसैगरी जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्या भण्डारीले नागरिकता विधेयक फिर्ता गरेर असंवैधानिक काम गरेको आरोप लगाएका छन् । राष्ट्रपतिको कदमले नागरिकलाई राज्य विहीनताको अवस्थामा पुर्याउने यादवले बताए ।

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेर मधेसी जनताको भावनामाथि कुठाराघात गरेको आरोप लगाएका छन् । केपी ओली सरकारले यही कुरा अध्यादेशमार्फत ल्याउँदा स्वीकृत गरिएको तर सार्वभौम संसदले ल्याएको नागरिकता विधेयक अस्वीकृत गर्नु गलत भएको उनले बताए ।
तर, एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने राष्ट्रपतिको निर्णय स्वागतयोग्य रहेको प्रतिक्रिया दिएका छन् ।
००००
विवेकशील साझा पार्टीले नयाँ नेतृत्व चयन गरेको छ । तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले गत जेठमा दिएको राजीनामा स्वीकृत गर्दै पार्टीको आइतवार बसेको केन्द्रीय समितिको बैठकले कार्यसम्पादन समिति सदस्य समीक्षा बास्कोटालाई नयाँ अध्यक्ष चयन गरेको हो । त्यसैगरी रिक्त संयोजक पदमा कार्यसम्पादन समितिकै अर्का सदस्य सञ्जिववल्लभ भट्टराई चयन भएका छन् ।
००००
काठमाडौं उपत्यकामा जम्मा भएको फोहोर उठाउनेबारे पहल गर्न सत्ता गठबन्धनका नेताहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले फोहोर उठाउन र महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको गठबन्धनका एक नेताले जानकारी दिए ।
००००
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउँने ६ जना चालकलाई आइतवार कारबाही गरेको छ । बिहान साढे ५ बजेदेखि साढे ८ बजेसम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारबाहीमा परेका हुन् ।
००००
निर्वाचन आयोगले आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १ करोड ३० लाख हाराहारीमा मतदान हुने प्रक्षेपण गरेको छ । कुल मतदान १ करोड ८० लाख रहेकोमा १ करोड ३० लाख हाराहारीमा मतदान हुने आयोगले अनुमान गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । 

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि १० अर्ब अनुमानित खर्च हुने प्रक्षेपण गरेको छ । त्यस्तै निर्वाचनमा १० हजार ८५२ मतदान स्थल र २२ हजार ५ सय अस्थायी मतदान केन्द्र बाहेकका मतदान केन्द्र रहने बताएको छ ।  
००००
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी निर्वाचनका लागि करिव ८ करोड मतपत्र छापिने जानकारी दिएका छन् । उनले ६ वटा मेसिन दैनिक प्रयोग गर्दा पनि ३४ दिनमा ४ करोड मतपत्र मात्र छाप्न सकिने बताए । 
००००
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको लागि पुनस्एकीकरण कार्यक्रम तत्काल कार्यान्वयन गर्ने जानकारी दिएका छन् । 
आइतवार काठमाडौंमा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको लागि पुनस्एकीकरण कार्यक्रममा कार्यान्वयन विषय परामर्श गोष्ठीमा बोल्दै यस्तो बताएका हुन् । उनले सरकारले उक्त कार्यक्रममा वैदेशिक रोजगारदाताहरूको सहयोग, अनुदान र लगानीमा आकर्षित गर्ने गरी प्रावधानहरू राखिएको बताए ।
००००
प्रतिनिधिसभाको आइतवारको बैठकमा बीमासम्बन्धी विधेयक, २०७५ पारित भएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ समितिबाट दफाबार छलफलको प्रतिवेदनसहित विधेयक पारितका लागि प्रस्तुत गरेका थिए । विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री शर्माले बीमा क्षेत्रका विकृति र विसंगतिको अन्त्य र उत्पन्न समस्याको समाधानका लागि नयाँ विधेयक ल्याइएको बताए ।
००००
केहीदिन पहिले झण्डै दैनिक हजारको हाराहारीमा पुगेको कोरोना संक्रमितको संख्या घट्न थालेको छ । पछिल्लो दुई दिनयता कोरोना संक्रमितको संख्या कम हुँदै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५५ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयले कूल ४ हजार ८ सय २९ नमूना परीक्षण गर्दा उक्त संख्यामा नयाँ संक्रमित थप भएको जानकारी दिएको छ ।
००००
शेयर बजार ओरालो लाग्ने क्रम पुनः बढ्न थालेको छ । पछिल्लो एक सातादेखि ओरालो लाग्न थालेको नेप्से परिसूचक आइतवार २०१० विन्दुमा झरेको छ । आइतवार एकैदिन नेप्से २७.९२ अंकले घटेको छ ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई एउटै चुनाव चिह्न लिएर निर्वाचन सहभागी हुन सहमत भएका छन् । आइतवार प्रचण्ड र भट्टराई पक्षबीच भएको छलफलमा आगामी चुनावमा एउटै चुनाव चिह्न र घोषणा पत्र बनाएर जानेबारे मौखिक सहमति नजिक पुगेको नेपाल समाजवादी पार्टीका प्रवक्ता विश्वदीप पाण्डेले जानकारी दिए । दुई पार्टीको केही विषय अझै मिल्न बाँकी रहेकाले सोमवार फेरि बैठक बसेर अन्तिम घोषणा गर्ने तयारी रहेको उनले जानकारी दिए ।
००००
मधेश प्रदेश सरकारले संघीय सरकाविरुद्ध आन्दोलन थालेको छ । प्रहरी समायोजनमा ढिलाइ गरेको विरोधमा मधेश प्रदेश सरकारका मन्त्रीहरूले आइतवारदेखि आन्दोलन थालेका हुन् । 
आइतवार बिहान ११ बजेदेखि उनीहरू प्रदेश प्रमुख उमाशंकर मिश्रको कार्यकक्ष अगाडि धर्नामा बसेका छन् । धर्नामा मुख्यमन्त्री लालबाबु राउतसहित सबैमन्त्रीहरू सहभागी छन् । धर्ना कार्यक्रम दिउँसो २ बजेसम्म जारी रहने मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत शाहले जानकारी दिए ।
००००
उच्च अदालत सुर्खेतको आदेशविपरीत कर्णाली प्रदेशका नवनियुक्त मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतवार बिहान प्रदेश प्रमुख तिलक परियारले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।  उच्च अदालतले सुर्खेतले कर्णाली प्रदेश सरकार समावेशी नभएको भन्दै नवनियुक्त मन्त्रीलाई शपथ ग्रहण नगराउन आदेश दिएको थियो । तर, अदालतको आदेश लत्याउँदै प्रदेशमन्त्रीलाई शपथ खुवाइएको हो । उच्च अदालत सुर्खेतले निर्देशनात्मक आदेश दिएपछि यसअघि तय भएको उनको शपथ कार्यक्रम रोकिएको थियो ।

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १३, २०७९

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने अन्योलमा छन् । अघिल्लोपटक जितेको धनुषा- ३ मै उम्मेदवारी दिने कि पुरानो क्षेत्र सर्लाही- २ फर्किने भन्नेमा उनले निर्णय लिन स...

असोज १४, २०७९

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नेकपा एमालेले प्रत्यक्षतर्फ चुनाव लड्ने उम्मेदवारको टुंगो लगाउन छल...

असोज १४, २०७९

पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरूका कार्यशैलीका कारण जनतामा उत्साह हराएको बताएका छन् । उनले कुनै पनि देशभक्त नेपालीलाई अहिलेको समय सजिलोसँग बितिरहेको छ जस्तो आफूलाई नलागेको उनको भनाइ छ ।  दसैँको अवसरम...

असोज १४, २०७९

हालैमात्र राप्रपा प्रवेश गरेका रवीन्द्र मिश्रले काठमाडौं १ बाट प्रतिनिधि सभामा उम्मेदवारी घोषणा गरेका छन् । शुक्रवार बानेश्वरमा आफू समर्थकको भेलामार्फत मिश्रले उम्मेदवारी घोषणा गरेका गरेका हुन् ।  उम्मेदवार...

असोज १३, २०७९

नेपाली कांग्रेसको संस्थापनइतर समूहले दबाब बढाउँदै लगेपछि पार्टी सभापति शेरबहादुर देउवाले समानुपातिकतर्फको बन्दसूची सच्याउने प्रतिबद्धता जनाएका छन् । कोइराला पक्षका नेताहरूसँग देउवाले समानुपातिकको सूची सच्य...

असोज १४, २०७९

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरुलाई कारबाहीको चेतावनी दिएको छ । इन्टरनेट सेवा बाहेक अन्य सेवाहरु सञ्चालन गर्ने क्रममा इन्टरनेट सेवा, आईपीटीभी सेवा र अप्टिकल नेटवर्क युनिट तथा राउटरहरूका प्य...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

ad
x