×

X
Nic Asia
Marvel
Khukuri

प्रतिनिधिसभा निर्वाचन

ताप्लेजुङमा तिलकुमारको दाबीपछि योगेश भट्टराई विश्वप्रकाशको क्षेत्रमा झर्ने चर्चा

विराटनगर | साउन ३०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

अधिकांश समय काठमाडौंकेन्द्रित हुने नेताहरू मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा भएपछि गाउँघरमा देखिन थालेका छन् । 

DHARA
LAxmi BAnk

यसरी काठमाडौं छाडेर गाउँ आउनेमध्ये एमालेका केन्द्रीय सचिव योगेश भट्टराई पनि एक हुन् । चुनावको मिति घोषणा भएसँगै उनले गृहजिल्ला ताप्लेजुङमा दौडधूप बढाएका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

२०६४ र २०७० को निर्वाचनमा काठमाडौं– ६ बाट पराजय भोगेका योगेश २०७४ को निर्वाचनमा जन्मथलो ताप्लेजुङबाट विजयी बने ।

अघिल्लोपटक माओवादीसहितको वाम गठबन्धनबाट विजयी योगेशलाई यसपटक भने टिकट लिन नै ठूलो कसरत गर्नुपर्ने देखिन्छ । 


Advertisment
Bizbazar
Saurya island

उनलाई एमालेकै पोलिटब्यूरो सदस्य तिलकुमार मेयाङ्बोले चुनौती दिइरहेका छन् । मेयाङ्बो अध्यक्ष केपी शर्मा ओलीसँग निकट मानिन्छन् । उनले योगेशलाई ताप्लेजुङमा पाहुनाको संज्ञा समेत दिएका छन् ।

‘उहाँको जन्म मात्रै ताप्लेजुङ हो । काठमाडौंमा राजनीति गर्नुभयो । म २०७४ मा जिल्ला अध्यक्ष थिएँ । पार्टी अध्यक्ष हुँदा नै उहाँलाई उम्मेदवार बनाउने निर्णय गरेको हुँ । दुईपटक काठमाडौंले माया नगरेपछि मैले शर्त नै राखेर उहाँलाई सहयोग गरेको हुँ । त्यति बेलाका शर्त उहाँले मान्नुपर्छ,’ मेयाङ्बोले भने । 

Vianet communication
IME BANK INNEWS

अघिल्लोपटक निर्वाचन लड्दा नै यसपटक आफूलाई छाड्ने गरी सहमति भएको उनले दाबी गरे । 

‘ताप्लेजुङको संगठन निर्माणमा उहाँको कुनै भूमिका छैन,’ तिलकुमारले थपे, ‘अहिले पनि उहाँले टिकट पाउनुभयो भने परिणाम उल्टो आउन सक्छ । यो कुरा केन्द्रीय कमिटीले पनि बुझ्नुपर्छ ।’

योगेशलाई पार्टीभित्रै चुनौती खडा भएपछि ताप्लेजुङमा चुनावी हावा जोडतोडले चल्न थालेको छ । यता योगेशले भने पार्टी सचिव भएको नाताले आफूले नै टिकट पाउने दाबी गरेका छन् ।

‘लोकतन्त्रमा सबैलाई बोल्ने छूट हुन्छ । केन्द्रीय सचिव भएकाले पनि मैले नै टिकट पाउँछु भन्नेमा विश्वस्त छु । उहाँले अहिले दाबी गर्नुभएको हो, पछि मलाई नै सघाउनुहुन्छ,’ भट्टराईले भने ।

पार्टी अध्यक्ष ओलीनिकट नेताबाटै टिकटमा दाबी आएपछि योगेश उपाध्यक्ष सुवास नेम्वाङलाई लिएर ताप्लेजुङ पुगेका थिए ।

उनी पार्टीका दोस्रो तहका नेताहरूलाई रिझाएर टिकट हत्याउने रणनीतिमा लागेको जिल्ला नेताहरू बताउँछन् ।

ताप्लेजुङमा टिकट नपाए योगेश झापा– १ मा झर्न सक्ने चर्चा पनि छ । 

अघिल्लोपटक वाम गठबन्धनबाट माओवादीका सुरेन्द्र कार्की रामले चुनाव जितेको यो क्षेत्रमा एमालेबाट रविन कोइराला आकांक्षी छन् । यो कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको क्षेत्र पनि हो ।

अघिल्लो चुनावमा झापा– १ को सडक ‘अफ्रिकन सुन्दरीका गालाजस्तै चिल्लो’ बनाउने चुनावी नारा बनाएका राम कार्कीले भने ताप्लेजुङ जाने रहर व्यक्त गर्न थालेको चर्चा छ ।

अघिल्लोपटक वाम गठबन्धन हुँदा विश्वप्रकाश शर्मालाई चुनाव हराएका कार्कीको टिकट यसपटक झापा १ मा पक्का भइसकेको छैन । विश्वप्रकाश कांग्रेसको महामन्त्री नै बनिसकेकाले उनको दाबी बलियो बनेको छ ।

झापा– १ विश्वप्रकाशको परम्परागत क्षेत्र भएकाले कार्कीका लागि विकल्पमा ताप्लेजुङलाई लिइएको माओवादी नेताहरू बताउँछन् ।

ताप्लेजुङमा कांग्रेसको हेभीवेट उम्मेदवार नभएकाले पनि कार्कीलाई ताप्लेजुङ लैजाने चर्चा चलेको हो ।

ताप्लेजुङमा कांग्रेसबाट पूर्वमन्त्री मणि लामा, इच्छाराम गुरुङ र केशवप्रसाद दाहालको नाम चर्चामा छ ।

पार्टी सभापति शेरबहादुर देउवानजिकका नेता भएका पनि लामाले टिकट पाउने सम्भावना रहेको कांग्रेसका जिल्लास्तरका नेताहरू बताउँछन् ।

कांग्रेसका जिल्ला सभापति गजेन्द्र तुम्मेहाङले भने प्रदेशमा उठ्ने इच्छा व्यक्त गरेका छन् । 

ताप्लेजुङमा अघिल्लोपटक भट्टराई २९ हजार ४७९ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव दाहालले १६ हजार ८८८ मत प्राप्त गरेका थिए । 

वैशाख ४ गतेको स्थानीय तह निर्वाचनले ताप्लेजुङमा एमालेलाई बलियो देखाएको छ ।

गठबन्धन दलहरू कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका वडाध्यक्षहरूको मत जोड्दा २५ हजार १२ हुन्छ, जबकि एमाले एक्लैको २४ हजार २९५ मत छ ।

एमालेले ३ गाउँपालिका जितेको छ भने कांग्रेसले १ नगरपालिका र ३ गाउँपालिका तथा माओवादी केन्द्रले १ गाउँपालिकामा जीत हात पारेका छन् । 

६१ वडा रहेको ताप्लेजुङमा एमालेले २९, कांग्रेसले १५, माओवादी केन्द्रले १० र नेकपा एकीकृत समाजवादीले २ वटा वडा जितेका छन् । यस्तै अन्य ४ वडा स्वतन्त्रले जितेका छन् ।

 


Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ११, २०७९

सरकारले वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेहरूलाई चालू आर्थिक वर्षमा ४८ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको छ । मंगलवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आफ्नो ९० दिने क...

असोज १२, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले प्रदेश नम्बर १ का प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश गरेको गरेको छ । इटहरीका कार्यालय प्रमुख तीर्थराज चिलुवालले संविधानको धारा २९४ को व्यवस्था बमोजिम वार्षिक रु...

असोज ११, २०७९

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ– ०००० वैदिक सनातन धर्मावलम्बी नेपालीले घर&...

असोज १२, २०७९

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिताको कार्यान्वयन र प...

असोज ११, २०७९

निर्वाचन आयोगले असोज १२ गतेबाट निर्वाचन आचारसंहिता २०७९ लागू गर्ने निर्णय गरेको छ ।   मंगलवार बसेको आयोगका पदाधिकारीको बैठकले निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलल...

असोज ११, २०७९

मधेश आन्दोलनका प्रमुख कमान्डरमध्ये एक रहेका महन्थ ठाकुर फेरि पनि महोत्तरी- ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने लगभग निश्चित भएको छ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष समेत रहेका ठाकुर यसअघि २०७४ साल...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x