×

X
Nic Asia
Marvel
Khukuri

माओवादी केन्द्रले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता

काठमाडाैं | साउन ३०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । सोमवार माओवादी केन्द्रका नेताहरूले आयोगमा दल दर्ताका लागि निवेदन दिएका हुन् । 

DHARA
LAxmi BAnk

दल दर्ताका लागि माओवादी केन्द्रका नेताहरू लीलामणि पौडेल, मुक्ति प्रधान, केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्याय लगायतका नेताहरू आयोग पुगेका थिए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रयोजनका लागि साउन २१ देखि साउन ३१ गतेसम्मको समय निर्धारण गरेको छ । दल दर्ताका लागि निर्धारित समय मंगलवार सकिँदैछ । 

माओवादी केन्द्र र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एउटै चुनाव चिह्न लिएर आगामी निर्वाचनमा जाने सहमति भएको बताइएको छ । यद्यपि माओवादी केन्द्रले एक्लै आयोगमा दल दर्ता गराएको छ । निर्वाचन कानून अनुसार एउटै निर्वाचन चिह्न लिएर निर्वाचनमा प्रतिष्पर्धा गर्ने दलहरूले दल दर्ताकै समयमा आयोगलाई जानकारी गराउनु पर्दछ । 


Advertisment
Bizbazar
Saurya island

तर, माओवादी केन्द्रले सोमवार दल दर्ता गराउँदा नेपाल समाजवादी पार्टीसँग एउटै निर्वाचन चिह्नमा भाग लिने विषय नखुलाएको आयोग स्रोतले जानकारी दिएको छ । 

त्यसका लागि छुट्टै निर्णय गरेर आयोगमा जानकारी गराउने माओवादी केन्द्रका एक नेताले बताए । केही गृहकार्य बाँकी रहेकाले सोमवार आयोगलाई त्यसबारेमा जानकारी नदिइएको ति नेताले बताए । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १२, २०७९

स्टयाण्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’का विजेता हिमेश पन्त आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । उनी रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्...

असोज १२, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै रवीन्द्र मिश्रले समाजमा फैलिएको धर्म परिवर्तनको विकृत अवस्था देखेर राजतन्त्र स्थापनाको निष्कर्षमा पुगेको बताएका छन् ।  बुधवार काठमाडौंको राष्...

असोज १२, २०७९

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको उम्मेदवार चयन गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बिहीवार दिउँसो ३ बजे बस्ने गरी सचिवालय बैठक बोलाएको एमाले उपमहासचिव विष्णु रिमालले बताए । एमालेले उक्त बैठ...

असोज १२, २०७९

विवेकशील साझा पार्टी छाडेर रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । राप्रपामा उनलाई वरिष्ठ उपाध्यक्षको हैसियत दिइएको छ । नेपालका पुराना राजनीतिक दल र नेताहरूको विकल्पमा नयाँ वैकल्पि...

असोज १२, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी चुनावबाट राप्रपा संसदमा पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।  बुधवार रवीन्द्र मिश्र नेतृत्वको समूहलाई पार्टीमा प्रवेश गराउने कार्यक्रमलाई स...

असोज १२, २०७९

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधवार प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । बागमती प्रदेश मन्त्रिपरिषद्को गत भदौ २७ गते बसेको बैठकको सिफारिसमा अध्यादेश जारी...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x