×

X
Nic Asia
Marvel
Khukuri

योगमाया विश्वविद्यालयलाई ४८ रोपनी जग्गा

काठमाडाैं | साउन ३०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका लागि संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा जग्गा  उपलब्ध गराइएको छ । नगरपालिका–९ ढुंगे बिसौनामा विश्वविद्यालय पूर्वाधार समितिको नाममा ४८.६७ रोपनी जग्गा  रजिस्ट्रेसन पास भएको समितिका सदस्य खड्गबहादुर राईले जानकारी दिए । 

DHARA
LAxmi BAnk

स्थानीय मानबहादुर तामाङको १९.९२, तिलकबहादुर तामाङको ४.४८, ग्यामबहादुर सुब्बाको ४, धनमाया श्रेष्ठको २.२, केशरबहादुर श्रेष्ठको १.५४ र सफलमाया श्रेष्ठको १६.७१ रोपनी जग्गा पूर्वाधार समितिको नाममा रजिस्ट्रेसन पास भएको राईले जानकारी दिए । जग्गा खरिद गर्न सरकारले समितिको नाममा सात करोड रुपैयाँ विनियोजन गरिसकेको छ ।  


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

प्रतिनिधिसभाको गत साउन १० गते बसेको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ पारित भएको थियो । तुम्लिङटारमा योगमाया आयुर्वेद विश्वविद्यालयको पूर्वाधार निर्माण समितिको फिल्ड कार्यालय स्थापना भइसकेको छ । अरुण उपत्यकामा स्थापना हुने भएसँगै स्थानीय उत्साहित भएका छन् ।

विश्वविद्यालयका लागि संखुवासभाको खाँदबारी नगरपालिका क्षेत्रको ३७२ रोपनी र भोजपुरको षडानन्द नगरपालिकामा २३३ रोपनी जग्गा खरिद प्रक्रिया थालिएको छ । वि.स.१९२४ सालमा भोजपुरको नेपालेडाँडामा जन्मिएकी सामाजिक आन्दोलनकर्ता योगमाया न्यौपानेले १९९८ असार २२ गते एकादशीका दिन आफ्ना ६७ सहयोगीसहित अरुण नदीमा जलसमाधि गरेकी थिइन । उनलाई प्रथम विद्रोही नारीका रुपमा पनि चिनिन्छ । उनको वास्तविक नाम मायादेवी न्यौपाने हो । आयुर्वेद, योग चिकित्सा तथा जडीबुटीको अध्ययन, अनुसन्धान गरी दक्ष जनशक्ति उत्पादन गर्न विश्व विद्यालय स्थापना भएको हो । रासस
 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ४, २०७९

सिन्धुलीका सामुदायिक विद्यालयमा ‘टकिङ टिचर’ प्रविधिबाट अध्यापन शुरु भएका छन् । दुधौली नगरपालिका–३ का सबै सामुदायिक विद्यालयमा यस प्रविधिबाट अध्यापन शुरु गरिएको हो ।  यस वडामा रहेक...

असोज १०, २०७९

कञ्चनपुरमा पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । सामुदायिक विद्यालयले शिक्षाको गुणस्तरमा सुधार ल्याएपछि सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेको हो ।  कञ्चनपुरको भीम...

असोज ४, २०७९

शिक्षक सेवा आयोग, लुम्बिनी प्रदेशले विभिन्न जिल्लामा अध्यापन गराइरहेका शिक्षकहरूको बढुवा गरेको छ । आयोगले कार्यसम्पादन मूल्याङ्कनको आधारमा शिक्षकहरूको बढुवा गरिएको मंगलवार एक सूचना जारी गर्दै जानकारी दिएको छ...

असोज १०, २०७९

नेपाल एपीएफ स्कूल कीर्तिपुरको ‘अभिभावक दिवस–२०७९’ सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित नेपाल एपीएफ...

असोज ११, २०७९

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले (सीपीएफ) कन्ट्री प्रोग्राम फ्रेमवर्कमा हस्ताक्षर गरेका छन् ।  अस्ट्रियामा जारी अन्तर्राष्ट्रिय आणविक ऊर्जा सम्बन्धी कार्यक्रममा उनले २०२२ देखि २०२७ का लागि कन्ट्री प्...

असोज ४, २०७९

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ सम्ममा १३ हजार विद्यालयको भौतिक पूर्वाधार निर्माण भएको बताएको छ । मंगलवार पत्रकार सम्मेलनमार्फत ‘शिक्षाको सोचपत्र २०७९’ सार्वजनिक गर्दै मन्त्राल...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x