×

X
Nic Asia
Marvel
Khukuri

फेरि सूर्य चिह्नमै चुनाव लड्ने हृदयेशको प्रस्ताव, अवस्था विश्लेषण गरेर निर्णय दिने ओलीको मूड

काठमाडाैं | साउन ३०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
फाइल फोटो
British college
TVS INSIDE

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले आगामी चुनावमा सहकार्यका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रस्ताव गरेका छन् । 

DHARA
LAxmi BAnk

सोमवार एमाले अध्यक्ष ओलीलाई भेटेर उनले चुनावी सहकार्यको प्रस्ताव गरेका हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

२०७४ सालको चुनावमा त्रिपाठी एमालेको चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी भएका थिए ।

त्यसबेला चुनाव जितेका त्रिपाठीले फेरि चुनाव जिते भने ६ पटक सांसद बन्छन् । उनी ४ पटक त मन्त्री नै भइसकेका छन् । 


Advertisment
Bizbazar
Saurya island

‘एमाले अध्यक्ष केपी ओलीसँग समसामयिक राजनीतिका बारेका कुराकानी गर्न गएको हुँ । त्यस अवसरमा चुनावी सहकार्यका बारेमा सामान्य चर्चा भयो,’ त्रिपाठीले लोकान्तरसँग भने । 

उनले एमाले अध्यक्ष ओलीलाई फेरि पनि सूर्य चिह्नमा चुनाव लड्न आफू तयार रहेको जानकारी गराएको बुझिएको छ । 

Vianet communication
IME BANK INNEWS

तर एमालेले भने आफ्नो पार्टी भित्रको सिट बाँडफाँटको अवस्था र जीतहारको मत विश्लेषणपछि मात्रै त्रिपाठीलाई एमालेको चुनाव चिह्न दिने वा नदिने भन्नेबारे निर्णय गर्ने एमाले नेताहरूले बताएका छन् । 

गत निर्वाचनमा सूर्य चिह्नबाट त्रिपाठीले चुनाव जितेपछि उनलाई एमालेमा प्रवेश गराउन एमाले नेताहरूले सक्दो प्रयास गरेका थिए तर त्रिपाठीले भने आफ्नै नेतृत्वमा दल खोलेका थिए ।

त्यसबाहेक ओलीसँग नागरिकता विधेयक, सत्ता गठबन्धनले गरिरहेको काम आदिबारे पनि छलफल भएको त्रिपाठीले बताए । 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २१, २०७९

नेकपा एमालेसँग चुनावी तालमेलको प्रयास गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेको सहयोग नपाउने भएका छन् । एमालेले मकवानपुरका दुवै क्षेत्रमा टिकट दिएको छ । कमल थापाको क्षेत्र रहेको मकवानपुर १ मा रामेश्वर...

असोज २१, २०७९

सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँटअन्तर्गत प्रतिनिधिसभातर्फको लगभग अन्तिम चरणमा पुगेको छ ।   जसपाको कारण प्रतिनिधिसभाको क्षेत्र बाँडफाँटमा समय लागेकामा सो दलको साटो अहिले अर्को मधेसी दल ...

असोज २१, २०७९

सत्ता गठबन्धन छाडेको जनता समाजवादी पार्टी (जसपा)लाई प्रतिनिधि सभाका २० सिट छाड्न एमाले तयार भएको छ । २० सिट लिएर एमालेसँग चुनावी तालमेल गर्न जसपा तयार भएको हो ।  तीन दिनयता भइरहेको छलफलपछि जसपाला...

असोज २१, २०७९

नेकपा एमालेले चुनाव लड्न अनिच्छा जनाउँदै आएकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पूर्वमुख्यमन्त्री समेत रहेकी उनले चुनाव लड्ने अनिच्छा राखेकै कारण तल्लो कमिटीले सिफारिस समेत गरेको थिएन...

असोज २१, २०७९

नेकपा एमालेले सोलुखुम्बु जिल्लाबाट प्रतिनिधि सभामा मानवीर राईलाई उम्मेदवार बनाउने भएको छ । केन्द्रीय सदस्यसमेत रहेका उनको नाम जिल्लाबाट सर्वसम्मत सिफारिस भएको थियो । केन्द्रले पनि राईलाई नै प्रत्यक्षतर्फ...

असोज २१, २०७९

नेकपा एमाले प्रतिनिधि सभातर्फ दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट कोमल वलीलाई उम्मेदवार बनाउने भएको छ ।  यसअघि राष्ट्रिय सभा सदस्यसमेत रहेकी वलीलाई एमालेले प्रत्यक्षतर्फ दाङ ३ बाट उम्मेदवार बनाउने भएको हो । ...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x