×

X
Nic Asia
Marvel
Khukuri

उदयपुर सिमेन्ट उद्योगद्वारा बिक्री लक्ष्यको नब्बे प्रतिशत उपलब्धि हासिल

काठमाडाैं | साउन ३०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

उदयपुर सिमेन्ट उद्योगले गत आवमा २१ लाख ७२ हजार चार सय १९ बोरा सिमेन्ट बिक्री गरी कूल बिक्री लक्ष्यको ९० दशमलव ५२ प्रतिशत उपलब्धि हासिल गरेको छ । 

DHARA
LAxmi BAnk

उद्योगले आर्थिक वर्ष २०७८/०७९ मा २४ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य लिएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा करिब चार लाख बोरा बढी सिमेन्ट उत्पादन गरी बिक्री गरिएको उद्योगले जनाएको छ । तीन दशक पुराना मिल तथा मेशिनको मर्मतसम्भार गरी उद्योगले उक्त उपलब्धि हासिल गरेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

लहानस्थित नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मरमा आएको गडबडीका कारण बिक्री लक्ष्य भेट्टाउन नसकिएको उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलले जानकारी दिए । उद्योगले गत असारमा तीन लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य राखेको थियो । असारमा करिब १० दिन मात्रै उद्योग सञ्चालनमा आएको थियो । दस दिनमा उद्योगले ८७ हजार एक सय ३३ बोरा सिमेन्ट उत्पादन गरेको थियो ।

गत आव २०७८/०७९ मा मूल्य अभिवृद्धि करबापत रु १८ करोड ८२ लाख ६२ हजार दुई सय २७, अन्तःशुल्क बापत रु दुई करोड ३८ लाख ९६ हजार छ सय नौ, अग्रिम करबापत रु एक करोड ६० लाख २९ हजार नौ सय ७९, रोयल्टी बापत रु ८३ लाख ५२ हजार पाँच सय ८०, प्रदूषण शुल्क रु ५४ लाख ३२ हजार सङ्कलन गरी भुक्तानीका क्रममा रहेको उद्योगले जनाएको छ । 


Advertisment
Bizbazar
Saurya island

उद्योगले अघिल्लो आवको तुलनामा गत आवमा दैनिक उत्पादन क्षमतामा भारी वृद्धि गरेको छ । अघिल्लो आवमा औसत दैनिक चार हजार आठ सय ४४ बोरा सिमेन्ट उत्पादन भएकामा गत आवमा सात हजार दुई सय ४२ बोरा सिमेन्ट उत्पादन गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १७, २०७९

दाङमा माहुरीपालन व्यवसाय फस्टाउँदै गएको छ । जिल्लामा माहुरीपालनका लागि आवश्यक वातावरण, तोरीखेती, चिउरीको वन, वनमा अन्य विभिन्न प्रकारका फूल फुल्ने भएकाले माहुरी व्यवसायका लागि उपयुक्त वातावरणले गर्दा व्यावसायि...

असोज १९, २०७९

सप्तरीको भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा बडादसैँको महानवमीका दिन पशु बलिअन्तर्गत छ सय ६९ राँगाको बलि चढाइएको छ  । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका&ndas...

असोज १७, २०७९

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जनताको पक्षका कानूनहरू ठूला नेताको दबाबका कारण तुहिने गरेको आरोप लगाएका छन् । सोमवार ७७औँ विश्व श्रमिक दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई स...

असोज १७, २०७९

मधेश प्रदेशको राजधानी जनकपुरधाम दशैंको महाअस्ष्टमीका दिन विभिन्न शक्तिपीठमा प्रसाद चढाउनका लागि करिब रु २ करोडको लड्डु बिक्री भएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले सोमवार जनकपुरधा...

असोज १८, २०७९

सुनसरी–मोरङ सिँचाइ आयोजनाको चतरा नहरआसपास फेरि घर–टहरा बनाउने क्रम बढ्न थालेको छ । सात वर्षअघि नियमनकारी निकायले घर–टहरा हटाएर केही वर्ष रोकिएकामा फेरि बनाउने क्रम बढेको हो ।  ...

असोज १७, २०७९

चाडपर्वसँगै चुनाव नजिकिँदै जाँदा अर्थतन्त्र पनि चलायमान भएको छ । नेपालीले खर्च गर्ने र सामान जुटाउने उपयुक्त मौसम दशैंलाई मानिन्छ । यो बेला हुने खानेलाई भ्याइँ–नभ्याइँ छ भने हुँदा खाने आमसर्वसाधारणलाई च...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x