×

X
Nic Asia
Marvel
Khukuri

नयाँ साझेदार बनाउँदै रुस

रुस–उत्तर कोरिया साझेदारीको पहल : किमलाई पत्र पठाएर के सन्देश दिन खोज्दैछन् पुटिन ?

काठमाडाैं | भदौ ३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

यसै हप्ताको आरम्भमा उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन तथा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच पत्राचार भएको खबर दियो । 

DHARA
LAxmi BAnk

समाचारमा उल्लेख गरिएअनुसार, दुवै देशले ‘बृहत् तथा सिर्जनात्मक द्विपक्षीय सम्बन्धलाई समान प्रयासका साथ विस्तार गर्ने’ सहमति गरेका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

अगस्ट १५ मा कोरियाली स्वतन्त्रता दिवसको वार्षिकोत्सवमा पुटिनले उत्तर कोरियासँगको सम्बन्ध विस्तारमा जोड दिएका हुन् । पश्चिमबाट विमुख भएको रुस अहिले नयाँ सहयोगीहरूको खोजीमा छ । 

यसैबीच उत्तर कोरियाली कामदारहरूले स्वघोषित डोनेत्स्क र लुगान्स्क जनगणतन्त्रको पुनर्निर्माणमा सहयोग गर्ने खबर आएको छ । ती जनगणतन्त्रलाई उत्तर कोरियाले हालै कूटनीतिक मान्यता दिएको छ । 


Advertisment
Bizbazar
Saurya island

विश्व परिवर्तन भइसकेको संकेत यसबाट पाइन्छ । केही वर्षअघि मात्र रुस र चीनले उत्तर कोरियाविरुद्ध प्रतिबन्ध लगाउन अमेरिकाले लिएको निर्णयमा सहयोग गर्ने गरेका थिए । उत्तरले आणविक हतियार र क्षेप्यास्त्र नबनाओस् भनी त्यस्तो प्रतिबन्ध लगाइएको थियो । 

तर त्यो परिस्थिति अहिले विद्यमान छैन । युक्रेनमा भइरहेको द्वन्द्वका साथै अमेरिकाले चीनको उदयलाई रोक्नका लागि गरेको प्रयासका कारण अब हामी बहुध्रुवीय अन्तर्राष्ट्रिय वातावरणमा बाँचिरहेका छौं । यसमा विभिन्न ठूलो शक्तिहरू प्रभावका लागि प्रतिस्पर्धा गरिरहेका छन् । 

Vianet communication
IME BANK INNEWS
यसले साझा विषयहरूमा सहकार्यको अवसरलाई भत्काएको छ । साथै प्रतिस्पर्धीहरूबीच रणनीतिक सोचको आवश्यकतालाई पनि यसले बढाएको छ । मस्कोको आँखामा यस स्थितिले उत्तर कोरियासम्बन्धी गणितलाई पहिलेको भन्दा बढी महत्त्वपूर्ण बनाएको छ । शीतयुद्धकालकै जस्तो स्थिति आइलागेको छ । 

यसले साझा विषयहरूमा सहकार्यको अवसरलाई भत्काएको छ । साथै प्रतिस्पर्धीहरूबीच रणनीतिक सोचको आवश्यकतालाई पनि यसले बढाएको छ । मस्कोको आँखामा यस स्थितिले उत्तर कोरियासम्बन्धी गणितलाई पहिलेको भन्दा बढी महत्त्वपूर्ण बनाएको छ । शीतयुद्धकालकै जस्तो स्थिति आइलागेको छ । 

उत्तर कोरियाको जन्म सोभियत संघको सहयोगमा भएको हो भन्ने कुरा हामीले बिर्सन मिल्दैन । दोस्रो विश्वयुद्धको अन्त्यतिर साम्राज्यवादी जापानले ओगटेर छोडेका भूभागमा प्रभाव कायम गर्नका लागि अमेरिका र सोभियत संघबीच रणनीतिक प्रतिस्पर्धा चलेको थियो । लाल सेना दक्षिणतर्फ अघि बढ्दा कोरियाली प्रायद्वीपलाई ३८औं समानान्तरमा विभाजित गर्ने सहमति बनेको थियो । 

यस विभाजनलाई अस्थायी बनाउने मूल सहमतिको मर्म थियो तर भूराजनीतिक टकरावका कारण विभाजन स्थायी बन्न पुग्यो अनि दुई प्रतिस्पर्धी कोरियाली राज्यहरूको जन्म भयो । अमेरिकाको समर्थनप्राप्त कोरियाली गणतन्त्र दक्षिणमा जन्मियो भने चीनको समर्थनसहित उत्तरमा लोकतान्त्रिक कोरियाली जनगणतन्त्र बन्यो । उत्तर कोरियामा लाल सेनाका पूर्व क्याप्टेन तथा छापामार लडाकू किम इल सुङ सर्वोच्च नेता बने । 

यी दुई शिशु राज्यहरू सन् १९५० मा युद्धमा होमिए । उनीहरूलाई भरथेग गर्ने महाशक्तिहरूले युद्धमा आआफ्नो पक्षलाई सहयोग गरे । तीन वर्षसम्म युद्ध चल्यो तर अहिलेसम्म पनि दुई देशबीच औपचारिक शान्ति सम्झौता भएको छैन । दुवैतर्फका कोरियालीहरू पुनरेकीकरणको कामना गर्छन् । 

तर सन् १९५० को दशकमा जसरी विदेशी शक्तिहरू सक्रिय भए त्यसले कोरियाली प्रायद्वीप रणनीतिक रूपमा महत्त्वपूर्ण भूमि हो भनी स्थापित गरेको छ । यस भूमिले युरेसियाली मुख्यभूमिलाई पूर्वी सागरहरूसँग जोड्छ । 

ठूला शक्तिहरूले उत्तरपूर्वी एसियामाथि प्रभुत्वका लागि कोरियाली प्रायद्वीपलाई चेसको गोटीका रूपमा हेर्ने गरेका छन् । यसले गर्दा प्रभावको लडाइँ शताब्दियौंदेखि चलिरहेको छ । यस लडाइँमा विभिन्न कालखण्डमा चीनका मिङ र छिङ राजवंश, रुसी साम्राज्य, जापानी साम्राज्य, अमेरिका, जनगणतन्त्र चीन र सोभियत संघ संलग्न रहे । 

तर शीतयुद्धको अन्त्यपछि विगत तीन दशकमा उत्तर कोरियाले आफूलाई नितान्त एक्ल्याइएको अनुभव गरेको थियो । चीन र रुस दुवैले केही समय पश्चिम तथा उत्तरभन्दा धनी र सफल दक्षिण कोरियासँग सम्बन्ध बढाउन खोज्दा उत्तर कोरिया एक्लिएको हो । 

अमेरिकाको एकध्रुवीयताका कारण प्योङयाङको आणविक हतियार निर्माणलाई रोक्ने अमेरिकी इच्छाको विरोध गर्न मस्को वा बेइजिङ दुवैलाई खासै चासो लाग्ने गरेको थिएन । किम परिवारलाई आफ्नो शासनको सुरक्षाका लागि आणविक हतियार आशाको अन्तिम केन्द्र साबित भएको छ ।

तर अहिले नयाँ प्रतिमान उदाएको छ । पहिलेको समयमा जस्तै उत्तर कोरियालाई रुसले आफ्नो सीमाक्षेत्रमा अमेरिकी शक्ति तथा सैन्य प्रभुत्वविरुद्धको अपरिहार्य रणनीतिक सुरक्षाकवचका रूपमा लिन थालेको छ । अमेरिकाको समर्थनप्राप्त जापान जस्ता छिमेकीविरुद्ध रुसको कवच पनि उत्तर कोरिया हो । 

बरू अन्तमर्हादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र सहितको आणविक हतियार भएको उत्तर कोरिया वाशिङटनको छालामा गढेको अर्को काँडो बनेको छ । यसलाई हटाए मात्र अमेरिकाको शक्ति विस्तार हुन्छ । 

यस्तो वातावरणमा रुसलाई उत्तर कोरियाको सवालमा अमेरिकासँग सहकार्य गर्दा कुनै लाभ प्राप्त हुँदैन । उत्तर कोरियालाई आणविक निःशस्त्रीकरण गर्ने कुरा हावा खाइसकेको छ । 

बरू अन्तमर्हादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र सहितको आणविक हतियार भएको उत्तर कोरिया वाशिङटनको छालामा गढेको अर्को काँडो बनेको छ । यसलाई हटाए मात्र अमेरिकाको शक्ति विस्तार हुन्छ । 

त्यसैले अमेरिकाले सन् २०२२ को आरम्भतिर संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा उत्तर कोरियाविरुद्ध थप प्रतिबन्धको प्रस्तावको माग गरेको भए पनि रुस र चीन दुवैले १५ वर्षमा पहिलोपटक भिटो लगाएर रोकिदिएका छन् । हामी बाँचिरहेको विश्वको यो एक संकेत हो । 

यहाँबाट अघि बढ्दै रुसले उत्तर कोरियासँग सैन्य र आर्थिक सम्बन्ध गहिरो बनाउने सम्भावना छ किनकि त्यसको रणनीतिक र राजनीतिक महत्त्व छ ।

यसरी हेर्दा इतिहास वृत्ताकार रूपमा घुमेर पुनः उही ठाउँमा आइपुगेको छ । अमेरिकाले मस्को र बेइजिङको सामना गर्नका लागि साझेदारहरू जुटाइरहँदा ‘खेमाबन्द राजनीति’ को विषय पुनः उठ्न थालेको छ ।

आरटीमा प्रकाशित टिमुर फोमेन्कोको विश्लेषणलाई लोकान्तरका लागि विन्देशदहालले अनुवाद गरेका हुन् । 
 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ११, २०७९

आगामी चुनावको टिकट बाँडफाँटको विषयलाई लिएर सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसमा कलह शुरू भएको छ ।  कांग्रेसको संस्थापन समूहले हेपाहा प्रवृत्ति देखाएको भन्दै संस्थापन इतरपक्ष आन्दोलनमै उत्रिएको...

असोज २, २०७९

उज्बेकिस्तानको समरकन्दमा शुक्रवार सम्पन्न शांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) शिखरबैठकको साइडलाइनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको वार्ताको एक अंशलाई पश्चिमी सञ्चारमाध्य...

असोज ७, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र नेकपा एमालेबीच गठबन्धनका लागि दुई साताअघि प्रयास भएपनि त्यसमा खासै प्रगति हुन सकेको छैन । गठबन्धनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र लोसपा अध्यक्ष महन्थ ठाकुरबी...

असोज ६, २०७९

अमेरिकाका राष्ट्रपति जो बाइडनले पुनः एकपटक ताइवानमाथि चीनको आक्रमण भएमा अमेरिकाले ताइवानको प्रतिरक्षाका लागि अमेरिकी सैनिक पठाउने बयान दिएका छन् ।  सीबीएस टीभीसँगको अन्तर्वार्तामा आइतवार (१८ सेप्टेम्ब...

असोज ५, २०७९

युक्रेनको पूर्वी भागमा रुसी नियन्त्रणमा रहेका डोनबासका दुई क्षेत्र र दक्षिणी भागमा रहेका खर्सन तथा जापोरिजा क्षेत्रका रुससमर्थक अधिकारीहरूले जनमतसंग्रह गराउने निर्णय सार्वजनिक गरेपछि पश्चिमविरुद्ध रुसको प्रत्याक्रमण ...

असोज ७, २०७९

केही विश्लेषकहरूले युक्रेनका विषयमा बेइजिङले मस्कोसँग सम्बन्ध तोड्न खोजेको दाबी गरिरहेका छन् ।  गत जुन महिनामा चीन सरकारले रुससँगको उत्तरपूर्वी सीमामा सैन्य अभ्यास गरेको थियो । त्यतिखेर मस्को युक्रेनमा च...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x