×

X
Nic Asia
Marvel
Khukuri

सुन तस्करी

विमानस्थलबाट फोहोरमा राखेर बाहिरिन्छ सुन, स्क्रिनिङ छल्न शव ल्याउने बाटो प्रयोग

काठमाडाैं | भदौ ३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फोहोरमा राखेर सुन तस्करी हुने गरेको खुलेको छ ।

DHARA
LAxmi BAnk

विमानस्थलमा जम्मा भएका फोहोरमा राखेर सुन लगायतका सामानहरूको तस्करी हुने गरेको विमास्थलमा खटिएका एक सुरक्षा अधिकारीले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

‘अहिले फोहोरमा राखेर सुन लगायतका सामानहरू तस्करी गर्ने गरेको देखिएको छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एक अधिकारीले लोकान्तरसँग भने, ‘पछिल्लो समयमा प्रहरीले बाहिरबाट बरामद गरेको सुनले पनि त्यसलाई पुष्टि गर्छ ।’

विमानस्थलको सुरक्षा जाँच र स्क्रिनिङ छल्न फोहोरमा राखेर सुन तस्करी हुने गरेको पाइएको हो ।


Advertisment
Bizbazar
Saurya island

विमानस्थलको फोहोर पनि एक्सरे मशिनमा स्क्रिनिङ गरेर मात्र बाहिर लैजान पाइने व्यवस्था छ, तर स्क्रिनिङ छलेर फोहोरमा सामान कटाउने क्रम बढेको हो ।

यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले भने विमानस्थलबाट बाहिरिने फोहोरको अनिवार्य स्क्रिनिङ हुने गरेको दाबी गरे ।

Vianet communication
IME BANK INNEWS

‘विमानस्थलबाट बाहिरिने सबै फोहोरको स्क्रिनिङ हुन्छ । विगतमा फोहोरमा राखेर तस्करी हुने गरेकाले पनि यसलाई अनिवार्य बनाइएको हो,’ महाप्रबन्धक ठाकुरले लोकान्तरसँग भने ।

चियाका कपजस्ता सामान्य फोहोरहरू भने स्क्रिनिङविनै बाहिर लैजाने गरिएको उनले स्वीकारे । ‘चिया खाएका कपजस्ता सामान्य फोहोरलाई स्क्रिनिङ गर्ने कुरा पनि भएन,’ ठाकुरले भने ।

उनका अनुसार विमानस्थलबाट स्याम्पलिङका आधारमा फोहोर स्क्रिनिङ हुने गरेको छ । १० केजी फोहोरबाट ५ केजी स्याम्पलका रूपमा स्क्रिनिङ गर्ने गरेको ठाकुरले बताए ।

प्रहरी स्रोतका अनुसार पछिल्लो समय फोहोर व्यवस्थापन गर्ने कम्पनीको ठेक्का सकिएकाले फोहोर बाहिर ल्याउने क्रममा थप बदमासी भइरहेको छ ।

फोहोरलाई बाहिर ल्याउँदा एक्सरे मशिन भएको ठाउँबाट ल्याउनुपर्नेमा अन्य बाटो प्रयोग गरेर ल्याउने गरेको फोहोर व्यवस्थापनमा खटिएका एक कर्मचारीले बताए । 

‘कतिपय फाहोर यताबाट (विमानस्थलको उत्तरपट्टि शव ल्याउने ठाउँ)बाट आउँछ,’ ती कर्मचारीले लोकान्तरसँग भने ।

अहिले फोहोर व्यवस्थापन गरिरहेको मिसन इनोभेटिभको समय सकिए पनि विभिन्न कारणले नयाँ टेन्डर गर्न नसकिएको महाप्रबन्धक ठाकुरले बताए । 

उनका अनुसार पछिल्लो २ पटक फोहोर व्यवस्थापनका लागि टेन्डर गरिएको थियो । तर कसैको आवेदन नपरेकाले नयाँ टेन्डर खोल्न लागेको उनले बताए । 

‘हामीले यसभन्दा अगाडि पनि फोहोर व्यवस्थापनका लागि टेन्डर खोलेका थियौं तर कोही आएनन् । अहिले फेरि नयाँ टेन्डर खोल्न लागेका छौं,’ महाप्रबन्धक ठाकुरले भने ।

उनका अनुसार नयाँ कम्पनी नआउञ्जेलसम्म मिसन इनोभेटिभले नै फोहोर व्यवस्थापन गरिरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ३४/३५ वटा अन्तर्राष्ट्रिय विमानहरू आउँछन् । ती विमानबाट दैनिक औसतमा २५ केजीका दरले करीब ८७५ केजी फोहोर निस्किने गरेको छ ।

अन्डरवेर, ब्रा र प्याडमा लुकाएर ल्याइन्छ सुन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनका बाला भित्रिने क्रम बढेपछि अघिल्लो वर्ष अर्थात २०७८ मंसिर १४ गतेदेखि विमानस्थलको भन्सार कार्यालय र प्रहरीले संयुक्तरूपमा अपरेसन चलायो ।

त्यो अपरेसनले २५० केजीभन्दा धेरै सुन बरामद गरेर भन्सारको दायरामा ल्याएको थियो । भन्सार विभागको नियमअनुसार गरगहना बनाएर ५० ग्रामसम्म सुन ल्याउन पाउने व्यवस्था छ । तर अवैध सुनलाई बालाको स्वरूप दिएर ल्याउन थालिएपछि त्यसलाई भन्सारको दायरामा ल्याउन अपरेसन चलाइएको थियो ।

त्यो समयमा त्रिभुवन विमानस्थलबाट एकै दिनमा २० केजीसम्म सुन बरामद भएको थियो । त्यसपछि सुन तस्करहरूले नयाँ प्रयोग गरेर सुन भित्र्याउन थालेका छन् ।

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) श्यामलाल ज्ञवालीका अनुसार अहिले तस्करहरूले अन्डरवेयरमा लुकाएर सुन ल्याउने क्रम बढेको छ ।

धूलो सुनलाई अन्डरवेरको आकारअनुसार मिल्ने गरी राखेर भरियाहरूले आधादेखि एक केजीसम्मका दरले सुन ल्याउने गरेका छन् । महिलाहरूले धूलो सुनलाई ब्रा र सेनेटरी प्याडमा राखेर ल्याउने गरेको पाइएको छ ।

‘तस्करहरूले ब्रा, पेन्टी, प्याडलगायतमा राखेर पनि सुन ल्याउने गरेको पाइएको छ,’ डीआईजी ज्ञवालीले लोकान्तरसँग भने ।

त्यति मात्र होइन सुनको कपडा नै बनाएर समेत ल्याउने गरेका छन्  । 

त्यसको पछिल्लो उदाहरण दुबईबाट काठमाडौं आएका २ जनाले कपडाको डोरी र अन्डरवेर नै सुनको बनाएर ल्याएको पाइएको थियो ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– १ का २४ वर्षीय सोमबहादुर विकले लगाएको पाइन्ट र अन्डरवेरमा सुन भेटिएको थियो । उनको साथबाट मात्र झण्डै आधा केजी सुन बरामद भयो ।

सोही दिन एउटै फ्लाइटमा आएका मोरङको पथरी शनिश्चरे– ४ का २८ वर्षीय रिवाज गजमेरले लगाएको पाइन्ट, गञ्जी र अडरवेरमा सुन भेटिएको थियो ।

त्यसलाई पगाल्दा ५ सय ५४ ग्राम (आधा किलो भन्दा बढी) सुन निस्किएको थियो ।

२२ वर्ष पुराना एक्सरे मशिन, कतिपयले कामै गर्दैनन् !

त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा अहिले २६ वटा एक्सरे मशिन छन् । अहिले लगभग २४ सै घण्टा विमानस्थल खुला हुन्छ । मशिनहरू २४ सै घण्टा चल्छन् ।

विमानस्थलमा ती मशिन मर्मतका लागि २४ सै घण्टा कर्मचारी खटाउने गरिएको छ । विमानस्थलमा मशिन बिग्रनासाथ मर्मत हुने गरेको विमानस्थलले जनाएको छ ।

विमानस्थलका एक्सरे मशिनहरू केही सन् २००० भन्दा अगाडि र केही सन् २००४ तथा केही सन् २०१२ मा जडान भएका थिए ।

विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरको दाबीलाई मान्ने हो भने त्यो एक्सरे मशिनबाट यात्रुहरूले प्रयोग गर्ने ब्याग र ह्यान्ड ब्यागको ऊनको रेशा पनि स्क्यान गर्छ  । तर पछिल्लो केही समययता बाहिरबाट आउने यात्रुले बोकेको कुरा मशिनबाट स्क्यान भएपछि प्रहरीले बरामद गर्ने गरेको छ । 

२०/२२ वर्ष पुराना मशिन भएकाले लागूऔषधसहितका पदार्थ स्क्यान गर्न सक्ने मशिन राख्ने कुरालाई गृह मन्त्रालयले गृह सुरक्षा योजनामा राखेको छ । अहिले भएको मशिनले राम्रोसँग काम गर्न छाडिसकेका छन् ।

‘जे भने पनि अहिले भएका मशिनले राम्रोसँग काम गर्न सकेका छैनन्,’ विमानस्थलका एक सुरक्षा अधिकारीले लोकान्तरसँग भने, ‘त्यसकारणले पनि सुन तस्करलाई सहज हुने गरेको देखिएको छ ।’

विमानस्थलबाट नेपाल आउने मानिसहरूको सबै चेकजाँच भन्सार विभाग र अध्यागमनले गर्दै आएकाले प्रहरीले चेक गर्न पाउने अधिकार छैन ।

केही समयदेखि विमानस्थलको सबै सुरक्षा प्रहरीलाई दिनुपर्ने कुरा पनि उठ्दै आएको छ ।

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ११, २०७९

समानान्तर बैठकका लागि भारतीय सीमा सुरक्षा बल (एसएसबी)का प्रमुख सुजयलाल ताओसेन नेपाल आएका छन् । वर्षमा एक पटक हुने नेपाल–भारतको सीमा सुरक्षा सम्बन्धी  प्रमुख स्तरीय बैठकमा सहभागी हुनका लागि ताओस...

असोज १२, २०७९

गृहसचिव विनोद प्रकाश सिंहले बुधवार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुको निरीक्षण भ्रमण गरेका छन् । उनले हल्चोक र भर्चुअल माध्यममार्फत बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूबाट देशको समग्र शान्...

असोज ११, २०७९

मानव बेचबिखनको आरोपमा काठमाडौँको सिनामङ्गलस्थित आयुष ओभरसिज प्रालिका सञ्चालक उदितनारायण शाह पक्राउ परेका छन् । उक्त ओभरसिजका पब्लिक रिलेसन अफिसर दिवाकर झा र रिसेप्सनिष्ट राखीकुमारी सिंह पक्राउ परेका छन् । उ...

असोज १२, २०७९

प्रहरीले काठमाडौं १३ बाफल स्थित सडक खण्डबाट लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । उक्त सडकखण्डमा केही मानिसहरूले प्रतिबन्धित लागुऔषध बिक्री–वितरण, ओसार–पसार तथा सेवन गर्ने कार्य गरिरहेको भन्न...

असोज ११, २०७९

बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेको खोजीका लागि प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको छ । सन्दीपको खोजीका लागि इन्टरपोलको नेपाल शाखाले हेडक्वार्टरलाई अनुरोध ...

असोज १२, २०७९

लागुऔषध सेवन गरी सवारी साधन चलाएको सम्बन्धमा चालकलाई चेक गर्दै आएको ट्राफिक प्रहरीले  आज पनि नागढुङ्गा क्षेत्रमा चेकजाँच गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ र लागुऔषध नियन्त्रण ब्युर...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x