×

X
Nic Asia
Marvel
Khukuri

अर्बौ रुपैयाँ कमाउने फुटबलर किन चलाउँछन् फुटेको मोबाइल ?

काठमाडाैं | भदौ ३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

दक्षिण अफ्रिकी मुलुक सेनेगलका स्टार फुटबलर सादियो मानेको अढाई वर्ष पुरानो तस्वीर भाइरल भइरहेको छ । उनको तस्वीरमा लाखौँ कमेन्टहरू आइरहेका छन् । सबैले उनको प्रशंसा गरिरहेका छन् । अर्बौं रुपैयाँ कमाउने फुटबलरको सादगी जीवनको सबैले प्रशंसा गरिरहेका छन् । 

DHARA
LAxmi BAnk

तस्वीरमा ३० वर्षीय सादियो मानेले फुटेको आइफोन ११ बोकेका छन् । उक्त आइफोनको स्क्रीन नराम्रोसँग फुटेको छ । यो तस्वीर सन् २०१९ डिसेम्बरको हो । त्यससमय पनि सादियोको कमाई करौडौँ रुपैयाँ थियो । अहिले त उनको कमाई झनै बढेर अर्बौंको आँकडामा पुगेको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

ब्रायन म्यूनीखसँग ४० मिलियन युरोमा सम्झौता

२०२० मा सादियो माने इंग्लिस प्रिमियर लिग लिभरपुलबाट खेल्ने गर्थे । यसवर्ष उनी जर्मनीको क्लब बार्यन म्यूनीखसँग अनुबन्ध भएका छन् । उनलाई ब्रायनले जुन २२ मा ४० मिलियन युरो (लगभग नेपाली रुपैयाँ ५ अर्ब १८ कराेड) मा तीनवर्षका लागि अनुबन्ध गरेको हो । 


Advertisment
Bizbazar
Saurya island

फुटेको मोबाइल बोक्नुको राज 

सादियोले आफूले फुटेको मोबाइल बोक्नुको रहस्य पनि बताएका छन् । उनको विचार सुनेपछि सायद उनको तारिफ नगरी कोही पनि बस्न सक्दैनन् । उनले आफ्नो देशको गरिबीको रेखामुनि रहेका नागरिकका लागि पैसा जम्मा गरिरहेको बताएका छन् । 

Vianet communication
IME BANK INNEWS

उनले एक अन्तर्वार्तामा आफूसँग पैसा नभएर फुटेको मोबाइल नबोकेका बताएका छन् । उनले भनेका थिए, ‘म फोन बनाउँछु ।’ नयाँ मोबाइल किन्ने विषयमा सोधिएको प्रश्नमा उनले भनेका थिए, ‘म यस्तो हजारौँ मोबाइल किन्न सक्छु । तर, मलाई १० वटा फरारी, २ वटा जेट प्लेन र २० वटा हिराको घडी चाहिएको छैन । मलाई यो सब किन चाहिएको छ र ?’ 

उनले आफूले गरिबी भोगेको उल्लेख गरेका छन् । गरिबीका कारण आफू विद्यालय जान नसकेको उल्लेख गर्दै उनले त्यही कारण आफूले कमाएको पैसाले विद्यालय, फुटबल एकेडेमी बनाइरहेको बताएका छन् । 

उनले भनेका छन्, ‘मसँग खेल्नका लागि केही पनि थिएन । राम्रो कपडा थिएन, राम्रो खानेकुरा थिएन । आज मसँग सबैथोक हुँदा म त्यसलाई देखावटी गरूँ ? म सबैकुरा सबैसँग बाँडेर उपभोग गर्न चाहान्छु ।’ 

सादियो माने इंग्लिस प्रिमियर लिगमा लिभरपुलका महत्वपूर्ण खेलाडी थिए । उनले क्लबका लागि २६९ खेल खेलेका थिए । जसमा उनले १२० गोल गरेका थिए । उनलको संलग्नतामा लिभरपुलले २०१८–१९ को च्याम्पियन्स लिग र २०१९–२० को इंग्लिस प्रिमियर लिग पनि जितेको थियो । 
 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ११, २०७९

अन्जन विष्टको ह्याट्रिक मद्दतमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बङ्गलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–१ गोलअन्तरले हराएको हो ।  ...

असोज १२, २०७९

काठमाडौं जिल्ला खेलकुद विकास समितिले बृहत काठमाडौं जिल्ला विद्यालयस्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । बृहत खेलकुद माघ दोश्रो साता हुने काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिल...

असोज ११, २०७९

इटाली यूईएफए नेसन्स लिग फुटबलको फाइनल्समा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा हंगेरीलाई २-० गोल अन्तरले हराउँदै इटाली फाइनल्समा पुगेको हो । यस जितसँगै लिग ए समूह ३ बाट इटालीले फाइनल्सममा स्थान ब...

असोज ११, २०७९

बंगलादेश विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबलमा नेपालले अग्रता लिएको छ । मध्यान्तर अघिसम्मको खेलमा नेपाल बंगलादेशविरुद्ध ३–० गोलले अगाडि रहेकोे छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी मध्यान्तर अघ...

असोज ११, २०७९

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलगायत गरी ९ हजार जनाको बीमा गरिदिने भएको छ । त्यसका लागि राखेप र राष्ट्रिय बिमा कम्पनीबीच मंगलबार सम्झौता भएको ...

असोज ११, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीलाई गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ समुद्घाटन कार्यक्रमको निमन्त्रणा पत्र मंगलबार प्रदान गरिएको छ ।  राष्ट्रपति भण्डारीलाई राष्...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x