×

X
Nic Asia
Khukuri
Daraz

ताहचलमा खोलियो अस्थायी ‘रोमानियन मिसन’

काठमाडाैं | भदौ ९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

सरकारले वैदेशिक रोजगारका लागि रोमानिया जाने श्रमिकको सहजताका लागि वैदेशिक रोजगार कार्यालय ताहचलमा अस्थायी ‘रोमानियन मिसन’ स्थापना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानिया जाने श्रमिकको आवश्यक भिसा प्रक्रियालाई सरल, सहज र पहुँचयोग्य बनाउन अस्थायी मिसन स्थापना गरेको हो । 

LAxmi BAnk
nabil BANK inside

यसअघि रोमानिया जाने नेपालीले रोजगारीका लागि सम्झौता पाइसकेपछि भिसा प्राप्तिका लागि आवेदन दिन भारतमा रहेको रोमानियन राजदूतावासमा जानुपर्ने अवस्था थियो । भिसा प्राप्तिका लागि दिल्ली जानुपर्ने अवस्थाका कारण धेरै नेपाली युवाको अतिरिक्त समय र पैसा खर्च हुने गरेको थियो । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

नेपाली श्रमिकको गुनासोलाई सम्बोधन गर्न सम्बद्ध निकायको समन्वयमा नेपाली नागरिकले रोमानियामा प्राप्त गरेको रोजगारी गुम्न नदिन मिशन स्थापना गरिएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए । 

उक्त मिसनले नेपालबाट रोमानियाका लागि रोजगारी तथा अन्य सन्दर्भमा जान चाहने नेपाली नागरिकको भिसा आवेदन प्रक्रियाको सहजीकरण गर्नेछ । मिसनले प्रवाह गर्ने सेवा प्रक्रियामा श्रम तथा रोजगार कार्यालय, ताहाचलले आवश्यक समन्वय गर्नेछ । नेपालबाट रोमानियामा वैदेशिक रोजगारीका सन्दर्भमा जान चाहने नेपाली नागरिकले नेपालमा अस्थायीरूपमा स्थापना गरिएको रोमानियन मिसनमा तोकिएको भिसा शुल्कबाहेक कहीँकतै कुनै प्रकारको रकम नबुझाउन वा अन्य कुनै पनि प्रकारका प्रलोभनमा नपर्न सम्बद्ध सबैमा मन्त्रालयले अनुरोध गरेको छ । 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
कात्तिक २८, २०७९

रोजगारीका लागि जोखिमपूर्ण यात्रा गर्ने महिला तथा बालबालिकाको संख्या बढ्दै गएको छ ।  बितेका ३ महिनामा मात्र नेपालगञ्जस्थित सीमा नाका जमुनाह हुँदै जोखिमपूर्ण यात्रामा रहेका करीब २ हजार महिला तथा बालबाल...

भदौ १६, २०७९

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले १५२ कर्मचारीका लागि विज्ञापन खोलेको छ । कृषि सेवा प्राविधिकलाई करार सेवामा भर्ना गर्न गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरिएको छ । सूचनाअनुसार कृषि अधिकृत ३६ जना...

असोज २६, २०७९

नेपाल उद्योग वाणिज्य महासङ्घले दक्षिण कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धमा कुनै पनि निर्णय नगरेको प्रष्ट पारेको छ ।      महासङ्घले आज एक विज्ञप्ति जारी गर्दै कृषि उद्यम केन्...

कात्तिक २८, २०७९

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण श्रमिकलाई श्रम स्वीकृतिको अवधि समाप्त हुनु अगावै आफू कार्यरत मुलुकाबाट श्रम स्वीकृति नवीकरण गर्न आग्रह गरेको छ ।  अवधि सकिएपछि...

भदौ १७, २०७९

नेपाल राष्ट्र बैंकमा आकर्षक जागिरको अवसर खुलेको छ । अनलाइन दरखास्त फाराम भर्ने सूचना प्रकाशित गर्दै बैंकले विभिन्न पदमा विज्ञापन खोलेको छ । विज्ञापनमा दरखास्त दिने म्याद २०७९ असोज ६ गतेसम्म रहेको छ । ...

भदौ १०, २०७९

बाँकेमा ज्याला मजदुरी तथा श्रम गर्नेको ज्याला बढाइएको छ । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्ष २०७९/८० का लागि दररेट निर्धारण गरेको हो । जिप्रका बाँकेले सार्वज...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x