×

X
Nic Asia
Khukuri

नागरिकता विधेयकको साइड इफेक्ट

राष्ट्रपतिको राजीनामाको चर्चाः ओलीपछि नेतृत्व लिने गरी राजनीतिमा सक्रिय हुँदैछिन् विद्या ?

काठमाडाैं | भदौ १०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

विश्लेषक सौरभले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा केपी ओलीपछिको प्रधानमन्त्री विद्या भण्डारी भनेर विश्लेषण गरेका थिए, २०७६ मंसिर १६ गते । 

LAxmi BAnk
nabil BANK inside

जतिबेला एमाले र माओवादी मिलेर बनेको नेकपाभित्र विवादको अंकुरण भएको थिएन । भर्खरभर्खर गठन भएको नेकपा फुट्ने अनुमान कसैले गरेका थिएनन् । सौरभको विश्लेषणलाई कतिपयले हल्का टिप्पणी भनेर लिए, कतिपयले हावा विश्लेषण भने ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

दुई कार्यकाल राष्ट्रपति भइसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा आउने र प्रधानमन्त्री बन्ने भन्ने प्रक्षेपण अलि अनौठो खालको थियो । राष्ट्रपति–प्रधानमन्त्री–राष्ट्रपति बन्ने त्यो चामत्कारिक ‘भ्लादिमिर पुटिन’ नेपालमा कोही देखिएको थिएन । 

सौरभले विश्लेषण गरेको तीन वर्षपछि विद्या भण्डारी सक्रिय राजनीतिमा आउने संकेत देखिएका छन् । सोहीअनुसारका विश्लेषण भइरहेका छन् । सौरभको विश्लेषणजस्तो ओलीपछिको प्रधानमन्त्री नभए पनि विद्या भण्डारी ओलीपछिको पार्टी अध्यक्ष हुने सम्भावनालाई एमालेका नेताहरू पनि इन्कार गर्दैनन् ।


Advertisment
Saurya island

राष्ट्रपति बनेको व्यक्ति पार्टी राजनीतिमा फर्किन नमिल्ने कुनै संवैधानिक या कानूनी प्रतिबन्ध छैन । आलंकारिक राष्ट्रपतिको व्यवस्था भएका देशमा राजनीतिक जीवनको उत्तरार्द्धमा नेताहरूले त्यो पद स्वीकार गरेको पाइन्छ । 

नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादव शीतल निवासबाट बिदा भएपछि सक्रिय राजनीतिबाट टाढा बसे । परन्तु, कांग्रेसको महाधिवेशन प्रभावित गर्न शीतल निवासबाटै चलखेल गरेको भनेर कांग्रेसको संस्थापनइतर पक्षले यादवमाथि दोषारोपण गरेको थियो । 

Vianet communication
IME BANK INNEWS

नेकपा विवाद उत्कर्षमा पुगेका बेला विद्या भण्डारीले केपी ओली र प्रचण्डलाई शीतलनिवासमा बोलाएर मिलाउन कोशिश गरेको घटना पनि पुरानो भएको छैन । 

राष्ट्रपति बनिसकेको व्यक्ति सक्रिय राजनीतिमा आउने कि नआउने भन्ने नैतिकताको विषय हो । रामवरणले देशको सर्वोच्च पदमा पुगेको व्यक्ति ‘तटस्थ’ रहनुपर्छ भन्ने मान्यता स्थापित गरिदिए । रामवरण तिनै हुन्, जसले नेपालको संविधान जारी गरेका थिए । 

अचानक आएको विद्या भण्डारीको राजीनामाको प्रसंग 

कार्यकाल सकिनु पाँच महिनाअगावै विद्या भण्डारीले राष्ट्रपति पदबाट राजीनामा दिने तयारी गरेको कुराले सत्ता गठबन्धन र प्रतिपक्षी दलमा समेत तरंग सिर्जना गरिदिएको छ । पुनर्विचारका लागि प्रतिनिधिसभामा पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित गरिएपछि भण्डारी राजीनामासम्मको कदम चाल्ने मनस्थितिमा पुगेकी हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको नागरिकता विधेयकका कतिपय प्रावधानमा राष्ट्रपतिले चासो जनाउँदै आएकी थिइन् । 

साउन १५ गते प्रमाणीकरण भएर आएको विधेयकलाई राष्ट्रपतिले फिर्ता पठाइन् । राष्ट्रपतिले विधेयक पुनर्विचारका लागि पठाएको दुर्लभ घटनामा गठबन्धनले यसबारे प्रतिपक्षसँग छलफल पनि गरेन । प्रतिनिधिसभाले समितिमा नलगी हतारहतार पारित गरिदियो ।

यति हतार कि, एकै दिनमा ८२ जना सांसदले छलफलको कर्मकान्डमा भाग लिए । गृहमन्त्रीले जवाफ दिए र पारित गरियो । राष्ट्रपतिले चासो दिएको नागरिकता विधेयक पारित गर्नेबेला प्रमुख प्रतिपक्षी दलले प्रतिनिधिसभामा मत विभाजन माग गर्‍यो । र, पक्ष–विपक्षमा सांसदले हस्ताक्षर गरेर विधेयक पारित भयो । स्मरणीय के छ भने यो विधेयक पहिलोपल्ट पारित हुँदा ध्वनि मत (हुन्छ या हुन्न भनेर हात उठाउने) विधिबाट पारित गरिएको थियो । 

पुनर्विचारका लागि पठाएको विधेयकमा छलफल नगर्ने बरु आफूलाई देखाउनका लागि हतारमा पारित गरिएको घटनाले राष्ट्रपतिलाई विक्षिप्त बनाएको रहेछ । संविधानविद्, नागरिक अगुवा र केही वरिष्ठ पत्रकारहरूसँगको भेटमा भण्डारीले नागरिकता विधेयक पुनर्विचार नगरी दोस्रोपटक हुबहु पारित भएको घटनालाई मदन भण्डारी मारिएको घटनाजस्तै पीडादायी भनेर चित्रित गरेकी थिइन् । त्यही क्रममा उनले दोस्रोपटक प्रमाणीकरण गर्नुभन्दा राजीनामा दिन्छु भनेकी थिइन् । 

त्यसपछिका दिनमा भण्डारीले सेनाका वर्तमान र पूर्व जर्नेलहरूसँग छलफल गरिन्, जुन छलफललाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालले आशंकापूर्ण ढंगले हेरेका छन् । नेकपा एसको स्थापना दिवसमा आयोजित कार्यक्रममा माधव नेपालले राष्ट्रपतिले सेनाका जर्नेल भेट्दै हिँड्दा अनिष्ट निम्तिने हो कि भनेर आशंका व्यक्त गरेका थिए । 

प्रचण्ड र नेपालले आशंका गरेजस्तो राष्ट्रपति भण्डारीले सेनाको बलमा कुनै गैरसंवैधानिक कदम चाल्ने सम्भावना न्युन नै छ । राष्ट्रपति भण्डारीका संचार विज्ञ टीका ढकालका अनुसार रक्षामन्त्री बनेको समयदेखि सेनाको परमाधिपति बन्दासम्म प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेका जर्नेललाई धन्यवादका लागि राष्ट्रपतिले बोलाएकी हुन् ।

राष्ट्रपतिको राजीनामाको प्रसंग अझै सेलाएको छैन । प्रतिनिधिसभाले पठाएको नागरिकता विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि भण्डारीले के गर्छिन्, कौतुहलताको विषय छ ।

सभामुख अग्नि सापकोटाले एमसीसी टेबुल गर्न आनाकानी गरेजस्तै एमालेको कोटाबाट राष्ट्रिय सभा अध्यक्ष बनेका गणेश तिमिल्सिनाले विधेयक अड्काउँछन् भन्ने आशंका पनि गरिँदैछ । 

राष्ट्रिय सभाले केही ढिला ग¥यो भने प्रतिनिधिसभाको कार्यकाल सकिन्छ र विधेयक यत्तिकै तुहिएर जान्छ । प्रतिनिधिसभाबाट आएको विधेयक २ महिना अड्काउने अधिकार राष्ट्रिय सभालाई कायम छ । एमालेले चाहेमा यो कार्ड खेल्न सक्छ । तर, यो अवस्थामा सत्ता गठबन्धन राष्ट्रिय सभा अध्यक्षलाई नै हटाउने विकल्पमा पनि जानसक्छ । लोसपा वा वामदेव गौतमको सहयोगमा सत्ता गठबन्धनलाई दुईतिहाइ पुग्ने समीकरण राष्ट्रिय सभामा छ ।

राष्ट्रपतिलाई राजीनामा गराएर राजनीतिक लाभ लिन खोजेको हो भने राष्ट्रिय सभाबाट यो विधेयक रोक्न एमालेले कुनै चालबाजी गर्ने छैन ।

संसद् सचिवालय स्रोतका अनुसार आगामी बैठकमा प्रतिनिधिसभाले पारित गरेको विधेयकबारे सन्देशसहित जानकारी गराउने तयारी छ । 

सत्तापक्षको बहुमत रहेको राष्ट्रिय सभामा पनि सरकारले चाह्यो भने एकै दिनमा पारित गर्ने सम्भावना रहन्छ । 

राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा पुगेपछि सभामुखले प्रमाणीकरण गरेर विधेयक राष्ट्रपतिकोमा पठाउने छन् । यसपटक राष्ट्रपतिसँग दुई मात्र विकल्प रहने छन्, विधेयक प्रमाणीकरण गर्ने या राजीनामा दिने । ‘विधेयक प्रमाणीकरण गर्नुभन्दा राजीनामा दिन्छु’ भनेर सन्देश दिइसकेको अवस्थामा फेरि प्रमाणीकरण गर्नु राष्ट्रपतिका लागि प्रतिष्ठाको विषय बन्ने छ ।

राजीनामापछि राजनीति कि अवकाशपछि राजनीति ?

राष्ट्रपतिबाट राजीनामा या केही महिनापछि अवकाश पाएसँगै विद्या भण्डारी एमालेको राजनीतिमा सक्रिय बन्ने कुरा विगतदेखि नै चल्दै आएको थियो । नागरिकता विधेयकले त्यो पृष्ठभूमि फराकिलो बनाउँदै लगेको एमालेका नेताहरू विश्लेषण गर्छन् । 

नागरिकता विधेयक फिर्ता गरेको ‘सेन्टिमेन्ट’सहित भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने तयारीबारे एमालेका प्रभावशाली नेताहरू जानकार छन् । तर, कोही पनि औपचारिक रूपमा बोल्दैनन् ।

‘जनताको बहुदलीय जनवाद’को राजमार्गमा हिँडिरहेको एमालेमा मदन भण्डारीको परिवारको सदस्य भएकाले नेतृत्वमा स्वीकार्य हुने बुझाइ छ । २०७२ सालमा सुशील कोइराला प्रधानमन्त्रीको उम्मेदवार नबनेर राष्ट्रपति बन्न राजी भएको भए एमाले उपाध्यक्ष रहेकी विद्या भण्डारी पार्टीमै सक्रिय रहने थिइन् । 

एमालेका एक प्रभावशाली नेताले भण्डारी स्वयं अध्यक्ष बन्ने भन्दा संरक्षकको हैसियतमा दोस्रो पुस्ताका नेतालाई अगाडि सार्ने सम्भावना रहने बताए । तर, विद्या भण्डारी सक्रिय राजनीतिमा आउनेबारे एमालेका कोही पनि नेता खुलेर बोल्न चाहँदैनन् । ‘अनुमानको विषयमा नबोलौं’ एमालेका एक प्रभावशाली नेताले लोकान्तरसँग भने ।

भण्डारी सक्रिय राजनीतिमा फर्किनेबारे एमालेभित्र औपचारिक छलफल भएको छैन । 

दोस्रो कार्यकालका लागि ओली अध्यक्ष निर्वाचित भएको एक वर्ष पूरा भएको छैन । अझै तीन वर्ष ओलीले एमाले अध्यक्षको रूपमा काम गर्न पाउने छन् । 

नेतृत्व हस्तान्तरणका बेला ओलीले भण्डारीलाई अगाडि सार्ने सम्भावनालाई नकार्न सकिँदैन ।

२०७२ सालमा भारतले नेपालमाथि गरेको नाकाबन्दीविरुद्ध खरो उत्रिएर राजनीतिक लाभ लिइरहेको एमालेले आगामी दिनमा पनि राष्ट्रवादको नारालाई उचाल्ने देखिँदैछ । नागरिकता विधेयक मात्र होइन एमालेका नेताहरूको पछिल्ला भाषणमा ‘राष्ट्रियता’को कुरालाई जोडतोडले उचालिएको छ ।

नागरिकता विधेयक फिर्ता गरेको घटनालाई राष्ट्रियतासँग जोडेर भण्डारीलाई राजनीतिमा ल्याउन एमालेको संस्थापन पक्षले जोड गर्ने निश्चित छ । 

तत्कालै राजीनामा दिएर चुनावअघि नै भण्डारी एमालेमा सक्रिय हुन्छिन् कि कार्यकालपछि, त्यो भने घटनाक्रमले निर्धारण गर्नेछ ।

 


 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १३, २०७९

एकै घरका दुई दाजुभाइ लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । पाल्पा रामपुर नगरपालिकाका भोजप्रसाद श्रेष्ठ र राजुप्रसाद श्रेष्ठ लुम्बिनी प्रदेश प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित भएका...

मंसिर १३, २०७९

नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताएका छन् । विराटनगरस्थित लक्ष्मीनारायण मन्दिरमा मंगलवार आयोजित कार्य...

मंसिर १३, २०७९

नयाँ सरकार गठनको विषयलाई लिएर दलहरूबीच रस्साकस्सी चलिरहेको समयमा नेपाली कांग्रेसभित्रको ठूलो हिस्सा अब बन्ने सरकारको नेतृत्व पार्टीले नै लिनुपर्ने लविङ गर्न थालेको छ ।  मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा ...

मंसिर १३, २०७९

मधेस प्रदेश सरकारका तीन जना मन्त्री पराजित भएका छन्। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी मैदानमा उत्रिनुभएका मधेस प्रदेश सरकार तीन मन्त्री पराजित भएका हुन् ।  मुख्यमन्त्रीसहित...

मंसिर १३, २०७९

निर्वाचनमा देखिएको जनताको असन्तुष्टि र व्यक्त भएको विद्रोहलाई राजनीतिक दलहरुले बेलैमा बुझ्नुपर्नेमा  भोजपुरबाट निर्वाचित सांसद सुदन किरातीले बताएका छन् । माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य समेत रहेका सांसद...

मंसिर १३, २०७९

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको विस्तृत समीक्षाका लागि  केन्द्रमा प्रतिवेदन उपलब्ध गराउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको छ । पार्टी अध्यक्ष माधवक...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x