×

X
Nic Asia
Khukuri

सरकारी क्याम्पसमा बेथितिको चाङ

एक दिन पढाएर हप्ताभरको हाजिरी– स्थायी प्राध्यापक निजीमा व्यस्त, पार्ट-टाइमरको भरमा अस्कल !

काठमाडाैं | भदौ १४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

काठमाडौंको ठमेलस्थित अमृत साइन्स क्याम्पस (अस्कल)मा प्राध्यापकहरूले महिनौंसम्म पढाउनै नगएर पनि तलब बुझ्ने गरेका छन् । सरकारी क्याम्पसको प्राध्यापक भएपनि त्यहाँ पढाउनुको साटो कलेज 'बंक' गर्दै निजी कलेज तथा क्याम्पसहरूमा पढाउने गरेका छन्। क्याम्पसमा कार्यरत कर्मचारीहरू पनि  शिक्षक तथा प्राध्यापकहरूकै देखासिकी गरेर कलेजमा उपस्थित नभएको दिनको समेत हाजिरी गरेर तलब बुझ्ने गरेका छन्।

LAxmi BAnk
nabil BANK inside

क्याम्पसमा ई- हाजिरीको व्यवस्था गरिएको छ। तर अनुपस्थित दिनको पनि हाजिरी गर्ने उद्देश्यले ई-हाजिरीको सट्टा अधिकांशले हाजिरी पुस्तिकामा हाजिरी गर्ने गरेका छन् ।  


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

उक्त क्याम्पसको एमएससीमा अध्ययनरत एक विद्यार्थीका अनुसार क्लासको रुटिन शेड्युल त हुन्छ, तर प्राय: पढाइ हुँदैन । 'हामी क्लास हुन्छ भनेर आउछौं, तर सरहरू नै आउनुहुन्न,' ती विद्यार्थीले लोकान्तरसँग भने, 'क्लास नै नगरी हामी घर फर्किने गर्थ्यौं, सरहरू नै नआउने बेथिति दिनहुँ देखिएपछि अब क्लास जानै छाड्यौं । घरमै सेल्फ स्टडी गर्नुपर्ने बाध्यता छ ।'

कतिपय शिक्षकलाई त विषयको ज्ञान नै नभएकाले पनि पढाउन नआउने गरेको ती विद्यार्थीले खुलाए । 'केही राम्रा प्राध्यापकहरू पनि हुनुहुन्छ, तर उहाँहरूको क्लास नै हुँदैन,' ती विद्यार्थीले थपे, 'जुन सरको रुटिनमा नाम हुन्छ ती सरहरूलाई  विषयवस्तुको ज्ञान नै हुँदैन । क्लासमा बेइज्जती हुने डरले रुटिन नभएको दिनमा आउनुहुन्छ तर रुटिन भएको दिन अनुपस्थित हुने गर्नुहुन्छ ।'


Advertisment
Saurya island

सहायक क्याम्पस प्रमुख रविन्द्र सिंह महतका अनुसार उक्त क्याम्पसका ५ जना प्राध्यापक, २३ जना सह–प्राध्यापक, ८८ जना उपप्राध्यापक तथा ६ जना अस्थायी शिक्षण सहायक गरी कुल १ सय २२ जना शिक्षकहरू कार्यरत छन् । १ सयजना पार्ट टाइमर शिक्षकहरू पनि छन् । त्यसबाहेक ७० जना कर्मचारीहरू कार्यरत छन् । प्रायः जसो धेरै क्याम्पसमा गयल भएपनि हाजिरी पुस्तिकामा गयल दिनको समेत हाजिरी गरेर तलब भने बुझ्ने गरेको महतले पनि स्वीकार गरे ।

आकर्षक तलब तर ध्यान निजीतर्फ

Vianet communication
IME BANK INNEWS

उक्त क्याम्पसमा पढाउने प्राध्यापकको तलब ७७ हजार रुपैयाँ, सह–प्राध्यापकको तलब ७० हजार रुपैयाँ, उपप्राध्यापकको तलब ५६ हजार रुपैयाँ मासिक भत्ताबाहेक छ । अधिकृत स्तरका कर्मचारीको तलब ४३ हजार रुपैयाँ, नायब सुब्बाको तलब करीब ३५ हजार रुपैयाँ र कार्यालय सहायकको तलब ३३ हजार रुपैयाँ छ ।

क्याम्पस प्रमुखले ३ हजार रुपैयाँ र सहायक क्याम्पस प्रमुखले १ हजार रुपैयाँ अतिरिक्त भत्ता पाउने गर्छन्। मासिक ३० लिटर इन्धन, १ हजार रुपैयाँ टेलिफोन खर्च समेत पाउँछन्।

उक्त क्याम्पसमा सरकारी र निजी गरी दुई किसिमका कोर्स सञ्चालित छन्। निजी कोर्सको विभाग प्रमुखले ५ हजार रुपैयाँ, कोओर्डिनेटरले १० हजार रुपैयाँ भत्ता पाउँछन्। 

पार्टटाइमर शिक्षकहरूमध्ये प्राध्यापकले १ हजार रुपैयाँ, सह–प्राध्यापकले ९ सय रुपैयाँ, उपप्राध्यापकले ८ सय रुपैयाँ प्रति पिरियड पाउने गरेका छन्।

बीएससी सीएसआईटीमा सबैलाई समान ८ सय रुपैयाँ प्रति पिरियड, बीएससीमा ६० मिनेट पढाउँदा ५ सय ९० रुपैयाँ प्रतिपिरियड, ६० मिनेटभन्दा कम पढाउँदा ३५० रुपैयाँ प्रतिपिरियड दिने गरिएको छ। यसरी आकर्षक तलब सेवा सुविधा पाउने गरे पनि क्याम्पसका सबै स्थायी शिक्षकहरू काठमाडौंका महंगामहंगा कलेजहरूमा दिनभर अध्यापन गर्छन्।

स्थायी शिक्षकले पढाउँदैनन्, पार्ट टाइमरलाई अतिरिक्त भार

उक्त क्याम्पसका एक शिक्षकका अनुसार १ सय २२ जना स्थायी शिक्षक भए पनि १ सय जना पार्ट टाइमर शिक्षकहरू नियुक्त गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयको नियमानुसार स्नातकोत्तर तहमा पढाउने शिक्षकलाई सप्ताहमा १२ पिरियड तथा स्नातकमा पढाउने शिक्षकलाई १५ पिरियड अनिवार्य हुन्छ । तर क्याम्पस प्रशासनले स्थायी शिक्षकभन्दा पनि पार्टटाइम शिक्षकलाई नै बढी लोड दिएर स्थायी शिक्षकलाई पिरियड नै दिँदैनन्।

त्रिभुवन विश्वविद्यालयकै नियमानुसार दिनहुँ शिक्षकदेखि कर्मचारीहरू हाजिर हुनुपर्ने हो। तर धेरैजसो शिक्षकहरूको एक दिन वा दुई दिन बिराएर एकैदिन पिरियड मिल्ने गरी रुटिनमा समवेश गरिएको हुन्छ। त्यस कारण हप्तामा एक वा दुईदिन मात्र आएर सातै दिनको हाजिरी गरेर तलब बुझ्ने गरेको अमृत साइन्स क्याम्पसकै एक प्राध्यापकले स्वीकार गरे ।

'खास गरेर परीक्षा हुने बेला एक/एक महिनासम्म पनि अनुपस्थित हुने र एकै दिन आएर म्यानुअल हाजिरी गरेर तलब बुझ्ने गर्नुभएको छ,' ती प्राध्यापकले लोकान्तरसँग भने, 'त्यति मात्र होइन, प्रयोगात्मक परीक्षाका लागि प्रति १० जना विद्यार्थी एक शिक्षकको रुटिन बन्छ । ५० विद्यार्थीसम्मलाई एकै पिरियडमा एकजना शिक्षकले मात्र कक्षा लिने र बाँकी चारजनाले कक्षा नै नलिएर पनि हाजिर गरेर तलब बुझ्ने गरेका छन् । '

कति सम्म भने फर्जी रुटिन बनाएर अतिरिक्त तलब भत्ता समेत बुझ्ने गरिएको उनले खुलाए ।

प्रायः शिक्षकदेखि कर्मचारी अनुपस्थित : राष्ट्रिय सतर्कता केन्द्र

राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुसन्धानबाट समेत उक्त कुराको पुष्टि भएको छ। उक्त क्याम्पसमा कर्मचारी, प्रशासनदेखि प्राध्यापक समेतको ई-हाजिरीको अभिलेख छानबिन गर्दा उक्त तथ्य खुलेको हो।

केन्द्रले छानबिनका क्रममा २०७८ मंसिर १ गतेदेखि २०७८ पुस १० गतेसम्म ४० दिनको हाजिरी अभिलेख हेर्दा कतिपय कर्मचारीहरू ३१ दिनसम्म अनुपस्थित भएको पाइएको छ । अनुपस्थित हुँदाहुँदै पनि उनीहरूले तलब भने बुझेका छन्।

जनकरत्न मल्ल, मञ्जुश्री बज्राचार्य, अनिल पाण्डे, मुनाल सुवेदी, पिताम्बर श्रेष्ठ, विजयकुमार झा, विरेन्द्रप्रसाद यादव, नरेन्द्रकुमार सिंह, राजेश्वरी श्रेष्ठ, मनोजकुमार प्रसाद, प्रकाशचन्द्र लोहनी, अरुणकुमार शर्मा ४० दिनमा ३१ दिन अनुपस्थित देखिएका छन्। त्यसैगरी देवीप्रसाद भट्टराई ३० दिन, प्रशासन प्रमुख सुरेन्द्रलाल तण्डुकार २९ दिन, विष्णु मिश्र, दमनराज गौतम र धिरेन्द्रकुमार यादव २७ /२७ दिन गयल देखिएका छन् ।

मोहनबहादुर क्षेत्री, २६ दिन, अनिलकुमार मल्लिक २५ दिन, विनोदकुमार अधिकारी २३ दिन, गणपति झा र मञ्जु पन्त शर्मा २१ दिन अनुपस्थित थिइन् । राजेश महाजू, शंकरकुमार कार्की, मदन गौतम, रामनाथप्रसाद रौनियार १८/१८ दिन अनुपस्थित थिए ।  टिकाबहादुर बुढाथोकी र रामनाथप्रसाद रौनियार १६/१६ दिन अनुपस्थित पाइएको थियो ।

त्यति मात्र होइन, केन्द्रले नमूनाको रूपमा २०७९ वैशाख ४ गते, २०७९ जेठ २५ गते, २०७९ असार २ गते, २०७९ असार ८ गते गरी कुल ४ दिनको ई-हाजिरी अभिलेख हेर्दा १८५ जना कर्मचारी तथा शिक्षकहरू मध्ये तोकिएको समयभित्र हाजिरी हुने कर्मचारी तथा शिक्षकहरूको संख्या अन्त्यन्त न्यून पाइएको थियो ।

धेरैजसो शिक्षक तथा कर्मचारीहरू ती चार दिनमा समयमा हाजिर नै नभएको ई-हाजिरी अभिलेखबाट पाइएको छ। यद्यपि केही कर्मचारीहरू भने हाजिर भएको पाइएको थियो।

हेर्नुहोस्, केन्द्रले छड्के अनुगमन गर्दा पाइएको ई-हाजिरी अभिलेख :

प्रचलित कानूनअनुसार कारबाही गर्न केन्द्रको निर्देशन

राष्ट्रिय सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माका अनुसार अनुपस्थित हुने शिक्षक तथा कर्मचारीहरूलाई त्रिभुवन विश्वविद्यालयको प्रचलित कानूनबमोजिम कारबाही गर्न निर्देशन दिइएको छ ।

'अनुपस्थित भएका शिक्षकदेखि कर्मचारीसम्मलाई कारबाही गर्न केन्द्रले क्याम्पस प्रशासनलाई निर्देशन दिएको छ,' शर्माले लोकान्तरसँग भने, 'गैरकानूनी रूपमा तलब भत्ता बुझिसकेका शिक्षक तथा कर्मचारीबाट रकम असुल उपर गर्न तथा तलब भत्ता खुवाउने कर्मचारी समेतलाई कानूनबमोजिम कारबाही गरी केन्द्रलाई जानकारी गराउन निर्देशन दिइएको छ।'

अनुपस्थित हुने कर्मचारी तथा शिक्षकको बिदाको विवरण इन्ट्री गर्ने तथा अभिलेख राख्ने गरिएको छैन। 'कार्यरत शिक्षक तथा कर्मचारीहरूको बिदाको रेकर्ड क्यापम्स प्रशासनले स्पष्टरूपमा नराखेकाले शिक्षक तथा कर्मचारीहरूको सञ्चित बिदा भए/नभएको स्पष्ट हुन सकेन,' राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।

कर्मचारीलाई कार्यालय समय अवधिसम्म टिकाउन ३० प्रतिशत थप प्रोत्साहन भत्ता

पहिलेपहिले कर्मचारीहरू १ बजे आउने र ३ बजे जाने गर्थे। तर त्यसलाई टाइट गर्न जति भने पनि नसकिएको सहायक क्याम्पस प्रमुख रविन्द्रसिंह महतले स्वीकारे ।

कार्यालय समयभर टिकाउनकै लागि २०७९ भदौ १ गते देखि तलबको ३० प्रतिशत प्रोत्साहन भत्ता दिइएको उनले जानकारी दिए ।

'त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदबाट स्वीकृत गराएर तलबको थप ३० प्रतिशत प्रोत्साहन भत्ता दिन थालेपछि कर्मचारीहरू पनि बिहान ९ बजेदेखि दिउँसो ५ बजेसम्म क्याम्पसमा बसेर काम गर्न थालेका छन्,' महतले लोकान्तरसँग भने।

जबकि कार्यालय समयभर बस्नु कर्मचारीहरूको दायित्व नै हो।

शिक्षकको बेइमानीका कारण १६ सय विद्यार्थीलाई अन्याय

अमृत साइन्स क्याम्पसका सहायक क्याम्पस प्रमुख रविन्द्रसिंह महतका अनुसार हाल १६ सय जना विद्यार्थी उक्त क्याम्पसमा अध्ययनरत छन् । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय शिक्षण विभागसरह नै त्यहाँ विज्ञान विषयमा स्नातकोत्तरको अध्ययन हुन्छ।

'फिजिक्स', 'केमेस्ट्री', 'बोटनी' तथा 'जूलोजी' गरी कुल चार विषयमा 'एमएससी'को अध्ययन हुन्छ । 'फिजिक्स'मा ६० जना, ' केमेस्ट्रीमा ४५ जना, 'बोटनी'मा ३० जना, तथा 'जूलोजी'मा २४ जना विद्यार्थीहरू स्नातकोत्तर अध्ययन गरिरहेका छन्।

त्यसैगरी 'बीएससी सीएसआईटी'को एउटा 'सेमेस्टर'मा कुल १ सय ४४ जना विद्यार्थीहरू अध्ययनरत छन्।

स्नातक तहको उक्त कोर्षका लागि कुल आठवटा 'सेमेस्टर'मा १ हजार १५२ जना विद्यार्थीहरू अध्ययनरत छन्।

त्यसैगरी स्नातक तहको अर्को कोर्स 'बीआईटी' को एउटा 'सेमेस्टर'मा ३६ जना विद्यार्थी गरी कुल ८ वटा 'सेमेस्टर'मा २ सय ८८ विद्यार्थीहरू अध्ययनरत छन्। त्यसैगरी विभिन्न आठवटा विषयमा 'बीएससी' को पढाइ हुन्छ । 'फिजिक्स', 'केमेस्ट्री', 'बोटनी', 'जूलोजी', वातावरण, गणित, 'माइक्रोबाइलोजी', तथ्यांक विषयमा चार वर्षे बीएससीको पढाइ हुन्छ ।

बिहान ६ बजेदेखि १ बजेसम्म एउटा शिफ्ट र बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म गरी दुई शिफ्टमा कक्षा सञ्चालन हुन्छ ।​

नैतिकताको खडेरी : शिक्षाविद् कोइराला

अमृत क्याम्पसको बेथिति प्रतिनिधिमूलक मात्र हो । प्राय: सरकारी क्याम्पसहरूको अवस्था यस्तै छ । शिक्षकहरू सरकारी क्याम्पसको साटो बिहानदेखि बेलुकासम्म निजी क्याम्पसमा पढाउने गर्छन्। नियमनकारी निकायले त्यस विषयमा कुनै अनुसन्धान तथा कारवाही गर्दैन ।

विश्वविद्यालयको शासन प्रशासनको लामो हात भएको कारणले पनि त्यसो हुन नसकेको शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला बताउँछन्। विश्वविद्यालयलाई कम्तिमा पनि प्रदेश तहमा राख्यो भने उक्त समस्या समाधान हुनसक्ने उनको बुझाइ छ ।

'त्रिभुवन विश्वविद्यालय प्रदेश नम्बर १, त्रिभुवन विश्वविद्यालय मधेश प्रदेश जस्तै सातवटै प्रदेशमा राखेर विश्वविद्यालय शासनको हात छोटो बनायो भने नियमन गर्न सहज हुनसक्छ,' कोइरालाले लोकान्तरसँग भने, 'विश्वविद्यालयले कहाँ के भइरहेको छ त्यसको अनुगमन समेत गर्न सकिरहेको छैन ।'

विश्वविद्यालयमा शिक्षकहरूमा नैतिकताको खडेरी परेको उनको ठम्याइ छ ।

'विश्वविद्यालयका शिक्षकहरूलाई कम्तिमा पनि 'टीओआर' दिनुपर्ने हुन्छ जुन कि हाम्रो देशमा छैन,' उनले थपे, 'हामीकहाँ नैतिकता भएका केही राम्रा प्राध्यापकहरू पनि छन् तर ती प्राध्यापकहरू को हुन् भन्ने कुराको पहिचान नै हुनसकेको छैन।' त्यसका लागि कम्तिमा 'डेटाबेस' बनाएर नयाँ 'कल्चर' नै बनाउनुपर्ने उनले बताए ।

धेरैजसो शिक्षक, प्राध्यापकहरूमा पाठ्यक्रमअनुसार विषयवस्तुको 'अपडेट' नहुँदा पनि समस्या भइरहेको उनले खुलाए।

'मलाई त लाज पनि लाग्छ कि कतिपय शिक्षकहरूमा विषयवस्तु सम्बन्धी 'अपडेट' नै छैन,' कोइरालाले लोकान्तरसँग भने,'कम्तिमा विश्वविद्यालयका डीनहरूले आफ्नो विषयमा शिक्षकहरूलाई 'प्रेसर' दिएर भएपनि 'ट्रेन' गर्ने कुरामा ढिलाइ गर्नु भएन।'

विषयवस्तुमा प्राप्त गरेको जानकारी तथा ज्ञानलाई सामाजिक सञ्जालमै भए पनि 'शेयरिङ' गर्ने संस्कृति विकास हुनु जरूरी रहेको उनको कथन छ ।

'डीन' कार्यालयले पाठ्यक्रमअनुसार आफ्ना जनशक्तिलाई ट्रेन गर्नकै लागि 'डिजाइन' तयार गरेर 'रेगुलेट' गर्‍यो भने सुध्रिन चाहने प्राध्यापकहरू सुध्रिन सक्ने उनले बताए । सुध्रिन नचाहने र राजनीतिक दलको झण्डा बोकेर विश्वविद्यालय तथा क्याम्पसहरूमा राजनीति नै गर्न खोज्नेहरू भने जे गरे पनि नसुध्रिने उनले बताए ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
भदौ ५, २०७९

मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गरिएको २७ हजार साइकल खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री, प्रदेश सचिव तथा केही इन्जिनीयर समेतलाई मुद्दा चलाउनुपर्नेमा उन्मुक्ति दिएको ...

भदौ २९, २०७९

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधामले कर्मचारी भर्नामा व्यापक अनियमितता गरेको छ । स्नातकोत्तर तहको अध्ययन/अध्यापन गराउनका लागि भर्ना गरिरहेका २०३ जना कर्मचारी छनोटमा अनियमितता भएको पाइएको छ । विभिन्न...

साउन ३१, २०७९

नेपाल ट्रस्टको सम्पत्ति दुरूपयोग बढ्दै गएको छ । केही खास व्यक्ति र समूहको हितमा हुने गरी लिज सम्झौता गर्दा अत्यधिक महंगा जग्गाहरू पनि कौडीको भाउमा दुरूपयोग भइरहेको हो । प्रतिस्पर्धाविनै गरिएका सम्झौता नवीकरण स...

भदौ २, २०७९

सरोकारवाला निकायहरूको चौतर्फी विरोध तथा आलोचनाका बीच औषधि व्यवस्था विभागले ६५० एमजीको पारासिटामोल उत्पादन गर्न तीनवटा कम्पनीलाई अनुमति प्रदान गरेको छ । विभाग स्रोतका अनुसार रोयल फार्मेच्युटिकल, नेसनल हेल्थ...

साउन २५, २०७९

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सवारी साधन मर्मत तथा इन्धनमा व्यापक अनियमितता भएको पाइएको छ । अन्य निकायलाई मितव्ययिताका लागि निर्देशन दिने प्रधानमन्त्री कार्यालयमै सवारी साधनको चरम दुरुपयोग हुने गर...

भदौ २६, २०७९

काठमाडौं मेडिकल कलेज सिनामंगलमा गत वर्ष प्राध्यापक सुबोध ढकाल मातहत चिकित्सा शास्त्रको स्नातकोत्तर 'मास्टर्स अफ मेडिसिन (एमडी)' अध्ययन गर्ने भन्दै विद्यार्थीहरू भर्ना भएका थिए । तर, ती विद्यार्थीलाई पढाउनका ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x