×

X
Nic Asia
Marvel
Khukuri

लोकान्तर सम्पादकीय

दागीलाई उम्मेदवार नबनाऊ

काठमाडाैं | भदौ १७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रमुख दलका स्थानीय कमिटीले सम्भावित उम्मेदवारको नाम धमाधम सिफारिश गरिरहेका छन् । 

DHARA
LAxmi BAnk

नेपाली कांग्रेस र नेकपा एमालेका तल्ला निकायले सम्भावित उम्मेदवारको सूची सिफारिश गरिरहेका हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

टिकट वितरणको अख्तियारी पाएका दलका नेताले खल्तीबाट टिपेर आफ्ना मान्छेलाई उम्मेदवार बनाउने प्रचलन रहेकोमा अहिले तल्ला निकायबाट नाम सिफारिश गर्नेक्रम शुरू हुनु सकारात्मक हो ।

चौतर्फी आलोचनाको भूमरीमा परेका दलभित्र शुरू भएको यो आन्तरिक लोकतन्त्रको अभ्यास हो ।


Advertisment
Bizbazar
Saurya island

तर, मातहतका निकायले प्रदेश र केन्द्रका लागि सिफारिश गरेका उम्मेदवारको सूची भने विवादरहित बन्न सकेको छैन ।

जघन्य हत्या आरोपमा जेलमा रहेका व्यक्ति समेत सम्भावित उम्मेदवारको सूचीमा परेका छन् । 

Vianet communication
IME BANK INNEWS

लामो समय राजनीति गरेका भन्दा बिचौलिया, ठेकेदार र अन्य विवादास्पद व्यक्तिहरू पनि तलबाट सिफारिशमा परेका छन् । 

रौतहटमा इँटा भट्टामा जलाएर कामदारहरूको सामूहिक हत्या गरेको आरोपमा पुर्पक्षका लागि जेलमा बसिरहेका आफ्ताब आलम समेत सिफारिशमा परेका छन् । 

कांग्रेसजस्तो लोकतन्त्र र मानवअधिकारको वकालत गर्ने पार्टीका लागि आफ्ताब आलमजस्तो व्यक्ति उम्मेदवार सिफारिश हुनु लज्जाको विषय हो ।

अपेक्षा गरौं, तलबाट सिफारिश भएर आएपनि आलमजस्तो विवादास्पद व्यक्तिलाई टिकट दिने मूर्खता कांग्रेसले गर्ने छैन । 

अन्य दलहरूले पनि हत्या, अपहरण, बलात्कार र भ्रष्टाचारजस्ता फौजदारी कसूर लागेका व्यक्तिलाई उम्मेदवार नबनाऊन् ।

त्यस्ता ‘दागी’ व्यक्तिलाई उम्मेदवार बनाउँदा दलहरूले मूल्य चुकाउनु पर्नेछ । दागीलाई उम्मेदवार बनाउन निर्वाचन आयोगले पनि निरुत्साहित गर्नुपर्छ ।

Maruti inside
TATA Below
NLIC
ncc inside
चैत २०, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार आफ्नो तीन दिने भारत भ्रमण पूरा गर्दैछन् । नेपाल र भारतबीच लामो समयसम्म हुन नसकेको उच्चस्तरीय संवाद देउवाको भ्रमणबाट पुनः सुचारु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र म...

भदौ २०, २०७९

स्वेच्छाचारी ढंगले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने सरकारी तयारीको विरोध गर्दै राप्रपाका सांसद राजेन्द्र लिङ्देनले संसद् परित्याग गरे ।  केही नेपाल ऐन संशोधन गर्ने विधेयक सरकारले संसद्मा टेबल गरेकै दिन ...

जेठ १३, २०७९

सर्वोच्च अदालतका आदेश/फैसला सितिमिति विवादमा आउँदैनन्, सर्वसाधारणले टिप्पणी गर्दैनन् । तर पछिल्लो समय अदालतका आदेशमा व्यापक जनगुनासो बढ्न थालेको छ । अदालतका आदेश विवादमा तानिन थालेको एउटा उदाहरण हो, निजगढ वि...

बैशाख १२, २०७९

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि प्रमुख दलहरूले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।  नेकपा एमालेले कम्युनिस्ट पार्टीको स्थापना दिवस ९ वैशाख र नेपाली कांग्रेसले वैशाख ११ गतेको लोकतन्...

जेठ ९, २०७९

भर्खरै सम्पन्न चुनावको नतिजा बिर्साउने गरी सरकारले इन्धनमा फेरि भारी मूल्यवृद्धि गरेको छ ।  देश स्थानीय तह चुनावको नतिजाले रंगीन बनिरहेको समयमा भएको मूल्यवृद्धिबाट जनता ब्याकुल बनेका छन् ।  आइत...

भदौ ७, २०७९

चुनाव ज्यादै खर्चिलो र भड्किलो भइरहेको गुनासो बढिरहेका बेला निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि केही कसिलो आचारसंहिता प्रस्ताव गरेको छ ।  उम्मेदवारले गर्न पाउने चुनावी खर्चको सीमा तोक्दै आयोगले सोमवा...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x