×

X
Nic Asia
Dabur
Khukuri

सफ्टवेरिका कलेजमा नि:शुल्क ड्रोन वर्कसप हुने, सहभागीका लागि दर्ता खुल्यो

काठमाडाैं | भदौ ३०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

१२ वर्षदेखि सूचना प्रविधि सम्बन्धी उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका कलेजले नि:शुल्क ड्रोन वर्कसप गर्ने भएको छ । 

LAxmi BAnk
nabil BANK inside

कलेजमा पढिरहेका विद्यार्थी तथा अन्य कलेजका विद्यार्थी, प्लस टु, ए लेभल, सिबिएसई पूरा गरेका विद्यार्थीहरू वर्कसपमा सहभागी हुन सक्ने कलेजले जनाएको छ । वर्कसप असोज १ गते शनिबार डिल्लीबजारस्थित सफ्टवेरिका कलेजको ब्लक इमा सञ्चालन हुनेछ । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

ड्रोनको परिचय, साइन्स अफ एरोडाइनामिक्स, फेस ट्रयाकिङ प्रोजेक्ट, अटो म्यापिङ प्रोजेक्ट लगायतका विषयमा वर्कसप केन्द्रित हुने कलेज प्रमुख प्रमोद पौडेलले बताए ।

वर्कसपमा सहभागी हुनका लागि विद्यार्थीहरूले https://forms.gle/hDohjqSTQ9RDnb9p6 लिंकमा गएर नाम दर्ता गर्न सक्नेछन् र थप जानकारी ९८४३४७३५१२ मा सम्पर्क गरि लिन सकिने छ ।


Advertisment
Saurya island

कलेजले हालै एमएससी डेटा साइन्स एन्ड कम्प्युटेसनल इन्टेलिजेन्स विषयको पठनपाठन सुरू गरेको छ । विगतमा कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी स्नातक तहको अध्ययन गराइरहेको यस कलेजले अहिले स्नातकोत्तर तहको पठनपाठन पनि सोही विश्वविद्यालयको सम्बन्धनमा शुरू गरेको छ ।
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २०, २०७९

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले युवा वैज्ञानिकहरुलाई अनुसन्धान सहयोगका लागि विभिन्न विधामा प्रस्ताव आव्हान गरेको छ । नाष्टले आज सूचना सार्वजनिक गर्दै सो आव्हान गरेको हो । नाष्टले बजेटको अध...

मंसिर १५, २०७९

विराटनगर इन्टरनेशनल कलेज, विराटनगरको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा बिएस्सी (अनर्स) इन्टरनेशनल बिजनेस मेनेजमेन्ट विषयमा ६२ जना विद्यार्थी दीक्षित भएका छन् । तीनवर्षे तह अध्ययनपछि विद्यार्थीले भविश्यमा नय...

मंसिर १५, २०७९

मैतीदेवी बस्ने ३५ वर्षीय रामनारायण परियार फुर्सदका समयमा पुराना पत्रिका पढ्न काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय जान्छन् । इतिहासका कुरा थाहा पाउन उनी त्यहाँका पत्रपत्रिका अध्ययन गर्छन् ।  ‘यहाँ निः...

मंसिर १७, २०७९

विगत १८ वर्षदेखि अस्ट्रेलियाको सिड्नीमा मनोचिकित्सकको रूपमा कार्यरत चितवनका डा. घनश्याम चापागाईं कलिलै उमेरमा आफ्नो सन्तानलाई विदेश नपठाउन सुझाव दिन्छन् । नेपालको पाटन अस्पताल र नेपाल मेडिकल कलेजमा २–...

मंसिर २०, २०७९

दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापिठमा आयुर्वेद चिकित्सामा स्नातक तह (बीएएमएस) अध्यापनका लागि ५१ प्राध्यापक चाहिन्छ तर अहिले ५–७ जना प्राध्यापकले मात्रै पढाइरहेका छन् । ...

मंसिर १५, २०७९

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले शैक्षिक क्रियाकलापलाई व्यवहारिक र जीवन उपयोगी बनाउन विभिन्न ३ वटा संस्थासँग सहकार्य सम्झौता गरेको छ । आज उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र शि...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x