×

X
Nic Asia
Marvel
Khukuri

व्यक्तित्व

अर्जुन ज्ञवाली : मोफसलको पत्रकारिताका पितामह

बुटवल | असोज १, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

मोफसलको पत्रकारिता अहिले जुन तहमा छ, त्यसमा धेरैको धेरैको योगदान छ । धेरै अग्रजको समर्पण, त्याग, लगाव र निष्ठा मिश्रित छ ।

DHARA
LAxmi BAnk

मोफसलको पत्रकारिता इतिहास अध्ययनमा नछुट्ने अर्थात् छुटाउन नहुने एक पात्र हुन् अर्जुन ज्ञवाली । रूपन्देहीलाई पत्रकारितामा मोफसलको राजधानीको रूपमा चिनिन्छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

ज्ञवालीले पत्रकारिताको कलम २०२४ सालदेखि नै समाएका थिए । त्यतिबेलादेखि उनले समाएको कलम अहिलेसम्म रोकिएको छैन । ५४ वर्षदेखि ज्ञवालीले निरन्तर लेखिरहेका छन् । ज्ञवाली अहिले उमेरले ७६ वर्षमा पुगे । उनले २०२४ सालमा भैरहवाबाट प्रकाशित हुने लुम्बिनी सन्देश साप्ताहिकको सहसम्पादकबाट पत्रकारिता शुरू गरेका हुन् ।

‘मैले लेख्न थालेको अहिले ५५ वर्ष भयो, मिडियाको मूल प्रवाह अहिले पनि छाडेको छैन । ‘मेन इस्यू’ नछुटाउने गरी अहिले पनि लेखिरहन्छु,’ ज्ञवाली भन्छन् । 


Advertisment
Bizbazar
Saurya island

पत्रकारितामा साढे ५ दशक बिताएका अग्रज पत्रकार ज्ञवालीले प्रेस स्वतन्त्रता सेनानीको उपाधि पाएको पनि २० वर्ष भयो । २०५८ सालमा नेपाल पत्रकार महासंघका तत्कालीन अध्यक्ष सुरेश आचार्य नेतृत्वको केन्द्रीय कार्यसमितिले प्रेस स्वतन्त्रता सेनानीको उपाधि प्रदान गरेका ज्ञवालीको फरक पहिचान छ । पदवी पाएका उनलाई प्रमाण पत्रबाहेक थप केही सेवासुविधा दिइएको छैन ।

‘मैले जे लगनका साथ पत्रकारिता गरें, त्यसको अहिलेसम्म कदर भएको छ, त्यसैमा खुशी छु,’ ज्ञवाली भन्छन् । 

Vianet communication
IME BANK INNEWS

यति मात्र होइन, विक्रम संवत् २०७० सालमा नेपाल सरकारले ‘वरिष्ठ पत्रकार सम्मान २०७०’बाट पनि उनलाई सम्मानित गरेको थियो । उनले स्व. गोपालचन्द्र गौतम पत्रकारिता पुरस्कार पनि प्राप्त गरिसकेका छन् । यद्यपि रूपन्देहीमा अहिले क्रियाशील रहेका पत्रकारमाझ उनको क्रियाशिलता ओझेलमा छ ।

‘प्रेस स्वतन्त्रताको पक्षमा लडेका हामीहरूलाई राज्यबाट केही अपेक्षा छैन तर प्रेस स्वतन्त्रता व्यवहारमा लागू होस् भन्ने माग छ,’ उनी भन्छन् । नेपालका केही ठूला मिडिया हाउसहरूमा प्रकाशन स्वतन्त्रता भए पनि सम्पादकीय स्वतन्त्रता नभएको उनको धारणा छ । ७५ वर्ष लागेका उनी भन्छन्, ‘प्रेस स्वतन्त्रताभन्दा पनि पत्रकारहरूको रोजीरोटीको ग्यारेन्टी आजको आवश्यकता बनेको छ ।’ 

अर्घाखाँचीको तत्कालीन चिदिका गाविसको ठूलाखर्कमा जन्मिएका ज्ञवाली २०२४ सालमा रूपन्देही झरेका हुन् । पत्रकारितासँगै उनले शिक्षण पेशामा पनि केही वर्ष बिताए । शुरूमा उनले तत्कालीन अञ्चल पञ्चायतको सरकारी पत्रिका लुम्बिनी सन्देश साप्ताहिकको सम्पादक भएर ८ वर्ष काम गरे । उनलाई त्यतिबेला न त पत्रकािरताको बारेमा अध्ययन थियो, न त तालिम नै । 

‘त्यो बेला समाजको बेथिति र अनियमिताबारे समाचार लेख्दा पञ्चायको निशानामा पनि परें तर मेरो कलम कहिल्यै पनि रोकिएन,’ ज्ञवाली भन्छन्, ‘पञ्चायतको दबदबामा प्रशासनको कारवाही भोग्दै काम गरियो ।’

२०३२ सालमा लुम्बिनी सन्देश पत्रिका बन्द भएपछि ज्ञवालीले शिक्षण पेशा थाले तर पनि उनले आफ्नो पत्रकारिताको यात्रालाई विभिन्न समाचार, सम्पादकीय, लेख, टिप्पणीमार्फत जारी राखे । उनको लेखन फिचरमा बढी केन्द्रित भयो । उनले राष्ट्रिय समाचार समिति (रासस), दैनिक लुम्बिनी, स्पेस टाईम्स, समीक्षा, कान्तिपुर दैनिक लगायत दर्जनौं पत्रिकामा काम गरे । उनी अहिले बुटवलबाट प्रकाशित हुने दैनिक लुम्बिनीमा निरन्तर लेखिरहन्छन् ।

सिसाका अक्षर जोडेर शुरू भएको ज्ञवालीको पत्रकारिताको यात्रा अहिले प्रविधिसँग जोडिएको छ । ‘त्यतिबेला सिसा भन्ने धातुलाई पगालेर अक्षरको आकारमा ढालेर पत्रिकामा वाक्य बनाइन्थ्यो, प्रविधिको विकासले अहिलेको पत्रकारितालाई धेरै सजिलो बनाइदिएको छ,’ उनको अनुभव छ ।

उनले २०५६ सालदेखि रेडियो लुम्बिनीको स्थापनासँगै नेतृत्व गरे र कार्यक्रम पनि चलाए । विगत र अहिलेको पत्रकारितामा आकाश–जमिनको फरक रहेको ज्ञवाली बताउँछन् । ‘मुलुकमा बहुदल आइसकेपछि पत्रकारितामा पनि दल पस्यो, यसले धेरै नै ठूलो चुनौती खडा गर्‍यो, यो पत्रकारिता भित्रको ठूलो रोग हो,’ उनी भन्छन् ।

अपवादबाहेक सबै पत्रकार पार्टीका कार्यकर्ता बन्ने परिपाटीले स्वतन्त्र र निष्पक्ष पत्रकारितामाथि चुनौती थपिदिएको उनको भनाइ छ । पार्टीका अलग–अलग पत्रकारका संगठन हुन नहुनेमा उनको जोड छ । 

अहिलेका पत्रकार सबै कुरामा पूर्ण भए पनि समाचारहरू सतही आउने गरेको उनले देखेका छन् । ‘विषयवस्तुको गहिराइमा पुग्न छाडे, सामाजिक सञ्जालमा जे देख्यो, त्यही लेख्छन् । पत्रकार सम्मेलनको समाचार लेख्छन् । खोजेर आफैं समाचार बनाउने कम भए,’ ज्ञवाली भन्छन् । अहिलेका पत्रकारमा विषयवस्तुको प्रस्तुति र भाषाशैलीमा निखारता आएको उनी बताउँछन् । सामाजिक सञ्जालले पत्रकारितामा चुनौती थपेको उनको बुझाइ छ । 

नेपाल पत्रकार महासंघ साझा संस्था भइसकेपछि पार्टीका संगठन आवश्यक नभएको उनको तर्क छ । लुम्बिनी प्रदेश सरकारले यसै वर्ष पत्रकारितामार्फत मानव अधिकार र समाज सेवामा विशिष्ट योगदान पुर्‍याएको भन्दै ज्ञवालीलाई समाजसेवा श्री पदकबाट पनि सम्मान गरेको छ । अहिलेका पत्रकारहरू सतही भएको वरिष्ठ पत्रकार ज्ञवालीको बुझाइ छ ।

‘लुकाएर राखेका सूचनालाई बाहिर ल्याउनुपर्छ । कसैले पत्रकार सम्मेलन गरेका विषय अब समाचारको विषय रहेनन् । लुकाइएका र लुकाउन खोजेका कुरालाई बाहिर ल्याउन सकेमा बल्ल पत्रकारितामा पूर्णता आउँछ । पत्रकारले केही कुरा सुनेपछि सबै जानेजस्तो गर्छन्, त्यो गर्नु हुँदैन,’ ज्ञवाली भन्छन् ।

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १५, २०७९

कृषि व्यवसाय भनेपछि अझै पनि गाउँघरमा राम्रो दृष्टिले हेरिन्न । त्यसैमाथि पशुपालन गर्नेलाई समाजले झट्ट राम्रो काम भन्न सक्दैन । कृषिप्रति अनिच्छा र उपेक्षा बढिरहेको अवस्थामा सबैका लागि अहिले अनुकरणीय बनेका छन् ...

भदौ २९, २०७९

प्राकृतिक विविधताले भरिपूर्ण बर्दिया राष्ट्रिय निकुञ्ज । उत्तरमा चुरे पहाड, दक्षिणमा तराईको समथर फाँट । निकुञ्जलाई मध्यभागमा पारेर पूर्वमा बबई नदीे अनि पश्चिममा कर्णाली बगेको छ । बीचमा जैविक विविधताले भरिपूर्ण प्...

असोज २०, २०७९

काठमाडौं उपत्यकाका अधिकांश चोकमा ट्राफिक लाइटहरू छन् तर सञ्चालनमा भने बिरलै मात्र आउँछन् । विशेषगरी थापाथली चोक, सिंहदरबार अगाडि र नयाँ बानेश्वर चोकमा बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ ब...

असोज १८, २०७९

दशैं आउनैलाग्दा अधिकांश पेशाकर्मी घर जाने वा दशैं योजना बनाउन व्यस्त छन् तर पत्रकार, प्रहरी र डाक्टर भने बिदाभन्दा पनि दशैंको समयमा अफिसमा कसरी व्यवस्थापन गर्ने भन्ने सोचिरहेका छन् । एक जना पत्रकारले दशैं बिदा...

भदौ २५, २०७९

खोटाङको खोटाङ दिक्तेल मजुवागढी नगरपालिकाका महानन्द सुवेदी र लीला मायाका ४ सन्तान छन् । चारै जना यतिबेला निजामती सेवामा छन् । ३ छोरा र १ छोरी नै सरकारी जागिरे छन् । जेठा रुद्रप्रसाद कोशी अस्पतालको लेखापाल...

भदौ २५, २०७९

पछिल्लो समय नेपालमा ‘फास्ट फूड’ निकै लोकप्रिय बन्दै गइरहेको छ । अझै गहन रूपमा हेर्ने हो भने विगतका केही वर्षयता फास्ट फूडमा नेपालीको बानी पर्दै गइरहेको छ । फास्टफूड लोकप्रिय मात्रै होइन, एक किस...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x