×

X
Nic Asia
Marvel
Khukuri

सिनेमा संवाद

स्क्रिप्ट र टीम राम्रो भए विना पारिश्रमिक पनि काम गर्न सक्छु, नम्रतासँग स्क्रिन शेयर गर्न मन छ : धिरज मगर [अन्तर्वार्ता]

काठमाडाैं | असोज १, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

नेपालको रुकुममा जन्मिएर २ वर्षको उमेरमै देश छाडेका धिरज मगरको बाल्यकाल यूकेमा बित्यो । परिवारसँगै उनी त्यही बढे, त्यही पढे । त्यो बाल्यकालीन समयमा उनको सपना थियो फूटबल खेलाडी बन्ने । 

DHARA
LAxmi BAnk

तर धिरज यतिबेला यूके होइन, नेपालमा छन् र उनी नेपाली फिल्मका ‘डिमान्डेड’ अभिनेता बनिसकेका छन् । ४ वर्षअघि प्रदर्शनमा आएको ‘इन्टु मिन्टु लण्डनमा’ डेब्यू अभिनेता धिरजको नयाँ फिल्म ‘बाबरी’ बडादशैंको अवसर पारेर प्रदर्शनमा आउँदैछ, यही असोज १४ गतेदेखि ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

उनको अर्को फिल्म ‘आई एम ट्वान्टी वान’ पनि छायांकन सकिएर प्रदर्शनका लागि तयार छ । ‘बाबरी’को प्रदर्शन मिति नजिकिँदा यतिबेला सोही फिल्मको प्रमोसनको दौडधुपमा छन् धिरज । 

फूटबल खेलाडी बन्ने सपना बोकेका धिरज कसरी नेपाली फिल्मको अभिनेता बने ? उनले हालसालै एक फिल्मका लागि ‘महंगो पारिश्रमिक डिमाण्ड’ गरेको कुराको सत्यता के हो ? धिरजले लोकान्तरसँग शेयर गरेका छन् । 


Advertisment
Bizbazar
Saurya island

कुराकानीका क्रममा उनले पारिश्रमिकभन्दा सधैं ‘स्क्रिप्ट’ आफ्नो प्राथमिकतामा पर्ने गरेको समेत बताए । उनले भने, ‘मेरा लागि पहिलो प्राथमिकता स्क्रिप्ट नै हो । पारिश्रमिक भनेको सेकेण्डरी कुरा हो । यदि मलाई स्क्रिप्ट मनपर्ने छ र त्यो मेकर्स, कलाकारहरूसँग काम गर्र्न मन छ भने सायद पारिश्रमिक नलिइकन पनि काम गर्न सक्छु होला ।’

धिरजले नेपाली फिल्म क्षेत्रमा आफूलाई मनपर्ने अभिनेत्री नम्रता श्रेष्ठ भएको खुलाए । ‘उहाँसँग स्क्रिन शेयर गर्ने मन छ तर त्यो अवसर जुरेको छैन । आशा छ, कुनै दिन अवश्य जुर्नेछ,’ धिरजले भने । उनीसँग कुराकानीको शुरूआत भने प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बाबरी’बाटै गरिएको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :-

Vianet communication
IME BANK INNEWS

‘बाबरी’ फिल्मको रिलिज मिति जतिजति नजिक आउँदैछ, दौडधुप बढिरहेको छ है !

– पक्कै पनि दौडधुप बढेको छ । सेड्यूल मिलाएर दौडधुप गरिरहेका छौं । दिनमै ४/५ वटा अन्तर्वार्ताहरू गरिरहेका छौं तर पनि रमाइलो लागिरहेको छ । हाम्रो फिल्म ‘अडियन्स’सम्म पुग्नुपर्छ भन्ने हो, त्यसका लागि गरिएको दौडधुपलाई लिएर रमाइलो नै भइरहेको छ ।

फिल्ममा तपाईं ‘सानो राजासाहेब’को क्यारेक्टरमा है ! ट्रेलरबाट सोही जानकारी पाउँछौं । त्यो क्यारेक्टर कस्तो हो ? अलिकति बताइदिनुहोस् न !

– त्यो ठकुरी जाति भनौं वा समुदायको एउटा क्यारेक्टर हो । क्यारेक्टर एकदमै रिसाहा छ । गाउँको सबैले मान्ने, सबलाई थर्काउँदै हिँड्ने खालको क्यारेक्टर हो । त्यही भएर पनि उसको भ्वाइस अलिकति लाउड, अलिकति बोल्ड, अलिकति डोमिनेटिङ टाइपको हो । उसमा अलिकति मै हुँ भन्ने घमण्ड पनि छ ।

तपाईंले भनिरहनुभएको छ, पहिलो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को क्यारेक्टर वास्तविक धिरजसँग मिल्दोजुल्दो थियो तर ‘बाबरी’को क्यारेक्टर ठीक उल्टो छ । त्यस्तो क्यारेक्टर निर्वाह गर्न कत्तिको गाह्रो भयो ?

– एकदमै गाह्रो । वर्कशपका लागि मैले ३ हप्ताको समय पाएको थिएँ । मलाई ठकुरीका विषयमा केही पनि जानकारी थिएन । मलाई ३ हप्ताको वर्कशपले हुँदैन कि भन्ने डर लागिरहेको थियो । ठकुरीहरूको संस्कृति, इतिहास के हो भन्ने रिसर्च थिएन तर बिस्तारै–बिस्तारै बुझ्दै गएँ र क्यारेक्टरमा आफूलाई ढाल्दै गएँ । 

अहिले आफूमा ‘सानो राजासाहेब’को ह्याङओभर कत्तिको छ ?

– अहिले त हटिसक्यो भनौं तर क्यारेक्टरबाट बाहिर आउनका लागि झण्डै २ महिना चाहिँ लाग्यो होला । 

‘बाबरी’ सुटिङका हिसाबले तपाईंको तेस्रो फिल्म, रिलिजका हिसाबले दोस्रो हुँदैछ । अर्को फिल्म ‘आई एम ट्वान्टी वान’ कहिले रिलिज हुन्छ ?

– रिलिज मिति तय भइसकेको छैन । वर्ष २०७९ भित्रै रिलिज हुन्छ होला !

अभिनेत्री अदिति बुढाथोकीसँग धिरज मगरतपाईं आफूलाई कलाकार भन्न रुचाउनुहुन्छ कि अभिनेता ?

– कलाकार नै भन्न रुचाउँछु । म यहाँ एउटा राम्रो कलाकार बन्न आएको हुँ । यूकेको लाइफ, परिवार, अफिस छाडेर नेपालमा केही गर्छु भनेर आएको छु । अहिले मेरो प्यासन नै एक्टिङमा हो र म आफूलाई अभिनेताभन्दा पनि कलाकार भन्छु ।

‘इन्टु मिन्टु लण्डनमा’देखि ‘बाबरी’सम्म आइपुग्दा अभिनयलाई लिएर तपाईंको बुझाई बदलिएको हो ?

– अँ त्यो कुरा आफैंलाई फिल हुन्छ । किनकि ‘इन्टु मिन्टु लण्डनमा’मा काम गर्दाको क्षणलाई अहिले यसो सम्झँदा त्यो बेला अभिनयबारे ज्ञान नै रहेनछ जस्तो लाग्छ । यद्यपि अहिले ज्ञान भयो भन्न खोजेको होइन । फिल्ममा फरक–फरक क्यारेक्टर ‘एक्स्प्लोर’ गर्न पाएँ, त्यो अनुभवले अहिले ५–१० प्रतिशत सिकेको छु होला जस्तो लाग्छ । मैले कहिल्यै पनि सोचेको थिइनँ कि यूकेमा हुर्केको मान्छे, नेपालको ग्रामीण भेगको राजासाहेब बनेर फिल्ममा अभिनय गर्छु । यस्ता क्यारेक्टरहरूले पनि अभिनयबारे धेरै कुरा सिकायो । सोही कारण नै अहिले मलाई हिरोइज्म देखाउने खालको भूमिकाभन्दा एक्टर भएर फिल्ममा काम गर्न मन छ ।

केही वर्ष फिल्म क्षेत्रमा बिताइरहँदा के लाग्यो ? कस्तो अवस्थामा छ फिल्म क्षेत्र ? यो क्षेत्रमा साथ–सपोर्ट चाहिँ कत्तिको हुँदो रहेछ ?

– मैले यो क्षेत्रमा अरुहरूको सपोर्ट खोज्नेभन्दा पनि आफ्नो काम कसरी राम्रो गर्ने भन्नेमा ध्यान दिएँ । अरुले के गर्दैछ भन्दा पनि आफूले राम्रो गर्‍यो भने साथ पाइन्छ भन्ने लाग्थ्यो । ओभरअल कुरा गर्दा फिल्म क्षेत्र बिस्तारै ग्रोथ हुँदैछ । कोभिडका कारण २ वर्ष फिल्मका गतिविधि ठप्प हुँदा ग्रोथलाई अलिकति ‘डिले’ मात्र गरेको जस्तो लाग्छ । कोभिडपछि जसरी ‘कबड्डी ४’ फिल्म आएर दर्शकलाई हलसम्म फर्कायो । पछिल्लो समय ‘प्रकाश’, ‘पानीफोटो’, ‘चिसो मान्छे’, ‘ऐना झ्यालको पुतली’ जस्तो नयाँ–नयाँ जनराको कन्टेन्टमा फिल्महरू आए । जसरी निर्माता, कलाकारहरूले आफूलाई ‘एक्स्प्लोर’ गरिरहनुभएको छ, त्यो कुरामा खुशी लाग्छ । बिस्तारै फिल्म क्षेत्र ग्रोथ भइरहेको छ जस्तो लाग्छ । 

‘बाबरी’ फिल्मले कस्तो व्यापार गर्ला ? अपेक्षा के छ ?

– टिजर, टे«लर, गीतहरूलाई लिएर आएको रेस्पोन्स हेर्दा खुशी लागिरहेको छ । दर्शकहरूले फिल्मलाई पनि माया गरिदिनुहुन्छ भन्ने लागिरहेको छ । दशैंको समयमा फिल्म आउँदैछ, फेस्टिभ मूडमा स–परिवार हेर्ने फिल्म बनेको छ । दर्शकहरूले मन पराउनुहुन्छ जस्तो लाग्छ । 

तपाईं त नेपाली फिल्मकै लागि भनेर यूके छाडेर आउनुभयो । खासमा के कुराले नेपाली फिल्ममा आउन अभिप्रेरित गर्‍यो ?

– मलाई अभिनयबारे केही पनि थाहा थिएन । कलाकार बन्छु भनेर सानैदेखि सोचेको पनि होइन तर ‘ईन्टु मिन्टु लण्डनमा’ फिल्मको लागि जब म नेपाल आएँ, यहाँ वर्कशप गरें । अभिनयको टेक्निक्सहरू, केही ज्ञानहरू लिए । त्यसबखत मलाई मेरो प्यासन के हो भन्ने ‘रिअलाइज’ भयो । अभिनय गर्दा म एकदमै खुशी भएँ । भित्रैदेखि सन्तुष्टिको महसूस गरें । त्यसपछि फिल्मप्रति मोह बढ्दै आयो । 

‘ईन्टु मिन्टु लण्डनमा’ फिल्मसँग चाहिँ कसरी जोडिनुभएको थियो ?

– म भ्लगहरू बनाउँथे । मेरो भ्लगलाई धेरैले रुचाउँदै पनि आउनुभएको थियो । भ्लगकै लागि कोरिया, थाइल्यान्ड लगायतका देशमा पुगिसकेको थिए । त्यतिबेलासम्म फूटबल खेलाडी बन्ने सपना हटिसकेको थियो । 

२०१६ को कुरा हो, यूकेमा मैले एउटा डान्स कम्पिटिसन्सको सञ्चालन गरिरहेको थिए । सो कार्यक्रममा सहभागी हुन निर्देशक रेनशा वान्तवा राई यूके पुग्नुभएको थियो । त्यसबेला उहाँ फिचर फिल्मको तयारीमा हुनुहुँदो रहेछ । सामान्य चिनजानपछि उहाँले मलाई फिल्मको लागि अप्रोच गर्नुभएको हो । उहाँले मलाई त्यहाँ फिल्मको स्क्रिप्ट नै ‘प्रोभाइड’ गर्नुभयो । मलाई अभिनय गर्न सक्छु भन्ने आत्मविश्वास थिएन तर फिल्मको स्क्रिप्ट पढेपछि एउटा राम्रो अवसर हो भन्ने महसूस भयो । उक्त समय नेपाली फिल्महरू पनि राम्रो–राम्रो बनिरहेका थिए । नेपालमा आएर फिल्म क्षेत्रमा पाइला राख्ने हो भने यही फिल्म उपयुक्त हो भन्ने लाग्यो । त्यसपछि साइन गरें ।

फिल्म खेल्न नेपाल जान्छु भन्दा परिवारले के भन्नुभएको थियो ?

– शुरूमा त गाह्रो मान्नुभएको थियो । किन जानुपर्‍यो यही राम्रो भइरहेको छ भन्नुहुन्थ्यो । उहाँहरूले रोक्न खोज्नुभएको त होइन, एकचोटी फेरि सोच भन्नुहुन्थ्यो । उसो त ममा पनि धेरै आत्मविश्वास थिएन । नेपालमा ट्रायल फेसका लागि आएर वर्कशपहरू गरें । फिल्महरू कसरी बन्छ ? के गर्नुपर्छ ? यी कुराहरू अलिकति बुझेपछि बल्ल आत्मविश्वास बढेको छ । त्यसपछि बल्ल म फिल्म गर्छु नै भन्ने भएको हो ।

अहिले के भन्नुहुन्छ परिवारले ?

– पहिलो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’बाटै माया पाएर आएको छु । अहिले ‘बाबरी’लाई लिएर पनि एकदमै राम्रो रेस्पोन्सहरू आइरहेका छन् । त्यो कुराले गर्दा यदि म यो फिल्डमा नभएर अरु कुनै काम गरेको भए मेरो परिवारलाई यति प्राउड बनाउन सक्दिनथें होला जस्तो लाग्छ । अहिले उहाँहरू एकदमै प्राउड फिल गर्नुहुन्छ ।

परिवारको सपना के थियो ? तपाईंलाई के बनाउने सपना देख्नुभएको थियो ?

– यही बनाउनुपर्छ भन्ने उहाँहरूको सपना थिएन तर छोरो राम्रो मान्छे बनोस््, आफ्नो खुट्टामा उभिन सकोस् भन्ने सपना नै सबै आमाबुवाको हुन्छ जस्तो लाग्छ । मेरो आमाबुवाको सपना पनि त्यही थियो होला सायद । 

२ वर्षको उमेरमै परिवारसँगै यूके पुग्नुभयो तर तपाईं नेपाली भाषा राम्रो नै बोल्नुहुँदो रहेछ ?

– यसमा परिवारलाई धन्यवाद भन्छु । उहाँहरूले हुर्काउने बेलामा कहिल्यै पनि नेपाली भाषा, संस्कृति बिर्सन दिनुभएन । उहाँहरूले सानैदेखि नेपाली भाषामा बोल्न सिकाउनुभयो । विदेशमा रहे पनि हामीले नेपाली भाषा, संस्कृति फलो गर्थ्यौं । सोही कारण पनि मेरो नेपाली भाषा राम्रै छ भनौं ।

तपाईंको बाल्यकालीन सपना त फूटबल खेलाडी बन्ने थियो रे है ?

– हो । यूकेमा फूटबल कल्चर छ । हामी नर्सरीबाटै फूटबल खेल्थ्यौं । म स्कूल पढ्दादेखि नै क्लब लेभलमै फूटबल खेल्थें । फूटबल प्लेयर बन्ने सपना देख्दै हुर्किएँ । फूटबलमा प्रतिस्पर्धा धेरै हुन्थ्यो । पढाइमा ध्यान दिँदा पछि फूटबल खेलाडी बन्ने सपना त्यस्तै भयो । 

फिल्म क्षेत्रबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

– एकदमै सन्तुष्ट छु । सोचेभन्दा धेरै माया पाइरहेको छु जस्तो लाग्छ । अझै राम्रो काम गर्न प्रेरणा मिलिरहेको छ । 

३ वटा फिल्ममा फरक–फरक क्यारेक्टर निर्वाह गर्नुभयो, अब कस्तो खालको फिल्ममा अभिनय गर्न मन छ ?

– मेरो आफ्नो फेवरेट जनरा थ्रिलर, सस्पेन्स हो । जसरी हामी कहाँ हिरो भनिन्छ नि ! मलाई यस्ता फिल्ममा भिलेन (एन्टागोनिस्ट) भएर पनि अभिनय गर्न मन छ । किनकि आफूले आफूलाई एउटा कलाकारको रूपले ‘एक्स्प्लोर’ गर्ने त हो नि ! ‘एस्पेरिमेन्ट’ गर्ने हो । कुन कुरा मलाई कम्फटेबल हुन्छ ? फरक–फरक क्यारेक्टरबाट त कुराहरू सिक्ने हो । एउटा कलाकारको हिसाबले त्यो कुरा लोभ लाग्दो रहेछ । सबै खालको क्यारेक्टर गरौं भन्ने लाग्छ । 

३ वटा फिल्ममा ३ जना फरक–फरक अभिनेत्रीसँग स्क्रिन शेयर गर्नुभयो । सहज चाहिँ कोसँग लाग्यो ? हरेक फिल्म आउँदा को–एक्टरसँग प्रेममा रहेको गसिपहरू पनि आउँछन् नि !

– अदिती (बुढाथोकी) सँग अलिकलि सहज भएको महसूस भयो । हामी एकदमै क्लोज फ्रेण्ड हो तर हरेक फिल्म आउँदा को–एक्टरसँग नाम जोडिँदो रहेछ । प्रेममा रहेको हल्ला चल्ने रहेछ तर त्यो केही पनि होइन । मलाई प्रेममा रहेको गसिपहरू सामान्य नै लाग्छ । अहिले पनि मेरो र अदितीबारे त्यस प्रकारका गसिपहरू आइरहेका हुन्छन् । हामी एकदमै नजिक छौं तर प्रेममा रहेको हल्ला मात्र हो । हामीले त्यो सोचेका पनि छैनौं । 

शुरूशुरूमा त यस प्रकारका गसिपहरू आउँदा तनाव हुन्थ्यो होला है ?

– फिल्म क्षेत्रमा यस प्रकारका गसिपहरू आउन सक्छन् भन्ने कुरामा म शुरूमा नै स्पष्ट थिएँ । किनकि म यूकेमा हुर्किने बेला पनि रिलेसनशिपको कुराहरू मिडियामा आइरहेकै हुन्थ्यो । यस प्रकारका गसिपहरू आउन सक्छ भनेर म तयारी नै थिएँ भनौं ।

तपाईं पछिल्लो समय ‘महंगो पारिश्रमिक डिमाण्ड’को कारण पनि चर्चामा हुनुहुन्छ । तपाईंले ‘भगवत गीता’ फिल्मको लागि ४० लाख रुपैयाँ पारिश्रमिक मागेको भनिएको छ । त्यति नै पारिश्रमिक माग्नुभएको हो वा बाहिर अर्कै हल्ला आएको हो ?

– त्यो कुरा सत्य हो नै तर उक्त डिमाण्डमभन्दा पनि मेरो म्यानेजमेन्ट टीमबाट आएको हो । त्यो कुरा कसरी आयो भने जुन स्क्रिप्ट मैले सोधिरहेको थिएँ, हामी ‘एज एन एक्टर’को हिसाबमा हामीलाई सर्वप्रथम स्क्रिप्ट चाहिने हो । हाम्रो क्यारेक्टर कस्तो छ ? त्यो बुझ्नुपर्‍यो । स्टोरी, कन्टेन्टमा दम छ कि छैन भन्ने कुराहरू हामीले सोच्नुपर्ने हुन्छ । मैले फिल्ममा कत्तिको स्पेस पाएको छु भन्ने कुराहरू आफूले ‘एनलाइज’ गरेर नै साइन गर्ने हो तर मैले उक्त फिल्मको स्क्रिप्ट पाइरहेको थिइनँ । उहाँहरूले रेडी हुँदैछ, रेडी हुँदैछ मात्रै भन्नुभयो । उहाँहरूले ‘निगोसेसन’ त अगाडि बढाउनुभयो, त्यहाँ पारिश्रमिकको कुरा आउँदा ‘निगोसेसन ब्रेक डाउन’ भएको मात्रै हो । मबाट नै मेरो पारिश्रमिक ४० लाख हो, ५० लाख हो भनेर आएको चाहिँ होइन ।

नेपाली फिल्म क्षेत्रमा एउटा कलाकारले ४०–५० लाख रुपैयाँ डिमाण्ड गर्ने अवस्था छ ? त्यो अवस्था देख्नुहुन्छ तपाईं ?

– त्यो मेकरमा भर पर्छ । त्यो ‘अफोर्ड’ गर्ने खालको मेकर्सहरू पनि हुनुहुन्छ । उहाँहरूले यही फिल्म क्षेत्र ग्रोथ होस् भनेर त्यो हिसाबको लगानी गरी पनि रहनुभएको छ । कलाकार मात्र नभई अन्य पक्षमा पनि दिल खोलेर लगानी गर्ने मेकर्सहरू पनि पाउँछौं । डिमाण्ड जस्तोसुकै भए पनि उहाँहरूले ‘अफोर्ड’ गर्न सक्नुहुन्छ/हुँदैन भन्ने कुरामा मलाई चाहिँ सम्भव छ जस्तो लाग्छ । कलाकारहरूले डिमाण्ड मात्र होइन, मेकर्सहरूले ‘अफोर्ड’ पनि गर्न सक्नुहुन्छ जस्तो लाग्छ । त्यो हिसाबको अप्रोच हामीलाई आएको पनि हुन्छ । म आफैंलाई पनि त्यति पारिश्रमिकमा अप्रोच आइरहेको हुन्छ तर स्क्रिप्टमा कमीकमजोरी देख्दा रिजेक्ट गरेका उदाहरणहरू छन् । मेरो लागि पहिलो प्राथमिकता स्क्रिप्ट नै हो । पारिश्रमिक भनेको सेकेण्डरी कुरा हो । पारिश्रमिक तलमाथि हुन्छ नै तर स्क्रिप्ट चित्त बुझ्नुपर्‍यो । यदि मलाई स्क्रिप्ट मन पर्ने छ र त्यो मेकर्स, कलाकारहरूसँग काम गर्र्न मन छ भने सायद म पारिश्रमिक नलिइकन पनि काम गर्न सक्छु होला । 

तपाईं ‘इन्टु मिन्टु लण्डनमा’बाट फिल्ममा डेब्यू गर्दै गर्दा कतिपयले के पनि भन्नुभयो भने अहिलेका चकलेटी हिरोहरूलाई टक्कर दिने हिरोको आगमन भयो । एकअर्कासँग त्यो खालको प्रतिस्पर्धा हुन्छ ? आफ्नो प्रतिस्पर्धीका रूपमा कसैलाई हेर्नुहुन्छ ?

– प्रतिस्पर्धाको कुरा फिल्म क्षेत्रमा मात्र होइन, हरेक क्षेत्रमा आउँछ । बिजनेशको क्षेत्रमा पनि प्रतिस्पर्धाको कुरा हुन्छ । यद्यपि मैले त्यस्तो कहिल्यै सोचेको छैन । मलाई त आफ्नो प्रतिस्पर्धी आफू नै हो जस्तो लाग्छ । म नेपालमा केही गर्छु भनेर यूकेबाट आएको हो । अरुको ठाउँ लिन पनि आएको होइन, अरुलाई टक्कर दिन आएको पनि होइन । म यहाँ आफूले आफ्नो ठाउँ बनाउन आएको हुँ । 

अब कुन–कुन फिल्ममा काम गर्दै हुनुुहन्छ ?

– एउटा फिल्म साइन छ । निर्देशक दीपेन्द्र लामा दाइसँगको प्रोजेक्ट ‘बाबरी’मा काम गर्नुभन्दा अगाडि नै साइन गरेको थिएँ । ‘बाबरी’कै टीमबाट नयाँ फिल्मको पनि घोषणा भइसकेको छ । अरु प्रोजेक्टहरूका लागि कुरा भइरहेको छ तर साइन भएको छैन ।

नेपाली फिल्ममा मन पर्ने अभिनेता, अभिनेत्री को–को हुनुहुन्छ ?

– दया दाइ (दयाहाङ राई), सौगात मल्ल दाइ । अरु धेरै कलाकारहरू मन पर्छन् । विपिन कार्की दाइ पनि हुनुहुन्छ । सिनियर कलाकारहरूमा भुवन केसी हुनुभयो । राजेश हमाल हुनुभयो । अभिनेत्रीमा चाहिँ मेरो नम्बर वान फेवरेट नम्रता श्रेष्ठ हो । उहाँसँग स्क्रिन शेयर गर्ने मन छ तर त्यो अवसर जुरेको छैन । आशा छ, कुनै दिन अवश्य जुर्नेछ । 

फिल्मभन्दा बाहिरी रुचिहरू के–के छन् ?

– फूटबल नै हो । काठमाडौंमा फूटसल खेलिरहेको हुन्थें तर फिल्मको प्रमोसनको दौडधुपले धेरै नै ग्याप भएको छ । फिटनेसमा एकदमै ध्यान दिन्छु । अहिले पनि म नियमित जीम जाने, १ घण्टाजति एक्सरसाइज गर्ने गर्छु । बुक्सहरू पनि फ्री टाइममा पढ्छु । 

खानेकुरामा के मनपर्छ ?

– नेपाली दाल भात । आलु दम । सेलरोटी पनि उत्तिकै मन पर्छ । 

नेपालमा घुम्न कहाँ–कहाँ जानुभएको छ ?

– पोखरा, चितवन लगायत मेन मेन सिटी गएको छु तर मलाई एकदमै जान मन लागेको मेरो गाउँ हो । मलाई त्यहाँको केही मेमोरिज नै छैन । किनकि म त २ वर्षको उमेरमै गाउँ छाडेको हुँ । त्यहाँ म ब्याक गएको छैन । म कुन ठाउँमा जन्मे ? कस्तो ठाउँ छ ? त्यो हेर्न मन छ । एक दिन परिवारसँग गाउँ जानेछु । 

अन्त्यमा फिल्म ‘बाबरी’बारे दर्शकलाई केही भन्न चाहनुहुन्छ ?

– अघि पनि धेरै कुराहरू भनिसकें । ‘बाबरी’ फिल्म असोज १४ गते बडादशैंको अवसर पारेर प्रदर्शनमा आउँदैछ । एकदमै रमाइलो फिल्म बनेको छ । तपाईंको परिवारहरूसँगै बसेर हेर्ने खालको फिल्म बनेको छ । गीतहरू हेरिसक्नुभएको छ, एकदमै मन पराइदिनुभएको छ । फिल्म हेर्न हलमा आउनुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु ।

तस्वीर : विश्वास खनाल

Maruti inside
TATA Below
NLIC
ncc inside
भदौ ४, २०७९

शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र ‘कृष्ण लीला’की अभिनेत्री हुन् श्रद्धा क्षेत्री । भारतमा जन्मिएकी, भारतमै हुर्किएकी र पढेकी श्रद्धा अडिसनमार्फत नेपाली चलचित्र उद्योगमा भित्रिएकी हुन् । प्रदर्शनका हिसा...

असोज १७, २०७९

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संसदीय राजनीतिबाट बिदा लिने घोषणा गरेकी छिन् । आगामी मंसिर ४ गते हुने चुनावमा एमालेको उम्मेदवारलाई जिताउन लाग्ने तर, आफू समानुपातिक र प्रत्यक्ष कतै पनि उम्मेदवार न...

साउन १२, २०७९

सत्तारूढ पाँचदलीय गठबन्धनभित्रका वामपन्थी झुकाव राख्ने दलहरू मिलेर समाजवादी केन्द्र वा मोर्चाको रूपमा उप–गठबन्धन बनाउनेबारे नेताहरूबीच घनिभूत छलफल चलिरहेको छ ।  त्यसमा पनि नेकपा माओवादी केन्द्रका...

असोज ५, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सत्तारूढ गठबन्धनमा रहेका दलहरूले आलोचना र विरोध गरिरहेका छन् । राष्ट्रपतिले संविधान उल्लंघन गरेको उनीहरूको तर्क छ । राष्ट्रपतिको कदमविरूद्ध अद...

भदौ २३, २०७९

नेपालको हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक हुन्, ई. प्रदीप अधिकारी । माघ २० गतेबाट उड्डयन प्राधिकरणको नेतृत्व सम्हालेपछि समग्र हवाई उड्डयन क्षेत्रकै सुधारका लागि का...

असार २७, २०७९

मस्कोमा बस्ने अमेरिकी राजनीतिक विश्लेषक एन्ड्रु कोरीब्को विश्व मामिलामा व्यापक टिप्पणी गर्ने गर्छन् । विश्व व्यवस्थामा आइरहेका परिवर्तन तथा अन्तर्राष्ट्रिय सम्बन्धमा विकसित बहुध्रुवीयताका बारेमा कोरीब्कोको गहिरो बुझाइ छ ।...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x