×

X
Nic Asia
Marvel
Khukuri

गृहसचिव सिंहले गरे प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडाैं | असोज ६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

गृहसचिव विनोदप्रकाश सिंहले बिहीवार नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण तथा निरीक्षण गरेका छन् । उनले निरीक्षणका क्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन पनि दिएका छन् । 

DHARA
LAxmi BAnk

निरीक्षण भ्रमणका क्रममा गृह सचिव सिंहले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, पोलिग्राफ शाखा र कमाण्ड सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिए । निरीक्षणपश्चात उनले उपस्थित प्रहरी अधिकृत तथा जवानहरू एवं भिडियो कन्फेरेन्सबाट सहभागी ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूलाई सम्बोधन गरेका थिए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

सम्बोधनका क्रममा गृहसचिव सिंहले संगठनको हित र सुधारको लागि प्राप्त हुने सुझावलाई आफूले गम्भीरतापूर्वक लिई कार्यान्वयनको लागि प्रयास गर्ने बताए । उनले संगठनको उद्देश्य र लक्ष्य हासिल गर्न सबै प्रहरी कर्मचारीहरू ऐक्यबद्ध भई प्रतिबद्ध र लगनशील हुन आग्रह गरे । आत्महत्या, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाप्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै त्यस्ता हिंसा न्यूनीकरणको लागि थप प्रभावकारी भूमिका निर्वाह गर्न उनले निर्देशन दिए । 

गृहसचिव सिंहले प्रहरी कर्मचारीहरुले उच्चआचरण एवं इमान्दारीपूर्वक सांगठनिक प्रतिबद्धतामा अविचलित भई जिम्मेवारी बहन गर्न निर्देशन दिए । उनले नेपाल प्रहरी संगठनको सुदृढीकरण र शुद्धीकरणमा गृह मन्त्रालय सदैव दृढ संकल्पित रहेको बताए । नेपाल सरकारबाट हुने निर्णयहरू र गर्नुपर्ने सहजीकरणमा समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले प्रहरी कर्मचारीको मनोबल वृद्धिका लागि सरूवा, बढुवा र वृत्ति विकास जस्ता विषयलाई स्वच्छ, निष्पक्ष, पूर्वानुमान योग्य बनाउन जरूरी रहेको बताए । 


Advertisment
Bizbazar
Saurya island

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले गृहसचिवबाट प्राप्त निर्देशनलाई संगठनले पूर्णरूपमा ऐक्यबद्ध भई अक्षरस पालना गरी नतिजा दिने प्रतिवद्धता व्यक्त गरे । स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीले उत्कृष्ट रूपमा जिम्मेवारी बहन गरी सरकारबाट प्रशंसा पाएको स्मरण गर्दै प्रहरी महानिरीक्षक सिंहले आउँदो निर्वाचनलाई स्वच्छ, भयरहित र नागरिकले आफ्नो अधिकार प्रयोग गर्ने वातावरण बनाई सुरक्षा योजना अनुरूप सबै प्रहरी कर्मचारीहरूले मन, वचन र कर्मले ऐक्यबद्ध भई जिम्मेवारी बहन गर्ने उल्लेख गरे । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १५, २०७९

उपचारका लागि क्षयरोग निवारण संस्था विराटनगरमा भर्ना भएका दुई जना कैदीबन्दी फरार भएका छन् । कैदी राजकुमार हेमरम र बन्दी मञ्जील गुरुङ फरार भएका हुन् ।  क्षयरोग लागेपछि उनीहरूलाई भदौ र असारमा क्षयरोग नि...

असोज १६, २०७९

झापाको कमल गाउँपालिका–२ मिलडाँगीका २३ वर्षीय चन्द्रबहादुर माझीले आमा र काकाको हत्या गरेका छन् । शनिवार राति उनले घरमा सुतिरहेका ५० वर्षीया आमा चन्द्रकला र काका ५० वर्षीय सन्तबहादुर माझीको धारिलो खुक...

असोज १४, २०७९

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्ट उद्योगका सञ्चालक सर्लाहीका ५८ वर्षीय मोहम्मद दर्जीको हत्यामा सङ्लग्न रहेको आरोपमा प्रहरीले एक युवतीसहित तीन जनालाई पक्राउ ग...

असोज १४, २०७९

काठमाडौंको गोठाटारमा गत असोज ३ गतेको हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका ३ जनालाई सार्वजनिक गरेको छ । सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको गाेली हानी हत्या गरिएको घटनामा संलग्न भएको आरोप...

असोज १८, २०७९

बिरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेज (सिएमसी)मा तोडफोड भएको छ । आक्रोशित मृतकका आफन्तहरूले अस्पतालको सघन उपचार कक्ष (आईसीयू) भित्रै प्रवेश गरेर तोडफोड गरेका हुन् । तोडफोडबाट लाखौँको क्षति पुगेको अ...

असोज २१, २०७९

असोज ३ गते कागेश्वरी मनहरा नगरपालिका–८ गोठाटारमा लाल मोहम्मद भनिने मोहम्मद दर्जीलाई गोली हानेर हत्या गरियो । साँझ करीब साढे ६ बजे मोटरसाइकलमा आएका व्यक्तिको समूहले गोली प्रहार गरेर घाइते भएका उनको त्र...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x