×

X
Nic Asia
Marvel
Khukuri

‘सरकारले एमडीएमएस लागू गरेर सीमित व्यापारीलाई पोस्यो’

काठमाडाैं | असोज ६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

उपभोक्ता अधिकारकर्मीहरूले सरकारले सीमित व्यवसायीलाई फाइदा पुग्ने गरी एमडिएमएस प्रणाली लागू गरेको भन्दै आपत्ति जनाएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले भदौ २९ गतेदेखि नेपालमा गैरकानूनी रूपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न भन्दै मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) शुरु गरेको थियो । 

DHARA
LAxmi BAnk

सरकारले सिमित व्यवसायीलाई फाइदा पुग्ने गरी (एमडीएमएस) प्रणाली लागू गरेको भन्दै विरोध शुरू भएको हो । सरकारले बजारमा काट्रेलिङ गर्ने सीमित व्यवसायीहरूको दबाबमा लागू गरेको (एमडीएमएस) प्रणाली उपभोक्ता हित र मौलिक अधिकारविरुद्धमा रहेको उनीहरूको आरोप छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

उपभोक्ता अधिकारकर्मीहरूले सीमित मोबाइल कम्पनी र व्यवसायीहरूलाई मोबाइल बजारमा एकाधिकार कायम गर्नेगरी लागू भएको प्रणाली तत्काल फिर्ता गर्न माग गरेका छन् । 

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष तथा उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले सीमित व्यक्ति र व्यवसायीहरूलाई फाइदा पुग्ने गरी व्यवसायीहरूको दबाबमा परेर मोबाइल व्यवसायमा काटे«लिङ गर्ने काम राज्यले नै गरेको आरोप लगाए । उनले राज्यले सीमित व्यवसायीक घरानाको लागि चुनावको मुखैमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) लागू गर्नु न्यायोचित नभएको बताए । 


Advertisment
Bizbazar
Saurya island

अध्यक्ष तिमिल्सिनाले विदेशमा गएर दुःख गरेर कमाएको पैसाले नेपालमा आउँदा दुई पैसा सस्तोमा ल्याउने अधिकारबाट वञ्चित गरेको बताए । उनले मोबाइल व्यवसायीहरुले उपभोक्तालाई लुट्न पाउने गरी सरकारले निर्णय गरेकाले मोबाइल व्यवसायीहरुले उत्सव मनाएको बताए । उनले उपभोक्तावादको सिद्धान्त राज्य वा सेवा प्रदायकले वस्तु तथा सेवाको विषयमा जानकारी दिनुपर्ने भने पनि नेपाली मोबाइल व्यवसायीहरुले मोेबाइलको फिचर्सको विषयमा उपभोक्ताहरुलाई सचेत गराउने काम समेत नगरेको आरोप लगाए । 

उनले अधिकांश मोबाइल कम्पनीहरुको भ्रमपूर्ण विज्ञापन दिइरहँदा समेत सरकारी निकाय मौन बसेको बताए । उनले सरकारले लागू गरेको एमडिएमएस प्रणाली तत्काल खारेज गर्नुपर्ने बताए । 

Vianet communication
IME BANK INNEWS

त्यस्तै, उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल्सिनाले पनि सिमित व्यवसायीको फाइदाको लागि चाडपर्वको मुखमा सरकारले मोबाइलमा एमडिएमएस प्रणाली लागू गरेको बताए । उनले विदेशबाट चाडपर्वमा नेपाल फर्कदा दुईवटा मोबाइल ल्याउन पाउने सुविधाबाट समेत वञ्चित गर्ने काम सरकारले गरेको बताए । 

महासचिव तिमिल्सिनाले मोबाइल आयात गरेर नेपालमा बिक्री वितरण गर्ने सीमित व्यवसायीहरू रहेको बताए । उनले यस्ता कम्पनी बढीमा १३ वटा रहेको भन्दै १३ वटा सीमित कम्पनीको फाइदाको लागि सरकारले काम गरेको बताए । 

महासचिव तिमिल्सिनाले मोबाइल व्यवसायीहरुले मोबाइल किन्न जाँदा बिल लिने की नलिने भनेर सोध्ने र अवैध रुपमा भित्र्याएका मोबाइलहरूलाई वैध बनाउनका लागि व्यवसायीहरूले चलखेल गरिरहेको आरोप लगाए । 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

आईटी कम्पनी ‘अल्ट्राबाइट इन्टरनेसन नेपाल’ले स्थापनाको आठौँ वर्षगाँठ पूरा गरेको छ । नेपाली डिजिटल बजारमा उत्कृष्ट उपस्थिति जनाउँदै आएको कम्पनीले गत शुक्रवार आठौं वार्षिक उत्सव मनाएको हो ।  बद...

असोज १४, २०७९

गुगलले भिडियो गेम स्ट्रिमिङ सेवा स्टडिया बन्द गर्ने भएको छ ।  यो सेवा आगामी जनवरी १८ मा बन्द हुने गुगलले जनाएको छ । स्टडियाका उपाध्यक्ष र महाप्रबन्धक फिल ह्यारिसनले बिहीवार यसबारे जानकारी गराएका हुन्...

असोज १०, २०७९

भाट–भटेनी सुपरमार्केटका ग्राहकहरूले अब नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १०% –अधिकतम रु १०० सम्मको) क्यासब्याक प्राप्त गर्न सकिने भएको छ ।  क्यासब्याक अफर नेपाल भरीका भाटभटेनीका शाखाहर...

असोज १३, २०७९

इसेवाले नेपालीहरूको महान चाड दशैँको उपलक्ष्यमा ‘दशैँको उमङ्ग, डिजिटल सपिङ्गसँग’ उपहार योजना सार्वजनिक गरेको छ ।  दशैँको बेला आम मानिसलाई अनलाइबाट कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले दश...

असोज १३, २०७९

चितवनमा १४ हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट जडान गरेका छन् ।  दूरसञ्चार कार्यालय भरतपुरका अनुसार जिल्लाका पाँच पालिकामा पुरानो टेलिफोनको प्रविधिलाई फाइबर इन्टरनेटमा परिणत गरिए...

असोज ११, २०७९

एफवान सफ्ट ग्रुपको स्ट्राटेजी डाइरेक्टरमा डेनियल डि श्रेष्ठ नियुक्त भएका छन् ।  श्रेष्ठलाई एफवान सफ्ट ग्रुपको सञ्चालक समितिको बैठकले स्ट्राटेजी डाइरेक्टरमा नियुक्त गरेको हो । उनी यस अघि एफवान ग्रुप अन्तरगतक...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x