×

X
Nic Asia
Marvel
Khukuri

प्रादेशिक अस्पताल भद्रपुरलाई २०० बेड बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडाैं | असोज ६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

प्रदेश नंं. १ मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेश नं. १ को प्रादेशिक अस्पताल भद्रपुर झापाको स्तरोन्नति गरी दुई सय बेड बनाउने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले भोजपुर जिल्ला अस्पतालको स्तरोन्नति गरी ५० बेडको बनाउने निर्णय पनि गरेको छ ।

DHARA
LAxmi BAnk

प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले बैठकले स्वास्थ्य मन्त्रालयले प्रस्तुत गरेको प्रस्तावका आधारमा ती दुई अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको बताए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

 बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा प्रस्तुत नेपाल सरकारको गत असोज ५ गतेको निर्णय प्रचलित कानूनसमेतको दायराभित्र रही कार्यान्वयन गर्न प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकलाई जिम्मेवारी दिने निर्णय गरेको छ । 
उक्त निर्णयअनुसार, धनकुटाको भेडेटारमा बन्न लागेको स्वाइवाकका लागि आवश्यक जग्गा सट्टापट्टा गर्ने जिम्मेवारी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकलाई हुनेछ । बैठकले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयद्वारा प्रस्तुत प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धी व्यवस्था गर्न विधेयक तर्जुमाको सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 

यसैगरी बैठकले पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा प्रस्तुत प्रदेश नं. १ अन्तर्गतका १४ जिल्लाको प्रमुख उत्पादनको ब्राण्डिङ गर्ने र प्रदेश नं. १ को पर्यटन लोगो स्वीकृत गर्नेसहित पर्यटकीय गन्तब्य स्थल तोक्ने विषयलाई मन्त्रीस्तरीय समितिको छलफलमा लैजाने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए । 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १४, २०७९

कर्णाली प्रदेशभर पाँच सय ४१ जना डेङ्गुबाट सङ्क्रमित भएका छन् ।  सबैभन्दा बढी सुर्खेतमा डेङ्गुबाट चार सय २२ जना सङ्क्रमित छन् ।  प्रदेश स्वास्थ्य सेवा निर्देशनालय वीरेन्द्रनगरका अनुसार सल्यानमा २२, जुम्ल...

असोज १४, २०७९

जाजरकोट सदरमुकाम खलङ्गाबाट भेरी नदीको किनारामा देखिने रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको चौरजहारी लगायतका आसपासको क्षेत्र । मध्य पहाडी लोकमार्गसँग जोडिएका कारण चौरजहारी उपत्यकालाई चार वर्षदेखि नयाँ सहरका ...

असोज १४, २०७९

भारी वर्षाका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको घर भत्किएको छ । गए राति परेको वर्षाका कारण बस्नेतको ढुङ्गामाटो प्रयोग गरेर बनाइएको तीनतले घर भत्किएको हो । ...

असोज १४, २०७९

नेपालगञ्ज बजारमा छाड्ने गरिएका पशु-चौपाया नेपालगञ्ज उपमहानगरपालिकाका लागि व्यवस्थापन गर्न चुनौतीको विषय बनेको छ । गाई, साढे, सुँगुर, खच्चर, गधा र भुस्याहा कुकुर नेपालगञ्जको मुख्य-मुख्य चोकमा मात्र होइन गल्ली-गल्...

असोज १४, २०७९

नेपाल पत्रकार महासंघले निर्वाचन आयोगले ‘प्रेस अफिस’ नामक संयन्त्र निर्माण गरेर आयोगले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र प्रेसको संवैधानिक स्वतन्त्रतामाथि नियन्त्रण गर्न खोजेको भन्दै आपत्ति जनाएको छ । आयो...

असोज १४, २०७९

हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।       जसका कारण हाल मधेस प्रदेश र बागमती प्रदेश लगायत देशको अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महा...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

ad
x