×

X
Nic Asia
Dabur
Khukuri

भूराजनीतिको चर्चा

पश्चिमले प्रचार गरेजस्तै चीन र रुसको सम्बन्धमा आउन लागेको हो दरार ?

काठमाडाैं | असोज ७, २०७९

NTC
Argakhanchi Cement
Photo : Via AP
Premier Steels
TVS INSIDE

केही विश्लेषकहरूले युक्रेनका विषयमा बेइजिङले मस्कोसँग सम्बन्ध तोड्न खोजेको दाबी गरिरहेका छन् । 

LAxmi BAnk
nabil BANK inside

गत जुन महिनामा चीन सरकारले रुससँगको उत्तरपूर्वी सीमामा सैन्य अभ्यास गरेको थियो । त्यतिखेर मस्को युक्रेनमा चलाइरहेको सैन्य कारवाहीमा व्यस्त थियो । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

यस घटनाले कतिपय पश्चिमी पर्यवेक्षकहरूलाई अनुमानको खेतीका लागि प्रेरित गरेको थियो । सीमाक्षेत्रमा चीनले इतिहासका अन्यायलाई सम्बोधन गर्न खोजेको भनी उनीहरूले कुनै पनि प्रमाण प्रस्तुत नगरिकन अनुमान गरेका थिए । 

सन् १८५८ मा गरिएको आइगुन सन्धिले उत्तरपूर्वी चीन (मन्चुरिया) र रुसको सुदूरपूर्वी क्षेत्रबीचको सीमा कोरेको थियो । 


Advertisment
Saurya island

चिनियाँ दृष्टिकोणबाट हेर्दा यो असमान सन्धि थियो किनकि चिनियाँ साम्राज्य कमजोर भएको बेलामा यसमा हस्ताक्षर गरिएको थियो । उक्त सन्धिले रुसी साम्राज्यलाई मन्चुरियाको ६ लाख वर्गकिलोमिटर भन्दा बढी क्षेत्र दिलाएको थियो ।​

उन्नाईसौं र बीसौं शताब्दीको विरासतका रूपमा युरेसिया क्षेत्रका ठूला शक्तिहरूबीच सीमाविवाद कायम छन् । कुरिल टापुसमूहका विषयमा जापान र रुसबीच ऐतिहासिक विमति रहिआएको छ । जापानका अन्य छिमेकी चीन र दक्षिण कोरियासँग पनि टापुहरूको स्वामित्वका विषयमा विवाद छ । 

Vianet communication
IME BANK INNEWS

त्यस्तै भारत र चीनबीच पनि सीमाविवाद छ तर त्यसका बावजूद उनीहरू एकअर्कासँग सहकार्य गरिरहेका छन् । त्यसको ताजा उदाहरणस्वरूप लद्दाखको पूर्वी क्षेत्रबाट दुवै पक्षले आफ्ना सैनिक फिर्ता बोलाउने निर्णय लिए । यसरी उनीहरूले एसियाली शताब्दीतर्फको एक पाइला अघि बढाए । 

भारत र चीनबीचको सहकार्य विशेष रूपमा उल्लेखनीय छ किनकि भारत क्वाडको पनि सदस्य हो । क्वाडलाई कतिपयले चीनविरोधी ‘नयाँ नेटो’ का रूपमा हेर्ने गरेका छन् । तर गम्भीर द्विपक्षीय विमतिका बावजूद युरेसियाली राज्यहरूले विभिन्न स्तरमा सहकार्यका लागि प्रशस्त अवसर रहेको देखाएका छन् । 

त्यही मर्मअनुरूप, नयाँ दिल्लीले मस्कोसँग निकट सम्बन्ध कायम राखेको छ भने वाशिङटनसँग पनि नजिकिइरहेको छ । त्यही कुरा चीन र रुसको सहकार्यमा पनि लागू हुन्छ भलै उनीहरूबीच उत्तरपूर्वी चीन र रुसको सुदूरपूर्व क्षेत्रको सीमामा विवाद होस् । 

सन् १९६९ मा त्यसै क्षेत्रमा आमुर नदी नजिक चीन र सोभियत संघबीच साता महिना लामो अघोषित सैन्य द्वन्द्व भएको थियो । द्वन्द्वपछि अमेरिकाले हेनरी किसिन्जरलाई गोप्य रूपमा चीन पठाएर बेइजिङसँगको सम्बन्ध बलियो बनाउन खोजेको थियो । 

किसिन्जरले सन् १९७१ मा चाउ एनलाईसँग भेटघाट गरेका थिए । त्यसको एक वर्षपछि अमेरिकाका राष्ट्रपति रिचर्ड निक्सनले चीन भ्रमण गरे अनि चीनका सर्वोच्च नेता माओ चतोङसँग उनको भेटघाट भयो । 

चीन र सोभियत संघबीच दरार आएको भए पनि दुई देशले आफ्नो सम्बन्धलाई स्थिर राखिरहे । 

कुनै पनि मित्रता निरपेक्ष हुँदैन तर चीन–रुस सम्बन्ध नयाँ युगमा प्रवेश गरेको कुरा सत्य हो । बेइजिङले भ्लादिभोस्तोक बन्दरगाह जस्तो रुसको सुदूरपूर्वी क्षेत्रमा व्यापार र लगानी गरिरहेको अनि ट्रान्स–साइबेरियन रेलमार्ग बनाइरहेकोलाई पनि यसै सन्दर्भमा हेर्नुपर्छ । रुसमा बेल्ट यान्ड रोड इनिसिएटिभ अन्तर्गतका लगानी पनि निरन्तर जारी छन् । 

निकट विगतको कुरा गर्नुपर्दा सन् २००८ जुलाई २१ मा चीनका तत्कालीन परराष्ट्रमन्त्री याङ काइची र उनका रुसी समकक्षी सर्गे लाभरोभले बेइजिङमा चीन–रुस सीमा रेखा सम्झौतामा हस्ताक्षर गरेका थिए । यसरी उनीहरूले चीन–रुस सीमालाई सर्वस्वीकार्य ढंगले निर्धारण गरे । 

गत फेब्रुअरी ४ मा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उनका चिनियाँ समकक्षी सी चिनपिङले बेइजिङमा दुई राज्यबीचको मित्रतामा ‘कुनै सीमा नरहेको’ घोषणा गरे । यो बयान अतिशयोक्ति जस्तो देखिएपनि अमेरिकाको दृष्टिकोणबाट भने त्रासद थियो किनकि यसले एकध्रुवीयता कायम राख्ने वाशिङटनको महत्त्वाकांक्षालाई ठाडो चुनौती दिएको थियो । 

कुनै पनि मित्रता निरपेक्ष हुँदैन तर चीन–रुस सम्बन्ध नयाँ युगमा प्रवेश गरेको कुरा सत्य हो । बेइजिङले भ्लादिभोस्तोक बन्दरगाह जस्तो रुसको सुदूरपूर्वी क्षेत्रमा व्यापार र लगानी गरिरहेको अनि ट्रान्स–साइबेरियन रेलमार्ग बनाइरहेकोलाई पनि यसै सन्दर्भमा हेर्नुपर्छ । रुसमा बेल्ट यान्ड रोड इनिसिएटिभ अन्तर्गतका लगानी पनि निरन्तर जारी छन् । 

एसिया ब्रीफिङका प्रकाशक क्रिस डेभोनशायर–एलिसका अनुसार, चीन र रुस दुवैले हेह–ब्लागोभेश्चेन्स्क सीमावर्ती शहर (जुन आमुर नदीको विपरीत किनारमा छन्) लाई ट्रान्स–साइबेरियन रेलमार्गको एक पहुँच विन्दुका रूपमा महत्त्वपूर्ण विकास केन्द्र भनिरहेका छन् । 

त्यसका लागि दुई देशबीच सीमामा शान्ति हुनु जरूरी छ र यसले मस्को तथा बेइजिङ दुवैको हित गर्छ । केही पश्चिमी विश्लेषकहरू उनीहरूबीच विवाद उठे हुन्थ्यो भन्ने अभिलाषा राखिरहेका छन् तर त्यस्तो हुने देखिँदैन ।

तर अमेरिका नेतृत्वको पश्चिमले ‘सीमारहित’ मित्रताको अवधारणालाई चुनौती दिनका लागि प्रचारबाजी र कूटनीति जारी राखेको छ । रुस र चीनबीच संघर्षका विन्दुहरू खोज्न र प्रवर्धन गर्न उनीहरू लागिपरेका छन् । 

त्यही सोचका साथ युक्रेनका विषयमा पुटिनसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको टिप्पणीलाई वाशिङटनले बढाइचढाइ गरेको छ । मन्चुरियाका विषयमा मस्को र बेइजिङबीच दरार ल्याउन सकिन्छ कि भनी उसले प्रयास जारी राख्नेछ । 

अमेरिकाको प्रभावमा परी जापानले कुरिल टापुसमूहका विषयमा रुससँग निहुँ खोज्न थालेको छ । तर चीनले पनि यस्तै किसिमको व्यवहार गर्छ भन्ने छैन । 

चीन र रुसको युरेसियाली रणनीतिक चासो निकै गहिरो छ अनि दुवै देश द्विपक्षीय विवादका बावजूद सहकार्य गर्नका लागि सुझबुझपूर्ण कूटनीतिक संयन्त्रको उपयोग गर्दछन् । त्यसका साथै उनीहरूले एससीओ र ब्रिक्स जस्ता समूहको उपयोग गरी सबैलाई अधिकतम लाभ हुने हिसाबमा आफ्ना दृष्टिकोणहरूलाई समन्वय गर्नेछन् । 

साउथफ्रन्टमा प्रकाशित अन्तर्राष्ट्रिय द्वन्द्वका अनुसन्धाता उरिएलअराउजो लेखलाई लोकान्तरका लागि विन्देशदहाल अनुवाद गरेका हुन् ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

विगत दुई दिनमा युक्रेनले रुसी भूमिमा रहेका तीन क्षेत्रमा ड्रोन आक्रमण गरी रुसको वायु प्रतिरक्षा प्रणालीको कमजोरी उजागर गरेको छ । रुसको आत्मसम्मानमा चोट पुर्‍याउने यस युक्रेनी कदमले युद्धको दिशालाई समेत बदल्न...

मंसिर २१, २०७९

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसद् सचिवालयमा दर्ता भएको महाभियोग निष्क्रिय भएको भनी संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले पठाएको पत्रले नयाँ विवाद उत्पन्न भएको छ । संसद् सचिव...

मंसिर १६, २०७९

प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा सरकारको नेतृत्व दाबी गरिरहेको नेपाली कांग्रेसमा संसदीय दलको नेताको चुनाव लागेको छ ।  पार्टी सभापति शेरबहादुर देउवालगायत नेताहरूले चुनाव जिते...

मंसिर २२, २०७९

कांग्रेस संसदीय दलको नेताका लागि संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाले नै प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको समयमा संस्थापतइतर समूहबाट वरिष्ठ नेता शेखर कोइराला अघि सरेका छन् । उता, महामन्त्री गगन थापाले पनि...

मंसिर १६, २०७९

विश्व बहुध्रुवीयतामा प्रवेश गरेको छ तर यसमा अरू ध्रुवको भन्दा अमेरिकी र चिनियाँ ध्रुवको प्रभाव बढी छ । वर्तमान विश्व व्यवस्थामा सबभन्दा बढी प्रभाव पार्ने दुई मुलुक अमेरिका र चीन हुन् ।  यस्तो अवस्थामा विचार...

मंसिर १८, २०७९

रुस–युक्रेन द्वन्द्व शुरू भएको नौ महिनाभन्दा बढी समय बितिसक्दा युद्ध टुंगिने कुनै लक्षण देखिएको छैन तर यसबीचमा युक्रेनले व्यापक क्षति बेहोरिसकेको तथ्य घामजत्तिकै छर्लंग छ ।  युक्रेनले आफ्ना सैनिकहरूक...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x