×

X
Nic Asia
Khukuri

प्रतिनिधिसभा निर्वाचन

महराले छाडेको मैदानमा को बन्ला एमाले महासचिव पोखरेलको प्रतिस्पर्धी ?

बुटवल | असोज १०, २०७९

NTC
Argakhanchi Cement
तस्वीरमा पोखरेल, शर्मा र आचार्य
Premier Steels
TVS INSIDE

नेकपा (माओवादी केन्द्र)भित्र चुनावी खेलाडीको पहिचान बनाएका उपाध्यक्ष कृष्णबहादुर महराले यसपटक प्रत्यक्ष चुनाव नलड्ने निर्णय लिएका छन् । 

LAxmi BAnk
nabil BANK inside

माओवादीले सशस्त्र संघर्ष शुरू गर्नुअगाडि २०४८ मा नै जनमोर्चाबाट रोल्पामा चुनाव जितेका महरा माओवादीभित्र सबैभन्दा धेरै लाभ लिने नेतामा पर्छन् । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

कार्यकर्तासँग सहज पहुँच राख्ने महराको राम्रो पक्ष हो । तर,  पछिल्लो विवादास्पद छविले जीवनको उत्तरार्द्धमा महराको राजनीतिक प्रभाव कमजोर बन्न पुग्यो । 

कहिले रोल्पा त कहिले दाङबाट गरी चारपटक चुनाव जितेका महराले चुनावी मैदानको धरातल धर्मराएको आकलन गरी सुरक्षित बाटो समानुपातिकमा बसेको माओवादीका जिल्ला नेताहरू बताउँछन् । स्थानीय तह निर्वाचनमा गठबन्धनले सोचेजस्तो मत नल्याएपछि महरा आफ्नो क्षेत्रमा सशंकित नै थिए । 


Advertisment
Saurya island

यसअगाडि दाङ– २ बाट चुनाव जितेका महरासँग प्रतिष्पर्धा गर्ने तयारीमा थिए, एमाले महासचिव शंकर पोखरेल । महरा समानुपातिकको सूचीमा बसेर नयाँलाई अवसर दिने बताएपछि सतही जनमत कमजोर भएका महासचिव पोखरेलले ‘वाकओभर’ पाएको अर्थ एमालेका जिल्ला नेताहरूले लगाएका छन् ।

महरा चुनाव नलड्ने भएपछि पोखरेललाई चुनावी प्रतिस्पर्धा सहज हुने टिप्पणी जिल्लामा भइरहेको छ । पोखरेल एमालेबाट एकलरूपमा सर्वसम्मत सिफारिश पनि भएका छन् । 

Vianet communication
IME BANK INNEWS

गएको (२०७४) निर्वाचनमा महराले दाङ– २ बाटै चुनाव लड्ने अड्डी कसे । पोखरेलले चुनाव लड्दै आएको क्षेत्रमा महरा कि पोखरेलले भन्ने ठूलो बहस चल्यो । 

त्यो बेला एमाले र माओवादी पार्टी एकता गर्ने गरी गरेको चुनावी तालमेलले महरालाई कुनै क्षेत्रमा व्यवस्थापन गर्नुपर्ने दबाब थियो ।

एउटा निर्वाचन क्षेत्र रहेको रोल्पामा पुन लड्ने निश्चित भएपछि पोखरेललाई मुख्यमन्त्रीको रूपमा अगाडि सारेर प्रदेशमा र महरालाई प्रतिनिधिसभामा उम्मेदवार बनाउन एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड सहमत भए ।

अहिले एमाले–माओवादी अलग–अलग कित्तामा हुँदा पोखरेलले वाकओभर पाउने गरी महरा पछाडि हटेका छन् ।

‘उहाँ (महरा)को व्यक्तिगत छविमा पनि दाग लाग्यो । जिल्लाका उहाँनिकट नेताहरू  पनि पार्टी छाडेर एमालेतिर लागे । उहाँ चुनाव लड्ने भनेको कांग्रेसकै भरमा थियो । डर पनि कांग्रेसबाटै भयो । अन्ततः मैदान छाड्नुभएको हो,’ माओवादीका एक जिल्ला नेताले भने । जिल्लामा मतदाता बढ्दै गए पनि माओवादीको मत भने निरन्तर घट्दो क्रममा देखिन्छ । पोखरेलको पार्टीमा प्रभाव बढ्दो छ भने महराको घट्दो देखिन्छ । 

एमाले दाङ जिल्ला सचिव मनोहर बुढाथोकीले शंकर पोखरेलसँग चुनाव लड्ने हिम्मत गर्न नसकेर महरा समानुपातिकमा गएको बताए ।

‘गाउँ गाउँ पुगे । फिल्ड बुझे । फिडब्याक लिए । जनमत आफ्नो पक्षमा देखेनन् र समानुपातिक रोजेका हुन्,’ उनले भने, ‘माओवादीका पालिका तहका उम्मेदवारहरू नै एमालेमा आउनुभएको छ । भूमिगत राजनीतिमा सक्रियहरू नै एमालेमा आउँदा उनी डराए,’ बुढाथोकीले लोकान्तरसँग भने । स्थानीय निर्वाचनपछि माओवादीबाट ११ सय ५२ जना एमाले प्रवेश गरेको उनको दाबी छ ।

महराको ठाउँमा नेत्री रेखा शर्मालाई उम्मेदवार बनाउने माओवादीको तयारी छ । शर्मासँगै माओवादीका जिल्ला इञ्चार्ज निर्मल आचार्यको नाम पनि सिफारिश भएको छ । तर, माओवादीले टिकट पाउने अवस्था आए शर्मा नै उम्मेदवार हुने सम्भावना बढी छ ।

महरा समानुपातिकमा बसेपछि यो क्षेत्रमा कांग्रेसले पनि दाबी गरेको छ । माओवादी कमजोर बनेकाले आफूहरूले उम्मेदवारी दिन पाउनुपर्ने कांग्रेसको दाबी छ ।

तत्कालिन नेकपा विभाजनपछि केही नेता कार्यकर्ता एमालेमै बसे । बितेको एक डेढ वर्षयता माओवादीका जिल्लास्तरका धेरै नेताहरूले एमाले रोजेका छन् । 

स्थानीय निर्वाचनअगाडि माओवादी छाडेर स्वतन्त्र बस्ने निर्णय गरेका माओवादी जिल्ला इञ्चार्ज जीवन गौतम एमालेमा प्रवेश गरिसकेका छन् । 

महराको स्वकीय सचिव तथा घोराही उपमहानगरका अध्यक्ष प्रमोद शर्मा पनि एमालेमै गए । माओवादी प्रदेश सदस्य कल्याण रोक्का, सीता चौधरी, बंगलाचुली गाउँपालिकाकी पूर्व उपाध्यक्ष यमुना थापा, क्रान्तिकारी शिक्षक संगठनका जिल्ला तहका नेताहरूले पनि एमाले रोजेका छन् ।

यौन दुव्र्यवहारको आरोपमा मुछिएपछि महराको व्यक्तिगत छवि ओरालो लाग्दै गएको छ । सभामुख रहेका बेला एक महिलाको कोठामा रक्सीले मात्तिएर पुगेका उनी त्यही घटनाले सभामुखबाट बाहिरिनुपरेको थियो ।

महराले क्षेत्र नम्बर २ मा जोखिम देखेपछि क्षेत्र नम्बर १ बाट पनि उठ्ने चर्चा थियो । रोल्पाबाट पनि उनको नाम सिफारिश भएको थियो ।

दाङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीलाई मनाउन नसकेपछि उनी समानुपातिकतर्फ गएका हुन् । 

एमालेको चितवन महाधिवेशनमा अरू पदमा निर्वाचन हुँदा महासचिवमा चुनाव भएन । पोखरेल निर्विरोध भए । त्यसयता पार्टीमा बढ्दो शक्तिले पोखरेल महरासामु हावी हुन पुगेका हुन् ।

२०७४ मा दाङ– २ बाट ४० हजार ४२ मत पाएर महरा विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका राजु खनालले २५ हजार ८९७ मत ल्याएका थिए ।

यो क्षेत्रमा घोराही उपमहानगरपालिकाको वडा नम्बर ४ अनि ६ देखि १९ सम्मका वडा र बंगलाचुली गाउँपालिका पर्छन् । तुलसीपुर उपमहानगरपालिकाका चार वटा पनि यही क्षेत्रमा पर्छन् । स्थानीय निर्वाचनमा घोराही र तुलसीपुरमा गठबन्धन सफल नदेखिएपछि अहिले गठबन्धनमा त्रास बढ्दो छ ।

तर, माओवादीले अहिले पनि आफू कमजोर नभएको दाबी गरिरहेको छ । माओवादी दाङका इञ्चार्ज निर्मल आचार्यले यो क्षेत्रमा माओवादी अझै बलियो रहेको दाबी गरे ।

दलहरूको दाबी आ–आफ्नै ठाउँमा छ, तर को कति बलियो भन्ने आधिकारिक हिसाबकिताब भने चुनावमा नै हुनेछ ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १३, २०७९

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ हालसम्म ९९ लाख ८८ हजार ५८५ मत गणना सम्पन्न भएको जनाएको छ । जसअनुसार ७ वटा पार्टीको थ्रेस होल्ड कटेर राष्ट्रिय पार्टी बनेका छन् भने नेकपा एकीकृत समाजवादी पार्टी थ्रेस ...

मंसिर १३, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनको पूर्ण नतिजा आएपछि सरकारमा सहभागिताबारे निर्णय लिने बताएको छ । सो पार्टीका सभापति रवि लामिछानेले आफूहरूले केन्द्रीय राजनीतिको हालको परिस्थितिलाई नजिकबाट नियालिरहेको भन्दै न...

मंसिर १२, २०७९

निर्वाचनमा जनताको घरदैलोमा जाँदा भावी मुख्यमन्त्रीका रूपमा आफूलाई प्रस्तुत गर्दै भोट माग्ने प्रदेशसभाका हेभीवेट उम्मेदवारहरू पराजित भएका छन् । प्रदेश– १ को प्रदेशसभा सदस्यमा उम्मेदवार भएका हेभीवेट उम्मेदव...

मंसिर १३, २०७९

सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीले फराकिलो अग्रता बनाएकी छन् । कांग्रेसका उम्मेदवार विजय कुमार गच्छदारले भन्दा भगवतीले ६ हजार ३३५ मत बढी प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय...

मंसिर १२, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले शान्तिपूर्वक निर्वाचन गराउन सफल भएको भन्दै सुरक्षा निकायका प्रमुखलाई बोलाएर धन्यवाद दिएका छन् । सोमबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीप...

मंसिर १२, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ प्रतिनिधिसभा निर्वाचन हारेको पीडा भुलाउन मंगलवार कतार जाने भएका छन् । मन्त्री श्रेष्ठ निगमको खर्चमा विश्वकप हेर्न कतार जान लागेका हुन् । नेकपा (एकीकृत सम...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x