×

X
Nic Asia
Dabur
Khukuri

नेपाल एपीएफ स्कूलको अभिभावक दिवस

काठमाडाैं | असोज १०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपाल एपीएफ स्कूल कीर्तिपुरको ‘अभिभावक दिवस–२०७९’ सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित नेपाल एपीएफ क्लव हलमा असोज ९ गते विविध कार्यक्रमको आयोजना गरी सम्पन्न भएको हो । 

LAxmi BAnk
nabil BANK inside

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले विद्यालयको गत शैक्षिक सत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्राहरूलाई पुरस्कार प्रदान गर्नुका साथै विद्यालयको छात्रवृत्ति अक्षय कोषमा सहयोग गर्ने विभिन्न महानुभाव तथा सो स्कुलमा १० वर्ष सेवा अवधि पूरा गर्ने शिक्षक, शिक्षिकाहरूलाई कदरपत्र समेत प्रदान गरे । कार्यक्रममा महानिरीक्षक अर्यालले भविष्यका कर्णधार विद्यार्थी वर्गले उच्च अनुशासनमा रही शिक्षा आर्जन गर्न मेहनतकासाथ लाग्नुपर्ने उल्लेख गर्दै शिक्षक, शिक्षिकाहरूले समेत अनुशासन कायम राख्दै आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

उनले विद्यार्थीहरूको व्यक्तित्व निर्माणमा नेपाल एपीएफ स्कुल अझ बढी सकृय रहने कुरामा विश्वास व्यक्त गर्दै नेपाल एपीएफ स्कुललाई सात वटै प्रदेशमा स्थापना गर्ने संगठनको लक्ष्यसमेत रहेको बताए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले धन्यवाद ज्ञापनको क्रममा नेपाल एपीएफ स्कूलले बिद्यार्थीहरुलाई उत्कृष्ट शिक्षा प्रदान गर्न मेहनतका साथ लागिरहेको बताए । 


Advertisment
Saurya island

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक युवराज पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल एपीएफ स्कुलले उत्कृष्ट परिणाम हासिल गर्नुका साथै अतिरिक्त क्रियाकलापहरूमा समेत उत्कृष्ट नतिजा हासिल गर्दै आएको बताए । 

कार्यक्रममा सो स्कुलका विद्यार्थीहरूले गायन, नृत्य, नाटकलगायतका विभिन्न सांस्कृतिक प्रस्तुति गर्नुकासाथै आफूमा निहित प्रतिभाहरू प्रदर्शन गरेका थिए ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १७, २०७९

विगत १८ वर्षदेखि अस्ट्रेलियाको सिड्नीमा मनोचिकित्सकको रूपमा कार्यरत चितवनका डा. घनश्याम चापागाईं कलिलै उमेरमा आफ्नो सन्तानलाई विदेश नपठाउन सुझाव दिन्छन् । नेपालको पाटन अस्पताल र नेपाल मेडिकल कलेजमा २–...

मंसिर १५, २०७९

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले शैक्षिक क्रियाकलापलाई व्यवहारिक र जीवन उपयोगी बनाउन विभिन्न ३ वटा संस्थासँग सहकार्य सम्झौता गरेको छ । आज उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र शि...

मंसिर २१, २०७९

त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोह आगामी शुक्रवार गते हुनेभएको छ ।  दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने भएको हो ।  दीक्षान्त मूलसमारोह समितिका सदस्यसचिव साधु...

मंसिर २२, २०७९

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान र लिथुवानियास्थित भिलनियस विश्वविद्यालयबीच एकेडेमिक एक्सचेन्ज प्रोग्राम गर्ने समझदारी भएको छ । स्वास्थ्य सेवाका अनुभवसहित विविध पक्षको आदानप्रदान गर्ने उद्देश्यले प्रतिष्ठान र भिलनियस विश्...

मंसिर २०, २०७९

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले युवा वैज्ञानिकहरुलाई अनुसन्धान सहयोगका लागि विभिन्न विधामा प्रस्ताव आव्हान गरेको छ । नाष्टले आज सूचना सार्वजनिक गर्दै सो आव्हान गरेको हो । नाष्टले बजेटको अध...

मंसिर १९, २०७९

चितवन जिल्लाको माडी नगरपालिकाले नगरभित्र रहेर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क यातायात सेवा शुरूआत गरेको छ । कार्यपालिकाको बैठकले लक्षित वर्गका विद्यार्थीको शिक्षामा पहुँच पुर्‍याउन निःशु...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x