×

X
Nic Asia
Dabur
Khukuri

विद्यार्थीद्वारा शिक्षकको हत्या

तलाई अरूसँग बिहे गर्न दिन्नँ, म पनि गर्दिनँ भनेर शिक्षकले छात्रालाई धम्क्याएपछि‍...

काठमाडाैं | असोज १३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

जीवन नै बर्बाद बनाइदिने भन्दै विवाह गर्न नदिएको झोँकमा विद्यार्थीले शिक्षकको हत्या गरेको रहस्य खुलेको छ । 

LAxmi BAnk
nabil BANK inside

असोज ६ गते ओखलढुङ्गाको चिशंखुगढी– १ लेकखर्कस्थित स्थानीय विद्यालयका शिक्षक दीपक ठाकुर आफ्नो डेरामा मृत फेला परेका थिए ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

उनलाई उनकै पूर्व विद्यार्थी २२ वर्षीया छलमाया धमलाले घरको झ्यालको चौकोसमा ठोक्काएर बेहोश बनाएपछि गम्छाले नाकमुख र घाँटीमा बेरेर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुकदेव खनालले बताए । 

‘घटनास्थलको अनुसन्धान गर्दा आरोपितले विवाद हुँदा झ्यालको चौकोसमा टाउको ठोक्काएको र त्यसपछि गम्छाले मुख थुनेर हत्या गरेको देखिन्छ,’ डीएसपी खनालले लोकान्तरसँग भने, ‘घटनास्थलमा भएका प्रमाण र आरोपितले दिएको बयान मिलेको छ ।’


Advertisment
Saurya island

उनका अनुसार ठाकुर र छलमायाको विगत ६ वर्षदेखि प्रेम सम्बन्ध थियो । ठाकुरले उनलाई १५/१६ वर्षको उमेरदेखि चिनजान भएको र त्यसदेखि सम्बन्ध रहँदै आएको देखिएको छ । 

छलमायालाई ठाकुरले पछिल्लो समय फोनको म्यासेज र सामाजिक सञ्जालको म्यासेञ्जरमा तल्लो स्तरको गालीगलौज गर्दै एसएमएस पठाएपछि आरोपित छलमाया मानसिक तनावमा परेको देखिएको प्रहरीले जनाएको छ ।

Vianet communication
IME BANK INNEWS

‘तँ फलानोसँग लागेको, तेरो क्यारेक्टर यस्तो, फलानो तेरो मान्छे हो,’ भन्दै अपशब्द प्रयोग गरेको बयान उनले दिएकी छन् । एसएमएसहरू हेर्दा पनि त्यसको पुष्टि भएको प्रहरीले जनाएको छ ।

शिक्षकले ‘तँ काकासँग अनैतिक क्रियाकलाप गर्छेस्’ भन्ने खालका आरोप समेत लगाएको पाइएको छ ।

ठाकुर र छलमायाबीच यौनसम्बन्ध थियो कि थिएन भन्ने कुरा पुष्टि नभएको प्रहरीले जनाएको छ । तर उनको मोबाइलमा भएको एसएमएस र हत्यासम्म पुगेको अवस्थाले भने शारीरिक सम्बन्ध पनि भएको हुन सक्ने संकेत गरेको छ ।

तर, आरोपितले भने आफूहरूबीच शारीरिक सम्बन्ध नरहेको बयान दिएकी छन् । ‘उसले यौन प्रस्ताव गरेको थियो, तर मैले अस्वीकार गरेकी हुँ भन्ने बयान उनले दिएकी छन्,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए ।

शिक्षक ठाकुरले छलमायालाई विवाह पनि नगर्ने र यदि कसैसँग विवाह गरेको खण्डमा फोटोसपमा इडिट गरेर नग्न फोटो पठाइदिने धम्की दिएको पाइएको डीएसपी खनालले बताए ।

‘शिक्षकले छलमायालाई तँलाई म पनि विवाह गर्दिनँ र विवाह गर्न पनि दिन्नँ भनेर धम्की दिएको देखिन्छ,’ उनले भने, ‘यदि कसैसँग विवाह गरिस् भने बर्बाद बनाइदिन्छु भनेर धम्क्याउने गरेको देखिन्छ ।’

छलमायाले आफूलाई आफ्नै काका, दाजुभाइसँग अनैतिक सम्बन्ध रहेको भन्दै मनगणन्ते आरोप लगाउँदै आएकाले मानसिक तनाव झेल्न नसकेर आत्महत्यासम्मको प्रयास गरेको प्रहरीलाई बताएकी छन् । 

उनले ती शिक्षकको परिचय नखुलाइ यसबारे आफ्नो भाउजूलाई भने भनेको पाइएको छ । ओखलढुंगा घर भएर काठमाडौंमा ज्यालादारी गर्ने व्यक्ति भन्ने परिचय उनले दिएकी थिइन् ।

‘आरोपतिले आफूलाई पठाएको एसएमएसका बारेमा भाउजूलाई बताएकी रहिछन्, तर अर्कै व्यक्ति भनेर कुरा गरेकाले ठाकुरको विषयमा परिवारले जनाकारी नपाएको देखिन्छ,’ डीएसपी खनालले लोकान्तरसँग भने, ‘उनको नाम खुलाइदिएको भए त्यसका विषयमा कुरा बाहिर आएर हत्यासम्म पुग्ने अवस्था आउने थिएन ।’

छलमायाले शिक्षक ठाकुरले आफूलाई दिएको तनावका विषयमा उनकी श्रीमातीलाई पनि फोनमा बताएको देखिएको छ । तर उनकी श्रीमतीले आफ्नो श्रीमान् त्यस्तो नभएको भन्दै छलमायालाई उल्टै गाली गरेको अनुसन्धानमा देखिएको डीएसपी खनालले बताए ।

हत्याको दिन पनि ठाकुर र छलमायाबीच विवाद भएको देखिएको छ । उनीहरूले एकअर्काको सिमकार्ड भाँचेर फालेको समेत घटनामास्थलमा देखिएको छ ।

हत्या गरेपछि छलमाया आफ्नो मोबाइल घटनास्थलमा छाडेर भागेकी थिइन् । 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा असोज ५ गते बेलुका ८ बजेको आसपासमा घटना भएको देखिएको छ ।

छलमाया त्यहाँबाट बेलुका साढे ८ बजे ६ सय रुपैयाँ भाडा तिरेर आफ्नो घर गएकी थिइन् ।

डीएसपी खनालका अनुसार अहिले प्रहरीले उनी मात्रै एक्लै थिइन् कि हत्यामा अरू कोही पनि संलग्न थियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।

प्रहरीले उनलाई ८ गते बेलुका ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ८ सल्लेरीबाट पक्राउ गरेको थियो । 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १९, २०७९

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले आज सार्वजनिक गरेको छ । बैतडीको शिवनाथ गाउँपालिका–४ का भरतराम कोलीलाई सार्वजनिक गरिएको जिल्ला ...

मंसिर १९, २०७९

सुनका गरगहना चोरी गरेको आरोपमा बागलुङबाट २ जना पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय बागलुङले तमानखोला गाउँपालिका–३ बस्ने ३० वर्षीय पूर्णबहादुर तोम्ता र निसिखोला गाउँपालिकाका १९ वर्षीय चुमान ...

मंसिर २०, २०७९

एक जिल्ला न्यायाधीशमाथि वैवाहिक बलात्कारको आरोप लागेको छ । पीडित भनिएकी महिलाले प्रहरीले उजुरी लिन नमानेको भन्दै राष्ट्रिय महिला आयोगमा उजुरी गरेकी छन् । उजुरीकर्ता ती न्यायाधीशकै कान्छी श्रीमती रहेको पा...

मंसिर २१, २०७९

कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गए राति भएको झैंझगडासँगै हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले हँसिया प्रहारबाट घाइते...

मंसिर २०, २०७९

लागूऔषध मुद्दामा १ वर्ष कैद फैसला भई फरार रहेका व्यक्ति ४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति रुपन्देहीको सैनामैना नगरपालिका–१० निवासी पुन्नेप्रसाद चौधरी हुन् । २०७५ जेठ २६ गते राति करीब स...

मंसिर २०, २०७९

नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक(सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ । पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष प्रहरीको सई भन्दै सर्वसाधारण लाई धम्क्याएर ठगी गरे...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

ad
x