×

X
Nic Asia
Dabur
Khukuri

प्रतिनिधिसभा निर्वाचन

चुनाव नजिकिँदा अन्योलमा राजेन्द्र महतो– धनुषामै उठ्ने कि सर्लाही फर्किने ?

काठमाडाैं | असोज १३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने अन्योलमा छन् ।

LAxmi BAnk
nabil BANK inside

अघिल्लोपटक जितेको धनुषा- ३ मै उम्मेदवारी दिने कि पुरानो क्षेत्र सर्लाही- २ फर्किने भन्नेमा उनले निर्णय लिन सकिरहेका छैनन् ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

त्यसो त लोसपा चुनावी तालमेलका विषयमा समेत अन्योलमा छ । सत्ता गठबन्धनसँग तालमेल गर्ने प्रयास सफल हुन नसकेपछि एमालेसँग संवाद चलिरहेको छ ।

महतोको पहिलो प्राथमिकता भने धनुषा- ३ नै हो । तर, एमाले उक्त क्षेत्र छाड्न तयार भइसकेको छैन ।


Advertisment
Saurya island

नेकपा एमालेका तर्फबाट उम्मेदवारीको तयारीमा रहेकी जुली महतोले उक्त क्षेत्रमा घरदैलो समेत थालिसकेकी छन् ।

'मैले घरदैलो शुरू गरिसकेको छु । एमाले र लोसपाबीच चुनावी गठबन्धन वा तालमेल भयो भने पनि धनुषा- ३ मा सूर्य छापकै उम्मेदवार हुन्छ,' जुलीले लोकान्तरसँग भनिन्।

Vianet communication
IME BANK INNEWS

२०७४ सालमा महतोले नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिलाई पराजित गरेका थिए ।

नेकपा एमालेको अप्रत्यक्ष सहयोग पाएर महतोले जितेका कारण यसपटक महतोले जुलीलाई छाड्नुपर्ने एमाले कार्यकर्ताहरूको तर्क छ ।

'उहाँलाई हामीले विगत चुनावमा जिताएर सहयोग गरेका थियौं, यो पालि उहाँले पैँचो फिर्ता गर्न पनि जुलीलाई सहयोग गर्नुपर्छ,' ती कार्यकर्ताले भने ।

गत चुनावमा पराजित भएका कांग्रेस नेता निधि भने यसपटक राजेन्द्र महतोलाई सहयोग गर्ने उद्देश्यले नै प्रत्यक्ष चुनाव नलडेर समानुपातिकतर्फ गएका छन् ।

राजेन्द्र महतोले केही साताअघि लोकान्तरसँग भनेका थिए, 'लोसपालाई पाँचदलीय गठबन्धनमा ल्याउनका लागि तथा तपाईंलाई सहयोग होस् भन्ने उद्देश्यले यसपटक म चुनाव लड्दिनँ, तपाईंलाई हाम्रो पूर्ण सहयोग हुन्छ भनेर शुभकामना समेत निधिजीले दिनुभएको थियो ।'

निधिले छाडेपछि उक्त क्षेत्रमा एमाले र कांग्रेस दुवैको प्रत्यक्ष/अप्रत्यक्ष साथ लिएर उम्मेदवार बन्ने चाहना महतोको छ ।

महतोनिकट एक कार्यकर्ताका अनुसार पाँचदलीय गठबन्धनबाट उक्त क्षेत्रमा कांग्रेसले टिकट नपाएर जनता समाजवादी पार्टीले टिकट पाउने हो भने कांग्रेसको पनि मत पाउन सकिने महतोको आकलन छ ।

'एमालेसँग गठबन्धन नै नभएको अवस्थामा लोसपा उम्मेदवार महतोले कांग्रेसको मत पाउने सम्भावना छ,' ती कार्यकर्ताले थपे, 'त्यसकारण सके एमालेलाई त्यो क्षेत्रमा सीट छोड्न मनाउने, नमाने कांग्रेसको अप्रत्यक्ष मद्दतबाट भए पनि धनुषा- ३ मै चुनाव लड्ने महतोजीको तयारी छ ।'

लोसपा धनुषा अध्यक्ष परमेश्वर साह पनि महतोको पहिलो च्वाइस धनुषा- ३ नै रहेको बताउँछन् ।

'केही दिनअघि मात्र धनुषा- ३ को कार्यक्रममा उहाँ आउनुभएको थियो । उहाँको पहिलो प्राथमिकता धनुषा- ३ नै हो,' साहले लोकान्तरसँग भने, 'एमालेसँग वार्ता शुरू भएको छ । वार्तामा के कस्तो निष्कर्ष आउने हो त्यसले मात्र त्यो कुराको निर्धारण हुन्छ ।'

एक साताअघि मात्र महतो सर्लाही- २ पुगेका थिए । त्यहाँ पनि कार्यकर्ताहरूले उक्त क्षेत्र नेता तथा नेतृत्वविहीन भएकाले सर्लाही-२ बाट नै चुनाव लड्न आग्रह गरेका थिए ।

'लड्ने नै हो भने जित्नुपर्छ । जित्नका लागि भोट माग्नु पर्छ । धेरै नै मेहनत गर्नुपर्छ,' जवाफमा महतोले भनेका थिए ।

धनुषा- ३ वा सर्लाही- २ मध्ये कुन क्षेत्र रोज्ने भन्ने निर्णय महतोले गरिनसकेको सर्लाही- २ का एक लोसपा कार्यकर्ताले बताए ।

'उहाँ अहिले दुवै क्षेत्रका नेता तथा कार्यकर्ताको मनोभावना बुझिरहनुभएको छ,' ती कार्यकर्ताले लोकान्तरसँग भने, 'दुवै ठाउँमा फिफ्टी-फिफ्टी चान्स छ । अब निर्णय त उहाँले नै गर्ने हो । तर, हाम्रो चाहना भने उहाँ आफ्नै गृहजिल्ला फर्किए हुन्थ्यो भन्ने हो ।'

महतोका लागि सर्लाही- २ त्यति सहज भने छैन । एमालेसँग गठबन्धन भएपनि पाँचदलीय सत्ता गठबन्धनका उम्मेदवार महिन्द्र राय यादव बलियो छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादव अहिले पनि उक्त क्षेत्रका निवर्तमान सांसद हुन् ।

२०७० सालको चुनावमा पनि यादव र महतो आमनेसामने भएका थिए । त्यतिबेला यादवले महतोलाई पराजित गरेका थिए ।

यादवको बलियो पकडकै कारण २०७४ सालमा महतोले उक्त क्षेत्र छाडेर धनुषा- ३ रोजेका थिए । यादवले २०६४ सालमा तराई मधेश लोकतान्त्रिक पार्टीबाट चुनाव जितेका थिए भने २०७० सालमा उनकै नेतृत्वको तराई मधेश सद्भावना पार्टीबाट चुनाव जितेका थिए । २०७४ सालमा राष्ट्रिय जनता दलबाट उनले चुनाव जितेका थिए ।

नेकपा एमालेसँग वार्ता गर्नका लागि गठित वार्ता समितिका संयोजक समेत रहेका महतोलाई धनुषा- ३ छाड्न तयार नभएको एमाले सर्लाही- २ छाड्न भने तयार छ ।

'एक दुई दिनभित्र नै एमाले-लोसपा वार्तामा के कस्तो सहमति हुन्छ, त्यस आधारमा सबै कुराको टुंगो लाग्छ,' लोसपाका एक कार्यकारिणी सदस्यले लोकान्तरसँग भने ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

 प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत समुदायको पर्व उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।  उधौली पर्वका अवसरमा शुभकामना दिँ...

मंसिर २२, २०७९

स्थायी पूर्वाधारविना लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट दाङको भालुवाङ (राप्ती उपत्यका) मा राजधानी सार्ने प्रक्रिया शुरू भएको छ । कर्मचारी, राजनीतिक दल र प्रदेश सांसदले अस्थायीबाट अस्थायी संरचनामै राजधान...

मंसिर २१, २०७९

जनमत पार्टीका अध्यक्ष सीके राउतले  राजनीतिक भेटवार्तालाई जारी राखेका छन् । निर्वाचनमा विजयी भएलगत्तै काठमाडौं आएका सीकेले राजनीतिक भेटवार्तालाई जारी राखेका हुन् ।  सोही क्रममा बुधबार जसपाका अध्यक्ष ...

मंसिर २२, २०७९

आजदेखि कैलालीको धनगढीमा शुरु हुन गइरहेको सुदूरपश्चिम महोत्सवको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । दिउँसो २ बजे महोत्सवको उद्घाटन हुने आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पु...

मंसिर २१, २०७९

निर्वाचन आयोगले बुधबार गरेको समानुपातिकतर्फको सिट बाँडफाँडअनुसार कर्णाली प्रदेशमा ५ पार्टीको प्रतिनिधित्व भएको छ । जसमा नेकपा एमाले र कांग्रेसले सर्वाधिक ५–५ सिट पाउँदा माओवादी केन्द्रले ४ सिट पाएको छ ।...

मंसिर २२, २०७९

सीमित सिटमा तालमेलबाहेक सत्ता गठबन्धनविरुद्ध एक्लै चुनावी मैदानमा होमिएको नेकपा एमाले तीन वटा प्रदेशसभामा सबैभन्दा ठूलो दल भएको छ । प्रदेश नम्बर १, मधेस प्रदेश र लुम्बिनी प्रदेशसभामा एमाले सबैभन्दा ठूलो पार्टी ...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x