×

X
Nic Asia
Khukuri
Daraz

विराटनगर महानगरपालिकाले केबल र नेटका तार व्यवस्थित बनाउने

विराटनगर | असोज १३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

विराटनगरको सुन्दरताका लागि महानगरपालिकाले केबल र नेटका तार व्यवस्थित बनाउने भएको छ । महानगरले आज केबल र नेट व्यवसायी र प्रतिनिधिलाई बोलाएर पोलमा लत्रिएका तार तत्कालै व्यवस्थित बनाउन निर्देशन दिएको हो । 

LAxmi BAnk
nabil BANK inside

महानगर प्रमुख नागेश कोइरालाले विराटनगर सुन्दर, सफा र हराभरा बनाउने दायित्व सबैको भएकाले तार व्यवस्थित बनाउन आग्रह गरे । “हामीले लत्रिएका तार काट्न पनि सक्थ्यौँ, तर एकपटक तपाईहरुलाई आग्रह गरौँ भनेर हामीले बोलाएका हौँ”,  प्रमुख कोइरालाले भने, “तपाईहरुले जतिसक्दो तारको व्यवस्थापन गर्नुस् नभए हामीले तार काट्छौँ ।” 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

जताततै बिजुलीको खम्बामा तार झुण्डिएको र यसले सहरको सुन्दरता मात्र होइन कहिलेकाहिँ आगलागीको समस्या देखिने गरेकाले यसलाई व्यवस्थित गर्न प्रमुख कोइरालाले आग्रह गरे । जथाभावी लत्रिएका तार सहजीकरण गर्न तथा सहयोग गर्न महानगरले सक्दो सहयोग गर्ने र यसका लागि इञ्जिनीयर अनिल सिंहलाई महानगरको तर्फबाट जिम्मेवारी तोकिएको हो ।

 पहिलो चरणमा सहरका मुख्य क्षेत्रका तार व्यवस्थित गर्ने गरी काम गर्न प्रमुख कोइरालाले निर्देशन दिँदै भने, “विराटनगरलाई सुन्दर, सफा र व्यवस्थित गर्ने विषयमा कसैसित पनि सम्झौता हुँदैन, कम्तीमा कात्तिक मसान्तभित्र बजार क्षेत्रका तार व्यवस्थित गरिसक्नुहोस् ।”
 
महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले कर सङ्कलनका लागि महानगर निर्मम तरिकाले लाग्ने बताए । महानगरको आन्तरिक आम्दानी नबढाएसम्म विकासले गति लिन नसक्ने उनको भनाइ थियो ।


Advertisment
Saurya island

वर्डलिङ्क, म्याक्स, क्लासिटेक, सुविसु, भायानेट, कनेक्टलगायतका प्रतिनिधिलाई बोलाएर महानगरले छलफल गरेको हो । महानगरभित्र पोलमा रहेका ६० प्रतिशत तार काम नलाग्ने रहेको बताइएको छ । 
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १, २०७९

जवाफदेहिता निगरानी समितिले राष्ट्रिय मानवअधिकार आयोगलाई अक्टोबरमा 'क’ बाट पुनःमूल्याङ्कन गरी 'ख’ मा झार्न सिफारिस गरिएको प्रति आपत्ति जनाएको छ । मानवअधिकार आयोगको अन्तर्राष्ट्रिय सं...

मंसिर १, २०७९

जुम्ला सदरमुकाम खलङ्गाबाट तिला गाउँपालिका- ४ ताम्ती जाँदै गरेको जिप दुर्घटना हुँदा ताम्ती मतदान केन्द्रका मतदान अधिकृतसहित ६ जना घाइते भएका छन् ।  निर्वाचन सामग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको...

मंसिर ३, २०७९

आमनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार बिहान ७ बजेदेखि देशभर एकसाथ मतदान सुरु हुनेछ । मतदान बेलुका ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब द...

मंसिर ३, २०७९

सरकारले चुस्त सुरक्षा प्रबन्ध रहेकाले आइतबारको निर्वाचनमा ढुक्कका साथ मतदान कार्यमा सरिक हुन आह्वान गरेको छ । गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले यसपटकको निर्वाचनमा तीन लाख हाराहारीमा सुरक्षाकर्मी परिचालन गर...

कात्तिक २५, २०७९

तनहुँ जलविद्युत् आयोजनाको प्याकेज तीनअन्तर्गत विद्युत् प्रसारण लाइन निर्माणका लागि टावर निर्माण कार्य धमाधम भइरहेको छ ।  जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको आ...

मंसिर ८, २०७९

नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ मा फेरि पछि परेका छन् । बिहीवार दिउँसो केहीबेर अग्रता लिएका सञ्चारमन्त्रीसमेत रहेका कार्की फेरि पछि परेका हुन् ।  बिहीवार अपरान्हसम्मको गणनामा एमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x