×

X
Nic Asia
Dabur
Khukuri

झलारी बजारका ४० घर उच्च जोखिममा

कञ्चनपुर | असोज १४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेका घरहरू सनवोरा नदीको उच्च जोखिममा परेका छन् । नदी गहिरो भएर बग्न थालेपछि बजार क्षेत्रका ४० भन्दा बढी घरहरू जोखिमा परेका हुन् । घरहरू धस्न थालेपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन् । 

LAxmi BAnk
nabil BANK inside

तीन दशकदेखि झलारी बजारमा बस्दै आएका सुरेन्द्र पाल्पालीले रु ३० लाख खर्च गरी निर्माण गरिएको घर धस्न थालेपछि तनावमा रहेको बताए । ‘घर निर्माण गरेको धेरै वर्ष भयो’, उनले भने, ‘यसअघि केही भएको थिएन, असोज पहिलो साता आएको नदीको बाढीले गहिरो गल्छी बनाएर बग्न थालेपछि घर धसेको छ, बस्नका लागि जोखिम छ, सामान्य पानी परे पनि घर ढल्ने अवस्थमा पुगेको छ ।’ 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

सम्पत्तिका नाममा एउटा मात्रै घर रहेको उल्लेख गर्दै उनले घर नै ढलेपछि परिवार कहाँ लगेर राख्ने भन्ने पीरलो रहेको बताए । पाल्पालीले झलारी बजारमा रहेको घरमा सिलाई पसल सञ्चालन गर्दै आएका छन् । यस व्यवसायबाटै उनको परिवारको गुजारा चल्दै आएको छ । ‘नदी नियन्त्रणका लागि एक दशकअघि देखि विभिन्न सरकारी र गैरसरकारी निकाय गुहार्दै आएका हौँ’, प्रेम सिंह कठायतले भने, ‘कुनै पनि निकायबाट बजार क्षेत्र जोगाउनका लागि प्रयास हुन सकेको छैन ।’

उनका अनुसार बजार क्षेत्रमा एकदेखि तीनतले सम्मका घरहरू नदी छेउमै बनेका छन् । नदी छेउमा बनेका सबै घरहरू जोखिममा रहेका छन् । पूर्व पश्चिम राजमार्गको नदीको पुलदेखि उत्तरतर्फका पाँच सय मिटरको दायरामा रहेका घरहरूमध्ये केही घरहरू धसेको र जमिन फाटेर चिरा परेको छ । सामान्य पानी परे पनि चिरा परेको ठाउँमा पहिरो गई घरहरू भत्कने खतरा रहेको छ । 


Advertisment
Saurya island

नदीको पुरानो बहाव क्षेत्र थोरै मात्र गहिरो रहेको थियो । हाल नदी दुई फिट गहिरो भएर बग्न थालेको छ ।  

नगरप्रमुख रणबहादुर महरा नदी नियन्त्रणका लागि सम्बन्धित निकायमा पत्राचार गरिसकेको बताए । ‘बजार क्षेत्रमा रहेका घरहरू धस्न थालेको खबर पाएपछि त्यस क्षेत्रको अनुगमन गरेका छौँ’, उनले भने, ‘घर धसेका र जमिनमा चिरा परेको छ, बजार क्षेत्र जोगाउनका लागि प्रयासरत छौँ ।’

Vianet communication
IME BANK INNEWS

नगरपालिकाका इन्जिनियर दीपक धामीले नदी किनाराबाट २० मिटर टाढा घरहरू निर्माण गर्नुपर्ने नियम रहे पनि झलारी बजार क्षेत्रका घरहरू नियमविपरीत निर्माण गरिएको अवस्थामा रहेको बताए । ‘नदीको किनारामै घरहरू निर्माण गरिएपछि धस्नु स्वाभाविक नै हो’, उनले भने, ‘माटो भरान गरेर बनाइएका घरहरू धस्नबाट बचाउन तटबन्ध निर्माण गरेर सकिँदैन ।’ जमिनमा चिरा परेको ठाउँमा पानी पस्न नदिएपछि मात्रै घरहरूलाई जोगाउन सकिने उनले बताए । रासस

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व आज मनाइँदैछ । धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व पनि आजै मनाइँदै छ । मंसिरमा धान भित्र्याएपछि श...

मंसिर २२, २०७९

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले विकास निर्माणको कामलाई र पूर्वाधार विकासको लागि प्राथमिकता दिने सरकार आवश्यक रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले १५ औं निर्माण दिवसका अवसरमा आज...

मंसिर २२, २०७९

तलतिर हरिचौर बजार र दरमखोला । माथितिर  घुम्टे पहाड र टेउवा । बीचमा छ गलकोट दरबार । यही दरबार परिसरमा दैनिक आगन्तुकको भीड लाग्ने गरेको छ । कुनैबेला राजाले राजगरेको यो ठाउँ अहिले पर्यटक आकर्षणको केन्द्...

मंसिर २२, २०७९

दाङको टरिगाउँ विमानस्थलस्थित डिपोमा इन्धन भरेको ६ महिना भइसकेको छ । तर पनि जहाजमा इन्धन (रिफिल) भने हुन सकेको छैन । नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका निमित्त प्रमुख नेत्रबहादुर भण्डारीका अनुसार डिपो निर्म...

मंसिर २२, २०७९

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका –१ विनयी खोलानजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठो...

मंसिर २२, २०७९

कालीकोटको थिप्पु गाउँपालिका –१ घोचापावाडाका ५५ वर्षीय राजबहादुर रोकाया काँधमा जडीबुटी राखिएको झोला बोक्दै कञ्चनपुरका गाउँ सहर चहार्दै हिँडछन् । झोला बोकेर हिँडनु उनका लागि रहर नभएर बाध्यता हो । पाँच...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x