×

X
Nic Asia
Dabur
Khukuri

एनआईसी एशियाका ग्राहकलाई भाट–भटेनीमा १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट

काठमाडाैं | असोज १४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

एनआईसी एशिया बैंकका ग्राहकहरूले भाट–भटेनी सुपरमार्केटमा डेबिट/क्रेडिट कार्डबाट तथा मोबाइल बैंकिङ एपबाट स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा अधिकतम १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट हुने भएको छ । बैंकले नेपालीहरूको महान चाड दशैं, तिहार, छठलगायतका पर्वको अवसरमा डिजिटल कारोबारलाई प्रोत्साहन गर्न २०७९ आश्विन १ गते देखि २०७९ कात्तिक १५ सम्म भाट–भटेनी सुपरमार्केटबाट तयारी पोशाक तथा जुत्ताचप्पल खरिद डिजिटल भुक्तानी गर्ने ग्राहक महानुभावहरूलाई उक्त आकर्षक छुटको व्यवस्था गरेको हो ।

LAxmi BAnk
nabil BANK inside

बैंकले यस अघि सार्वजनिक गरेको ‘दशैं–तिहार महोत्सव’ योजनामा पनि भाट–भटेनी सुपरमार्केटलगायत सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखामा मात्र) लगायत दर्जनौ मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट उपलब्ध गराइरहेको छ । जसअनुसार २०७९ कात्तिक १५ सम्म सेल्सबेरी, बिगमार्ट र साथीमार्टबाट विभिन्न सामग्रीहरू खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत पीओएस तथा एनआईसी एशिया मोबाइल बैंकिङमार्फत क्यूआर भुक्तानी गर्दा १० प्रतिशत वा ३०० रुपैयाँसम्म क्यासब्याक तथा छुट उपलब्ध रहेको छ । त्यसबाहेक उक्त योजनामा विभिन्न ब्राण्डबाट अनलाईन सामग्री खरिद गरी ई–कमर्श भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुटको प्रबन्ध मिलाइएको छ ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बंैकिङ सञ्जाल विस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्‍याउन उत्तरदायी बंैकिङको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ४१ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । 

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना शहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

पछिल्लो समय नेप्से परिसूचक निरन्तर रुपमा ओरालो लागेको छ । बुधवार पनि नेप्से परिसूचक १६.६१ अंक घटेर १९१७.२८ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.४४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१३ अंक र सेन्सेटिभ...

मंसिर १८, २०७९

नबिल बैंकले एक्सपोर्ट–इम्पोर्ट बैंक अफ इन्डिया (एक्जिम बैंक) को नयाँ व्यापार सहजीकरण पहल ‘व्यापार सहायता कार्यक्रम (ट्याप)’अन्तर्गत सदस्य बैंकको मान्यता प्राप्त गरेको छ । एक्जिम बैंकबाट यस्तो सुविधा...

मंसिर २१, २०७९

आइएमईले दशैं, तिहार, छठ र नेपाल सम्वत्जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको अन्तिम नतिजा बुधवार सार्वजनिक गरेको छ । ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक थीममा आधारित उक्त अफरको व...

मंसिर २१, २०७९

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको हो । कम्पनील...

मंसिर २१, २०७९

सिद्धार्थ बैंक सञ्चालक समितिको ४०२औँ बैठकले आ.व. २०७८/७९ को वितरणयोग्य मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १२.५० प्रतिशत बोनस शेयर र ०.६६ प्रतिशत नगद लाभांश (बोनस शेयर कर प्रयोजनका लागि मात्र) गरी कुल १३.१६ प्रत...

मंसिर १८, २०७९

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव १६ अंकले बढेर एक हजार नौ सय ६३ दशमलव २२ अंकमा पुगेको छ ।  आजको भएको कारोबारमा दुई सय ४३ कम्पनीका ३६ लाख ९४ हजार ८४ कित्ता सेयर रु एक अर्ब ५६ करोड १७...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x