×

X
Nic Asia
Khukuri

पेट्रोलियम पदार्थको खपत ७५ प्रतिशतले बढ्यो

काठमाडाैं | असोज १४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

दशैं नजिकिएसँगै मुलुकभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । विगतको तुलनामा दशैं सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ । 

LAxmi BAnk
nabil BANK inside

साविक २२ लाख लिटर पेट्रोल खपत हुने गरेको थियो । हिजो-आज पेट्रोलको खपत दैनिक ३५ लाख लिटर पुगेको निगमले जनाएको छ । डिजेल दैनिक ५५ लाख लिटर खपत भइरहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । साविकमा दैनिक औसत ३५ लाख डिजेल खपत हुँदै आएको थियो । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

दशैं मनाउन सर्वसाधारण उपत्यका बाहिरिन थालेसँगै काठमाडौंका केही पेट्रोल पम्पमा इन्धन भर्नेको लामो लाइन लागेको छ । शुक्रवारदेखि सरकारी तथा निजी कार्यालय दशैं बिदासम्म बन्द भएका छन् । कार्यालय बिदा भएसँगै उपत्यकाबाट बाहिरिनेको चाप बढेको छ । 

दशैंका बेला सार्वजनिक बिदा भए पनि डिपो खुला रहने निगमका प्रवक्ता उपाध्यायले जानकारी दिए । चाडपर्वका अवधिमा देशैभरि पेट्रोलियम पदार्थको सहजरूपमा बिक्री वितरणको व्यवस्था मिलाउन निगमका डिपो स्थानीय आवश्यकताका आधारमा खुला रहने व्यवस्था मिलाइएको उनको भनाइ छ । ‘देशभर पेट्रोलियम पदार्थको सहज आपूर्ति भइरहेको छ’, उनले भने, ‘आवश्यकताअनुसार देशभरका डिपो खुल्नेछन् ।’


Advertisment
Saurya island

दशैं बिदाका दिन विराटनगरस्थित १ नं प्रादेशिक कार्यालय, अमलेखगञ्जस्थित मधेश प्रादेशिक कार्यालय, थानकोटस्थित बागमती प्रादेशिक कार्यालय, पोखरास्थित गण्डकी प्रादेशिक कार्यालय, भैरहवास्थित लुम्बिनी प्रादेशिक कार्यालय, सुर्खेतस्थित कर्णाली प्रादेशिक कार्यालय र धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक कार्यालय आवश्यकताअनुसार खुल्ने निगमले जनाएको छ । 

यस्तै निगमको झापाको चारआलीस्थित शाखा कार्यालय धनुषास्थित इन्धन बिक्री डिपो, वीरगञ्जस्थित शाखा कार्यालय, दाङस्थित इन्धन डिपो र दिपायलस्थित शाखा कार्यालय बिदाका दिन पनि आवश्यकताअनुसार खुल्नेछन् । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १३, २०७९

देशको प्रमुख व्यापारिक नाका वीरगञ्जको राजस्व सङ्कलन लगातार चार महिनादेखि घट्दै गएको छ । चालु आर्थिक वर्षको साउन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको वीरगञ्ज भन्सार कार्यालयले कात्तिक महिनामा ६० प्रतिशत मा...

मंसिर १३, २०७९

कोहलपुरदेखि सुर्खेतसम्म १३२ केभी प्रशारण लाइन निर्माणका लागि बाटो खुलेको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने १७५ रोपनी जग्गा प्रयोग गरेवापत नेपाल विद्युत् प्राधिकरणले सट्टाभर्ना वापत जग्गा दिनेभएपछि निर्मा...

मंसिर १२, २०७९

नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिकरुपमै खपत बढाउन तराई–मधेशका जिल्लामा करिब चार हजार मेगावाट विद्युत् खपत गर्न सक्ने गरी प्रसारण सञ्चालन बनाउने भएको छ । प्राधिकरणले सन् २०५० भित्रमा ...

मंसिर १३, २०७९

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा व्यवसायी जगत र बैंक तथा वित्तीय क्षेत्रका सुझावहरूलाई मध्यनजर गरी तर्जुमा गरिएको बताएका छन् । वर्तमान मुलुकको अर्थतन्त्र परेको दब...

मंसिर १२, २०७९

पोखरा विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडानमा ग्राउण्ड ह्याण्डलिङका लागि बुद्ध एयरले निवेदन दिएको छ । बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ कार्यको प्रस्ताव नेपाली नागरिक उड्डयन प्राधिकरणला...

मंसिर १२, २०७९

शहरमा हरियो मकै पोलेर खाने चलन निक्कै चल्तीमा देख्न सकिन्छ । विशेष गरी दिउँसो र साँझको समयमा शहरका चोक, गल्ली र राजमार्गका किनारमा हरियो मकैं पोल्ने र खानेहरुको भिड देख्न सकिन्छ ।  काठमाडौं, पोखरा, ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x