×

X
Nic Asia
Dabur
Khukuri

लोप हुने अवस्थामा श्यामा कपडा

काठमाडाैं | असोज १७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

तामाङ र ह्योल्मो समुदायका महिलाहरूले प्रयोग गर्ने मौलिक भेशभूषा श्यामा कपडा यो समुदायमा लोकप्रिय मानिन्छ । श्यामा बुनेर नै जीवन चलाएका वृद्धा महिलाहरूको परम्परागत सीपलाई नयाँ पुस्ताले बेवास्ता गरेपछि भने यो पेशा नै लोप हुने अवस्थामा पुगेको छ । हातले बुनिएको श्यामा कपडा हिजोआज मुस्किलले मात्र पाइन्छ ।

LAxmi BAnk
nabil BANK inside

सिन्धुपाल्चोकको विकट बस्ती पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ मानेखर्कका स्थानीयवासीले कुनै समयमा प्रत्येक घरधुरीमा श्यामा कपडा उत्पादनका लागि तान बुन्ने गर्थे । तर अहिले दुई चार घरमा मात्र पाका पुस्ताका महिलाहरूले श्यामा बुनेर आफ्नो दैनिकी कटाउने गरेका छन् ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

बजारमा हातले बुनेको श्यामा कपडाको माग धेरै भए पनि परम्परागत सीपलाई नयाँ पुस्ताले बेवास्ता गर्दा मागबमोजिमको उत्पादन हुन नसकेको स्थानीयवासी ग्याल्मु लामा बताउँछन् । 

मशिनबाट बनाइएको श्यामा कपडा गाउँघरमा भित्रिनाले पनि हाते बुनाइ ओझेलमा परेको हो । तर तान लगाएर हातले बुनेको श्यामा जस्तो गुणस्तरीय नभएपछि कतिपय ग्राहक हातले बुनेको श्यामा खोज्दै घरसम्मै आउँछन् । 


Advertisment
Saurya island

एक पटकको तानबाट १२ वटासम्म श्यामा बुन्न सकिन्छ । तान बुन्नका लागि आवश्यक पर्ने हाते सामग्रीहरु सबै गाउँघरमै पाइने काठ, बाँस, मुढाबाट तयार गरिन्छ । 

यो कपडाबाट श्यामा मात्र नभई झोला, थैली जस्ता विभिन्न सामग्री बनाउन सकिने अर्का स्थानीयवासी बाबुराम लामाको भनाइ छ ।

Vianet communication
IME BANK INNEWS

यहाँ उत्पादन भएको श्यामा कपडा गाउँपालिकाभित्रका गुन्सा, भोताङ, बरुवा, बासखर्क, जुगल गाउँपालिकाको तेम्बाथाङ, गुम्बाथाङलगायत भारत, बेलायत, अमेरिकामा रहेका तामाङ समुदायमा अत्यधिक माग हुने गरेको छ । शुरूआतमा एउटा श्यामाको मूल्य रु एक सय ८० थियो । 

अहिले रु एक हजार आठ सयदेखि दुई हजार दुई सयसम्म पर्छ । वृद्ध भएसँगै तान बुन्नेको सङ्ख्या कम हुँदै गएपछि पछिल्लो पुस्ताले श्यामा भनेको नै के हो भनेर बिर्सिन्छ की भन्ने चिन्ता व्यक्त गर्छन् स्थानीय नोर्चिन लामा ।

परम्परागत पेशालाई संरक्षणका लागि स्थानीय तहले युवा पुस्तालाई आकर्षित गर्न तालिमको व्यवस्था र नयाँ पुस्ताले यसको महत्त्व बुझेर निरन्तरता दिए आम्दानीको राम्रो स्रोत हुने र श्यामा व्यवसाय पनि लोप नहुने स्थानीयवासी बताउँछन् । रासस
 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १८, २०७९

आइतबार काठमाडौंमा तरकारी र फलफूलको भाउमा खासै बदलाव नभएको कालीमाटी फलफूल तथा बजार विकास समितिको मूल्यसूचीमा उल्लेख गरिएको छ ।  समितिका अनुसार अंगुर (कालो) को औसत मूल्य प्रतिकिलो ३४५ रुपैयाँ रहेको...

मंसिर २०, २०७९

सुनचाँदी बजारमा मंगलवार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ६०० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलवार प्रतितोला ९९ हजा...

मंसिर २०, २०७९

कालीमाटी फलफूल तथा बजार विकास समितिले निर्धारण गरेको मूल्यसूचीअनुसार मंगलबार एक किलो अंगुर (कालो) को औसम मूल्य प्रतिकिलो ३२५ रुपैयाँ रहेको छ । यस्तै अंगुरो हरियाको प्रतिकिलो २३५, अनारको ३१३, अम्बाको १४०, ...

मंसिर २२, २०७९

सुनचाँदी बजारमा बिहीवार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ४०० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीवार प्रतितोला ९९ हजा...

मंसिर २१, २०७९

बुधबार अंगुर (कालो) को प्रतिकिलो औसत मूल्य ३१३ रुपैयाँ रहेको छ भने अंगुर हरियोको २४६ रुपैयाँ रहेको छ । यस्तै अदुवाको ५५, अनारको ३३३, आलु रातोको ५२, काउली स्थानीयको २२, कागतीको १०७ रुपैयाँ  प्रतिकिल...

मंसिर १५, २०७९

काठमाडौंमा बिहीबार एक किलो कालो अंगुरको औसत मूल्य ३४६ रुपैयाँ तोकिएको छ । कालीमाटी फलफूल तथा बजार विकास समितिका अनुसार हरियो अंगुरोको २४६, अदुवाको ६६, अम्बाको १७५, आलु रातोको ५० रुपैयाँ प्रतिकिलो औसत ...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x