×

X
Nic Asia
Dabur
Khukuri

सांस्कृतिक विविधता

किराँतीको दशैं : सेतो टीका किन लगाउँछन् ?

काठमाडाैं | असोज १९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

दशैंमा टीकाको विशेष महत्त्व छ । नवरात्रको दशौं दिन अर्थात् विजयादशमीको दिन आफूभन्दा ठूला तथा मान्यजनबाट टीका–जमरा लगाई आशिर्वाद ग्रहण गर्ने प्रचलन छ ।
 
खसआर्य समुदायले दशैंको अवसरमा रातो टीका लगाउने गर्छन् । टीका दही, अक्षता र रातो रंगको मिश्रणबाट तयार गरिन्छ तर जनजातिहरूमध्ये किराँत समुदायमा सेतो टीका लगाउने प्रचलन छ । राई, लिम्बु, मगर, तामाङ, थारु लगायतका समुदायले सेतो टीका लगाउने गर्छन् ।

LAxmi BAnk
nabil BANK inside

सेतो टीकामा दही र चामल (अक्षता) मात्र मिश्रण गरिएको हुन्छ । यी समुदायले दशैंको टीका मात्र होइन, अन्य शुभकार्यमा पनि सेतो रंगकै टीका लगाउने गर्छन् । जनजाति भए पनि नेवार समुदायले रातो रंगकै टीका लगाउने गर्छन् । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

किन लगाउँछन् किराँतीहरू सेतो टीका ? 

खसआर्य समुदायले रातो टीका लगाउँदा केही जनजाति समुदायले किन दशैंको टीका सेतो लगाउँछन् भन्नेबारे खास तथ्य फेला परेको छैन । संस्कृतिविद्हरूले सेतो टीका लगाउनुका कारणबारे विभिन्न तर्क गरेका छन् । 


Advertisment
Saurya island

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति एवं संस्कृतिविद् डा. जगमान गुरुङ दशैं मनाउने सबै जातिले आरम्भमा सेतै टीका लगाउने गरेको बताउँछन् । उनले एक सार्वजनिक कार्यक्रममा शुरूआतमा खसआर्य समुदायले पनि सेतै टीका लगाउने गरेको दाबी गरेका थिए ।

उनले भनेका थिए, ‘पहिले रंग कहाँबाट पाउनु ? बाहुन–क्षेत्रीको पनि सेतै टीका हुन्थ्यो । पछि भारतबाट रातो रंग ल्याएर लगाएका हुन् । दुल्लुतिर दही चामलमा बेसार मुछेर लगाइन्छ । तनहुँका एकथरी अधिकारी (थामी अधिकारी) को कूल पूजामा सेतो टीका चलाउनुपर्छ । उहाँहरूको कूल देवताको पूजामा सेतो चल्छ ।’ 

Vianet communication
IME BANK INNEWS

डा. गुरुङ रातो टीकाको चलन नेवार समुदायले शुरू गरेको दाबी गर्छन् । पहिले व्यापारसँग जोडिएकाले पनि रातो रंग नेवार समुदायको पहुँचमा पुगेको र पछि मात्र खसआर्य समुदायले रातो टीका लगाउन थालेका उनको भनाइ थियो । 

कतिपय जनजातिहरू दशैं पर्वलाई आफ्नो मौलिक पर्वका रूपमा स्वीकार गर्दैनन् । विशेष गरेर किराँत समुदायले दशैंलाई आफ्नो पर्व नभएको बताउँछ । किराँत समुदायका अगुवाहरूले बेलाबेलामा दशैं बहिष्कार अभियान पनि सञ्चालन गर्ने गरेका थिए । खासगरी २०४६ सालको जनआन्दोलपछि गोरेबहादुर खपाङ्गी लगायतका नेताहरूले जनजातिले दशैं मनाउन नहुने र टीका लगाउन नहुने अभियानको नेतृत्व गरेका थिए । 

किराँत समुदायको सभ्यता तथा धर्म ‘मुन्धुम’मा आधारित छ । मुन्धुमी संस्कारकै आधारमा किराँत समुदायको धर्म–संस्कार चलिरहेको छ । मुन्धुम धर्मको अध्ययन गरिरहेका भोगिराज चाम्लिङ मुन्धुममा दशैंका विषयमा केही उल्लेख नगरिएको बताउँछन् । आफूले गरेको अध्ययनमा हालसम्म दशैं पर्वका विषयमा केही पनि उल्लेख गरिएको नपाएको उनले बताए । त्यसैले दशैंमा टीका लगाउने प्रचलन किराँत समुदायका लागि आयातित संस्कृति भएको उनी बताउँछन् । 

पछिल्लो समय दशैं विरोधी अभियान चलेको छैन । नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले देशभित्रका सबै जातजाति, भाषाभाषी तथा धार्मिक समुदायबीच अन्तर्घुलन भइरहेको र एकले अर्काको संस्कार, संस्कृतिलाई स्वीकार गर्दै जानुपर्ने मत बलियो बनेको छ । 

सेतो टीका विद्रोहको प्रतिक हो ?

तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुपूर्व पूर्वतिर पल्लो किराँत, माझ किराँत, विजयपुर लगायतका राज्य थिए । विक्रम संवत् १८३१ सालभन्दा अगाडिसम्म पूर्वमा किराँत राज्यहरू अस्तित्वमा थिए । 

नेपाल एकीकरणका बेलामा लिम्बुवान राज्य र पृथ्वीनारायण शाहका सेनाबीच सम्झौता भएको लिम्बुवान अगुवाहरू बताउँछन् । तत्कालीन बहादुर शाहको नेतृत्वको गोर्खाली सेना र लिम्बुवान सेनाबीच लिम्बुहरूको ‘किपट’ (जमिन माथिको स्वामित्व) नखोस्ने शर्तमा एकीकरण भएको विभिन्न दस्तावेजमा पनि उल्लेख गरिएको छ । 

विक्रम संवत् २०२१ सालमा भूमिसुधार लागू भएपछि मात्र लिम्बुवानको ‘किपट’ खोसिएको गुनासो छ । पछि शासकहरूले विक्रम संवत् १८३१ सालको सम्झौतामा उल्लेख गरिएको शर्त विपरीत ‘किपट’ खोसेको किराँती अगुवाको गुनासो छ । पछि राज्यले ‘किपट’ मात्र खोसेन, त्यसपछि धार्मिक र सांस्कृति हिसाबले पनि जनजातिमाथि आक्रमण भएको लिम्बुवान नेता कुमार लिङदेन बताउँछन् । जनजातिका धर्म संस्कारलाई जबरजस्ती हिन्दूकरण गरिएको उनको दाबी छ । 

एकीकरणपछि जनजातिहरूमाथि तत्कालीन शासकहरूले धार्मिक र सांस्कृतिक हिसाबले पनि आक्रमण गरेको, हिन्दू धर्म र संस्कारलाई अगाल्न बाध्य पारेको कतिपय जनजाति अगुवाको तर्क छ । त्यसअघि लिम्बु समुदायमा दशैं पर्व मनाउने प्रचलन नरहे पनि राज्यकै तर्फबाट जबरजस्ती दशैं मान्न बाध्य पारिएको लिङदेनको भनाइ छ ।

जनजाति अगुवाहरू दशैंको अष्टमीको दिन मार (पशुबली) हान्नैपर्ने बाध्यकारी नियम जनजातिहरूमाथि थोपरिएको आरोप लगाउँदै आएका छन् । जनजाति अगुवाले विशेषगरी किराँत राज्य भएका क्षेत्रमा दशैंको मार हानेर घरको भित्ताका पशुको रगतले हातको छाप हान्नैपर्ने नियम लागू गरिएको बताउने गरेका छन् । 

राज्यकै तर्फबाट दशैं मान्न बाध्य पारिएपछि विरोधको प्रतिक स्वरूप रातो टीकाको सट्टामा सेतो टीका लगाउने प्रचलन शुरू भएको तर्क गर्ने जनजाति अगुवाहरू पनि भेटिन्छन् । खसआर्य समुदायले दशैंको टीका दशमीको दिनदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने गरे पनि जनजाति समुदायले दशमीका दिनबाहेक अन्य दिनमा टीका लगाउने गर्दैनन् । पछिल्लो समय खसआर्य समुदायसँग घुलमिल भएर बसेका जनजातिले दशमीदेखि पूर्णिमासम्म नै टीका लगाउने गरेका छन् । यो सामाजिक अन्तर्घुलनको कारण मात्र भएको बताइन्छ । 

दशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका नलगाई जनजातिहरूले १ दिन मात्र दशैंको टीका लगाउनुले पनि बाध्यात्मक रूपमा आफूहरूले दशैं मनाउन थालेको पुष्टि हुने जनजाति अगुवाहरूको तर्क छ । 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १४, २०७९

भारत र श्रीलंकाको दुई नाटक, नाटकको पुस्तक विमोचन र सांगितिक प्रस्तुतिसहित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) छैटौं दिनको कार्यक्रम आयोजना हुँदैछ । इटालीको नाटक इभान हास्टिङ निर्देशित नाटक...

मंसिर २१, २०७९

सिन्धुलीको कमलामाई नगरपालिकाले कमलामाई मन्दिरको उत्पत्तिस्थल क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न उच्च प्राथमिकता दिने भएको छ ।   प्रचारप्रसारको अभावले प्रख्यात मन्दिरको उद्गमस्थल ओझेलमा परेको जनाउँदै नगरपालिकाले प...

मंसिर १६, २०७९

मगर समुदायको कला संस्कृति र ऐतिहासिक परम्परालाई संरक्षण गर्नका लागि पर्वतमा मगर संग्र्रहालय निर्माण गर्न थालिएको छ । पुन युवा क्लबको अगुवाईमा कुश्मास्थित दुर्लुङचोक नजिकै मध्यपहाडी राजमार्गको आडैमा संग्रहालय बनाउन...

मंसिर १८, २०७९

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर १७, २०७९

भारतवर्षका प्राचीन ग्रन्थहरूमा आजभन्दा लगभग १० हजार वर्षपहिले विमानहरूको चर्चा गरिएको पाइन्छ । रामायणमा रावणको पुष्पक विमान एउटा उदाहरण भयो ।  सैनिक क्षमता भएका विमानको प्रयोग, विमानहरूको भिडन्त तथा वि...

मंसिर १८, २०७९

वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आइतवार गीता जयन्ती पर्व मनाइँदैछ ।     वैदिक ज्ञान भावी पुस्तालाई हस्ता...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x