×

X
Nic Asia
Khukuri

हिमपहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, अझै १८ जना बेपत्ता

काठमाडाैं | असोज १९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

भारतीय हिमालय क्षेत्रमा हिमपहिरोमा परी १० जनाको मृत्यु भएको पुष्टि भएको छ भने आरोहण दलका अन्य १८ सदस्य अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । 

LAxmi BAnk
nabil BANK inside

भारतको उत्तरी राज्य उत्तराखण्डको ‘द्रौपदीका डाँडा–द्वित्तीय’ हिमालको चुचुरोनजिक मंगलवार बिहान भएको हिमपहिरोमा परी दर्जनौँ आरोही प्रशिक्षार्थी बेपत्ता भएका थिए । उनीहरूमध्ये चार जनालाई सोही दिन मृत अवस्थामा भेटिएको थियो । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

भारी हिमपात र वर्षाका कारण रातिमा खोजी असम्भव भएको थियो । यद्यपि, भारतीय वायु सेना र स्थानीय विपद् एजेन्सीले उद्धार कार्यमा सहयोग गरिरहेका बताइएको छ । ‘उद्धार टोलीले १० जनाको शव फेला पारेको छ,’ उत्तराखण्ड राज्य प्रहरी बलले ट्वीटरमा भनेको छ ।

समुन्द्री सतहबाट करिब चार हजार ९०० मिटर (१६ हजार फिट) को उचाईमा रहेको हिमपहिरोबाट हालसम्म १४ जनाको उद्धार गरिएको छ भने पाँच जनाको उत्तरकाशीको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Advertisment
Saurya island

प्रहरी फुटेजमा उद्धार गरिएका धेरै आरोहीहरू शहरमा आइपुगेको र अधिकारीहरूको सुरक्षामा बिना कुनै सहायता हिँडडुल गरिरहेको देखिएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले ट्वीटरमार्फत विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी भारतीय आरोही सविता कंसवालको मृत्यु भएको पुष्टि गरेका छन् । सविताले विश्वको सर्वोच्च शिखर र नजिकैको मकालु हिमाल १६ दिनमा आरोहण गरी महिलाहरूतर्फको रेकर्ड बनाएकी थिइन् । धामीले हिमपहिरोमा परी घाइते भएका र मृतकका परिवारलाई सरकारले तत्काल आर्थिक सहयोग गर्ने बताए । 

Vianet communication
IME BANK INNEWS

राज्य विपद् निकायका प्रवक्ता रिधिम अग्रवालले एएफपीलाई बताएअनुसार हिमपहिरो खसेपछि आरोहीहरू हिउको चिरामा फसेका थिए । नेहरु इन्स्टिच्युट अफ माउन्टेनियरिङका अनुसार आरोहणमा ३४ जना प्रशिक्षार्थी, सात जना प्रशिक्षक र एक जना नर्सिङ असिस्टेन्ट रहेका छन् ।

उद्धारकार्यमा सघाउन वायु सेनाका दुई वटा हेलिकप्टर पठाइएको विपद् व्यवस्थापन विभागका वरिष्ठ अधिकारी देवेन्द्रसिंह पटवालले एएफपीलाई जानकारी दिए । 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १३, २०७९

चिनियाँ राष्ट्रपति सी चिनफिङले मंगलवार चीन रुससँग ऊर्जा सहकार्यमा घनिष्ट साझेदारी गर्न तयार रहेको बताएका छन् । ऊर्जा सहयोग चीन र रुसबीचको व्यावहारिक सहयोगको महत्त्वपूर्ण आधारशिला हो र विश्व ऊर्जा सुरक्षा कायम ...

मंसिर १३, २०७९

आर्थिक उपार्जनका लागि उच्च शिक्षा मात्रै प्रमुख कुरा होइन भन्ने उदाहरण बनेका छन् अमेरिकाको टेक्सासका चेस चपल । उनी अहिले २३ वर्षका भए तर उनले १५ वर्षे उमेरमै पढाइ छाडेर आफ्नो काम थालेका थिए । उनीसँग अहिले ४...

मंसिर १३, २०७९

कतारले कम्तीमा १५ वर्षसम्म वर्षको २० लाख टन प्राकृतिक ग्यास पठाउने विषयमा सहमति जनाएको त्यहाँका ऊर्जामन्त्री साद शेरिदा अल–काबीले बताएका छन् ।  रुसले युक्रेनमाथि आक्रमण गरेपछि जर्मनीले रुसबाट ग्यास ...

मंसिर १३, २०७९

भारतको गुजरात राज्यमा विधानसभा निर्वाचनका लागि प्रचार गर्ने क्रममा कांग्रेस नेता मल्लिकार्जुन खडगेले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि शाब्दिक आक्रमण गरेका छन् ।  अहमदाबादमा सोमवार एक जनसभालाई सम्बोधन गर्दै खड...

मंसिर १३, २०७९

अमेरिकाको जलसेनाले हिन्द महासागरमा विनाशक क्षेप्यास्त्रहरू जडान गरिएको आणविक पनडुब्बी तैनाथ गरिएको घोषणा गरेको छ ।  यूएसएस वेस्ट भर्जिनिया नामक पनडुब्बी भारतीय भूमिबाट नजिकै रहेको डियागो गार्सियामा त...

मंसिर १३, २०७९

रुसको विदेशी गुप्तचरीसँग सम्बन्ध भएको भनिएका एक अर्बपतिको रहस्यमय हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ ।  भ्याचेस्लाभ तारान नामक ती व्यापारी स्विटजरल्यान्डको लाउसानबाट उडेपछि एजे गाउँनजिक दुर्घटनामा मारिएका...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x