×

X
Nic Asia
Dabur
Khukuri

निरन्तर वर्षा हुन थालेपछि किसान चिन्तामा

कैलाली | असोज २१, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

गत वर्ष यहाँका किसानले धान भित्र्याउँनै लाग्दा अविरल वर्षाका कारण धान डुबानमा परी ठूलो क्षति भएको थियो । वर्षाले धान उठाउन त के किसानले धानको बीउसमेत जोगाउन सकेका थिएनन् । कतिपयले खेतमा धान काटेका थिए भने कोहीले थ्रेसर गर्न ठिक्क पारेर जम्मा गरेका थिए । धान उठाउन नपाएर पूरै क्षति भएको थियो । वर्षा बढ्न थालेपछि यसवर्ष पनि खेतमा पाकेको धानबालीमा क्षति हुने भन्दै यहाँका किसानको मनमा चिन्ता बढ्न थालेको छ ।

LAxmi BAnk
nabil BANK inside

बुधवारदेखि निरन्तर वर्षा भइरहेकाले किसानका मनमा चिन्ता बढेको हो । अहिले किसानका खेतमा धान लटरम्मै पाकेको छ । कतिपयले काट्न शुरू गरिसकेका छन् । गत वर्षकै झै अवस्था यसपालि पनि दोहोरिने हो की भन्ने चिन्तामा छन् धनगढीको सरस्वतीनगरका कृषक किसान माइला चौधरी । वर्षाले गत वर्ष खेतमा काटेको धान डुबानमा परी तैरिएको बिर्सिनसकेको उनले सुनाए । धान भित्र्याउनै लाग्दा ठूलो वर्षा भएपछि उनको झण्डै तीन बिघा क्षेत्रफलमा लगाएको धान पूरै क्षति भएको थियो । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

वर्षा रोकिएला र धान जोगाउँला भन्दाभन्दै एक साताभन्दा बढी पानी परेपछि धान उठाउन त के धानको बीउसमेत जोगाउन नसकिएको चौधरीको भनाइ छ । धनगढीको शान्तिनगरकी निर्मला फुलाराले गए रातिको वर्षाले आफूले काटेर घरको आँगनमा राखेको धानमा क्षति पुगेको सुनाए । 

त्यस्तै धनगढीको बैयाबेहडीका किसान रामभगत चौधरीले खेतमा धान पाकेर काट्ने बेला भएको तर पानी पर्न थालेपछि आफूले वर्षभरिका लागि जोहो गरेर खाने अन्न बिग्रिने भन्दै दुखेसो पोखे । ‘वर्षा भइरहेकाले अघिल्लो वर्षकै स्थिति सिर्जना हुने पो हो की भन्ने पिरलो हुन थालेको छ’, उनले भने । 


Advertisment
Saurya island

बैयाबेहडीको दक्षिण बेल्टमा चौधरीले साढे दुई विघा जमिन ठेक्कामा लिई धान खेती गरेका थिए । उक्त खेतीबाट उनले छ जना जहानको लालनपालन गर्दै आएका छन् । अहिले यहाँका अधिकांश किसानका खेतमा धान पाकेर लटरम्म भएको छ । छिटो गरी रोपाइँ गरेको किसानले धान काट्न शुरु गरिसकेका छन् । 

गत वर्ष वर्षाले धानबाली पूर्णरुपमा क्षति भएपछि खान लाउनसमेत समस्या भएको किसानले बताएका छन् । एकातिर धान खेतबारीमा लटरम्मै पाकेको अवस्था छ भने अर्कातिर निरन्तर वर्षा भइरहेकाले धान भित्र्याउन पाइन्छ कि पाइँदैन भन्ने किसानका मनमा चिन्ता छाएको छ ।

Vianet communication
IME BANK INNEWS

गत वर्ष वर्षाले खेत डुबानमा परेपछि किसानले हप्तौँसम्म पनि धान उठाउन सकेका थिएनन् । खेत तलाउमा परिणत भएका थिए । किसानका काटेका धान खेतको पानीमा तैरिएको थियो । खेतमै धान उम्रिएर जमराझैँ भएको थियो । घरपालुवा पशुचौपायाको आहाराको लागि प्रयोग गरिने परालसमेत खेतमै कुहिएको थियो । किसानका खेतमा यस वर्ष सर्जु, मन्सुली, भालेमन्सुली, राधा–४ लगायतका धानका जात बढी मात्रामा देखिन्छन् । रासस
 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

कालीकोटको थिप्पु गाउँपालिका –१ घोचापावाडाका ५५ वर्षीय राजबहादुर रोकाया काँधमा जडीबुटी राखिएको झोला बोक्दै कञ्चनपुरका गाउँ सहर चहार्दै हिँडछन् । झोला बोकेर हिँडनु उनका लागि रहर नभएर बाध्यता हो । पाँच...

मंसिर २२, २०७९

 इलाम २ मा पुनः मतगणनाको माग गर्दै नेपाली कांग्रेसका प्रत्यासी डम्बर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।  मतगणनामा धाँधली गरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताएको भन्दै ख...

मंसिर २२, २०७९

वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले काठमाडौंमा अत्यधिक धुँवा निकालेर चल्ने सवारी साधनको चेकजाँच गर्नेभएको छ । धुँवा निस्कने सवारी साधनका कारण काठमाडौं उपत्यकामा वायू प्रदूषण बढेको भन्दै विभागल...

मंसिर २२, २०७९

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका –१ विनयी खोलानजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठो...

मंसिर २२, २०७९

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले विकास निर्माणको कामलाई र पूर्वाधार विकासको लागि प्राथमिकता दिने सरकार आवश्यक रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले १५ औं निर्माण दिवसका अवसरमा आज...

मंसिर २२, २०७९

कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाँउपालिका –१ को आधारभूत विद्यालय भाराङमा आएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक साता भयो । घरका सदस्य र आफन्तसँग कुराकानी गर्ने मन हुँदा पनि उनल...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x