चैत १०, २०७९
काठमाडौं । तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहसिहत प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई श...
आइतवार बिहान करीब १० बजे सत्ता गठबन्धनका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ९ की उम्मेदवार कल्पना धमला खड्कागाउँ तथा पुरानो नैकाप क्षेत्रमा चुनावी घरदैलोमा व्यस्त थिइन् ।
उनी घरदैलोका लागि न्यूडायमन्ड स्कूलबाट थोरै अगाडि बढिसक्दा स्कूलनजिकै दुई वृद्ध कुराकानी गरिरहेका भेटिए । उनीहरूको कुरा सुन्दा लाग्थ्यो, नेपाली कांग्रेसका समर्थक रहेछन् ।
ध्यान नदिएजस्तो गरी कुरा सुनिरहँदा एक वृद्धले भने, ‘यिनी मान्छे त सिनियर नै रहिछन्, तर मैले पहिले चिनेको थिइनँ । अस्ति छोरोले भन्दै थियो, मन्त्री समेत भइसकेको मान्छे हुन् रे !’
सँगै रहेका अर्का वृद्धले थपे, ‘त्यही त, शुरूमा आफ्नो पार्टीको उम्मेदवार छैन, गठबन्धन त भन्या छन्, तर नयाँ मान्छे उठाए, भोट पनि के गर्ने–गर्ने भन्ने थियो, तर घर यहीँ तीनथाना रहेछ । लामो समयदेखि राजनीति गरेको अनुभवी मान्छे हो रे !’
यति सुनिसकेपछि मैले अगाडि गएर सोधें । त्यसपछि उनीहरूले कुराकानी गर्न खासै चासो दिएनन्, ‘भयो नबोलौं अहिले’ भनेर टारे । प्रसंग बदलेर अर्कै कुरा गर्न थाले ।
उनीहरूले औपचारिक रूपमा कुरा गर्न नचाहे पनि काठमाडौं– ९ का गठबन्धन (खासगरी कांग्रेस) समर्थित मतदाताको पछिल्लो मनस्थितिको विश्लेषण यसबाट गर्न सकिन्छ ।
शुरूमा कमजोर उम्मेदवार ठानेर खासै ध्यान नदिएका कांग्रेस मतदाताहरू धमलाको राजनीतिक जीवन र उनको व्यक्तित्वबारे थाहा पाएपछि विस्तारै आकर्षित हुँदै गएको पाइयो ।
२०७४ को निर्वाचन र हालै सम्पन्न स्थानीय निर्वाचनमा आफ्नो उम्मेदवार नहुँदा निष्क्रियप्रायः रहेका माओवादी समर्थकहरू पनि विस्तारै खुल्न थालेका रहेछन् ।
अन्दाजी ३४/३५ वर्षका एक युवा ध्यान दिएर धमलाको चुनावी र्याली हेरिरहेका थिए । उनको नाम रहेछ, हरि बास्कोटा । उनले आफू माओवादी समर्थक नै भएकाले रमाइलो लागेर चुनावी र्याली हेरेको बताए ।
‘म माओवादी समर्थक हो । पहिला माइला लामा, देवेन्द्र पौडेल उम्मेदवार हुँदा अभियानमा हिँडियो । पछिल्लो समय पार्टीका उम्मेदवार नहुँदा मजस्तै धेरै साथीहरू निष्क्रिय थियौं, अहिले उहाँ (धमला)को उम्मेदवारीले खुशी लागेको छ ।'
उनी आफ्नो पेशागत व्यस्तताका कारण चुनाव प्रचारमा सक्रिय रूपमा हिँडेका भने रहेनछन् ।
को हुन् धमला ?
धमलाको हालको स्थायी ठेगाना चन्द्रागिरि नगरपालिका वडा नम्बर– १५ तीनथाना हो, जुन काठमाडौं क्षेत्र नम्बर ९ अन्तर्गत नै पर्छ ।
उनको जन्म भने १० माघ २०३१ म धादिङमा भएको थियो । सानै उमेरदेखि जुझारू र क्रान्तिकारी स्वभावकी धमला विद्यार्थीकालदेखि नै जनयुद्धमा सामेल भइन् ।
उनी जनमुक्ति सेनाको सह–कम्पनी कमिसनारको भूमिकामा थिइन् ।
२०५६ सालमा अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय सदस्य तथा छात्रा विभाग प्रमुख बनिन् । २०५७ देखि २०६३ सम्म अखिल नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रीय सचिवको भूमिकामा रहिन् ।
जनयुद्धकालमा माओवादीका केही प्रभावशाली महिला नेत्रीको नाम लिनु पर्दा धमलाको नाम पनि अग्रपंक्तिमै आउँथ्यो ।
२०६४ सालको संविधान सभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीले उनलाई धादिङको साविक क्षेत्र नम्बर २ बाट उम्मेदवार बनायो ।
पहिलो प्रयासमा नै चुनाव जितेर उनी संविधानसभा सदस्य बन्न सफल भइन् । संसद्को सोही कार्यकालमा उनी मन्त्री समेत बनेकी थिइन् ।
डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा धमला विज्ञान तथा प्रविधि मन्त्री थिइन् ।
२२ कार्तिक २०६८ मा मन्त्री बनेकी धमलाले २२ वैशाख २०६९ सम्म सिंहदरबारमा रहेर जिम्मेवारी सम्हालिन् ।
छिटोछिटो सरकार फेरबदल भइरहेको उक्त संक्रमणकालीन समयमा पनि आफूले केही सम्झनलायक काम गरेको धमला बताउँछिन् । हाल उनी नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य छिन् ।
के छन् एजेन्डा ?
धमला आफूले चुनाव जितेपछि विकास, समृद्धि, सुशासनमा मुख्य ध्यान दिने बताउँछिन् ।
‘मुख्य त विकास, समृद्धि र सुशासनमा केन्द्रित हुन्छु । यसका अलावा शिक्षा, स्वास्थ्य र रोजगारी मेरो प्राथमिकता हुनेछ,’ धमला भन्छिन्, ‘आजका युवाहरूको इच्छा, चाहना पूरा हुने गरी काम गर्नेछु ।’
यस क्षेत्रलाई पर्यटनसँग जोडेर रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको उनले बताइन् ।
गठबन्धनको साझा प्रतिबद्धता, आफूसम्बद्ध नेकपा (माओवादी केन्द्र)को चुनावी घोषणापत्रका अलावा धमलाले केही स्थानीय मुद्दाहरूलाई पनि चुनावी एजेन्डामा समेटेकी छन् ।
‘स्वच्छ खानेपानीको व्यवस्थापन र सरसफाइमा जागरण, सीतापाइला–रामकोट–भीमढुंगा हुँदै गल्छीसम्मको सडक स्तरोन्नति गरी राजमार्गका रूपमा विकास, नैकाप खेल मैदानको स्तरोन्नति, नागढुंगा सुरुङमार्ग क्षेत्रमा उद्यमशीलता र रोजगारी सिर्जना, सुरुङपछि फ्लाइओभर निर्माणमा सहजीकरण, टेकुघाटको दीर्घकालीन व्यवस्थापन, हिटी, फाल्चा तथा पार्टी पौवाहरूको उचित संरक्षण र सम्वर्द्धन पनि मेरा एजेन्डा हुन्,’ धमलाले भनिन् ।
यस क्षेत्रमा लामो समयदेखि बसोवास गर्दै आएका नेवार समुदायको भाषा, संस्कृति, भेषभुषा र जात्राहरूको संरक्षण र प्रबर्द्धनमा समेत जनप्रतिनिधिका रूपमा भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।
साथै, अन्य जातजाति र नयाँ बस्तीहरूलाई पनि समेटेर अगाडि बढ्ने धमलाले बताइन् ।
मुख्य प्रतिस्पर्धामा दुई पूर्वमन्त्री
पूर्वमन्त्री धमला कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र राष्ट्रिय जनमोर्चाको साझा उम्मेदवार हुन् । नेकपा एमालेले अर्का पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
साझा पार्टीका मिलन पाण्डे, स्वतन्त्र उम्मेदवारी दिएका सुनिल रिजाल लगायतका उम्मेदवारहरू पनि चुनाव प्रचारप्रसारमा छन् ।
गएको स्थानीय चुनावको मत नियाल्दा यस क्षेत्रमा सत्ता गठबन्धन अगाडि देखिन्छ । दलगत रूपमा हेर्दा कांग्रेसको मत सबैभन्दा बढी छ ।
वडाध्यक्षहरूले पाएको मत हेर्दा कांग्रेस र एमाले सबैभन्दा बलिया थिए । कांग्रेसले १९ हजार ९१६ र एमालेले १९ हजार २८२ मत पाएको थियो ।
माओवादीले अधिकांश वडामा उम्मेदवारी नदिएकाले उसको खास मत कति हो भन्ने यो स्थानीय चुनावले प्रस्ट पार्दैन । २०६४ लाई छाडेर २०७० को चुनाव र २०७४ मा समानुपातिकतर्फ पाएको मत नियाल्दा यस क्षेत्रमा माओवादीको करीब ६ हजार मत रहेको अनुमान छ ।
सत्ता गठबन्धनबाट कांग्रेससहितका दलहरूको बलियो साथ पाएकाले आफू विजयी हुने धमलाको विश्वास छ । अर्कातिर यस क्षेत्रका निवर्तमान सांसद कृष्णगोपाल श्रेष्ठप्रति असन्तुष्ट मतदाताले पनि आफूलाई रोज्ने दाबी धमला गर्छिन् ।
एमाले र गठबन्धन दुवैतर्फका केही असन्तुष्ट मत स्वतन्त्र उम्मेदवारहरूले पनि तान्ने भए पनि मुख्य प्रतिस्पर्धा भने धमला र श्रेष्ठबीच नै हुने देखिएको स्थानीय मतदाताको विश्लेषण छ ।
‘कांग्रेसको ठूलो पंक्तिलाई धमलाले विश्वासमा लिएको देखियो । त्यसकारण शुरूका दिनहरूमा भन्दा अहिले उनको पक्षमा माहोल बन्दै गएको पाएको छु,’ चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ का विकास पौडेलले भने, ‘शुरूमा को हो, कहाँको हो भन्ने थियो । मन्त्री पनि भैसकेको, लामो समयदेखि राजनीतिमा सक्रिय रहेको र यसै क्षेत्रमा स्थायी बसोवास रहेकाले पनि उनको पक्षमा माहोल बनाउन सहयोग पुगेको देखिन्छ ।’
महिला उम्मेदवार हुनुका नाताले उनले महिलाको अतिरिक्त मत समेत तान्न सक्ने पौडेलको विश्लेषण छ ।
काठमाडौं– ९ मा गठबन्धनबाट प्रदेशसभातर्फ नेपाली कांग्रेसका नानुमैया बास्तोला र स्यामकृष्ण खड्का उम्मेदवार छन् ।
काठमाडौं । तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहसिहत प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई श...
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रवार राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन सार्वजनिक गरेको हो । यो प्रतिवेदनअनुसार नेपालमा एक करोड ४२ ...
नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा विशेष कार्यक्रम गरी जनगणनाको अन्तिम तथ्यांक सार्वजनिक गरिएको हो । नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेक...
नेपालमा २ करोड नेपाली लेखपढ गर्न जान्ने छन् । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको साक्षरता दर बढी हुनेमा काठमाडौं पहिलो नम्बरमा छ भने सबैभन्दा कम रौतहटमा छ । राष्ट्रिय जनगणनामा ५ वर्ष वा सोभन्द...
लियानेल मेसीको कीर्तिमानी गोलमा अर्जेन्टिनाले पानामाविरुद्ध सहज जीत हात पारेको छ । नेपाली समय अनुसार शुक्रबार बिहान सकिएको मैत्रीपूर्ण खेलमा मेसीले करियरको ८०० औं गोल पनि पूरा गरे । जुन ८३० गोल ...
नेपालमा जनसंख्याको वृद्धिदर लगातार ३० वर्षदेखि घट्न थालेको छ । तथ्यांक विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार नेपालको जनसंख्या २०६८ को तुलनामा २०७८ मा २६ लाख ७० हजार ७४ जनाले बढेको देखिएपनि वृद्धिदर ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...