असोज २४, २०७९
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन सम्पन्न भएको छ । मतदानका लागि झण्डै डेढ महिना बाँकी रहेको समयमा आइतवार भएको मनोनयनले उम्मेदवारले मतदातासँग पर्याप्त अन्तरक्रिया गर्...
आइतवार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीवार मध्यरातिबाट मौन अवधि शुरू भएको छ ।
राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसारका लागि पर्याप्त समय पाएका थिए । बिहीवार साँझसम्ममा उम्मेदवारले घरदैलोमार्फत मतदातासामु आफ्ना एजेन्डा राखिसकेका छन् ।
उम्मेदवारका एजेन्डा हेरेर मतदाताले आफ्नो अभिमत प्रकट गर्नेछन् ।
केही अपवादबाहेक यसपटक चुनाव प्रचारप्रसार व्यवस्थित देखियो । तडकभडकपूर्ण प्रचारमा आयोगले रोक लगाएका कारण फिल्डमा तामझाम निकै कम देखिएको थियो । निर्वाचनको स्वच्छताका लागि यो जरुरी पनि थियो ।
तर, यसको नकारात्मक पाटो भने चुनावी खर्चले बजारलाई चलायमान बनाउन खासै भूमिका खेलेन । सामाजिक सञ्जाल र अन्य विभिन्न अन्तर्राष्ट्रिय प्लेटफर्ममार्फत धेरै पैसा डलरको रूपमा बाहिरियो ।
जेहोस्, अहिले मौन अवधि शुरू भइसकेको छ । यो समयमा चुनावी प्रचारप्रसार गर्न पाइँदैन ।
मौन अवधिको समयमा मतदाता प्रभावित गर्ने गरी आर्थिक चलखेल गरेको र पैसा बाँडेको आरोप विगतमा पनि लाग्ने गरेको थियो ।
गरीब र सुकुम्वासी बस्तीमा नगद, जिन्सी, लत्ताकपडा र खानेकुरा बाँड्ने गरेका घटना चुनावको बेला आउने गरेका छन् ।
मतदाता प्रभावित गर्ने यस्ता अवाञ्छित गतिविधिमा आयोग चनाखो बन्नुपर्छ । मौन अवधिमा त्यस्ता गतिविधि गरे उम्मेदवारी रद्द गर्नेसम्मको एक्सनमा आयोग उत्रन सक्नुपर्छ, तब मात्र स्वच्छ निर्वाचनको प्रत्याभूति हुनेछ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले आगामी पाँच वर्ष देशको राजनीतिको दिशानिर्देश गर्नेछ । देशको राजनीतिलाई दिशानिर्देश गर्ने यो महापर्वको पवित्रता कायम राख्न निर्वाचन आयोग कठोर बन्नै पर्छ ।
भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको अनुभवका आधारमा आयोगले आइतवारको मतदान निष्पक्ष र भयरहित बनाउन सफल हुनेमा सन्देह छैन ।
आफ्नो अमूल्य मतमार्फत देशको लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने महान् कार्यमा सहभागी हुनु आममतदाताको दायित्व र कर्तव्य हो ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन सम्पन्न भएको छ । मतदानका लागि झण्डै डेढ महिना बाँकी रहेको समयमा आइतवार भएको मनोनयनले उम्मेदवारले मतदातासँग पर्याप्त अन्तरक्रिया गर्...
स्वेच्छाचारी ढंगले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने सरकारी तयारीको विरोध गर्दै राप्रपाका सांसद राजेन्द्र लिङ्देनले संसद् परित्याग गरे । केही नेपाल ऐन संशोधन गर्ने विधेयक सरकारले संसद्मा टेबल गरेकै दिन ...
सिंहदरबारलाई ओझेल पारेर प्रधानमन्त्रीको सरकारी निवासबाट सरकार सञ्चालन हुँदै आएकोमा नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यो प्रथा तोड्ने संकेत गरेका छन् । ‘केही नयाँ गर्ने&rsq...
लोकतान्त्रिक विश्व समुदाय ‘खुला सरकार’को बहसमा रहेको समयमा नेपाली समाजलाई अँध्यारो युगतिर फर्काउने सोचसहित सूचनाको हकलाई संकुचित गर्ने प्रयास भएको छ । संविधानले नै सुनिश्चित गरेको सूचनाको हक...
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रमुख दलका स्थानीय कमिटीले सम्भावित उम्मेदवारको नाम धमाधम सिफारिश गरिरहेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका तल्ला निकायले सम्भावित उम्मे...
तमाम अन्योल र आशंकाबीच प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । उम्मेदवारी मनोनयनपछि पनि तोकिएको मितिमा चुनाव हुनेमा दलकै नेताहरूले सन्देह व्यक्त गरेका थिए । देशका...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...