माघ १३, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वनिर्धारित बैठक स्थगित गरेको छ । केन्द्रीय समितिको निर्णय बमोजिम पार्टीले माघ १४ देखि सबै प्रदेशमा प्रदेश समितिहरूको विस्तारित बैठक आह्वान गरेको थियो । तर, आज सर्व...
बुटवल | मंसिर १०, २०७९
सत्ता गठबन्धनसहितको चौतर्फी घेराबन्दी र पार्टीभित्रकै कतिपय नेताको असहयोगका बाबजुद एमाले उपाध्यक्ष विष्णु पौडेलले रूपन्देही– २ बाट रोमाञ्चक जीत निकालेका छन् ।
शुक्रवार साँझ अबेर सम्पन्न मतगणनामा पौडेलले १ हजार ३ सय ६६ मतान्तरसहित जीत दर्ता गरेका हुन् । एमाले उम्मेदवार पौडेलले २७ हजार १ सय ७४ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७ सय ८१ मत पाए ।
सत्ता गठबन्धनले सघाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा तेस्रो स्थानमा रहे । उनले २२ हजार ८ मत ल्याए । पछिल्ला चारवटा निर्वाचनमा लगातार विजयी हुने पौडेल एमालेका सीमित नेतामा पर्छन् ।
२०६४ र २०७० सालको निर्वाचनमा उनले माओवादीका उम्मेदवारलाई पराजित गरेका थिए । पौडेलसँग माओवादी नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पराजित भएका थिए ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका युवराज गिरी पौडेलसँग पराजित भएका थिए ।
हार्न नजानेका नेता
सत्ता गठबन्धनले भागबण्डा गर्दा रूपन्देही– २ नेकपा एसको भागमा परेको थियो । नेकपा एसले राजु गुरुङलाई उम्मेदवार बनाएकोमा बैंकिङ कसूर मुद्दामा गुरुङको उम्मेदवारी खारेज भयो । त्यसपछि सत्ता गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्यो ।
आफ्नो उम्मेदवार नभए पनि सत्ता गठबन्धन र त्यसमा पनि नेपाली कांग्रेसले ‘एनी हाउ, पौडेल हराऊ’ भन्ने नारा लगाएको थियो । सिंगो रूपन्देहीको विकासमा पौडेलले खेलेको भूमिकाका कारण मतदाताले भोट खसालेपछि उनीविरुद्धका विपक्षीका अस्त्र असफल भए ।
पार्टीकै जिल्ला तहका नेताले पनि पौडेललाई खुलेर समर्थन गरेका थिएनन् । ‘विगतमा विष्णु कमरेडले नै स्थापित गरेका कतिपय नेताले खुलेर समर्थन गरेनन्, कोही देखावटीरूपमा मात्र चुनावी कार्यक्रममा सहभागी भए,’ रूपन्देहीका एक एमाले नेताले भने, ‘तर पनि रूपन्देहीमा गरेको विकासका लागि जनताले न्याय गरे ।’
पार्टीका प्रतिबद्ध कार्यकर्ताको भोट १५ हजार आसपास रहे पनि उनले पाएको थप १२ हजार भोट भने रूपन्देहीको विकासका लागि खेलेको भूमिकाकै कारण स्वतन्त्र मतदाताबाट आएको विश्लेषण उनको छ ।
रूपन्देही– २ का मतदाता कृष्ण गौतम पार्टीभन्दा पनि यस क्षेत्रको विकास हेरेर पौडेललाई भोट दिएको बताउँछन् ।
‘बुटवललाई पश्चिम नेपालकै आधुनिक शहर बनाउन विष्णु पौडेलले खेलेको भूमिका भावी पुस्ताले पनि बिर्सन सक्दैन,’ गौतमले भने, ‘बुटवलको विकासको प्रतिफल रूपन्देही मात्र होइन, छिमेकी जिल्लाले पनि लिइरहेका छन् ।’
पौडेल नेपालका एक सफल अर्थमन्त्रीको रूपमा परिचित छन् । २०७३ सालमा पहिलोपटक अर्थमन्त्री रहेको समयमा पौडेलले तराई मधेशका जिल्ला सदरमुकाम जोड्ने बाटो विस्तारका लागि बजेट छुट्ट्याएका थिए ।
केपी ओली प्रधानमन्त्री रहेको समयमा पौडेलले छुट्ट्याएको बजेटले तराईका जिल्लामा विकासले फड्को मारेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वनिर्धारित बैठक स्थगित गरेको छ । केन्द्रीय समितिको निर्णय बमोजिम पार्टीले माघ १४ देखि सबै प्रदेशमा प्रदेश समितिहरूको विस्तारित बैठक आह्वान गरेको थियो । तर, आज सर्व...
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको भेटमा आपसीहि...
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले छिटो राष्ट्रपतिको निर्वाचन गरी अहिले देखिएको संशयको घेरालाई तोड्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै खड्काले दायाँबायाँ नसोची फागुन २८ भित्रै राष्ट्रपत...
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दिउँसो करीब साढे एक बजे नै सुनुवाइ सकिए पनि साँझ सवा ५ बजेसम्म कुनै निर्णय आएको छैन । फैसलाको प्रतीक्षा भइरहेका बेला सर्वोच्च ...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– शनिबार नेपालका सबै सरकारी वेबसाइट डाउन भएका छन्। सबैजसो सरकार...
कास्कीको पोखरास्थित सेती खोचमा यती एयरको विमान दुर्घटनामा परी हराइरहेका १ जनाको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ । कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ गते दुर्घटनास्थलमा खोज तथा उद्धारमा खटिएको...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...