×

X
Nic Asia
Dabur
Prabhu Bank

कर्णाली प्रदेश : एमालेको प्रतिनिधिसभा सांसद शून्य

काठमाडाैं | मंसिर १०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि १२ निर्वाचन क्षेत्र छन् । सुर्खेत र दैलेखमा दुई/दुई निर्वाचन र अन्य आठ जिल्लामा एक निर्वाचन क्षेत्र कायम छन् । सबै क्षेत्रको निर्वाचन प्रक्रिया अन्तर्गत मतगणना सम्पन्न भइसकेको छ । 

yONNEX
LAxmi BAnk
nabil BANK inside

मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा देशैभरि झैं कर्णालीमा लोकतान्त्रिक वाम–गठबन्धन र नेकपा एमालेबीच नै प्रतिस्पर्धा भयो । यो चुनावमा केही जिल्लामा राप्रपाले आफ्नो विगत फर्काउन सफल भयो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

पाँच वर्षअघि विसं २०७४ मा नेकपा एमाले र माओवादी केन्द्रबीचको तालमेल भएको थियो । निर्वाचनमा एमाले र माओवादीको तालमेलका कारण कर्णालीका निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस ‘क्लिस्वीप’ भएको थियो । तत्कालीन अवस्थामा प्रदेशसभामा हालका मुख्यमन्त्री जीवबहादुर शाही मात्र प्रत्यक्षबाट निर्वाचित भएका थिए । 

प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मङ्सिर ४ गतेको नतिजा भने विगतकै जस्तो तर ठिक उल्टो आएको छ । यस पटकको निर्वाचनबाट पाँच वर्षअघि माओवादी केन्द्रसँग तालमेल गरेको एमाले सिङ्गो कर्णालीबाट ‘क्लिस्वीप’ हुँदा कांग्रेस भने माथि उठेको छ । माओवादी केन्द्रले जुम्ला, हुम्ला, कालिकोट, जाजरकोट र रुकुमपश्चिम जितेको छ ।


Advertisment
Saurya island

नेपाली कांग्रेसले मुगु, दैलेख क्षेत्र नं २ र सुर्खेत क्षेत्र नं १ र २ मा विजय हासिल गरिसकेको छ । नेकपा एकीकृत समाजवादीले डोल्पा, दैलेख क्षेत्र नं १ र सल्यानमा आफ्नो जित हात पारिसकेको छ । एमालेले भने कर्णालीका १० जिल्लामा रहेका १२ निर्वाचन क्षेत्र मध्ये कतै पनि जीत हात पार्न नसक्दा शून्यमा झर्नुपरेको छ । 

जुम्लामा राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाहीले २२ हजार ८१९ मत प्राप्त गर्दा गठबन्धन दलका उम्मेदवार गोमा गौतम कुँवरले ११ हजार ९५९ मत प्राप्त गरे । यहाँ गठबन्धनको पराजय भएको छ । यसअघि नेकपा माओवादी केन्द्रका गजेन्द्रबहादुर महत सांसदमा निर्वाचित भएका थिए । 

Vianet communication
IME BANK INNEWS

सुर्खेत क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी भएका छन् ।  खड्काले ४२ हजार ६०७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ध्रुवबहादुर शाहीले ३० हजार ९८८ मत प्राप्त गरे ।

सुर्खेत क्षेत्र नं २ मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता हृदयराम थानीले नेकपा एमालेका अमृतबहादुर बुढाक्षेत्रीलाई पाँच हजार ६७ मतान्तरले पछि पार्दै ३४ हजार ६२५ मतले विजय भए । 

जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा शक्तिबहादुर बस्नेतले ३४ हजार १५१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नीरजप्रसाद आचार्यले २५ हजार १२० मत प्राप्त गरे । 

रुकुमपश्चिममा नेकपा माओवादीका जनार्दन शर्माले ३९ हजार ५४९ मत ल्याउँदा नेकपा एमालेका नन्दराम देवकोटाले १२ हजार ९६१ मत ल्याएर पराजित भए । 

सल्यानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले ३५ हजार ७०० मत ल्याएर विजय भए । 

त्यस्तै, दैलेख क्षेत्र नं १ बाट गठबन्धनका साझा उम्मेदवार अम्मरबहादुर थापाले १८ हजार २५६ मत ल्याएर विजयी भए । त्यस्तै दैलेख क्षेत्र नं २ मा गठबन्धनकै साझा उम्मेदवार नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले २० हजार १५८ मत ल्याएर विजय भए । 

नेकपा एमालेको गढ मानिएको दैलेखका दुवै क्षेत्रको विरासत यस पटकको लोकतान्त्रिक वाम–गठबन्धनले तोडिदिएको छ । 

 कालीकोटमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले २४ हजार ४७४ मत प्राप्त गरी विजय भए । उनका प्रतिस्पर्धी नेकपा एमालेका नगिन्द्र शाहीले १६ हजार ४१० मत प्राप्त ल्याएर पराजित भए । 

डोल्पा गठबन्धनका साझा उम्मेदवार धनबहादुर बुढाले ११ हजार २९२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका गणेशबहादुर शाहीले पाँच हजार ५०५ मत प्राप्त गरी पराजित भए । 

हुम्लामा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका छिरिङ डम्डुल लामा नेकपा (एमाले) का दल रावललाई चार हजार ८५५ मतान्तरले पछि पार्दै विजयी भए । 

मुगुमा नेपाली कांग्रेसका ऐनबहादुर शाहीले नेकपा एमालेका राजबहादुर कार्कीलाई तीन हजार ९९४ मतान्तरले पछि पार्दै १४ हजार ७०२ मत ल्याएर विजयी भए । 

नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले कर्णालीका अग्रगामी जनताको मतले अपेक्षित परिणाम प्राप्त भएको जनाए । नेकपा एमाले सुर्खेत क्षेत्र नं २ प्रदेश ९१० बाट निर्वाचित प्रदेशसभा सदस्य यामलाल कँडेलले गठबन्धनका नाममा एमालेमाथिको घेराबन्दीले कर्णालीमा एमालेका लागि अनपेक्षित नतिजा आएको प्रतिक्रिया दिए । 

एमालेभित्रको विभाजन र लोकतान्त्रिक वाम–गठबन्धनका कारण कर्णालीमा एमाले शून्य भएको राजनीतिक विश्लेषक पिताम्बर ढकाल बताउँछन् । 

निर्वाचन आयोग नेपालको सार्वजनिक तथ्याङ्क अनुसार हाल कर्णालीका १० जिल्लाको १० लाख ८५ हजार ४०३ मतदातामध्ये ६ लाख ६२ हजार ९५ ले मतदान गरेका थिए । 

hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ २१, २०७९

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । ललितपुरको बालकुमारीमा आजबाट शुरु भएको बैठक भोलिसम्म जारी रहनेछ । बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र महासचिव ...

माघ २१, २०७९

उचित मूल्य नपाएको भन्दै चितवनका किसानहरूले सडकमा तरकारी फालेकोबारे आएका समाचारहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि तथा पशुपन्छी मन्त्रालयको ध्यानाकर्षण गराउँदै किसानका माग सम्बोधनको ...

माघ २१, २०७९

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ४ मंसिरको निर्वाचनमा पार्टीले सोचेजस्तो नतिजा नआएको बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले प्रत्यक्षमा १० सिट जिते पनि पार्टीले ३ प्रतिशत थ्रेसहो...

माघ २१, २०७९

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक शनिवार बस्दैछ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक ललितपुरको बालकुमारीमा बस्न लागेको २ दिवसीय बैठक पार्टीका अध्यक्ष माधवकुमार नेपालले दिउँसो &nb...

माघ २१, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । शनिवार बिहान बालुवाटारमा प्रचण्ड र ओलीबीच राष्ट्रपति निर्वाचन, गृहमन्त्रीको नियुक्ति लगायत विषय...

माघ २१, २०७९

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज शनिवार दिउँसो बस्दैछ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । यसअघि बिहीवार बसेको बैठक...

म, तपाईं, उहाँ, हामी सबै भ्रष्टाचारी !

म, तपाईं, उहाँ, हामी सबै भ्रष्टाचारी !

माघ २१, २०७९

सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...

प्रिय रवि, तिमी सपनाको हत्या गर्दैछौ !

प्रिय रवि, तिमी सपनाको हत्या गर्दैछौ !

माघ २०, २०७९

मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...

प्रचण्डकै नेतृत्वमा फर्काउन सम्भव छ माओवादीको पुरानो साख !

प्रचण्डकै नेतृत्वमा फर्काउन सम्भव छ माओवादीको पुरानो साख !

माघ १९, २०७९

– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...

ad
x