माघ १३, २०७९
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रयोग गर्दै आएको नागरिकता प्रमाणपत्र अवैध रहेको ठहर गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानि...
काठमाडाैं | मंसिर २१, २०७९
जनमत पार्टीका अध्यक्ष सीके राउतले राजनीतिक भेटवार्तालाई जारी राखेका छन् । निर्वाचनमा विजयी भएलगत्तै काठमाडौं आएका सीकेले राजनीतिक भेटवार्तालाई जारी राखेका हुन् ।
सोही क्रममा बुधबार जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग छुट्टाछुट्टै भेटवार्ताका गरेका छन् । यस्तै सीकेले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेको महासचिव चन्द सिंहले जानकारी दिए ।
उनका अनुसार सबै भेट छुट्टाछुट्टै भएको हो । भेटमा राजनीतिक कुराकानीका साथै बधाई साटासाट पनि भएको उनको भनाइ छ । मंसिर ४ को निर्वाचनमा सीके राउतले सप्तरी २ मा जसपाका अध्यक्ष यादवलाई हराएका थिए । उनै यादवलाई सीकेले बुधबार भेट गरेका हुन् । सो क्रममा सीकेलाई यादवले एक पुस्तक समेत हस्तान्तरण गरेको बताइएको छ।
यस्तै आफूलाई मुल धारको राजनीतिमा ल्याउने ओलीसँग पनि सीकेले भेटवार्ता गरेका हुन् । ओलीले प्रधानमन्त्री भएको बेला स्वतन्त्र मधेसको अभियान चलाइरहेका सीकेलाई मूलधारको राजनीतिमा ल्याउने काम गरेका थिए ।
सीके राउतले काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित दर्जन बढी नेताहरुसँग भेटवार्ता गरिसकेका छन् । राउतले हाल कायम सत्ता गठबन्धनसँग सहकार्य गरेर सरकारमा जाने आकांक्षा देखाएका छन् ।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रयोग गर्दै आएको नागरिकता प्रमाणपत्र अवैध रहेको ठहर गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानि...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– शनिबार नेपालका सबै सरकारी वेबसाइट डाउन भएका छन्। सबैजसो सरकार...
नागरिकता मुद्दामा दोषी पाइएपछि गृहमन्त्री रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद गुमेको छ । पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीको शपथ लिएका रविको पद ३२ दिनमै गएको हो । सर्वोच्चका कामु प्रधा...
राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन् । शुक्रबार राति बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले श्रममन्त्री समेत रहेका उपसभापति अर्याललाई कार्यवाहकको जिम्मेवारी दिने निर्णय ग...
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले छिटो राष्ट्रपतिको निर्वाचन गरी अहिले देखिएको संशयको घेरालाई तोड्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै खड्काले दायाँबायाँ नसोची फागुन २८ भित्रै राष्ट्रपत...
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दिउँसो करीब साढे एक बजे नै सुनुवाइ सकिए पनि साँझ सवा ५ बजेसम्म कुनै निर्णय आएको छैन । फैसलाको प्रतीक्षा भइरहेका बेला सर्वोच्च ...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...