माघ २०, २०७९
रुसले चीन र दक्षिण अफ्रिकासँग मिलेर हिन्द महासागरमा गर्न लागेको संयुक्त सैन्य अभ्यासमा खतरनाक हाइपरसोनिक जिर्कोन क्षेप्यास्त्र पनि प्रक्षेपण गर्ने भएको छ । ध्वनिको भन्दा नौ गुणा बढी गतिमा उड्न सक्षम जिर्कोन क्...
युक्रेनविरुद्ध रुसले चलाइरहेको सैन्य कारवाही केही समय अझै लम्बिने रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।
बुधवार काउन्सिल अफ सिभिल सोसायटी यान्ड ह्युमन राइट्सको बैठकमा उनले युक्रेनमा रुसले लिएको सबै लक्ष्य पूरा हुन समय लाग्ने बताए । तर रुसले प्रमुख लक्ष्य हासिल गरिसकेको उनको भनाइ छ ।
यो द्वन्द्व सन् २०१४ मा शुरू भएको पुटिनले दाबी गरे । त्यो वर्ष युक्रेनमा कू गरेर तत्कालीन राष्ट्रपतिलाई अपदस्थ गरिएको थियो ।
डोनबास क्षेत्रमा दुई स्वघोषित गणतन्त्र डोनेत्स्क र लुगान्स्कको प्रतिरक्षाका लागि फेब्रुअरीमा रुसले आक्रमण गर्नुपरेको पुटिनको भनाइ छ । ती दुई गणतन्त्रका साथै खर्सन र जापोरिजाले रुसमा मिसिनका लागि मत दिइसकेका छन् ।
‘यी नयाँ भूभागहरू रुसका लागि प्रमुख सफलता हुन्,’ पुटिनले बताए । ‘महान् सम्राट् पिटरले पनि आजोभ सागरमा पहुँचका लागि कोशिश गरेका थिए अहिले त्यो सागर रुसको अंग बनेको छ ।’
‘सबभन्दा महत्त्वपूर्ण कुरा, ती ठाउँमा बस्ने मान्छेले जनमतसंग्रहमार्फत आफूहरू रुसमा बस्न चाहेको बताए र उनीहरू हाम्रो संसारको एक अंग हुन्,’ पुटिनले भने । ‘उनीहरू अहिले हामीसँग छन्, त्यही नै यस कारवाहीको सबभन्दा ठूलो उपलक्धि हो ।’
थप सैनिक परिचालनको चर्चा अर्थहीन रहेको पनि पुटिनले बताए । अहिले ३ लाखभन्दा बढी जगेडा सैनिकहरूलाई सेनामा दर्जा दिएर भित्र्याइएको छ । त्यो संख्या पर्याप्त भएको पुटिनले बताए ।
अझ डोनबासमा वर्षौंदेखि लड्दै आएका कतिपय विद्यार्थीले पढाइ सक्नका लागि सैन्य सेवा परित्याग गर्न खोजेका छन् ।
अहिले सैन्य कारवाहीमा आपत्ति जनाउने पश्चिम युरोपेली नेताहरूलाई आफूले सन् २०१४ पछि युक्रेनमा शान्ति प्रक्रियाको प्रत्याभूति दिलाउन भन्दा उनीहरू मौन बसेको आरोप पुटिनले लगाए ।
रुसले चीन र दक्षिण अफ्रिकासँग मिलेर हिन्द महासागरमा गर्न लागेको संयुक्त सैन्य अभ्यासमा खतरनाक हाइपरसोनिक जिर्कोन क्षेप्यास्त्र पनि प्रक्षेपण गर्ने भएको छ । ध्वनिको भन्दा नौ गुणा बढी गतिमा उड्न सक्षम जिर्कोन क्...
युरोपेली सङ्घ (ईयू) ले आफ्नो स्वीकृत खाद्य पदार्थको सूचीमा नयाँ उत्पादन थप गरेपछि कतारले भने कीराफट्याङ्ग्रा सेवनमा धार्मिक प्रतिबन्धलाई पुनः पुष्टि गरेको छ । कतारको स्वास्थ्य मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी ...
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले बढ्दो आर्थिक सङ्कटसँग जुधिरहेका बेला सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को कर्जा सम्झौतासम्बन्धी शर्तमा सहमति जनाउनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)...
भारतको अयोध्यामा नेपालबाट लगिएको शालिग्राम शिलाको बिहीवार धुमधाम पूजा गरिएको छ । शिलालाई रामसेवकपुरममा कडा सुरक्षा व्यवस्थाका साथ राखिएको छ । यसैबीच शिलाको विषयमा विवाद पनि शुरू भएको छ...
पतंजलि योगपीठका योगगुरु स्वामी रामदेव विवादमा परेका छन् । भारतमा आयोजित एक धर्मसभामा दिएको अभिव्यक्तिका कारण यतिबेला उनको आलोचना भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सनातन हिन्दू धर्मलाई सर्वश्रेष्ठ...
युरोपेली सङ्घ (ईयू) का सदस्य राष्ट्रहरूले रूसी पेट्रोलियम पदार्थको मूल्य नियन्त्रणका लागि शुक्रबार एक सम्झौताका लागि पहल थालेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि गरेको आक्रमणलाई नियन्त्रण ग...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...