×

Nic Asia
Dabur
Prabhu Bank

ओलीको 'सर्जिकल स्ट्राइक'

जब ओलीले प्रचण्डलाई भने– तपाईंलाई यहाँ ल्याउन त 'क्रेन' नै लगाउनुपर्‍यो नि !

ओली र प्रचण्डलाई दोस्रोपटक मिलाउने ५ सारथि, अनि रवि लामिछाने 'कनेक्सन'

काठमाडाैं | पुस ११, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

आइतवार मध्याह्नसम्म सत्ताको पासा यसरी पल्टेला भन्ने आकलन कमैले गरेका थिए । कांग्रेस नेतृत्वको गठबन्धनमा तारन्तार छलफल जारी थियो । गठबन्धनको औचित्य बाँकी रहेको दाबी नेताहरूले गरिरहकै थिए ।

yONNEX
IME BANK INNEWS

तर, मध्यान्नबाट दिन बिस्तारै ढल्किँदै गर्दा सत्ताको पासा यसरी पल्टियो कि धेरैले चित् खाए, के भयो हँ ? कांग्रेसको सिंगो पंक्ति स्तब्ध भयो । एमाले र माओवादी वृत्तमा उत्साह भरिँदै गयो । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा दिउँसो ४ नबज्दै एमालेको सहयोगमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने निर्णय भयो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

शनिवार दिउँसोसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सार्वजनिक मञ्चबाट गाली गरिरहेका थिए । त्यसको २४ घण्टा पनि नबित्दै कसरी सहकार्य सम्भव भयो ? आश्चर्यसहित धेरैले गर्ने यही प्रश्न उत्तर यहाँ समेटिएको छ । 

एमालेको गुपचुप मुभ


Advertisment
Lokantar App
Saurya island

निर्वाचनको नतिजा आएपछि सरकार गठनको विषयमा एमालेका नेताहरूले भन्ने गरेको एउटै वाक्यांश थियो– हामी पर्ख र हेरको अवस्थामा छौं । तर, एमालेका नेताहरू पर्खेर हेरिरहेका मात्रै थिएनन् । सम्भव भएसम्मका सबै प्रयास गरिरहेका थिए ।

ओलीका विश्वासपात्र नेताहरू विष्णु पौडेल, शंकर पोखरेल र विष्णु रिमाल फिल्डमा थिए । तर, उनीहरूले कुनै पनि चाल बाहिरिन दिएनन् । माओवादी केन्द्रका नेताहरूलाई भेटेको विषयमा प्रश्न गर्दा सिधै नकार्थे र भन्थे– ‘मलाई कोट गरेर लेख्नुहोला, एमाले यसपटक प्रमुख प्रतिपक्षी हो ।’

Vianet communication

एमालेका नेताहरूले केहीपटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटे, तर त्यो भेटबारे कुनै कुरा सार्वजनिक भएन । केपी ओलीले बधाई दिन गरेको फोन सत्ता बार्गेनिङका लागि प्रयोग गरेको भनेर शुरूमा बालकोट रूष्ट थियो । पछि भने भेटवार्ता गोप्य राख्ने शर्तमा प्रचण्डसँग केहीपटक भेट भएको एमालेका एक नेताले स्वीकारे । एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रचण्डसँग संवाद गरेका थिए । 

यता माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दुईपटक बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेको ती नेताले जानकारी दिए । माओवादी केन्द्रका महासचिव देव गुरुङ बालकोट गएको कुरा भने सार्वजनिक भएको थियो ।

पछिल्लो समय एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेता निरन्तर सक्रिय रहे । ‘प्रचण्ड गठबन्धनको बैठकमा गइरहनुभएको कारण उहाँसँग भेट्नु उपयुक्त थिएन । दोस्रो तहका नेतामार्फत संवादमा थियौं’, ती नेताले भने ।

रवि लामिछानेले पनि एमाले अध्यक्ष ओलीसँग एकपटक र दोस्रो तहका नेताहरूसँग केही राउन्ड संवाद गरेका थिए ।

सहमति बनाउने प्रयासबारे जानकार एक नेताले भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीको सन्देश लिएर लामिछानेले प्रचण्डलाई भेटेका थिए । लामिछानेचाहिँ केपी ओली नै प्रधानमन्त्री हुनुपर्छ भन्ने पक्षमा थिए । तर, त्यस्तो परिस्थिति नबन्दा प्रचण्डलाई पनि सहयोग गर्न सकिने उनको कुरा थियो ।’

त्यसबाहेक, एमालेका नेताहरू राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतसँग पनि निरन्तर संवादमा थिए ।

‘माओवादीबाहेक हामी १३३ सीटको समर्थन लिएर बसेका थियौं । माओवादी केन्द्रका नेताहरू संवादमा थिए । कांग्रेसले पनि विभिन्न प्रस्ताव पाठइरहेको थियो’, एमालेका ती नेताले भने । 

ओली र प्रचण्डबाट उस्तै आशयको जवाफ आएपछि बालुवाटारमा एक्कासि सन्नाटा छायो । ओलीलाई पर्खिएर बसेका नेताहरूको पसिना छुट्यो । त्यतिबेला उनीहरूले बल्ल थाहा पाए– ओलीको ‘सर्जिकल स्ट्राइक’ले सत्ताको शक्ति बालकोट पुगिसकेको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा पनि टेलिफोन संवादमा थिए । ओलीले देउवालाई भनेका थिए, ‘प्रचण्डलाई सत्ता बाहिर राख्नुपर्छ । तपाईं हामी मिलेर सरकार बनाउने हो । ढुक्क हुनुस् । प्रचण्डलाई प्रधानमन्त्री दिने कुरै हुन्न ।’

देउवाले नपेलेसम्म प्रचण्ड कांग्रेससँगको सहकार्य तोड्न तयार हुँदैनन् भन्ने ओलीको बुझाइ थियो । जुन सही पनि सावित भयो ।

ओलीको कुरा ढुक्कसँग विश्वास गरेका देउवा आफू प्रधानमन्त्री हुनेमा विश्वस्त थिए । आइतबार दिउँसो पनि ओली र देउवाबीच संवाद भएको थियो । ओलीले आफू दिउँसो ३ बजे बालुवाटार आउने भन्दै समय दिएका थिए । समय नै तोकेर बालुवाटार आउने भनेपछि गठबन्धन बैठकमा देउवा टसमस भएनन् ।

अघिल्लो दिन सार्वजनिक समारोहबाटै प्रचण्ड प्रधानमन्त्री हुने सम्भावना टरेको बताएर ओलीले एकातिर प्रचण्डलाई प्रेसर क्रिएट गरेका थिए भने अर्कातर्फ देउवालाई यिनीहरू मिल्दैनन् भन्ने पार्न पनि सफल भएका थिए । दोउवाको बुझाइ तत्काल ओली–प्रचण्ड मिल्दैनन् भन्ने नै थियो ।

प्रचण्ड बालुवाटारबाट खुमलटार हुँदै बालकोट पुगेपछि देउवाले ओलीलाई फोन गरे । ओलीले भने प्रचण्ड आउँदै गरेको र उनको कुरा सुनेपछि मात्रै जवाफ दिने बताइदिए । 

बालकोटमा छलफल भइरहँदा ओलीलाई ५ वर्ष नै प्रधानमन्त्री बनाइदिने गरी लिखित सहमति दिने भन्दै देउवाले फोन गरेका थिए । 

यस्तै आशयको फोन सँगै रहेका प्रचण्डलाई पनि आएको थियो । तर, प्रचण्डले अहिलेका लागि आफू निकै अगाडि बढिसकेको भन्दै फेरि त्यस्तो परिस्थिति बनेमा छलफल गर्ने जवाफ दिए ।

ओली र प्रचण्डबाट उस्तै आशयको जवाफ आएपछि बालुवाटारमा एक्कासि सन्नाटा छायो । ओलीलाई पर्खिएर बसेका नेताहरूको पसिना छुट्यो । त्यतिबेला उनीहरूले बल्ल थाहा पाए– ओलीको ‘सर्जिकल स्ट्राइक’ले सत्ताको शक्ति बालकोट पुगिसकेको थियो ।

के–के भयो बालकोटमा ? 

प्रचण्ड बालुवाटारबाट ‘गठबन्धनको औचित्य सकियो’ भनेर बाहिरिएपछि बालकोट जान लागेको खबर सार्वजनिक भयो ।

आइतवार दिउँसो सबैभन्दा पहिले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन ओलीनिवास बालकोट पुगेका थिए । 

उनी सरकारलाई समर्थन गर्ने वचन दिएर फर्किए । लिङ्देन बालकोटमै हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई पनि बालकोट पुगेका थिए । 

त्यसपछि माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन बालकोट पुगे ।

ओलीसँग उनीहरूको प्रारम्भिक कुराकानी भएपछि सचिवालयको टीमसहित प्रचण्ड बालकोट पुगेका थिए ।

ओली निवासको बैठक कक्षमा प्रचण्ड प्रवेश गर्दैगर्दा ओलीले भनेका थिए, ‘तपाईंलाई त क्रेन नै लगाएर यहाँ ल्याउनुपर्‍यो । कति गाह्रो भएको हो यहाँ आउन ?’

प्रचण्डले मुस्कुराउँदै रवि लामिछानेतर्फ हेर्दै जवाफ दिए, ‘आउन खोज्दै थिएँ । रविजीले पनि बालकोट आउनुपर्‍यो भन्नुभएको थियो ।’

प्रचण्ड बोलिनसक्दै रविले भने, ‘अध्यक्ष (केपी शर्मा ओली)ज्यूकै प्रस्तावमा त म तपाईंलाई भेट्न गएको हुँ ।’

यससँगै बैठकमा रहेका नेताहरूका बीचमा स्वागत अभिवादन आदानप्रदान भयो । केही अनौपचारिक कुराकानी भए ।

बैठकलाई औपचारिकता दिँदै एमाले अध्यक्ष ओलीले संवाद शुरू गरे । आफ्ना केही कुरा राखे । 

ओलीले भने, ‘यसअघि कहाँ के भयो, कसले के गर्‍यो, त्यो विषयमा कम्तीमा आजको ५ बजेसम्म कुरा नगरौं ।’

ओलीलाई बीचमै हस्तक्षेप गर्दै रवि बोले– किन ५ बजेसम्म मात्रै ? आगामी ५ वर्ष नै विगतका कुरामा नजाऔं न । अब भविष्यका कुरा मात्रै गरौं ।

त्यसपछि ओलीले प्रचण्डतिर हेर्दै भने, ‘प्रधानमन्त्री हुनुपर्‍यो भनेर आउनुभएको होइन त ?’

प्रचण्डले थोरै रोकिएर भने, ‘खासमा त्यही कुरो हो । यसमा लुकाउनुपर्ने के नै छ र ?’ प्रचण्ड धेरै बोलेनन् । 

ओलीले बैठक कक्षमा रहेका अरूलाई सोधे, ‘उहाँ प्रधानमन्त्री बन्ने भन्नुहुन्छ, के छ तपाईंहरूको विचार ?’

बैठकमा रहेका रवि लामिछानेले भने, ‘मैले त एमाले अध्यक्षलाई नै प्रधानमन्त्री बनाऔं भनेको हो । तर, उहाँ (प्रचण्ड) प्रधानमन्त्री हुँदा पनि हाम्रो साथ रहन्छ ।’ 

बैठकमा छलफल हुँदै गर्दा प्रचण्डले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पनि बोलाउन लगाए । प्रचण्डलाई प्रधानमन्त्री बनाउने र एजेन्डामा आधारित रहेर सहकार्य गर्ने सहमति बन्यो । 

ओलीले फेरि सोधे, ‘यति भएपछि राष्ट्रपति र सभामुख भन्ने चिजचाहिँ एमालेले पाउँछ होला नि ?’

ओलीको प्रस्तावमा प्रचण्डले थोरै अब्जेक्सन जनाए । उनले भने– सभामुख पनि आधा–आधा कार्यकाल गर्ने कि ?

ओलीले जवाफ दिए– त्यसो भए कार्यकाल (सभामुख)को कुरा पछि नै गरौंला । ओलीको सहमति नै रहेको बुझेर प्रचण्डले थप प्रतिबद्धता खोजेनन् ।

अन्तिममा राष्ट्रपति र सभामुख दुवै एमालेले नै पाउने गरी सहमति बनेको बैठकमा सहभागी एक नेताले बताए । 

‘सर्जिकल स्ट्राइक’का ५ सारथि

यो सहकार्य सम्भव तुल्याउने मुख्य ५ पात्रहरू छन् । एमालेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रका महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन ‘अनन्त’ । 

एमालेका नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शमा राजनीतिक मुभ चालिरहेका थिए । माओवादी केन्द्रमा भने वर्षमान पुन नै निर्णायक जस्ता थिए ।

त्यसपछि ओलीले प्रचण्डतिर हेर्दै भने, ‘प्रधानमन्त्री हुनुपर्‍यो भनेर आउनुभएको होइन त ?’ प्रचण्डले थोरै रोकिएर भने, ‘खासमा त्यही कुरो हो । यसमा लुकाउनुपर्ने के नै छ र ?’ प्रचण्ड धेरै बोलेनन् ।  ओलीले बैठक कक्षमा रहेका अरूलाई सोधे, ‘उहाँ प्रधानमन्त्री बन्ने भन्नुहुन्छ, के छ तपाईंहरूको विचार ?’

मंसिर ४ मा भएको निर्वाचनको नतिजा आएसँगै सरकार गठन र नेतृत्व चयनका विषयमा दलहरू आन्तरिक र अन्तरपार्टी संवादमा थिए ।

चुनावअघि पानी बाराबारको सम्बन्धमा रहेका ओली र प्रचण्डबीच संवादको ढोका एमाले अध्यक्ष ओलीले नै खोलेका थिए । 

मंसिर १० मा उनीहरूबीच टेलिफोन संवाद भयो र बधाई साटासाट गरे । अहिलेको सहकार्यको प्रस्थानबिन्दु नै त्यही थियो । 

कांग्रेसप्रति माओवादी बुझाइ

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सत्ता गठबन्धनबाटै प्रधानमन्त्री बन्न चाहन्थे । तर, निर्वाचनको नतिजापछि माओवादीभित्र दुई धार थियो ।

लमजुङबाट चुनाव हारेका महासचिव देव गुरुङ र अर्का नेता वर्षमान पुन कांग्रेससँग लामो समय सहकार्य गर्न नसकिने निष्कर्षसहित एमालेसँग संवादमा थिए । उनीहरूलाई वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको साथ रह्यो ।

अर्को खेमा, अर्थमन्त्री जनार्दन शर्मा र शक्ति बस्नेतहरू भने कांग्रेस नेतृत्वको गठबन्धन नै कायम राख्नुपर्ने पक्षमा थिए । कांग्रेसको सहयोगमा चुनाव लडेर सरकार बनाउन एमालेको खेमामा जानु ‘अनैतिक’ हुने उनीहरूको तर्क थियो ।

माओवादीभित्रको पछिल्लो उकुसमुकुस सुनाउँदै एक नेताले भने, ‘कांग्रेससँग मिलेर सरकार बनाउँदा पार्टी बन्दैन । अर्को चुनावमा कांग्रेसले सँगै लैजाँदैन । त्यसबेला एमालेले पनि विश्वास गर्दैन । सकेसम्म एमालेसँगै मिलेर सरकार बनाउनुपर्छ भन्ने मत ठूलो थियो । अध्यक्षले त्यसलाई स्वीकार्नुभएको थिएन ।’

अर्कातर्फ, कांग्रेसको सहयोगमा प्रधानमन्त्री हुँदा कमजोर हुने र कांग्रेसले सडक र सदन दुवैतर्फबाट अप्ठ्यारोमा पार्न सक्ने विश्लेषण माओवादीमा थियो । 

‘कांग्रेसमा संस्थापनइतर खेमा आक्रामक हुँदै आएको छ । गगन र विश्वप्रकाशहरूले सडक र सदन दुवै ठाउँबाट कस्ने रणनीति अपनाउँछन् । कांग्रेसकै सहयोगमा सरकार बनाउँदा पनि नतिजामुखी काम गर्न सकिँदैन भन्ने विश्लेषण थियो’, ती नेताले भने ।  

तर, अझै पनि प्रचण्ड भने कांग्रेसकै सहयोगमा प्रधानमन्त्री हुन चाहन्थे । एमालेलाई साइजमा राख्नुपर्छ भन्ने मनोविज्ञानले उनलाई कांग्रेसतिरै नजिक पुर्‍याइरहेको थियो । अर्को कुरा चुनावअघिको गठबन्धन तोडिहाल्ने उपयुक्त बहाना पनि उनलाई थिएन ।

पछिल्लो राजनीतिक घटनाक्रममा प्रत्यक्ष सहभागी रहेका एक नेता भन्छन्, ‘कतिपय विषयमा भारतीय र अमेरिकी दबाब पनि प्रचण्डले महसूस गरेको हुनुपर्छ । कांग्रेसको सहयोगमा प्रधानमन्त्री हुँदा शक्ति केन्द्रको घेराउमा परिँदैन भन्ने पनि प्रचण्डको बुझाइ थियो ।’

तर, कांग्रेसका नेताहरू भने प्रचण्डलाई कुनै हालतमा प्रधानमन्त्री नदिने पक्षमा थिए । प्रधानमन्त्री पत्नी डा. आरजू राणा, नेताहरू विमलेन्द्र निधि, डा. प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्की भने जसरी पनि शेरबहादुर देउवालाई नै प्रधानमन्त्रीमा दोहोर्‍याउने प्रयासमा थिए ।

पहिलो कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री छाड्ने भनेर दिएको वचनबाट देउवा अन्तिम समयमा पछि हटे । त्यो नै प्रचण्डलाई बालकोटमा पुर्‍याउने निर्णायक क्षण बन्यो । 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ५, २०७९

नेदरल्यान्ड्सको द हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाउँदै शुक्रवार (१७ मार्च) पक्राउपुर्जी जारी गरेको छ ।  पुटिनले गैरकानूनी...

चैत ९, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ फागुनमा विश्वासको मत लिएलगत्तै सरकार विस्तार गर्ने भनिए पनि शुरूबाटै समस्या देखिएका छ ।  सधैँजसो भागबण्डाको सकस, प्रभावशाली मन्त्रालयको स्वार्थ, धेरै द...

चैत ७, २०७९

चीनका राष्ट्रपति सी चिनपिङले गरेको मस्को भ्रमण अभूतपूर्व रूपमा तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि गरेको पहिलो विदेश भ्रमण मात्र हैन । यो भ्रमण कुन परिस्थितिमा भइरहेको छ भन्ने कुरा महत्त्वपूर्ण छ ।  अहि...

चैत ८, २०७९

विश्व व्यवस्थामा क्रान्तिकारी परिवर्तन आउन लागेको सन्देश दिने गरी चीनका राष्ट्रपति सी चिनपिङले तीनदिने रुस भ्रमण टुंग्याएका छन् ।  उक्त भ्रमणमा सीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकै आत्मीय व्यवहार देख...

चैत ३, २०७९

गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा जसपा नेता रामसहायप्रसाद यादव विजयी भएका छन् । शुक्रवार सम्पन्न निर्वाचनमा यादवले ३० हजार ३२८ मत प्राप्त गर्दा उनकी निकटतम् प्रतिद्वन्द्वी अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मत प्राप्त...

चैत ६, २०७९

अमेरिकाले इराकमाथि युद्ध शुरू गरेको आज २० वर्ष पूरा भएको छ ।  तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले इराकमा आमविनाशकारी हतियार रहेकाले संसारलाई गम्भीर खतरा पुगेको जिकिर लिँदै आक्रमणलाई जायज ठ...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x