×

Nic Asia
Dabur
Prabhu Bank

वाम ध्रुवीकरणमा जटिलता

प्रचण्ड र एमालेले ताकेता गर्दागर्दै पनि दोधारमा माधव नेपाल

काठमाडाैं | पुस १३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

आइतवार बालुवाटार बैठकमा नेपाली कांग्रेससँगको गठबन्धनको औचित्य सकिएको घोषणा गरेर निस्किएपछि प्रधानमन्त्री निवास बालुवाटार परिसरमै माधवकुमार नेपाल, झलनाथ खनाल र प्रचण्डले केहीबेर मन्थन गरे ।

yONNEX
IME BANK INNEWS

कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको बटमलाइन नछाडेपछि धोका दिएको भन्दै गठबन्धनको औचित्य सकिएको भनेर प्रचण्ड बैठकबाट बाहिरिएका थिए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

बैठककक्ष बाहिर भएको मन्थनमा प्रचण्डले प्रस्ताव गरे, ‘देउवाले धोका दिए । अब केपी ओलीसँग तीनै जना बसेर छलफल गरौं ।’

माधव नेपालले नै बताएअनुसार उनी प्रचण्डको मध्यस्थतामा केपी ओलीसँग संवाद गर्न तयार भएका थिए । ओलीसँग छलफल गर्नुअघि एकीकृत समाजवादीको बैठक राख्ने, सहमति लिने र सँगसँगै रवि लामिछाने, राजेन्द्र लिङ्देन र उपेन्द्र यादवसँग पनि छलफल गर्ने योजनासहित नेपाल आइतवार दिउँसो एकीकृत समाजवादीको कार्यालयमा पुगेका थिए ।


Advertisment
Lokantar App
Saurya island

माओवादी केन्द्रका अध्यक्ष भने केपी ओलीसँग संवादको वातावरण बनाउने भन्दै खुमलटार फर्किएका थिए । माधव नेपालले बताएअनुसार तीनकुनेस्थित आलोकनगरमा रहेको एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेर नेपालले आफ्नो पार्टीको सचिवालय बैठक बोलाए । रवि लामिछाने, राजेन्द्र लिङ्देन र उपेन्द्र यादवलाई फोन गरे । रवि लामिछानेले आफू बालकोटमा केपी ओलीलाई भेट्न जान लागेको जानकारी दिए । 

त्यसबेला नेपाललाई लाग्यो, बालकोटमा केही विशेष बनेको छ । उनी प्रचण्डको फोन पर्खिएर बसे तर दिउँसो अबेरसम्म फोन आएन । सञ्चारमाध्यममा खबर आयो – प्रचण्ड बालकोटमा छन् ।

Vianet communication

यो खबर सार्वजनिक हुँदै गर्दा माधव नेपाल मात्रै होइन, कांग्रेसका नेताहरूको पसिना छुट्यो । उनीहरूले माधव नेपालको सहयोग मागे । त्यतिबेला धेरै ढिलो भइसकेको थियो । माधव नेपाल आफैं अन्योलमा त थिए नै कांग्रेस र माओवादी दुवैले आफूलाई धोका दिएको निष्कर्ष उनको थियो ।

सरकार गठनका लागि छलफल गर्न बोलाएको सचिवालय बैठकबाट उनले बदलिएको राजनीतिक परिस्थितिमा ‘पर्ख र हेर’को नीतिमा रहने निर्णय गराए । केपी ओली र प्रचण्डले काँध मिलाएपछि माधव नेपाल अहिले दोधारमा छन् । 

प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले माधव नेपाललाई सरकारमा सहभागी हुन पटक–पटक आग्रह गरेका छन् । माधव नेपालले स्पष्ट जवाफ दिइसकेका छैनन् तर केपी ओलीको रणनीतिमा सरकार बनेपछिका पछिल्ला २ दिनको राजनीतिक छलफल र भेटवार्ता माधव नेपाल केन्द्रित छ ।

मंगलवार नै नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले माधव नेपाललाई भेटेर प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गरेका छन् । 

‘माधव नेपाललाई भेटेर सरकारमा सहभागी हुन सल्लाह दिएको छु । केपी ओली र प्रचण्डसँग पनि छलफल गर्नुहोस्, आफ्नो र झलनाथको लागि अहिले केही पनि नमाग्नुहोस् भनेको छु,’ गौतमले भने ।

मंगलवार साँझ नै एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेलले माधव नेपालसँग भेटेर संवाद गरेका छन् । नेपालका सम्धी सोमप्रसाद पाण्डेको घरमा उनीहरूको भेट भएको हो । भेटमा पनि एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन भनिएको स्रोतले जानकारी दिएको छ ।

एमाले र एकीकृत समाजवादीका नेताहरूको केही समयअघिदेखि निरन्तर कुराकानी भइरहेको छ । एकीकृत समाजवादीका एक नेता भन्छन्, ‘मुकुन्द न्यौपाने पार्टीमा अभिभावक जस्तो र बाहिर धेरै बोलिहाल्ने स्वभावको नभएका कारण एमाले नेताहरूले उहाँमार्फत संवाद अघि बढाएका छन् । धेरै कुरामा छलफल भएको बुझिन्छ । मुख्य कुरो माधव नेपाल र केपी ओलीबीचको सम्बन्ध कसरी सुधार्ने भन्ने टुंगो लाग्न बाँकी थियो ।’ 

बुधवार पनि एमाले र माओवादी केन्द्रका नेताहरूले पटक–पटक नेपालसँग भेटेर संवाद गरेका छन् । बुधवार बिहानै प्रधानमन्त्री प्रचण्ड र माधव नेपालले छलफल गरेका थिए । प्रचण्डले नेपाल र केपी ओलीबीच संवाद गराउने प्रयास गरिरहेको उनले बताए ।

केपी ओली र माधव नेपालको सम्बन्ध सुधार प्रयासमा लागेका एमालेका नेता सुवासचन्द्र नेम्वाङले पनि ओलीले नेपाललाई भेट्न चाहेको बताए । ‘माधव नेपालसँग हेलो गर्ने विषयमा अध्यक्ष सकारात्मक हुनुहुन्थ्यो तर पछिल्लो विकासक्रमबारे अपडेट छैन,’ नेम्वाङले भने । 

बुधवार नै एमाले नेता महेश बस्नेत माधव नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए । भेटमा नेपाललाई एमालेमा फर्कन आग्रह गरेको बस्नेतले बताए । 

‘उहाँ छलफलका लागि सकारात्मक नै हुनुहुन्छ । बीचमा इग्नोर गरियो । सन्दर्भ सकिएको जस्तो व्यवहार गरियो भन्ने उहाँलाई लागेको रहेछ । मैले त एमालेमा फर्कनुहोस् भनेको छु,’ बस्नेतले भने । बिहीवारसम्ममा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालबीच संवाद हुनसक्ने बस्नेतले बताए ।

त्यसबाहेक माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष, उपप्रधान एवं भौतिक योजना तथा यातायात व्यवस्थामन्त्री नारायणकाजी श्रेष्ठले पनि बुधवार नै नेपालको निवास कोटेश्वर पुगेर भेटवार्ता गरेका छन् । उनले पनि एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन भनेका थिए । 

यी सबै भेटवार्तामा माधव नेपालले भने स्पष्ट दृष्टिकोण दिएका छैनन् । उनलाई भेटेका सबैजसो नेताले नेपाल अझै दोधारमा रहेको अर्थमा बुझेका छन् । 

यसका बाबजुद नेपालले सरकारमा सहभागी हुने वा नहुनेबारे सुझाव लिन पार्टीको भर्चुअल बैठक राखेका छन् । बैठकमा पार्टीका केन्द्रीय सदस्यदेखि जिल्ला अध्यक्षसम्मको सहभागिता छ । 

‘जुनसुकै निर्णय गरे पनि बैठक राखेर मात्रै निर्णय गर्न अध्यक्षलाई भनेका छौं । बैठकभन्दा बाहिरबाट निर्णय हुनुहुँदैन,’ एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले भने । 

वामदेव गौतमले भने एमालेसँग एकताको लागि तयार हुन नेपाललाई सुझाव दिएको बताए । ‘एकताका लागि तयार हुनुहोस् भनेको छु । उहाँले मलाई नै पार्टीमा आउनुहोस् भन्नुभएको छ । पार्टीलाई एकताबद्ध बनाऔं, त्यसपछि अघि बढौंला भन्नुभएको छ,’ गौतमले भने । 

तर माधव नेपाल आफैंले आगामी राजनीतिक बाटोबारे स्पष्ट धारणा सार्वजनिक गरिसकेका छैनन् ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा भन्छन्, ‘सरकारमा जाने, फ्लोरबाट समर्थन गर्ने वा प्रतिपक्षमा बसेर पार्टी विस्तारमा लाग्ने भन्ने पार्टीको बैठकमा छलफल गरेर टुंगोमा पुग्छौं ।’

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत १०, २०७९

नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुगेको दाबी गरेका छन्।  शुक्रबार जनकपुरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा उनले सत्तारुढ गठबन्धन अन्तरविर...

चैत १०, २०७९

गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निर्देशनपछि सरकारमा सहभागी भएका मन्त्री फिर्ता भएका हुन् । शुक्रबार ...

चैत १०, २०७९

लुम्बिनी प्रदेश सरकार आफ्नै नेतृत्व बनाउने नेपाली कांग्रेसले निर्णय गरेको छ । एमालेबाहेक अन्य सबै दललाई समेटेर कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो । शुक्रबार बुटवलमा बसेको संसदीय दलको ...

चैत १०, २०७९

नेकपा माओवादी केन्द्रले गण्कडी प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ । माओवादी मन्त्रीहरुले शुक्रबार मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा बुझाउने तयारी गरेका हुन्।  केन्द्रीय निर्देशनअनुसार माओवादी सर...

चैत १०, २०७९

आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकका लागि केही गरौं भन्ने इच्छाशक्तिका साथ काम गरिरहेका बताएका छन्।  सरकारमा जाने तयारीमा रहेका साहले मुलुक चुन...

चैत १०, २०७९

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो राजनीतिको लक्ष्य नै राज्यका हरेक निकायमा युवा प्रतिनिधित्व गराउनु रहेको बताएका छन्।  'अहिलेको मेरो राजनीतिक लडाइँ नै युवाको भविष्यका लागि हो। अरू म...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x