×

Nic Asia
Dabur
Prabhu Bank

ब्राजिलका महान् फूटबलर पेलेको गएराति ८२ वर्षको उमेरमा निधन भएको छ । उनी र उनको परिवारप्रति हार्दिक श्रद्धा सुमन छ । पेलेजस्तो महान् खेलाडीको नाम राजनीतिमा घुसाउन त नहुने हो तर नेपाली राजनीतिका पेले भनेर पगरी गुथाइएका केपी ओलीले हालसालै एक रोचक पेनाल्टी हानेका छन् । औषधिको भरमा बाँचेका ओलीले खतरनाक पेनाल्टी हानेको देखेर आज संसार चकित बनेको छ ।

yONNEX
IME BANK INNEWS

कृष्णगोपाल श्रेष्ठ नाम गरेका एकजना आक्रोशले भरिपूर्ण मनुष्य कागतालीवश शिक्षामन्त्री भएका थिए । पढेलेखेका तर बेरोजगार चेलाचेलीहरू भेला हुने दीक्षान्त समारोहमा पुगेर तिनले 'केपी ओली इज द केपी ओली, फूटबलको पेले जस्तै हो' भनेर घोषणा गरेका थिए । दीक्षित हुन उपस्थित अधवैंशेहरूले एकसुरमा थपडी बजाएर केपी ओली पेले जस्तै नै भएको कुरालाई सामाजिक मान्यता दिलाएका थिए । तिनले स्कूलमा वैज्ञानिक शिक्षा पाएको भए त्यसरी तीजको गीतमा जस्तो ताली पिट्ने थिएनन्, तर पिटे । केपी ओली पेलेजस्तै हुन् भन्ने कुरा त्यही दिनदेखि ३ करोड नेपाली जनतालाई आधिकारिक रूपमा अवगत भएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

शहर बजारमा केपी ओली रातारात पेले भैसक्दा पनि यो पंक्तिकारलाई भने कालिदास नै हुन् भन्ने लागेको थियो । पछिल्ला एक दशकमा उनले जेजस्ता हर्कत, कुकर्म र गतिविधि गरेका थिए, त्यो हेर्दा उनलाई कालिदास भन्नु उपयुक्त नै हुन्थ्यो । पछिल्लो उदाहरण, तिनले आफैंलाई प्रधानमन्त्री बनाएको संसदलाई बञ्चरो हानेका थिए । आफू बसेको कुर्चीको खुट्टा आफैं भाँचिदिएर सुकुलमा बसेका थिए । कुल मिलाएर भन्दा तिनले आफैंले खाएको थालमा थुकेका थिए ।

तर राजनीतिको कन्टेक्स्ट केपी ओलीको फोटोकपी सूर्य थापाले भने जस्तै फरक हुँदोरहेछ । खुमलटार र बालुवाटारको खेल मैदानमा को-को खेलाडी कसरी खुट्टा उचाल्छन् भनेर यिनले दाउ हेरेर बसेका रहेछन् । शेरबहादुरको निजी घर रिनोभेसन हुँदै गरेका कारण आरजू देउवाले बालुवाटारको सरकारी मुकाम छाड्न मान्दिनन् भन्ने कुरा समेत यिनलाई जानकारी रहेछ । खेल बराबरी हुँदै थियो । जम्मा १५ मिनेट थपिएको थियो । जे भयो यही १५ मिनेटभित्रमा भयो ।


Advertisment
Lokantar App
Saurya island
खुमलटार र बालुवाटारको खेल मैदानमा को-को खेलाडी कसरी खुट्टा उचाल्छन् भनेर यिनले दाउ हेरेर बसेका रहेछन् । शेरबहादुरको निजी घर रिनोभेसन हुँदै गरेका कारण आरजू देउवाले बालुवाटारको सरकारी मुकाम छाड्न मान्दिनन् भन्ने कुरा समेत यिनलाई जानकारी रहेछ ।

मेरा बा, माधव नेपाल जंगिएर बसिखानु भएन । प्रचण्डले बोलाएनन् भनेर यिनलाई राजीखुसी नभएको दुलहीबराबरको पीर पर्‍यो । प्रचण्ड आफैंलाई कहाँ जाने भन्ने थाहा थिएन, यिनलाई कसरी बोलाउने ? त्यो पनि विना ढेउवाको मान्छेलाई सितिमिति कसैले पनि त बोलाउँदैनन् । बोलाए पनि योसँग ढेउवा नै छैन भनेर अपमान गर्छन्, वास्ता गर्दैनन् । यस्तै हो लाइफ । तर पेले बराबरको मानार्थ उपाधि पाइसकेका ओलीले कुन दिन माधवलाई ढेउवा नै ढेउवा हुने ठाउँमा नियुक्ति दिन बेर छैन ।

Vianet communication

विना ढेउवाको कुरा गर्दा देउवाको प्रसंग जोड्नुपर्छ । यी देउवासँग ढेउवा पनि भएको, टाकटुक कुरा मिलाउन सक्ने पत्नी पनि पाएको, त्यति मात्र हैन कामचलाउ सभामुख (ज्येष्ठ सदस्य) पनि आफ्नै ससुराली परेको, ज्योतिषी फेबरकै परेको, तर अलिकति दिमागचाहिँ किन नभएको ? हुन त दिमाग छैन भनौं भने भोट हालेको प्रमाण ह्वाट्स एपमा मगाउन आरजू भाउजूलाई यिनैले सिकाएका हुन् अरे । तर पनि ढेउवावाला देउवाको कुनै जुक्ति काम लागेन । यस प्रकारको थेत्तर रणनीतिका कारण  अर्थमन्त्री हुनका लागि दौराको नापजाप गराइसेकका व्यक्ति डिप्रेसनमा जान बेर छैन ।

सबैभन्दा धेरै दिमाग भएको मनुष्यका रूपमा चीरपरिचित हुनै लागेका गगन थापाले जम्मा २५ भोट पाए । उनीसँग उभिएर उनलाई उकासेर सँगै फोटो खिचेका धोकेबाजहरूले पनि मत दिएनन् । सँगै फोटो खिचेर भोटचाहिँ नदिनेहरू रात बिताएर पनि बिहे नगर्ने प्रेमिका जस्तै हुन् । थप के भनौं, देउवाको ढोकामा हाइ अलर्ट बस्नुपर्ने गगन पोखरामा सदाबहार हुने 'गत्त न पत्त'को कार्यक्रममा बोल्न गए । राजनीतिमा यदाकदा उपस्थित हुने 'क्लाइमेक्स आवर' बुझ्न नसक्ने गगन अब यही जुनीमा कहिल्यै प्रधानमन्त्री बन्न सक्दैनन् ।

यता गगन थापाको कुभलो चिताउने ज्ञानेन्द्रबहादुर कार्कीको कथन थियो, 'प्रचण्ड भात खान जानुभएको हो, आउनु हुन्छ ।' तर भात खान गएका प्रचण्ड फर्केर आएनन् । ३ बज्यो, ४ बज्यो, ५ बज्यो तर अहँ प्रचण्ड आउँदै आएनन् । नारायणगोपालको गीतजस्तै 'पर्खी बसें आउला भनी...' भनेर बालुवाटारमा पर्खेर बसेका काकाहरू छाँगाबाट खसे अरे भन्ने खबर आयो, तर भात खान गएका प्रचण्ड फर्केर आएनन् । जब भात खान गएको मान्छे लामो समय फर्केर आउँदैन नि, तब बुझ्नुपर्छ 'दिअर इज समथिङ रङ्ग' । नभन्दै त्यही भयो । भात खान गएको मान्छेले त शपथ पो खायो ।

सम्भवत: त्यो दिन शेरबहादुर देउवाले आफ्नो हातको घडीको सुइलाई समेत झिकेर भाँच्न खोजेका थिए होलान् । 'हाम्रो हातबाट सबैथोक गुम्छ कि' भनेर दु:खिया पूर्वानुमान गर्ने रामचन्द्र पौडेल बाजेको कुरा मात्रै पत्याइदिएको भए देउवा प्रतिपक्षको बेन्चमा बस्नुपर्ने थिएन । पौडेल बाजे पनि कसैको बर्बादी नचिताउने असली बाहुन हुन्, ज्योतिषीभन्दा के कम थिए र ? हो, ज्योतिषीको कुरा सुन्नुपर्छ, तर सधैँभरी ज्योतिषी सही नठहरिन पनि सक्छन् । मलाई पनि सानोमा ज्योतिषीले जर्नेल-कर्नेल हुन्छस् भनेका थिए, तर लास्टमा माओवादीको पार्टी सदस्य हुनुपर्‍यो ।

प्रचण्डको शपथग्रहणमा उपस्थित देउवाले सुपारी मीठो नहुँदा जस्तैगरी बिगारेको मुख हेर्दा देउवाको ज्योतिषी ढिलोचाँडो जेल पर्लान् जस्तो छ । जेलै नपरे पनि यिनी पूर्पक्षका लागि थुनामासम्म जान सक्छन् । ए

प्रचण्डलाई लगाउने नीति बोकेर हिँडिरहेका देउवाका सारथिहरूले प्रचण्ड गल्ने धातु हैनन् भनेर बुझ्न सकेनन् । प्रचण्ड बर्मुडा ट्र्याङ्गल हुन्, जो उनको छेउमा पर्छ उतै तानिन्छ । साथै केपी ओली पनि सधैँभरी श्रीमतीसँग रायोको साग केलाएर बसिरहने मान्छे पनि हैनन् । त्यो त उनले नाटक गरेको हो । चुनावको मुखमा घरमा काम सघाउने राम्रो पुरुषको अवतार धारण गरेर मध्यमवर्गीय महिलाहरूको भोट तान्न खोजेका हुन् । बरु भनेको सुनिन्छ, ओली पहिला पानीमा ९ किलोमिटर पौडिएर वनारसतिर लुक्न जाँदा इन्द्रजाल पनि पढेका छन् अरे । इन्द्रजाल पढेको मान्छे बिग्रियो भने बहुला भएर हिँड्छ, सप्रियो भने एकदम तीक्ष्ण दिमागको भएर निस्किन्छ । रातो कार्पेटमाथि हिँडिरहेका कांग्रेसीलाई रातारात फाटेको गुन्द्रीमा सुताइदिने ओली लुँडो, चेस र खोरखोरेका खेलाडी पनि हुन् अरे ।

बल्लतल्ल छुट्टीमा आएको लाहुरेलाई जसरी पनि मंसिरमा बिहे गर्नुपर्ने करकाप भएजस्तै सोझो तर रिभेन्ज लिन एकदमै सिपालु प्रचण्डलाई यसपालि जसरी पनि प्रधानमन्त्री बन्नुपर्ने बाध्यता थियो । बाध्यता मात्रै थिएन, रहर पनि थियो । हुन त यस्तो रहर रामचन्द्र बाजेको पनि थियो, तर यिनको भागमा उच्च ओहोदा परेकै छैन भनेर एउटा मेरो शत्रुले लेख लेखेको थियो । म त्यसलाई के भन्न चाहन्छु भने भगवानकै आत्मा भएको बाजेको बारेमा आशा जगाउने कुरा मात्रै लेख, नत्र तेरो खैरियत नहुन सक्छ ।

प्रचण्डको शपथग्रहणमा उपस्थित देउवाले सुपारी मीठो नहुँदा जस्तैगरी बिगारेको मुख हेर्दा देउवाको ज्योतिषी ढिलोचाँडो जेल पर्लान् जस्तो छ । जेलै नपरे पनि यिनी पूर्पक्षका लागि थुनामासम्म जान सक्छन् । एउटा खराब भविष्यवाणीका कारण आज बीपी कोइराला र गिरिजाबाबुको पार्टी पतन हुँदैछ । र, आफ्ना पतिसँग भाडाको घरमा सर्नुपर्ने खिलबन्दीमा परेकी आरजू भाउजूलाई वर्षदिन निद्रा नपर्ने निश्चित छ । माओवादीको भोटले चुनाव जितेका कांग्रेसका संसदहरू सपनामा पनि तर्सिनुपर्नेछ । मन्त्री बन्नका लागि मुख मिठ्याएर बसेका विश्वप्रकाशहरू अब ५ वर्षसम्म प्रतिपक्षमा बसेर जीवनको महत्त्वपूर्ण समय खेर फाल्नुभन्दा बरु एउटा इलेक्ट्रिक रिक्सा किनेर दमकतिरै ग्राहकको छेको पारेर बस्दा अलिकति भए पनि नाफा हुन सक्छ ।

राजनीति सम्भावनाको खेल भनिरहने प्रचण्डले राजनीतिमा लागेर के पाए, के गुमाए त्यो अर्कोपालि लेखौंला तर केपी ओलीले जीवनमा गरेको सबैभन्दा राम्रो काम के हो ? भनेर कसैले सोध्यो भने दिने उत्तर अब फेला परेको छ । पहिलो त उनले कम्युनिस्टहरूको एकताका निम्ति फेरि ढोका खोलेका छन् । बार्दली सिंगारेका छन् । दोस्रो, सरकारविहीनताको परिस्थिति हुनसक्ने र मध्यावधिमा जानुपर्ने त्रासलाई समाप्त पारिदिएका छन् । सम्भवत: उनले प्रचण्डबाट हाताहाती सापटी लगेको अढाइ वर्षको आलोपालोको ऋण ब्याजसहित तिरेका छन् ।

तर पंक्तिकारलाई मन पर्ने नेता प्रचण्डलाई प्रधानमन्त्री बनाएको भन्दैमा केपी ओलीलाई पेले भनिहाल्न त अलि मिल्दैन कि क्याहो ? पेले भनेका फूटबलका राजा हुन् । राजाको स्थान कोही माइकलालले खोस्न सक्दैन ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
फागुन १६, २०७९

नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा कम्युनिस्ट विचार, सिद्धान्त र धरातलको महत्त्वपूर्ण पक्षहरू उजागर हुँदै गएको छ । हाम्रो समाजको चिन्तन र राजनीतिक अभ्यासमा वाम राजनीतिको महत्त्व जसरी उजागर भएको छ त्यस अनुपातमा मू...

फागुन २४, २०७९

राजेन्द्र सेञ्चुरी प्राचीन ग्रिसमा चिकित्सा अध्ययन महिलाहरूका लागि बर्जित थियो । इसाको चौथो शताब्दीमा जन्मेकी एग्नोडिस भन्ने एकजना स्त्रीले आफ्नो कपाल काटी, पुरुषकै भेष धारण गरी अलेक्जेन्ड्रिया मेडिकल स्कूलमा...

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

फागुन २८, २०७९

महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ ।  त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

फागुन ७, २०७९

विश्वभर निर्वाचित नेताबाट नै उदार लोकतन्त्र जोखिममा परिरहेको अवस्थामा अमेरिकी लेखकहरू स्टिभान लेभित्स्की र डानियल जिब्लान्टले लोकतन्त्र कसरी मर्छ ? (हाउ डेमोक्रेसी डाइ ?) भन्ने पुस्तक प्रकाशन गरेका छन् । पुस्ततकको अध्...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x