चैत ३, २०७९
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
आयुर्वेद र योग प्राचीन पूर्वीय धरोहर हुन् । मानव सभ्यतादेखि नै मनुष्यको स्वस्थ रक्षाका निमित्त अझ भन्नुपर्दा धर्म, अर्थ, कामको पूर्ति र मृत्युपश्चात मोक्ष प्राप्तिको वर्णन यी दुवैमा पाइन्छ ।
यिनीहरूमा निर्दिष्ट गरिएका कुराहरूको परिपालनले मात्र चारै पुरुषार्थ प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यता छ । यसरी हेर्दा मनुष्य जन्मको लक्ष्य नै चारै पुरुषार्थ प्राप्त गर्नु हो, त्यो आयुर्वेद र योगको माध्यमबाट सम्भव छ ।
उद्देश्य
स्वस्थ (आरोग्यवान) ब्यक्तिले मात्र धर्म, अर्थ, कामको पूर्णरूपमा कर्तव्यपालन गर्दै अन्त्यमा मोक्ष प्राप्त गर्न सक्छ, अस्वस्थ व्यक्तिबाट त्यो सम्भव हुँदैन भन्ने कुरा चरकसंहितामा उल्लेख छ ।
धर्मार्थकाममोक्षणाम् आरोग्यं मूलमूत्तमम् ।।१/१५ च.सू ।।
चरक संहितामा –
त्रिविधमौषधमिति दैवव्यपाश्रयं सत्वावजयश्च ।
त्यस्तै योग सूत्रमा –
जन्मौषधिमन्त्रतपः समाधिजाःसिद्धयः ।
यसरी दुवैमा औषधि, मन्त्र, जप र समाधि आदिमा मुख्यरूपमा जोड दिइएको छ ।
आयुर्वेद र योग दुवैको उद्देश्य मानव जीवनका पुरुषार्थहरू पूरा गरी अन्त्यमा मोक्ष प्राप्ति गर्नु रहेको छ ।
आयुर्वेद र योगका अंग
आयुर्वेदमा कायबालग्रहोर्ध्वाङ्गशल्यदंष्ट्राजरावृषान् । वा.सू१ः१५ ।।
र योग सूत्र (२ः२९) मा यमनियमासनप्राणायामप्रत्याहारधारणाध्यानसमाधयोऽष्टावाङ्गानि ।।
यसरी आयुर्वेद र योग दुवैमा ८ अंगको वर्णन गरिएको छ । यिनीहरूको क्रमिक अभ्यासबाट नै योगको अभिष्ट लक्ष्य (मोक्ष) प्राप्त गर्न सकिन्छ ।
दुःख (वेदना) बाट मुक्ति
योगसूत्रमा अविद्या, अस्मिता, राग, द्वेष र अभिनिवेश यी ५ वटालाई बन्धनको कारण बताइएको छ, यिनीहरूको निवृत्तिबाट दुःखबाट मुक्ति मिल्छ भनिएको छ ।
अविद्यास्मितरागद्धेषभिनिवेशाःक्लेशाः ।(यो.सू.१ः४)
आयुर्वेदमा आचार्य अग्निवेशले सबै वेदना (दुःख, कष्ट, रोग) को अशेष निवृत्ति कहाँ हुन्छ भनी सोधेको प्रश्नमा आचार्य चरक भन्नुहुन्छ –
योगे मोक्षे च सर्वासां वेदनानामवर्तनम् ।
मोक्षे निवृत्तिर्निःशेषा योगो मोक्षप्रवर्तकः।। च.शा१/१३७
अर्थात्, योग र मोक्षमा नै सबै वेदनाहरूको निवृत्ति हुन्छ । मोक्षमा वेदनाहरूको निःशेष निवृत्ति (दुःखको पूर्णतः अन्त्य) हुन्छ र योग मोक्षप्रर्वतक हुन्छ (योगले मोक्ष दिलाउँछ) ।
शरीर शुद्धिका उपाय
शरीर शुद्धिको लागि योगमा षट्कर्म र आयुर्वेदमा पञ्चकर्मको विस्तृत रूपमा वर्णन गरिएको छ ।
धौतिर्बस्तिस्तथा नेतिस्त्राटकं नौलिकं तथा ।
कपाभातिश्चैतानि षट् कर्माणि प्रचक्षते ।।
ह.प्र.२ः२२
त्राटक, नेति, धौति, कपालभाति, नौलिकर्म र बस्ति गरी ६ वटा कर्महरूको उल्लेख छ ।
आयुर्वेदमा पञ्चकर्मको उल्लेख छ । बमन, बिरेचन, बस्ति, नस्य र रक्तमोक्षण ।
यी उपायहरूद्वारा शरीरलाई शुद्धि गर्ने तथा शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने र रोगलाई शमन गर्ने गरिन्छ ।
योगमा उपवास र आयुर्वेदमा लंघन
उपवास/लंघन शब्द अपनाउने शैली फरक भए तापनि मूलतः दुवैको उद्देश्य र फलप्राप्ति भने एउटै हो ।
उपवासको फलको बारेमा व्याख्या गर्दै भनिएको छ –
पुण्यप्रदो ह्यामदोषहरोऽनलकरः सदा ।
स्फूर्तिदश्चो .... ।
उपवास पुण्य दिने, दोषको नाश गर्ने, अग्नि बढाउने (पाचन शक्ति वृद्धि गर्ने), स्फूर्ति दिने, इन्द्रियहरू सक्रिय बनाउने हुन्छ ।
आयुर्वेदको चरक संहितामा –
यत्किञ्चिल्लाघवकरं देहे तल्लंघनं स्मृतम् ।च.सू२२
शरीरलाई हल्का बनाउने उपायलाई लंघन भनिन्छ । यद्यपि आयुर्वेदमा कस्ता व्यक्तिलाई कसरी कति दिनसम्म लंघन/उपवासमा राख्ने भन्ने कुराको विस्तृत वर्णन गरिएको छ ।
आहारको सन्दर्भमा योग र आयुर्वेद –
आहार सम्बन्धी सिद्धान्तमा दुवैमा समानता छ । जस्तो आयुर्वेदमा त्रिउपस्तम्भमा आहारलाई नै प्रमुख स्थान दिइएको छ भने योगमा मिताहारलाई जोड दिइएको छ ।
आयुर्वेदमा अष्टविधआहारविधिविशेषातयन – प्रकृति, करण, संयोग, राशि, देश, काल, उपयोग संस्था र उपयोक्ता । (जसमा कस्तो खाना, कति, कसरी मिसाउने, खाना खाँदा कसरी खाने जस्ता खानपिन सम्बन्धी सम्पूर्ण कुराको वर्णन गरिएको हुन्छ) ।
योगको ह.यो.प्र.उ.५८ मा –
सुस्निग्धमधुराहारश्चतुर्थांशविवर्जित: ।
भुज्यते शिवसम्प्रित्यै मिताहारःस उच्यते ।।
अर्थात्, सुस्निग्ध मधुर आहार, आमाशयको चतुर्थांसलाई रिक्त छाडेर, शिवार्पण गरेर सन्तुष्ट मनले ग्रहण गरिन्छ भने त्यसलाई मिताहार भनिन्छ ।
आयुर्वेदमा हिताहारलाई पथ्य भनिएको छ, जुन भेषज (औषध) को पर्याय हो ।
रोग लाग्न नदिन आहारको विशेष भूमिका हुन्छ ।
आयुर्वेदमा योगको बारेमा उल्लेख गरेको दृष्टान्त पाइन्छ । दुवै मानव जातिको आरोग्यको लागि विज्ञानको रूपमा विकसित भएका हुन्, जसको सहायताले जीवनका चारै लक्ष्य धर्म, अर्थ, काम र मोक्षको प्राप्ति गर्न सकिन्छ ।
(लेखक पतञ्जली आयुर्वेद मेडिकल कलेजमा आयुर्वेद चिकित्सा विषय अध्ययनरत छन् ।)
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
विश्वभर निर्वाचित नेताबाट नै उदार लोकतन्त्र जोखिममा परिरहेको अवस्थामा अमेरिकी लेखकहरू स्टिभान लेभित्स्की र डानियल जिब्लान्टले लोकतन्त्र कसरी मर्छ ? (हाउ डेमोक्रेसी डाइ ?) भन्ने पुस्तक प्रकाशन गरेका छन् । पुस्ततकको अध्...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
आफ्नो जन्मदिनको अवसरमा के लेखौं, के लेखौं भयो । जन्मदिन भनेको जिन्दगीको एक खुड्किला उक्लिएको र मृत्युको एक खुड्किला नजिक पुगेको दिन हो । यस्तो समयमा मान्छे साँच्चै भावुक, उदास र गम्भीर पनि हुने गर्छन् शायद, त्यसै...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
राजेन्द्र सेञ्चुरी प्राचीन ग्रिसमा चिकित्सा अध्ययन महिलाहरूका लागि बर्जित थियो । इसाको चौथो शताब्दीमा जन्मेकी एग्नोडिस भन्ने एकजना स्त्रीले आफ्नो कपाल काटी, पुरुषकै भेष धारण गरी अलेक्जेन्ड्रिया मेडिकल स्कूलमा...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...